Labels

Total Pageviews

Wednesday, May 10, 2017

नेपालको उर्जा संकट र नविकरनीय उर्जाबाट हुन सक्ने शीघ्र समाधान

https://www.slideshare.net/rhpoudyal/evaluation-and-solution-of-energy-crisis-in-nepal


http://wenepali.com/2017/03/31627.html



नेपालको उर्जा संकट र नविकरनीय उर्जाबाट हुन सक्ने शीघ्र समाधान



















 
रामहरि पौड्याल
भरतपुर १२ / १९३, बसन्त चोक, चितवन

बिश्वोको बढ्दो जनसंख्यालाई सफा र हरित उर्जा  प्रयाप्त रुपमा पुर्याउनु आज हरेक राष्ट्रलाई ठूलो चुनौती बनेको छ | बिश्वो बिज्ञानको चमत्कार र प्रगतिले चन्द्र धरातलमा पुगेर मंगल ग्रह तर्फको यात्रा उन्मुन्ख भैरहे पनि संसारका १.२ अरब मान्छे अझै अन्धकारमा रहेको कुरा बिश्वो बैंकको तथ्याङ्कले बताउछ | यो संसारको जनसंख्याको बीस प्रतिसत हुन आउछ | हरेक ५ जनामा १ जना अन्धकारमा रहेको यो विषम आंकडा अहिले  संयुक्त  राष्ट्र संघ , बिश्वो बैंक जस्ता  अन्तरास्ट्रिय संस्थाका सामु  एउटा नमीठो यथार्थ बनेर चुनौतीका रुपमा खडा भैरहेको छ | उर्जा हरेक रास्ट्रको  सामाजिक आर्थिक बिकासकालागि आधारभूत तत्वो हो | कुनै पनि देशले प्रयोग  गर्ने उर्जाको अनुपातले त्यस देशको आर्थि सामाजिक स्थितिको आंकलन गर्दछ | नेपाल  उर्जाको प्रयोगको अनुपातका हिसाबले बिश्वो तथ्यांकमा धेरै तल देखिन्छ | प्रति व्यक्ति बिजुलीको उपभोगका हिसाबले २०१४को अन्तरास्ट्रिय तथ्यांक अनुसार आइस्ल्याण्डले ५३.९ मेगावाट प्रति व्यक्ति, नर्वे २३ , अमेरिका १२.९६, बेलायत ५.१३, नेपाल ०.१४ मात्र देखिन्छ | नेपालको बिकासको सबै भन्दा बादक तत्वो यहि नै हो |  नेपालका ६.६ मिलियन मानिसहरु अन्धकारमा बस्छन | तिनले आधुनिक बिजुलीको मुख देखेका छैनन् | एकातिर राष्ट्रिय प्रसारण पुगेको ठाउँमा समेत चर्को लोड सेडिङ्ग छदै छ |
नेपाल जलश्रोतको दृष्टिले बिश्वोमै नाम कहलिएको छ | बिश्वोको अग्लो हिम शृंखला ८८४८ मिटर देखि संसारकै होचो मानिने कचनाकलन 60 मिटर  सम्म  तीब्र  गतिले  अविरल बग्ने यहाँका हिम नदि नालाहरुबाट ४५,००० मेगावाट बिजुली निकाल्न सकिने सरकारी तथ्यांकले बताउ छ | तीनसय दिन घाम लाग्ने नेपालमा सौर्य उर्जाको प्रचुर सम्भाभाना देखिन्छ | नेपालको सोलार रेडियसन ३.६ - ६.२ किलोवाट आओर प्रति मिटर स्क्वाएर प्रति दिन  छ जहाँ ६.८ घन्टा प्रति दिन घाम लाग्दछ | घाम लागे दङ्ग परेर पबमा जम्मा हुने र घोक्रो फुलाएर लब्ली ओइदर भनेर फुरुङ्ग पर्ने चिसो युरोपका बेलायत , जर्मनहरुले घामबाट बिजुली निकाली रहेको देखेका हामीहरुले आफ्नो देश अन्धकारमा हराइरहेको कति हेर्ने कति देख्ने ? ३,००० मेगावाट हावाबाट र सौर्यबाट २१०० मेगावाट बिजुली निकाल्न सकिने देखिए पनि यस तर्फ़ त्यति धेरै ध्यान गएको देखिदैन | यतिधेरै उर्जाको अथाह भण्डार भएको देश नेपालको उर्जाको स्थितिलाइ नियाल्दा ७८ % मान्छेहरु अजै परम्परागत काठ र गुइठा बाटै आफ्नो उर्जाको जोहो गर्दछन | पेट्रोलियम १२ %, कोल ४ %, ग्रिड बिजुली ३ %, नबिकरनीय उर्जा ३ %  मात्र  प्रयोगमा  आएको देखिन्छ | नयाँ नयाँ प्रबिधि र अनुसन्धानले नबिकरनिय उर्जाको  हरेक वर्ष  लागत घटाउदै   ल्याएको छ | ब्लूम्बर्ग इनर्जी फिनान्स को हालसालैको आंकडा अनुसार घाम र हावाको उत्पादन लागतले एउतै बिन्दु छोएको छ,  १.६६ मिलियन डलर प्रति मेगावाट | जबकि हाइड्रो पावरको लागत १.७० मिलियन डलर प्रति मेगावाट देखिन्छ | हाइड्रो भन्दा सस्तो सजिलो र छिटो बन्ने बिजुलीलाइ बिर्सेर दशकौं सम्म अन्धकारमै रुमलिनु किमार्थ बुद्धिमानी होइन | १०० मेगावाट हाइड्रो बन्न १० बर्ष लाग्न सक्छ ऐलेकै ट्रेन कायम रहे | १०० मेगावाट घाम पावर ३ मैनामा बन्न सक्छ भने हावा पावर ६ मैनामा सबै कुरा को सुब्यबस्था गर्न सके |
देशलाई तुरुन्त उर्जाको शंकटबाट बचाउन काठमान्डौ का १ लाख घरका छानाहरुमा जर्मनीले गरेजस्तै "फीड इन टेरिफ" को व्यवस्था गरे १०० मेगावाट बिजुली तुरुन्त निकाल्न सकिन्छ |
