Labels

Total Pageviews

Tuesday, February 12, 2019

आधुनिक उर्जाको बिकासक्रम


https://nagariknews.nagariknetwork.com/news/47436/

http://wenepali.com/2017/04/31921.html


रामहरि पौड्याल
भरतपुर महानगर पालिका, चितवन

पृष्ठभूमि:

आजको एकाइसौं शदीमा उर्जाको महत्वो अपरम्पार छ । उर्जा बिनाको संसार कल्पना बाहिरको बिषय भएको छ । मात्र केहि मिनेट बिजुली गएको कल्पना गरौँ - टेलिभिजन चल्दैन , कम्पुटर चल्दैन , मोबाइलको चार्ज सकियो , पाक्दा पक्दैको भात रोकियो , बाशिंग मसिन रोकियो ।  बन्द भयो फ्रिज ।  यी त भए घरेलु समस्या । औधोगिक क्षत्रमा , प्रयटन, हस्पिटल र शैक्षिक क्षत्रमा कति समस्या होला उर्जाको अभाबले ? आजको दुनियालाई चलउने कुदाउने एक मात्र निर्बिकल्प श्रोत उर्जा हो । पाषणकालमा शिकारको लागि घुमी हिंड्ने घुमन्तेका सन्तान हामीले आफुलाई सहयोग होस् भनेर अकेकौं खोज र अनुसन्धानका क्रममा  सबै भन्दा पहिले दुई ढुंगालाई  एक आपसमा ठोकेर  झिल्को निकाल्न सिकेऊ पछि त्यसैलाई बिकशित गर्दै सलाई र  लाइटर बन्यो ।
शुरुमा मान्छेले  दाउरा , घाम, हावालाइनै  उर्जाको  रुपमा  सुरुवाती प्रयोग गरेको पाइन्छ ।  ग्रिक र रोमनहरुले   सबै भन्दा पहिले साधारण मेशिनको बिकाश गरे र घरलाई केहि सुधार गरेर तापक्रम नियन्त्रण गर्न थाले  जाडो चीसोबाट बच्न ।   पहिलो बास्पबाट चल्ने मशिन र हाबा मिलको आबिस्कार ग्रिसको अलेक्जेंद्रियामा भयो । रोमनहरुले  तापलाई  नियन्त्रण गर्ने शिशाका  झ्यालको बिकाश गरे अनि सुरु गरे ग्रीन हाउस चिसोमा खेति गर्न सकिने नयाँ तरिका । मान्छेका यस्तै अनेकथरी ठक्कर चक्करले उर्जाको अबस्यकतालाई उजागर गर्ने क्रममा सन् १८८० मा आधुनिक बिजुलीको ग्रिड प्रणाली को शुरुवात भयो अमेरिकाको  नियुयोर्क सहरबाट ।
नेपालको सन्दर्भ :
नेपालमा हाइड्रो पावरबाट बिजुली निकालेको इतिहासले एकसय ७ बर्ष नाघेको छ | जतिबेला यसप्रकारको बिजुली साउथ एसिया र चाइना सम्म बलि सकेको थिएन | यो प्रोजेक्ट पुरै एशियामा दोश्रो मानिन्थ्यो | सन् १९११ मा बेलायती सरकारको आर्थिक र प्राबिधिक सहयोगमा ५०० किलो वाटको चन्द्र ज्योति हाइड्रो इलेक्ट्रिक पावर स्टेसनको नाममा उक्त जलाबिध्युत आयोजना सम्पन्न भएको थियो | यो कार्यकालागि बेलायती सरकारले तात्कालीक ०.७१३ मिलियन नेपाली रुपैया अनुदान प्रदान गरेको थियो | यसको समुद्घाटन २२ मे १९११ सोमबारका दिन तात्कालीक राजा पृथिबी बीर बिक्रम शाहादेबले टुंडिखेलमा सांझ ६:३० मा बिजुलिको बत्तिको स्विच अन गरेर भएको थियो | मान्छेहरु त्यो अद्भुत बिजुलिको चम्किलो बत्ति देखेर धेरै दिनसम्म गफिएका थिए | त्यो गौरबशाली ऐतिहासिक क्षण नेपालको आधुनिक उर्जाको सुरुवातको कोशे ढुंगा थियो |