देशलाई कैले स्विट्जरल्याण्ड त कैले सिंगापुर बनाउने सपना बाँडेर प्रजातन्त्र र गणतन्त्र आएपछि धेरै पार्टी र नेताहरु सत्ताशिन भैरहे | सडक धुने मेलम्चीको काकाकुले सपना , दस बर्षमा १० हजार मेघावाट , बीस बर्षमा २० हजार मेघावाट बिजुली निकालेर छेलो खेलो पार्ने भारतमा बिजुली बेचेर देशलाई समुन्नतिको सगरमाथा धेरैले चडाए | आज देश भारतबाट ३५५ मेघावाट झन्डै आधा माग बिजुलीको भिख मागेर दङ्ग परि रहेको छ | लोड सेडिंग हटाउने सपना बाँडी रहेको छ | यद्यपि राजनैतिक विश्लेषण यो आलेखको अभिस्ट होइन | देशको बर्तमान बिजुली उत्पादनको लेखो जोखो गर्नु पर्दा मन भित्र परेको नमिठो गाँठो मात्र हो | ८८५ मेगावाट  जम्मा जम्मी बिजुली जोहो गरेको बिजुली अफिस लाइ  १३२५ मेगावाटको  मागसंग सामन्जस्यता मिलाउनु निकै चुनौतिपूर्ण  कार्य मानिन्छ | ४४० मेगावाट  बिजुलीको अभाब भै रहेको बर्तमान परिस्थितिमा कसरि लोड म्यानेजमेन्ट गर्ने भन्ने ठूलो समस्या आफ्नै ठाउँमा छ | अर्कातिर यति अमुल्य बिजुली उत्पादन स्थलबाट ग्राहकको घरसम्म आइपुग्दा नेपाल बिध्युत प्राधिकरणको आधिकारिक तथ्यांक अनुसार २५.७८% खेर गइ रहेको छ | हराई रहेको छ , ट्रान्समिसन र डिस्ट्रिब्युसन लसका रुपमा | यस्ता लस प्राबिधिक र अप्राविधिक गरि बर्गिकरण गरिने हुँदा नेपालमा कति बिजुली चोरीबाट सकिन्छ भन्ने आधिकारिक अध्ययन भएको देखिदैन | जानकारहरु १० % बिजुली चोरीबाट सकिने बताउ छन् |
यो कुरालाई हालसालै कर्मचारीहरुको बिजुली चोरीको संग्लाग्नताले अझ पुस्टि गर्दछ | यो बिजुली चोरी र बिजुली हराउने समस्याले २२८ मेगावाट बिजुली हराई रहेको छ त्यसको मूल्य १३ अर्ब हुन् आउछ जुन खिम्ती जल्बिध्युत मा लाग्ने खर्च बराबर हो | बर्सको एउटा खिम्ती हराइरहेको छ एकातिर प्राधिकरण २७ अर्ब घाटामा छ | यो घाटामा २०११ मा सरकारले ब्योहोरेको अर्को २७ अर्ब जोड्दा ५४ अर्ब रुपैया स्वाहा भएको देखिन्छ | हराएको बिजुलीको तथ्यांक केलाउंदा बिश्वो बैंक को तथ्यांक सरकारी तथ्यांक मेल खादैन किन ? यो फरक तथ्यांकको बीच अरबौं रुपैयाँको खेल हुन् सक्ने देखिन्छ | बिश्वो बैंकले यो ३४ .११% भन्दा बढी रहेको देखाएको कुनै बर्ष |
५४ अर्ब रुपैयामा कति वटा हाइड्रो पावर बन्थे? कति वटा स्मार्ट मिटर आउंथे? आज हिसाब किताब गर्नु पर्ने बेला आएको छ | यो सबै ब्यथितिको मूल खराब राजनैतिक चरित्र हो भन्नुमा कुनै द्विबिदा देखिदैन | जब २४ बर्षमा २६ वटा सरकार बन्छन र तेतिनै चोटी बिध्युत प्राधिकरणका प्रमुख फेरिन्छन | तिनको काम बिजुली ब्यबस्थापन कम र पुङ्ग्न पुछरका मन्त्रि मन्त्राणीहरुको चाकरी बढी र तिनका आसेपासेलाई महँगो परियोजनाको गतिलो प्राडो गाडी चडायेर आफ्नो जागिर सुनिस्चित गर्नु हुन्छ | अनि सुरु हुन्छ खेल परियोजना लम्ब्याउने ठेकदार संग मिलेर कमिसन खाने , ट्रान्सफर्मर काण्ड , भर्खरै उद्योगलाई लुकाइएको बिजुली बाँडेर मोटो कमिसन खान पल्केकाहरूले ठुला उद्योग हरुलाई स्पेसल फिडरबाट २४ घण्टा बिजुली दिने र जनतालाई लोड सेडिंग गर्दै रहेको यथार्थ छानबिन समितले पेश गरेको छ | तिनीहरुलाई कसले कारबाही गर्ने ? "पदीय मर्यादालाई ख्याल गर्ने " भन्ने देशका प्रमुखको अभिव्यक्तिले स्वतन्त्र न्यायालय , स्वतन्त्र अख्तियार दुरुपयोग ले टवा परेर हेरी रहनु पर्ने भै रहेको छ |
पावर सिस्टमको मुटु मानिने ट्रान्सफर्मर त्यो पनि हजारौको संख्यामा खराब गुणस्तरको तार राखेर गरिएको ट्रान्समिसन डिस्त्रिब्युसन लसको हिसाब किताब कसले निकाल्ने ?
बेलायती सरकारको आर्थिक प्राभिधिक सहयोगमा जलबिधुत आयोजना सुरु भएको १०६ वर्ष भैसक्दा पनि हजार मेगावाट कट्न नसकेको बर्तमान अबस्थामा भोलिको बढ्दो बिजुली र इन्धनको मागलाई देशले कसरि सम्बोधन गर्दछ ? यो एउटा यक्ष प्रस्न बनेर खडा भएको छ नेपालका सामु |
" टु मेक एन इनर्जी फिक्स , वि निड एन इनर्जी मिक्स " बेलायती कम्पनि  बिपी को यो स्लोगन नेपालको सन्दर्भमा बिचारनीय सत्य हो | हाम्रो  इनर्जी पुरै जलाबिध्युत मा आधारित छ , त्यो पनि सबै 'रन अफ दी  रिभर ' नदी प्रभाबि  प्रकृतिका | देशका जलाबिध्युत परियोजनाहरु मात्र बर्षामा चल्छन हिउंदमा आधा भन्दा कम मात्र उत्पादन हुन्छ | देशलाई कुलेखानी जस्ता जलाशय बाँध सहितका स्टोरेज जलाबिध्युत परियोजनाको खाँचो छ | तथापि नेपालमा संचालित यस प्रकारका जलाबिध्युत परियोजनाको अध्ययन गर्दा तिनमा हुने ढिला सुस्ती एउटा बिचारनीय सत्य साबित भएको छ | यस्ता परिओजनाहरु ६ मैना देखि ११ वर्ष सम्म लागेका तथ्यांक जगजायेर छन् |
बिश्वोको सबै ठाउँमा इनर्जी मिक्सलाइ बिशेष ध्यान दिइएको छ | संयुक्त राष्ट्र संघ , बिश्वो बैंक जस्ता संस्थाहरु उर्जाको भविष्यका बारेमा चिन्तित देखिन्छन | वाताबरनीय प्रभाब हरित गृह, ओजोन लेयरको बढ्दो प्रभावलाई बेलैमा रोक्न छेक्न सक्नु पर्दछ नविकरनीय उर्जाको अनुपातलाई बढाएर | उर्जाको बढ्दो माग एकातिर छ | आइसीटी क्षेत्रमा भएको चमत्कारीक विकासले मान्छेका हात  हातमा मोबाइल , ल्यापटप , प्ले स्टेसन , कम्पुटर , सामाजिक संजालको प्रयोग फेस बुक,  ट्वीटर, जस्ता अनेकौं संजालले उर्जाको माग दिन दुइ गुना , रात चौ गुणा बढाई रहेको छ | फोसिल फ्युल्को दोहन एउटा चिन्ताको बिषय भएको छ |  अबको ३० /५० वर्ष मा इन्धनका यी खानिहरु रित्तिने र सिद्धिने चिन्ताले सबैलाई नाबिकरनिया उर्जा प्रति अघि बढ्न प्रेरित गरि रहेको छ | त्यसैले बिकशित देशहरु ऐलेबाटै आफ्नो इनर्जीलाई मिक्स गरेर चलाउँदै छन् | नबिकरनिय उर्जाको अनुपात लाइ बढाऊदै छन् | घाम , हावा , बायोमास सबै सबैलाई प्रायो गर्न अभिप्रेरित गर्दै छन् | नेपालले बेलैमा यो सत्यलाई बुझेर इनर्जी मिक्सलाइ अपनाउनु पर्ने देखिन्छ |
देशमा सस्टेनेबल ट्रान्सपोर्ट अपरिहार्य भएको छ | अखबारका पानाहरु "काठमाडौँ मास्क टाउनमा रुपान्तरित "भएको चिन्ता छ | हावा मा भएको प्रदुसणको सूचांक इन्भाइरोमेण्ट पर्फर्मेन्स इन्डेक्स २०१६ का अनुसार नेपाल बिश्वोका १८० औं राष्ट्रमा १४९ औं स्थानमा रहेको जनाएको छ | चुरोट र सुर्तिले मर्ने भन्दा दुषित हावाले मर्ने नेपालीहरुको संख्या दोब्बर भएको चिन्ताले समाज आक्रान्त छ | हरेक वर्ष ३०,००० मान्छे धुलो खाएरै मरी रहेको सत्य पत्रिकाहरुले जग्जायेर गरि रहेका छन् |
बिश्वो बैंकको तथ्याङ्क ले नेपालको पूर्वाधार बिकाशको लागि राष्ट्रिय आएको ८ - १२ % खर्च गर्नु पर्ने भनि रहंदा नेपालले जम्मा ०.३ % मात्र खर्च गरि रहेको र छिमेकी राष्ट्र भारतमा यो ३.४ % र भुटानमा १६ % रहेको तथ्य ओर्ल्ड डिभेलेप्मेन्त इन्डेक्स २०१२ ले जनाएको छ | अर्कातिर नेपाल अल्प बिकशित देशबाट मध्य बिकशित रास्ट्रमा  सन् २०३० सम्म उक्लने लक्ष राखेको छ भने सन् २०२२ सम्म अल्प बिकशित रास्त्रबाट फुत्कने | यो ठूलो चुनौतिका लागि नेपाललाई धेरै उर्जाको खाँचो पर्ने छ | धेरै उर्जा सम्बन्धि परियोजना , पूर्वाधारहरुको निर्माण गर्नु पर्ने छ | ऐलेकै मागलाई धान्न नसकेको विषम परिस्थितिमा भविष्यको बढ्दो मागलाई नेपालले कसरि समायोजन गर्छ ? यो ठूलो चुनौती बनेको छ तथापि नेपाल यति धेरै उर्जाका भण्डारहरुले घेरिएको छ जसको २% भन्दा पनि कम प्रयोग भएको छ | उर्जा उत्पादन मात्र उर्जा संकटको एउतै उपाए होइन | बिश्वो आज नयाँ नयाँ प्रबिधिले सुसम्पन्न हुँदै गइ रहेको छ | उर्जाको खपतलाई कसरि न्यून गर्न सकिन्छ ? कसरि अमुल्य उर्जालाई अझ बढी दक्षता वृद्धि गर्दै कम उर्जाले धेरै काम गर्न सकिने प्रविधिको बिकाश भै रहेको छ |
अर्कातिर अमुल्य उर्जालाई कसरि ब्यबस्थापन गरेर त्यसलाई स्मार्ट ग्रिड , स्मार्ट मिटर , इनर्जी अडिट, बिजुलीका सामानहरुमा अनिबार्य लेभलको व्यवस्था | परम्परागत लाइट बल्बको ठाउँमा सबैले लेड लाइट राखेर सरकारलाई सहयो गर्न सकिन्छा जसले कालान्तरमा बिजुलीको पैसा कम तिरे हुन्छ | यूरोपियन देशहरुमा त्यस्ता बल्बहरु फेज आउट भैसके | नेपालले पनि इनर्जी संकटको यो घडीमा त्यसप्रकारका लो ग्रेडका सामानहरुमा बन्देज लगाउनु पर्छ | उर्जालाई  जोगाउनु र बनाउनु  बराबर मात्रै नभएर जोगाउनु बढी फाइदा जनक हुन्छ | इनर्जी अडिटलाई एउटा अभियानका रुपमा सबैले पालना गर्नु पर्छ आर्थिक अडिटलाई झैँ |
नेपालको अहिलेको स्थिति कस्तुरी मिर्गले आफु भित्रको अमुल्य सुगंदलाई नचिनेर त्यसको प्राप्तिमा बन बनै चाहारिरहेको जस्तै भएको छ | हामी आज उर्जाको गर्जो टार्न कैले दक्षिण कैले उत्तर तर्फ़ लम्पसार परि रहनु परेको छ | हाम्रा दुइ विशालकाय छिमेकीहरु जसका जनसंख्या लगभग बिश्वोकै आधा छ तिनले बिश्वोकै आधा उर्जा खपत गर्दछन | तिनको पाचन प्रणाली यस्तरी बढ्दै छ कि तिनले आफुले बढाउदै लगेको ग्राहस्त उत्पादनको ब्रिद्दि दर ८ % का दरले उकालो लागि रहेको छ | भोलि तिनीहरुको उर्जा खपतको अनुपात अमेरिकी र यूरोपियनका समिपमा पुगे तिनलाई कति उर्जा चाहिएला ? तेइ चिन्ताले तिनीहरु अनेकौं नाममा नेपालको उर्जाको ठूलो भण्डार हडप्ने दाउमा छन् | रोटि बेटीको सम्बन्ध , खुला सिमाना , सास्कृतिक समानता, पानी र जवानी माथि को आसन्न संकटले नेपाललाई बेलैमा एउटा देशलाई भलाइ हुने राष्ट्रिय सोचको उर्जा नीति र दीर्घ कार्य योजनाको खाँचो छ |
नेपालले बेलैमा सोच विचार गरेर लागि परे देश भित्रको उर्जा संकट मात्र होइन भोलि सार्क क्षेत्रमै एउटा उर्जाको बिशाल कारखानाको रुपमा दक्षिण एशियामै उर्जाको बादशाह ठहरिने प्रस्ट छ | केवल खाँचो छ एउटा जागरुक इक्षा शक्तिको र देश बनाउने निस्वार्थ भावनाको |