नेपालको विकास र प्रगातिकालागि एक शताब्दी भन्दा पनि अगाडी बेलायतले शुरु गरेको यो एउटा नमुना प्रयोग थियो | तात्कालिक राणाहरुको दरवार मानिने सिंह दरवार सम्म त्यो बिजुली पुर्याईएको थियो | बिध्युत विभागले यसको नाम राणा प्रधान मन्त्रि चन्द्र शम्शेरबाट भएको देख्न सकेन होला र त यो ऐतिहासिक विरासतलाई मात्र फर्पिङ्ग हाइड्रो पावर स्टेसन भनेर परिबर्तन गर्यो | संसारका हरेक ठाँउमा परिबर्तन पछि पुराना दरवार, पुराना शाशकहरु नयाँ क्रान्तिकारीहरुको निशाना बन्ने गर्छन | तिनका शालिकहरु ढलाइञ्छन | तिनका इतिहासलाई नामेट पार्ने कुचेष्टा गरिञ्छ | समयले तिनका क्रान्तिकारी आवेगको मुल्यांकन कालान्तरमा गर्दछ | यद्यपि राजनैतिक विश्लेषण यो आलेखको अभिस्ट होइन |
प्रसंगमा जोडिएको एउटा सानु भाबुकता मात्र | यो पावर स्टेसन काठमाण्डौबाट १२ किमि दक्षिणमा पर्दछ | नजिकैका सातमुले र शेष नारायणका खोलाका पानीलाई प्रयोग गरि बिध्युत निकालिएको हो | २५० किलोवाटका दुइवटा टर्वाइनहरुबाट ५०० किलोवाट बिजुली निकालिएको हो | यो प्रोजेक्टमा चार बर्ष ९५०,००० मान्छेले काम गरेका थिए | यो प्रोजेक्टलाई जनरल पद्म शम्शेर जबराले सुपरभिजन र मोनिटरिङ्ग गरेका थिए भने अर्का जनरल मोहन शमशेर र केशब शमशेरले आबस्यक उपकरणको ढुवानी व्यववस्था , लेप्टेनेण्ट देबी बहादुर र सुबेदार हर्ष बहादुरले ओभरहेड ट्रान्समिसन लाइनको निर्माण कार्य गरेका थिए | इन्जिनियरहरु कर्नेल किशोर नरशिङ्ग राना र कर्नेल कुमार नर्सिङ्ग रानाले प्रोजेक्टको आयोजना डिजायिन र निर्माणको कार्य गरेका थिए | इलेक्ट्रिकल इन्जिनियर बरनाउ पुवानतेले यो हाइड्रो पावर स्टेसनको निर्माण गरेका थिए | जेनेरल इलेक्ट्रिकलका बेलायती प्रतिनिधि मिस्टर लिंजले उक्त हाइड्रो पावरको जडान र सुसंचालन गरेका थिए | इतिहासको एउटा रोमान्चक धरोहर बनेको देशको यो एउटा गर्ब गर्न लाएक सुरुवाती प्रोजेक्ट ऐले संचालनमा छैन | यसलाई उर्जाको बिकाश क्रमको ठुलो बिरासत ठानेर म्युजियममा परिवर्तन गरिएको छ | त्यतिमात्र नभएर यो ठाउँलाई उर्जाको अनुसन्धान र विज्ञानको प्रयोशालाका रुपमा नमुना पावर स्टेसनका रुपमा उब्याइयेको छ | जलस्रोत मात्र नभएर , सोलार , बायु , बायोमास लगाएतका नविकरनीय उर्जाकै प्रयोगशालाका रुपमा एउटा सम्मानित उर्जाकै तीर्थस्थलका रुपमा सरकारले उभ्याएको छ | नेपालको इतिहासमा बिजुली बत्ति बलेको त्यो जेठ ९ गतेलाई राष्ट्रिय उर्जा दिवसको रुपमा मनाउदै आएको छ |