Ø  स्वानजी युनिभर्सिटी युकेमा इलेक्ट्रिकल / इलेक्ट्रोनिक इञ्जिनियरिङ्ग मा पी. एच.डी अध्ययनरत (नेपालको उर्जा संकट , नबिकरनिय उर्जा सम्बन्धि सोध गरि रहेको )
Ø  च्यारिटेबल रन गर्न मन पराउने हेल्प नेपाल मार्फत लगभग ७०० £ उठएको
Ø  पेरिस म्याराथुन गर्दै ९ अप्रिलमा २०१७
for my presentation see after 1:32











http://wenepali.com/2017/03/31627.html

बुद्ध बर्न इन नेपाल


बुद्ध  बर्न इन नेपाल
लघुकथा
रामहरि पौड्याल
भरतपुर माहानगर पालिका १२ / १९३ , बसन्त चोक
चितवन, नेपाल
मार्चको दोश्रो हप्ता म थाइलेण्ड को पत्तायामा छु | इलेक्ट्रिकल इञ्जिनियरिङ्गको अन्तरास्ट्रिय सम्मेलन | २७ देशका २७० जना अनुसन्धानरत शोधार्थी हरुको महाकुम्भ | तीन दिन सम्म चलेको त्यो  ज्ञान बिज्ञान को बौद्धिक बहससंगै मिलेको समय पतायाका रमणीय ठाउँ घुम्दै अन्तिमको दिन बैङ्ककको लागि छुट्याएको म | बैङ्कक घुम्न निस्कने क्रममा पहिले ग्रयाण्ड प्यालेश घुम्न निस्कन्छु | बेलायतको चीसोले कठाङ्ग्रियेका  मेरा आँतहरु तेतो मीठो घामको स्पर्समा न उचालिने कुरै भएन |  हाफ पाइण्ट लाएर ठीक गरेछु ! यस्तो गर्मि मेरो मनले आफैलाई भन्यो | अहो  ! कति लामो लाइन ? हजारौं मान्छेहरु लाम लागेका छन् |
 थाई हरु र बिदेशी हरुलाई छुट्टा छुट्टै लाइन मिलाईएको थियो भित्र पस्न लाई | १७८२ मा बनाइएको र १५० बर्ष सम्म थाई नरेश को मुकाम , शाही अदालत र सरकारी प्रशशकिय भवन रहेको त्यो ऐतिहासिक  दरवारको भ्रमण नगरी बैङ्ककको  यात्रा अपुरो र अधुरो रहने मानिदो रहेछ | 
बैङ्कक घुमाइको पूर्णता हुने सपनामा फुलाई रहेको नाक एक्कै छिनमा  थाई शेनाको मान्छेले नजिकै आएर टिकट काट्न तम्सेको मलाइ रोक्दै भन्यो | यो राजाको दरवारमा हाफ पाइन्ट लगाएर जान पाइदैन | केटि मान्छेहरुले घुंडा भन्दा माथि देखिने स्कट समेत लगाउन बन्देज रहेछ | जिल्लाराम परेर फेरी होटल फर्कनु पर्ने बाध्यता नजिकैको सोविनियर सपमा गएर एउटा झट्लुंगे ट्राउजर किने र मेरो इजेत जोगियो त्यस क्षण |  राजतन्त्र प्रतिको त्यो थाई जनताको निष्ठा, स्वोस्फ़ुर्त न्यानो सम्मान ले मलाई चसक्क दुखायो | देश सम्झायो | बुद्धका बिशाल गुम्बा हरुले आफ्नो लुम्बिनी दुखायो | बुद्धको तेती ठूला  मुर्ति तेती ठूला पौराणिक कला र संस्कृति देखेर म भाबुक भएँ | धार्मिक पर्यटन कति शक्तिशालि हुँदो रहेछ अनुभूत गरें | देखेर भीड चाइनिज हरुको , ताइवानिज हरुको , जापानी हरुको ........ | बिश्वोका करोडौं पर्यटक हरुलाई स्वादिका ! स्वादिका !! भनेर जुम्ल्या हात हामीले झैं जोडेर झुक्ने तिनीहरुको बिनायाशिलाताले मलाइ पगाल्यो |

चरक्क चर्केको घामको प्रबाह नगरी बुद्धको त्यो बिशालतालाई संसार सामु चिनाउन २३५ बर्ष अघि बनायिएको त्यो राजप्रस्साद त्यसको ऐतिहासिक कालिगढ़ीको  नमुनालाई  मनभरी सजाउदै र समाल्दै लम्की रहेका मेरा पाइलाहरु | पताया देखिनै संगै आएका इन्डोनेसियन युगल जोडी मेरा यात्राका नजिक का मित्र बनेका छन् | हामीहरु फोटो खिचाउन सहयोग गर्छौं एक अर्कालाई | मुसलमान को महासागरमानिने  इन्डोनेसियको  बालि भन्ने ठाउका हिन्दुहरु रहेछन | धार्मिक आस्ठाले तिनीहरु मेरा आफन्त भएका छन् दिनभरी |
प्याकेज टुरका ठुला ठुला झुण्ड हरु | तिनीहरुलाई ग्राण्ड प्यालेशको इतिहास घोकाउने थरि थरिका टुरिस्ट गाइड हरु |
बुद्द  बर्न इन इन्डिया ! एउटा गाइडले भनेको मेरा कानमा ठोक्किए |
बुद्द  बर्न इन इन्डिया !! अर्को गाइडले पनि तेसै भन्यो |
मेरो मन अमिलो भो अगि सम्मको बैङ्कक घुमाइको सुखानुभूतिले उचालिएको मरो मनमा एका एक  आंधी चल्यो तुफानी प्रबेग लाई मैले बिदेशी भुमि सम्झेर दबाइ रहें | देशको पररास्ट्र नीति कति कम्जोर लाग्यो आफैंलाई | एउटा देश चिनाउन नसक्नु को पीडा ले म पानी पानी भएँ |  यो इन्डियाले सिकाएको दुनियालाई बुजेउ ती इन्डोनेसियन लाई दुखेशो पोखें | लुम्बिनी घुम्न आओ पशुपति को देशन गर्न आओ मेरो घरमै बसूला | मैले आतिथ्य दर्शाए ती साथीहरुलाई |
बुद्द  बर्न इन इन्डिया ! फेरी अर्का गाइडले चर्को स्वरमा एउटा बिशाल युरोपियन टुरिस्टहरुको भीडमा करायो |
दौडिदै त्यो भिडमा पुगें र भने - मलाई माफ गर्नुस बुद्द  बर्न इन नेपाल ! बुद्द  बर्न इन नेपाल ! ! कृपया पर्यटक हरुलाई गलत सुचना न दिनुहोला | म नेपालको मान्छे हुँ | लुम्बिनीको मान्छे हुँ र हुँ  बुद्दको आफन्त | हजुरहरु गुगल गर्नुस साँचो कुरा पत्ता लागि हाल्छ | मैले तेती नभन्दै आइफोंन बोकेका कतिले गुगल सर्च गरि हाले तर त्यो गाइड कतिको जब्बर रहेछ भने उसले कराई रह्यो - बुद्द  बर्न इन इन्डिया !
तर आफुलाई त्यो क्षण संसार जिते जस्तो लाग्यो मनले चिच्याएर  भन्यो बुद्द  बर्न इन नेपाल ! बुद्द  बर्न इन नेपाल !
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
गुगल गर्नुस साँचो कुरा पत्ता लागि हाल्छ | मैले तेती नभन्दै आइफोंन बोकेका कतिले गुगल सर्च गरि हाले तर त्यो गाइड कतिको जब्बर रहेछ भने उसले कराई रह्यो - बुद्द  बर्न इन इन्डिया !
तर आफुलाई त्यो क्षण संसार जिते जस्तो लाग्यो मनले चिच्याएर  भन्यो बुद्द  बर्न इन नेपाल ! बुद्द  बर्न इन नेपाल !
सम्प्रति: संयुक्त अधिराज्य बेलायत




Sunday, March 19, 2017

Energy management system for Nepal energy crisis

Ramhari Poudyal

“To make an energy fix, we need an energy mix.”
-       BP Slogan

The sustainable and efficient use of energy poses many challenges for the future. Pioneering strategies and innovative solutions for energy generation pave the way for an intelligent power supply.
Microgrids have received increasing attention as a means of integrating distributed generation such as Combined Heat and Power (CHP) into the electricity network. Usually described as confined clusters of loads, storage devices and small generators (< 500kW), these autonomous networks connect as single entities to the public distribution grid [1] [2] [3].

Furthermore, Microgrid and renewable energy sources are cost effective resources in order to satisfy increasing demand to sustainable development. Regulatory issues for microgrid and renewable energy sources may to be accelerated and simplified in countries in order to attract investors. But those issues don’t mistake the required security and quality levels.
Moreover, Microgrid and renewable energy sources are best solutions for actual cost energy scenarios, specially. But some barriers must be removed to become effective these resources. In order to contribute to minimize these barriers, cost/return must be understanding by potential investors. This is part of challengers to meet.

In addition, Energy management system (EMS) utilizes information flow to control power flow in order to balance and optimize the power flow every moment and place. Conventionally, the EMS is centralized one. However, the architecture of future EMS is distributed & autonomous, interactive & coordinated. A new concept and architecture of future EMS for smart grids, i.e. EMS family, are proposed. Some new members of EMS family are introduced for autonomous and fast energy management of smart grids, for example, substation EMS, wind farm EMS and electric vehicle (EV) EMS. Interaction among EMS family members is introduced to do coordinated control in order to accumulating large-scale renewable energy as much as possible and to enhance entire grid security, which forms an EMS family network, for example, interaction between transmission and distribution grids, interaction between substation and control centre, interaction between wind and EV [4].
A simple Energy Management system model for ISO 50001 can be seen below:


Ø  More efficient energy use

Ø  Increased use of embedded renewable energy
Ø  Increased energy exchange with the rest of society
Energy consumption has become a key metric for companies. Saving energy is saving operational costs. Energy consumption also implies reducing greenhouse gas emission and demonstrating greater care for natural resources.
Three major challenges are faced in smart grid development in the world. One is how to integrate large-scale intermittent character of renewable energy into power grids. Most of the wind power bases are far away from the load centers in Nepal. World Bank tried to find wind energy potential in Manag and Mustang districts of Nepal. They found 3,000 MWpotential however, that places wind intensity at 11 am to 4 pm only but in a nationwide evening 6 pm to 9 pm has peak load, that’s why government official didn’t give much attention to that project. However, Wind projects are relatively quick to install and takes much less space than large solar arrays. If there is road access, equipment, and no political obstructions, a 100MW wind farm can be built within six months. Our primary concern would be road access to wind sites since bigger turbines mean cheaper cost of electricity generation.

That’s why it is necessary to directly integrate wind power into the transmission grids as large –scale wind farms. How to operate a large power grid with high penetration of intermittent wind power is a big challenge for research engineers. Several important tasks in grid operation with large-scale wind power include active power, frequency control, reactive/ voltage control.

Solar and Wind Price in $ Million/Megawatts 2010 - 2016
Source: Bloomberg Energy Finance


PV solar panels are the safest and effective way of producing electricity. Solar technology doesn’t burn any fossil fuels, doesn’t create greenhouse effect and toxic air. This is clean, copious, silent, cheap, and scalable from small rooftop to large utility – scale power plants, and one of the most environmental friendly and efficient methods in terms of generated power per unit area used.
Solar radiation of Nepal is 3.6 – 6.2 KWh/m2/day, 300 days sunny, Average sunshine day 6.8Hours/day.
Today more than ever, effective energy management is a crucial issue for the success of any business. For many, the answer is an Energy Management System (EnMS) – a framework for the systematic management of energy. As well as enhancing energy efficiency, an EnMS can cut costs and reduce Greenhouse Gas (GHG) emission providing you with a competitive advantage. BS EN 16001 represents the latest best practice in energy management system building upon existing national standards and initiatives. The standard specifies the requirements for an EnMS to enable your organization to develop and implement a policy, identify significant areas of energy consumption and target energy reductions rite your thoughts.
Development and deployment of renewable energy resources; solar, wind, micro-hydro, biomass etc. should be added immediately for better energy mix that helps to end energy crisis. We shouldn’t be dependent solely in one source of energy like hydropower. IEA estimates that to achieve that Universal electrification objective by 2030, grid extension will be 30% and 70 % will be mini-grids or off grid system. 6.6 million people have no electricity in Nepal however, Country’s medium term ambition is to become a middle – income nation by 2030, while graduating out of the least developed country (LDC) status by 2022.

REFERENCES
[1] C. Marnay, A. S. Siddiqui, and F. J. Rubio, “Shape of the microgrid,” Proc. IEEE Power Engineering Society Winter Meeting, Columbus, pp. 150–153, Jan/Feb 2001.
[2] S. Abu-Sharkh, “Can microgrids make a major contribution to the uk energy supply,” Renewable and Sustainable Energy Reviews, vol. 10, no. 2, pp. 78–127, April 2006.
[3] R. H. Lasseter, “Microgrids,” Proceedings of the IEEE Power Engineering Society Winter Meeting, vol. 1, pp. 305–308, Jan. 2002.
[4] Hongbin Sun, “Family of Energy Management System for Smart Grid,” IEEE PES Innovative Smart Grid Technologies Europe (ISGT Europe), Berlin 2012

Sunday, February 12, 2017

बन्द  गर लौ नेपालको  क्रन्दन
कबिता

रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन

आऊ हे सङ्गी हो बसौं समिपमा छोडी खरावी सब
लाउँ हे सबले मिलेर मनले नौलाख प्रीति अब
मान्छेका मनका बिकारहरु लौ इर्स्या अहो क्रोध ती
फ्याकौं हे अबता अंगार मनका बन्दै सुस्वादु तब

बाचा त्यो युगको पुकारी सबले संकल्प नौलो गरौँ
राम्रा ती नमूना विचार मनले साँचेर दिलमा भरौं
लागौं हे अबता डटेर सबले दशैं बनाऊ अब
फ्याकौं हे जडता छिमेकी संगको बन्दै अहो सज्जन !

के मार्छौ छलले बनाइ बलले पासो अहो बिद्युत
के गर्छौ भनलौ लिएर मुलुकै बन्धु गुमाई भन ?
मर्ने भाइ र मारिनेहरू सबै हुन् भाइ आफ्नै भने
फ्याकौ हे मुढता विचार सबनै बन्दै अहो मथ्तर

रोएकै छ देश आज दुनियाँ आफन्तको युद्धमा
रोकौं  हे कुरूक्षत्र धेर नबनोस रक्तै बगाई कन
को हेर्ला  खुसीले सुनौं सकलले यो गृह युद्है अहो !
फ्याकौं हे क्रुरता ती पापी मनका बन्दै अहो शीतल

धेरै भो अबता लडाई झगडा सत्ता र कुर्ची कनै
सान्चैनै नभुले गरीब सपना बाढी दियौ त्यो किन ?
बाचा धेर गर्यौ जुगै बदलने खै बदलियो त्यो कहाँ ?
फ्याकौ दुस्ट विचार बन्द गर लौ नेपालको क्रन्दन

सम्प्रति  संयुक्त अधिराज्य बेलायत


Thursday, January 12, 2017

जाउँ कता खै कुन ठाउँ शान्ति मिल्छ ?



कविता
बसन्ततिलका छन्द
त भ ज ज गु गु
Ssi sii isi isi s s

रामहरि पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन

खुल्दैन यो शहरमा मनको बहाब
फुल्दैन त्यो रहरमा तनको  गुलाब
बढ्दै छ मान्छे किन बनि स्वार्थि आज
सड्दै छ मान्छे  किन बिर्सिएर राज

आऊ बसौं मिलेर साथ संगी सुसेली
लाऊ न आऊ सब जन खोलौं कुसेली
गाउँ  मिठो गित सबले देशै बनाउ
खाउँ साँचो कशम सबले देशै सजाउ

छांडू  बिकार  बाँकी भए केई कतै
फांडू  बिसाक्त पन  बन्दै सुस्वादु जतै
जाउँ कता खै कुन ठाउँ  शान्ति मिल्छ
गाउँ कता गै कुन ठाउँ भ्रान्ति निल्छ ?