नेपालको बास्तबिकता:

देशको यो उर्जाको सुरुवाती प्रबेगलाई नेपालले बिगत १०7 बर्षसम्म राम्रोसंग बढाउन हुर्काउन नसक्नु नै देश बिकाशको एउटा ठुलो अबरोध बन्यो भन्नु किमार्थ गल्ति हुने छैन | यत्रा बर्षमा खोइ हामीले कटाउन सकेको उत्पादनलाई १,००० मेघावाट ? हरेक पटक सरकार बदलिएसंगै देशको उर्जा संकट समाधान गर्ने नाममा कति वटा आयोग बने ? कतिपटक यो मुलुकलाई उर्जा संकट काल घोषणा गरियो ? कतिवटा  स्वेतपत्र  जारी  भए ? तिनले उर्जाको बिकासमा कस्तो भूमिका खेल्यो इतिहासले कुनै दिन मुल्यांकन गर्ने छ | देश बिकासको एउटा मेरुदण्ड उर्जा हो त्यो नै कम्जोर भए पछि कसरि बन्छ देश बिकासको ठुलो महल? भासण त हामीले धेरै सुनेउ दस बर्षमा १० हजार मेघावाट, बीस बर्षमा २० हजार मेघावाट , बिजुलीको छेलो खेलो , जलश्रोतको धनि देश बिजूलि बेचेर सम्पन्नताको सगरमाथा चढ्नु चडेउ | यतार्थमा हामी अझै छिमेकीले दिएको भिक्ष्याटन रुपी लगभग ४8० मेगावाटको बिजुली बाँडेर लोड सेडिङ्ग समाप्त पारेको जस लिनलाई ढ्याङ्ग्रो पिटी रहेका छौँ |  नेपालका एकजना नेताले आफु प्रधानमन्त्री हुँदा हावाबाट बिजुली निकाल्ने कुरा गरे| सबैले ओलीको बोलीलाई हाबामै उडाइदिए | ग्यासको पाइप लाइन जोडेर घर घरमा पुर्याउने सपना सुनाए कसैले पत्त्याएनन | तिनै नेताका एउटा उर्जा मन्त्रि गोकर्ण बिस्टले आफु मन्त्रि हुँदा एउटा ठुलो उत्साहका साथ राम्रा कामको थालनी गरे | नेपाल बिध्युत प्राधिकरणको बाकि बक्ययूता नतिर्ने का विरुद्ध आफै लाइन काट्दै हिंडे | जनताको आशा भरोसोका महान पात्र बने | राम्रो काम गर्ने ती मन्त्रिलाइ अर्को पटक हटाइयो र राधा ज्ञवाली नामकी सजिली पात्रलाई ओलीको छायाका रुपमा स्थापित गरियो | उनको कार्य क्षमता र उनले गरेका कामका बारेमा हामी सबैलाई थाहा छ | यो देश बनाउने हो भने नेताहरु भासण होइन हामीलाई गोकर्ण बिस्ट , जनार्दन शर्मा, गगन थापा र नविन्द्रराज जोशीहरु चाहिन्छन |
नेपालीले खोलेको बेलायतको सुके कम्पनिलाई हावाको काम गर्ने जिम्बेबारी दिने कामले ती सबै कार्यको एउटा पाटो छर्लंग पार्दैन र ? हामी पढे लेखेका मान्छेहरु बेलायत सम्म पनि नेताका गुलामी गर्न छाडदैनौं | आफ्ना नेताले जे भने पनि जे गरे पनि चुइक्क बोल्दैनौ र गल्ति र अब्जस जति अरुलाई पन्छाएर आफु महान दार्शनिक भएको नाटक गर्छौं | तिनै नेतालाई एअरपोर्ट देखिनै भिड जम्मा गरेर खादा र मालाले पुर्छौँ | कक्टेल डिनरले टन्न पारेर आफ्नो अभिस्ट पुरा गराउने प्रपनच मिलाउचौं | खोइ हामीले सिकेको दसकौं बेलायत बसेर ? नेताहरुलाई विदेशको राम्रो कुरा देखाउँ बुजाउँ | अन्तरक्रिया गरौँ देश बन्ने बनाउने| पार्टीको पुङ्ग्न पुछरको दलालीले केहि गर्दैन | हामी बिदेसिनु परेको यिनै नेताहरुको अकर्मंद्यताले हो | असक्क्ष्मताले हो | यिनलाई कृपया नबोकौं | हामी कछुवाका चालमा हिडेउ संसार रकेटझैं उड्यो | हामी हिजोको इतिहास हेरेर तेइ गतिमा बढ्न सकेनौं संसार धेरै माथि पुगि सक्यो उर्जाका सम्पूर्ण अवसरहरुलाई उनीहरुले प्रयोग गरे |