आएर लाउ मनको पिरती नजाऊ
गाएर जाउ  तनको फ़िरति नआऊ
दिएर जाउ  सकिदैन नि प्यार  माया
सिएर लाउ  भनिदैन नि  क्यार छाया |


सम्प्रति: संयुक्त अधिराज्य बेलायत

Tuesday, January 10, 2017

सरोगेट मदर

कथा


रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन 

व्हाट अ लब्ली कप्पल!
गड ब्लेस देम !!

किंग्स लिनको सेन्ट मार्गरेट चर्च आज आगन्तुकहरुको उल्लासपुर्ण भिडले भरिएको छ | तिनीहरुको उमंगले सजिएको छ | जोन र जेनिसाका ७ बर्ष लामो प्रेमले आज पूर्णता पाएको दिन | तिनीहरुको खुसीमा मिसिएका थिए सारा इस्टमित्रहरु| साथी संगातिहरु | क्रिस्चियन परम्परा अनुसार पादरीले तिनीहरुको लगन  गाँठो कसिदिए एकै छिनमा | सबैले तलिबजाएर  समर्थन गरे | हिजो सम्मका सिंगल लाइफ आज म्यरिड कप्पल मा परिणत भयो  | मिसेस जेनिसको खुसि उनको मुखार्क्रितिबाट झल्किएको थियो | उता मिस्टर जोन लाई सपनाझैं लागिरहेको थियो |
चियर्स ! 
चियर्स !!
चियर्स !!!

बिहेको पार्टीको रिसेप्सन भब्य थियो "डुक हेड" होटलको बलरुम भरिभराउ देखिन्थ्यो आगन्तुकहरुको पार्टी क्रेजले | पिउने पियाउने उपक्रम चल्यो राति अबेर सम्म | डिस्को लाइट , चर्को म्युजिक , पिएर मदहोस मान्छेका भिड | एउटा नौलो मादकता सबैमा देखिन्थ्यो | ती सबैका केन्द्रमा थिए जोन र जेनिशा |
मधुयामिनिका सुमधुर सम्झनाहरु साचिए जीवनभर  नभुल्ने गरि  | प्रेमका प्रतिज्ञाहरु फेरी दोहोराइए दुबईको अग्लो भवनबाट | भावी परिवारका संरचनाहरु सजाइए | खाकाहरु बनाईए | रोड म्यापहरु कोरिए सन् .. सम्म| प्रेमको निशानी तिनीहरुको सन्तान जन्माउने भनेर |
ओ हनी ! त्यो अलि चाडै भएन र ?
जीवनमा रोमान्स पनि त गर्नु पर्यो नि | जेनिसाले फिगर कन्सस आफ्नो कायालाई बेड रुमको ठुलो ड्रेसिङ्ग ऐनामा आफुलाई नियाल्दै जबाफ दिई |
अफकोर्स डार्लिङ्ग !

जोनले चपक्क अँगालो हाल्दै सहमति जनायो | एकै छिन तिनीहरु हराए अलौकिक संसारमा | मधुयामिनिका प्रथम चरण ! दोस्रो चरण !! ....बेलायतीहरुको प्रेमले बैवाहिक औपचारिकता पाएर हनिमुनको दैलो सम्म आउदा धेरै हण्डर ठक्कर खाएको हुञ्छ हरेकका जीवनमा | जति सजिलै बान्धिञ्छन सम्बन्धरु तेत्तिनै सजिलो संग टुङ्गिञ्छन सम्बन्धरु | यो यौन स्व्छन्दताको केन्द्र हो बेलायत | जहाँ आइमाइहरु बलिया छन् | तिनकै शाशन चलेको छ मुलुकमा शताब्दियौं देखि | महारानी एलिजाबेथको मुलुक यो
बैवाहिक जीवनका उर्बर समय त्यो जोडीले सन्तानका चाहालाई धकेल्दै लग्यो रोमान्सका नाममा | ब्यस्त प्रोफेसनल करियरको नाममा | त्यसकालागि अपनाइए सस्ता सन्तान नहुने तरिकाहरु | पिल्स , सुइ , ......सबै सबै उपायेले तिनीहरु आफलाई धपाई रहे | तिनीहरुले सोचे जीवनका घडीहरू तिनीहरुकै मुट्ठीमा घुम्ने छ आफुले चाहेझैं | आफुले रोजे झैं |
जति बेला तिनीहरुले चाहे समयले सायद कोल्टे फेरिसकेको थियो | चालीसको पूर्वार्धमा सुरु गरिएको त्यो पारिवारिक चाहाले तिनीहरुलाई अपेक्षित लाभ दिएन सोचे जस्तो , सम्झे जस्तो |
"सन्तान प्राप्ति" हरेक दम्पतिको बैवाहिक जीवनको उत्कृस्ट अभिलाषा ! पुस्तान्तरणको एउटा अमुल्य कढी | सन्तान सुखका अनन्त चाहनामा डुब्न पाउदा हुने अबर्नातित खुसि हरेक युगल प्रेमीहरुका जीजिबिशाहरु हुन् | जीवानेक्षाहरु हुन |
यस्तै सुनौला भबिस्य साँचेर सात सात बर्ष लामो आफ्नो प्रेमलाई बिबाहको औपचारिकतामा टुंग्याएका थिए तिनीहरुले | त्यो सम्बन्ध कति पाको थियो दुबैका लागि | जोनले त्यो भन्दा अगाडी आठ ओटा असफल प्रेम ब्योहोरेको थियो भने जेनिसाले सात वटा त्यस्ता अत्यास लाग्दा कहरहरु काटेकी थिई | आजको दिन सम्म आइपुग्दा | अब बढी  त्यस्ता सस्ता प्रेम र डेतिङ्गमा नहराउने संकल्पले ती दुइ जोडी एक आपसमा गाँसिएका थिए | तिनलाई सात सात बर्षको कठोर परिश्रम ले सिन्चेका थिए | खारेका थिए प्रेमको साचो परिक्षामा | तीसको उत्तरार्धमा थालिएको त्यो बैवाहिक सम्बन्ध चालीसको पूर्वार्धमा मात्र सन्तानको प्र्रप्तिका लागि तयार भएको थियो | एउटा पूर्ण चाहामा होमिएको थियो |
पहिलो गर्भको उत्कट खुसि मात्र केहि हप्तामा मिस क्यारेजमा टुङ्गियो | दोस्रो प्रिग्नेन्सी बाल बाल बाच्ने घटना बन्यो | इक्टोपिक प्रिग्नेन्सीले दाहिने पट्टिको फ़ेलोपिन ट्युब काटेर फाल्नु पर्यो | केहि घण्टा मात्र ढिला भएको भए जीवन सकिन सक्थ्यो जेनिसाको | सन्तान प्राप्तिका यस्ता दर्जनौं हृदय विदारक ट्रेजीडिहरुको तिनीहरुले सामना गरि रहे | युरोपको केन्द्र बेलायत आधुनिक मेडिकल साइन्स का यावत सुविधाहरु भएर पनि त्यो जोडीलाई सन्तान सुखको सुयोग कैलेइ मिलेन |
व्हाट अ सेम हनी !
किन  मैले तिमीलाई एउटा उत्तराधिकारी समेत दिन सकिन ?
म बाँझी आइमाई !
म कुनै कामकी रहिन !!

गहभरि आँसु पार्दै जेनिसाले भनि | जोनले समलिने प्रयास गर्यो | सन्तान नहुनुको पीडा | सन्तानलाई सकुसल अवतरण गर्न नसकी केहि हप्ता र मैनामा मिस क्यारेजको दुखद क्रुरतालाई पटक पटक सहनु पर्दा त्यसले निम्त्याउने शारीरिक मानशिक तनाब र ती जोडीले भोग्नु पर्ने बाध्यता थियो त्यो | धेरै यस्ता मिस क्यारेजबाट  वाक्क भएकी बेलायतकी बरिस्ठ प्रसुति विज्ञले तिनीहरुलाई अन्तिम अस्त्रका रुपमा टेस्ट ट्युब बेबीको सल्लाहा दियिन |
पहिलो प्रयास / दोस्रो प्रयास / अन्तिम प्रयास सबै सबैले हावा खाए | तेत्रो महँगो प्रबिधिले तिनीहरुलाई कंगाल बनायो | मानशिक र शारीरिक रुपमै बेस्स्सरी टुटे फुटेका त्यो जोडीले लगभग सन्तानको आसा मारिदिएका  थिए |
उनीहरुको प्रोफेसनल लाइफ सधैको मिस क्यरेज संधैको अपूर्ण प्रिग्नेन्सीले चौपट भै सकेको थियो |
एकदिन लन्डनबाट फर्कदै गर्दा ट्रेनमा कसैले फालेको पत्रिकामा सरोगेट मदरको कथा पढेर जेनिसा दङ्ग पर्दै घर फर्की | उसका सन्तान प्राप्तिका सपनाहरु फेरी पुनजागरीत भएर आए |
घरमा आएर गुगल गरि | सरोगेट मदरको सम्भावना लाग्ने शुल्क त्यो देशको सरोगेसी कानुन सबैलाई एकपटक रामोसंग अध्ययन गरि सकेर त्यो जोडी फेरी तम्सियो आफ्नो सन्तान प्राप्तिको महासपनामा |
सरोगेसी सेन्टर  ! उनीहरुको चाहनाको संसार बनेर खडा भयो | धेरै दिनको मेडिकल जांच पड्ताल | धेरै मोलमोलाई पछि तिनीहरु तयार भए सरोगेसिका लागि | एउटी नेपालबाट झिकायिएकी पहाडी दिदि पैसाका लागि तिनको भाडाको गर्भ बोकिदिने भईन | त्यो बापत उनले १२ लाख रुपैयाँ पाउने भईन | नेपालबाट भूकम्पले आफ्नो थात थलो सबै ढलाए पछि राम्रो जागिरको चक्करमा सिन्धुपाल्चोक बाट अनेक हण्डर र ठक्कर खाँदै एउटा दलाल मार्फत त्यो काम गर्न थालेकी रहिछन |

गोरे दम्पतिकलागी त्यो १२ लाख केहि थिएन तथापी ती दिदिकालागी त्यो रकम ठुलै थियो तिनको औकात भन्दा | गरीबीले बनाएको खाडल पुर्न उनिले  त्यो काम स्वीकारिन |
आधुनिक मेडिकल साइन्सका यावत सुबिधाले सजिसजाउ त्यो सरोगेसी सेन्टर इंडिया मै नम्बर १ थियो | डाक्टर श्रीबास्ताबको टोलीले तिनीहरुको  डिम्ब र शुक्रानूलाई कृतिम रुपमा झिकेर ल्याबमा निशेचित गराई तिनै नेपाली आइमाइको गर्भासयमा प्रत्यारोपण गरियो | उनीलाई महिनौं सम्म त्यहि सेन्टरमा राखेर पुर्न निरिक्षण गरियो | अन्त्यमा डाक्टरले त्यो सफल भएको घोसणा गरे | जोन र जेनिसा खुसीले उफ्रिए त्यो क्षण | अब हाम्रो हातमा सन्तान सुख सल्बलाउने छ | चल्बलाउने छ | त्यो कल्पना मात्रले पनि त्यो जोडीलाई एउटा अद्भुत रोमान्च पैदा गरि रह्यो |
आफ्नो पेटमा हजारौं माइल परका बेलायती गोरेहरुको नासोलाई हुर्काइ बढाई गर्नु सानो काम थिएन | त्यो पनि पुरा नौ नौ महिना आफ्नो गर्भमा | गरीबिको एउटा नाम मजबुरी | परिस्तितिको दास बन्नुको अर्को बिकल्प पनि तिनमा थिएन | आफुलाई धिक्कारिरहेका बेला तिनले यसो सोचिन यो पनि एउटा धर्म हो कसैलाई सन्तान बनाइ दिनु | बाँझो पनबाट मुक्ति दिलायिदिनु | कसै संग कुकर्म गरेको पनि त होइन सबै कुरा डाक्टरले ठिक्क बनाइदिएको | मात्र एउटा कृतिम सुइ त हो मैले लिएको | त्यो गोरेसंग म सुतेको त छुइन नि | पैसकालागी आफुलाई बेच्ने पनि छन् | आफुलाई बजारमा पस्कनेहरु पनि छन् | म मात्र कसैको सन्तान बनाइदिने भडाकि आम बनेँ | भोलि यो सन्तान हवाइजहाज चढेर बेलायत पुग्ने छ | के यसलाई मेरो माया लाग्ला त ? ती गोरे गोरेनिले मलाइ सम्झालान त ? यी सबै भावनाहरु उनका मनमा खेल्दै रहे | आँसुले उनलाई भिजायो | आफ्नो बाध्यता सम्झेर |

उता जोन र जेनिसा दिन गनी रहेका थिए | समय पर्खि रहेका थिए | आफ्ना उत्तराधिकारीको स्वागतमा स्वगतातुर देखिन्थे | बेबीको लागि चाहिने सामान , बेबीको कोठा सबै सजाएर राखेका थिए | मनभरी तनभरि एउटा उमङ्ग तरंगीत भै रहेको थियो | सारा इस्तमिस्ट्रहरु समेत तिनीहरुको खुसीमा सामेल हुनलाई हतारिरहेका थिए | सोधी रहेका थिए ? बेबीको आगमन पर्खिरहेका थिए | बाताबरण मै एउटा छुट्टै मादकता नाचेको थियो बेलायतको किङ्ग्स्लिन टाउनमा |
समय आफ्नो गतिमा कुदी रह्यो तिनीहरुको अपार खुसि संगै | बर्षौं देखिको सन्तान सुखको पीडाले भर्खरै मुक्ति दिलाउदै थियो | एकातिर धुम धाम संग नब आगन्तुक को स्वागतमा मान्छेहरु लालायित थिए अर्कातिर ती भाडाकी आमाको आफ्नै दुख दर्दहरु थिए | प्रेग्नेंसिको अन्तिम प्रहरले उनलाई हुन सम्म गार्हो भै रहेको थियो | स्वास प्रस्वास मा बाधा पुगिरहेको थियो | पेट फुलेर दमाहा जस्तो भएको थियो | बच्चाको  दिनहुँ किक, सुत्न अप्ठेरो भै रहेको थियो | उनलाई कुनै पनि कुराको फ्रिडम थिएन | सबै कुरा उनीहरुको मर्जिअनुसार चल्नु पर्ने थियो बच्चा नजन्मुन्जेल |
यसरि हुर्काएको सन्तान भोलि अर्काको हुन्छ | बेलायती बाउ आमाको देशमा हुन्छ | मैले फगत एकपटक हेर्न समेत पाउदिन | यो सम्झेर कैलेकाहीं उनि निकै भाबुक हुन्छिन | आफ्नै रगत नभएपनि आफले गर्भमा हुर्काएको बढाएको सम्झेर उनि द्रवित हुन्छिन |
हरे भगवान मैले मात्र पैसाका लागि कसरि आफ्नो कोख बेचें ?
के भाडाकी आमा सरोगेट मदरका कुनै पीडा हुन्दैनन ??
आफ्नो गर्भ गृहमा जन्मेको बच्चा को कुनै कानुनि हक हुदैन ???
जति जति उनको डिउ डेट नजिक आउछ उति उति उनको मन उद्वेलित भै रहनछ बेसरी सम्झनामा |

आखिर समय आइपुग्यो यथासमयमै तिनीलाई बेथा लाग्छ | सबैले दौडाउदै हस्पिटल लैजान्छन | मेटर्निटि हस्पिटल भरिभराउ हुन्छ | अनेक थरि परिक्षण अनेकथरी जांच पछि पनि डेलिभरी नर्मल नहुने देखेर उनलाई अप्रेसन थिएटर तिर दौडाइञ्छ |
लामो लाइफ थ्रेतेनिङ्ग अप्रेसन पछि उनको डेलिभरी सकिन्छ | एउटा स्वस्थ बच्चा हस्पिटल थर्काउने गरि रुञ्छ | चियाँ ! चियाँ !! चियाँ !!!
वरी परिका सबैमा एउटा ठुलो खुसि त्यो रुवाइले ल्याउछ | त्यो खुसि जसको प्रतीक्षा मा एउटा सिंगो जीवन जोन र जेनिसाले तड्पिरहेका थिए | खोजि रहेका थिए लामो समय सम्म  | तिनले के गरेनन सन्तान सुखको लागि ? संधै हरेस खाने त्यो दम्पति आज आफ्नो काखमा बच्चा रोइ रहेको सुन्दा अवाक भए | एक छिन केहि पनि बोल्न सकेनन | यो सपना हो कि बिपना ?

बास्तबमा त्यो बिपनै थियो | त्यो रुदैं गरेको बच्चा तिनीहरुकै सन्तान थियो र थियो तिनीहरुको उत्तराधिकारी | ती नेपाली आइमाई त मात्र साधन थियिन त्यो बच्चा लाई नौ महिना सम्म पेटमा पाली दिने र बढाई दिने | एउटा कनट्र्याक्ट सकिएको थियो बच्चाको आगमन संगै |
जेनिसाका आँखा रसाए हात थर थर कमि रहेका थिए बच्चा लाई हातमा समाउदै उनले आँखा चिम्म गरिन र भगवानलाई धन्यबाद दियिन |
थ्याङ्क्योउ डार्लिंग ! तिमीले मेरो सपनालाई बिपनामा परिणत गरयौ |
म कहिलेइ तिम्रो यो गुण बिर्सने छैन र आजन्म तिम्रो ऋणी हुने छु |
उनले दरो अंकमाल गरिन उनीसित | जोनले पनि तेस्तै भन्यो र उनलाई तेसरिनै कृतज्ञताको हग गर्यो | बच्चालाई हेर्दै तिनीहरु हराए आआफ्नै संसारमा |

बच्चा अब मस्त संग सुति रहेको थियो प्रसुति वार्ड मा | उसलाई दुनियाका यी सारा काम र कनट्र्याक्ट संग कुनै लिनु दिनु पनि थिएन | उ कसरि जन्म्यो  र कहाँ जन्माइयो ? यो उसको सरोकार पनि थिएन | उसलाई भोक लागेको बेला दुध चाहिन्थ्यो बस उसको संसार तेत्ति थोयो वर्तमानकालागि |
दुधको तयारी !
नेप्पी चेञ्ज !!
मसाज , नुहाई धुवाई सबै चल्दै रह्यो त्यो भाग्यमानी बच्चाका लागि सेबक हरु टन्न थिए |
उता भर्खरै ठुलै अप्रेसन गरेर बच्चा जन्माइदियेकि महिलाको स्वस्थ खस्केको थियो नराम्ररी | आफ्नो ज्यान बाजी राखेर कसैको कोख भर्न खोज्ने कसैको सन्तान प्राप्तिको मनेक्षालाई पूर्णता दिने महान कार्य गर्ने तिनी लम्पसार थियिन बेडमा मुर्दा झैं |
समयको गतिलाई रोकेर छेकेर राख्न सकिदैन त्यो आफ्नै प्रवाहमा बगी नै रहन्छ अथाह नदि झैं लक्ष भेट्न अविराम | समुन्द्र भेट्न आतुर नदि बाटा घाटाका अबरोधलाई आफैं पन्छाउदै बढी नै रहनछ समय झैं |
जन्मनु मर्नु स्रिष्टॆका आफ्नै नियमितता हुन् | आज उ जन्माइएको छ | आधुनिक विज्ञानको चमत्कारका रुपमा एउटाको रक्त भएर अर्काको कोखमा हुर्केर धर्तीमा खडा भएको छ | हिजो यो सम्भब थिएन | आज सामान्य भएको छ पैसा हुनेहरुका लागि | आफ्नु कोखमा राख्ने झन्झट नगर्ने हरुकालागी यो केहि लाख रुपैयाको खेल भएको छ | भोलि यो बिज्ञान कहाँ पुग्ने हो ? मत्रित्तो को परिभाषा खुम्च्दै गएको यो बर्तमानमा भोलि कसरि प्रस्तुत होला ?
महिना दिन पनि कति छिट्टै बिते | आज उनीहरु बेलायत उड्दै छन् सानो छोरा जोजे लाई लिएर | बिहान देखिनै उनीहरुलाई फुर्सत छैन आफ्ना सुटकेशहरु कस्न | आफ्ना सर सामान पोको पार्न |
उता ती सरोगेट मदर को मनभित्र एउटा ठुलो आंधी एउटा ठुलो हुण्डरी छुट्दै छ | आफ्नो कलेजोको टुक्रालाई आज उनीहरुले लुटेर लादैछन | नौ नौ महिनाको उनको पीडा | उनको भावनात्मक उपहारलाई उनीहरुले पुर्याउदै छन् अर्कै संसारमा | अर्कै महादेशमा | अर्कै परिबेशमा | खै जीवनमा फेरी भेट होला कि नहोला यो मेरो रक्तको टुक्रासंग | उनीले एक्लै कल्पी रहेकी छन् यो मनोबिनोद आफैं संग |
आँखाबाट दुई थोपा आँसु चुवायिन तिनले |

बाहिर तिनीहरुलाई एअरपोर्ट पुर्याउन टेक्सी आइसकेको थियो | सबै सामानहरु राखिए | बच्चा लाई बोकेर तिनीहरुले उनीसंग बिदा मागे | त्यो हृदयबिदारक  द्रिस्य हेरी नसक्नु थियो | उनको मनमा मात्रित्तोको महासागर उर्लेको थियो त्यो समय |
उनीहरुले घरको गेट काट्दै गर्दा शान्त बालक समेत क्वाहा ! क्वाहा !! क्वाहा !!! गरेर रुन थाल्यो आकाश थर्काउने गरि | बादल बर्साउने गरि | उनले त्यो द्रिस्य हेर्न देख्न सकिनन् र भुइमा थचक्क बासिन र पछारियिन |
सम्प्रति: संयुक्त अधिराज्य बेलायत