निस्कर्ष:

देशका ८० प्रतिसत मान्छेहरु दाउरा र गुइठाले आफ्नो उर्जाको जोहो गर्छन । तिनले निस्कने घरभित्रको धुँवाले नेपालका गृहिणी हरु र ससाना बच्चाहरु अति प्रभावित भएको तथ्यांक बिश्वो बैकले प्रस्तुत गरेको छ । देशका ३५,००० मान्छेहरु धुलो र धुँवाले मारी रहेका छन् । स्कुले नानीहरु उर्जाको जोहो गर्न जंगल र बारीमा गुइठा खोज्न पठाएर हामी कस्तो समतामुलक समाज निर्माण गर्दै छौं ? हाम्रा उर्जाका प्राथमिकता हरु के साँचै ती गरीब हरु प्रति लक्षित छ ? आजको दिन हामी सबैले  छातीमा हात राखेर सोच्नु पर्ने सम्जनु पर्ने दिन हो ।
नेपालमाआधुनिकउर्जाकोविकासक्रम(१९११–१९८५)
प्लान्टकोनामश्रोतजडितक्षमता (किलोवाट)कार्यपुराभएकोबर्ष
फर्पिङ्गजलश्रोत५००१९११
सुन्दरीजलजलश्रोत६००१९३४
पनौतीजलश्रोत२४००१९६३
तिनाउजलश्रोत१३००१९६९
पोखराजलश्रोत१०००१९६९
त्रिशुलीजलश्रोत२१००१९६९
सुनकोशीजलश्रोत१०,०००१९७०
गण्डकजलश्रोत१५,०००१९७९
कुलेखानी–१जलश्रोत६०,०००१९८२
सेती (पोखरा)जलश्रोत१,५००१९८४
देभघाटजलश्रोत१४,८००१९८४
कुलक्षमता

१४२,२००१९८५
श्रोत: नेपाल बिध्युत प्राधिकरण
बिगतका कमि कमजोरीहरुबाट सिक्दै देश बिकासकालागि नाबिकरनीय उर्जाका माध्यमले इनर्जी मिक्सको सत्यलाई चिन्दै नेपालले आफुसंग भएका प्रचुर जलाबिध्युत, सौर्य , बायु , बायोमास सबैलाई संसारका बिकसित रास्ट्रहरुले अपनाउंदै गरेको अन्तरास्ट्रिय ट्रेन्डलाइ स्वीकार्दै नेपालले अगाडी बढ्नु पर्ने देखिञ्छ | लघु जलबिध्युत , उन्नत पानी घट्ट , अफ ग्रिड सोलार , बायु , बायोमास सबैलाई राष्ट्रिय आबस्यकता अनुसार आफ्नो इनर्जी मिक्स्मा मिसाउदै नेपालले अगि बढे गन्तब्य टाढा छैन| उर्जा मिश्रण , उर्जा बचत ,  नबिकरनिय उर्जा र उर्जाको आधुनिक स्तरोन्नति गर्दै अघि बढे नेपालको भबिष्य उज्वल छ | मात्र खाँचो छ,  एउटा जागरुक इक्षा शक्तिको ।
“हिड् छन् हेर हिंडी रहेर कमिला हज्जार कोशौं पर !
पुग्दैनन न उडी गरुढ़ पनिता तेइ पांच बित्तै पर !!”
सम्प्रति संयुक्त अधिराज्य बेलायत

No comments: