Labels

Total Pageviews

Wednesday, May 10, 2017

नेपालको उर्जा संकट र नविकरनीय उर्जाबाट हुन सक्ने शीघ्र समाधान



नेपालको उर्जा संकट र नविकरनीय उर्जाबाट हुन सक्ने शीघ्र समाधान



 
रामहरि पौड्याल
भरतपुर १२ / १९३, बसन्त चोक, चितवन

बिश्वोको बढ्दो जनसंख्यालाई सफा र हरित उर्जा  प्रयाप्त रुपमा पुर्याउनु आज हरेक राष्ट्रलाई ठूलो चुनौती बनेको छ | बिश्वो बिज्ञानको चमत्कार र प्रगतिले चन्द्र धरातलमा पुगेर मंगल ग्रह तर्फको यात्रा उन्मुन्ख भैरहे पनि संसारका १.२ अरब मान्छे अझै अन्धकारमा रहेको कुरा बिश्वो बैंकको तथ्याङ्कले बताउछ | यो संसारको जनसंख्याको बीस प्रतिसत हुन आउछ | हरेक ५ जनामा १ जना अन्धकारमा रहेको यो विषम आंकडा अहिले  संयुक्त  राष्ट्र संघ , बिश्वो बैंक जस्ता  अन्तरास्ट्रिय संस्थाका सामु  एउटा नमीठो यथार्थ बनेर चुनौतीका रुपमा खडा भैरहेको छ | उर्जा हरेक रास्ट्रको  सामाजिक आर्थिक बिकासकालागि आधारभूत तत्वो हो | कुनै पनि देशले प्रयोग  गर्ने उर्जाको अनुपातले त्यस देशको आर्थि सामाजिक स्थितिको आंकलन गर्दछ | नेपाल  उर्जाको प्रयोगको अनुपातका हिसाबले बिश्वो तथ्यांकमा धेरै तल देखिन्छ | प्रति व्यक्ति बिजुलीको उपभोगका हिसाबले २०१४को अन्तरास्ट्रिय तथ्यांक अनुसार आइस्ल्याण्डले ५३.९ मेगावाट प्रति व्यक्ति, नर्वे २३ , अमेरिका १२.९६, बेलायत ५.१३, नेपाल ०.१४ मात्र देखिन्छ | नेपालको बिकासको सबै भन्दा बादक तत्वो यहि नै हो |  नेपालका ६.६ मिलियन मानिसहरु अन्धकारमा बस्छन | तिनले आधुनिक बिजुलीको मुख देखेका छैनन् | एकातिर राष्ट्रिय प्रसारण पुगेको ठाउँमा समेत चर्को लोड सेडिङ्ग छदै छ |
नेपाल जलश्रोतको दृष्टिले बिश्वोमै नाम कहलिएको छ | बिश्वोको अग्लो हिम शृंखला ८८४८ मिटर देखि संसारकै होचो मानिने कचनाकलन 60 मिटर  सम्म  तीब्र  गतिले  अविरल बग्ने यहाँका हिम नदि नालाहरुबाट ४५,००० मेगावाट बिजुली निकाल्न सकिने सरकारी तथ्यांकले बताउ छ | तीनसय दिन घाम लाग्ने नेपालमा सौर्य उर्जाको प्रचुर सम्भाभाना देखिन्छ | नेपालको सोलार रेडियसन ३.६ - ६.२ किलोवाट आओर प्रति मिटर स्क्वाएर प्रति दिन  छ जहाँ ६.८ घन्टा प्रति दिन घाम लाग्दछ | घाम लागे दङ्ग परेर पबमा जम्मा हुने र घोक्रो फुलाएर लब्ली ओइदर भनेर फुरुङ्ग पर्ने चिसो युरोपका बेलायत , जर्मनहरुले घामबाट बिजुली निकाली रहेको देखेका हामीहरुले आफ्नो देश अन्धकारमा हराइरहेको कति हेर्ने कति देख्ने ? ३,००० मेगावाट हावाबाट र सौर्यबाट २१०० मेगावाट बिजुली निकाल्न सकिने देखिए पनि यस तर्फ़ त्यति धेरै ध्यान गएको देखिदैन | यतिधेरै उर्जाको अथाह भण्डार भएको देश नेपालको उर्जाको स्थितिलाइ नियाल्दा ७८ % मान्छेहरु अजै परम्परागत काठ र गुइठा बाटै आफ्नो उर्जाको जोहो गर्दछन | पेट्रोलियम १२ %, कोल ४ %, ग्रिड बिजुली ३ %, नबिकरनीय उर्जा ३ %  मात्र  प्रयोगमा  आएको देखिन्छ | नयाँ नयाँ प्रबिधि र अनुसन्धानले नबिकरनिय उर्जाको  हरेक वर्ष  लागत घटाउदै   ल्याएको छ | ब्लूम्बर्ग इनर्जी फिनान्स को हालसालैको आंकडा अनुसार घाम र हावाको उत्पादन लागतले एउतै बिन्दु छोएको छ,  १.६६ मिलियन डलर प्रति मेगावाट | जबकि हाइड्रो पावरको लागत १.७० मिलियन डलर प्रति मेगावाट देखिन्छ | हाइड्रो भन्दा सस्तो सजिलो र छिटो बन्ने बिजुलीलाइ बिर्सेर दशकौं सम्म अन्धकारमै रुमलिनु किमार्थ बुद्धिमानी होइन | १०० मेगावाट हाइड्रो बन्न १० बर्ष लाग्न सक्छ ऐलेकै ट्रेन कायम रहे | १०० मेगावाट घाम पावर ३ मैनामा बन्न सक्छ भने हावा पावर ६ मैनामा सबै कुरा को सुब्यबस्था गर्न सके |
देशलाई तुरुन्त उर्जाको शंकटबाट बचाउन काठमान्डौ का १ लाख घरका छानाहरुमा जर्मनीले गरेजस्तै "फीड इन टेरिफ" को व्यवस्था गरे १०० मेगावाट बिजुली तुरुन्त निकाल्न सकिन्छ |
देशलाई कैले स्विट्जरल्याण्ड त कैले सिंगापुर बनाउने सपना बाँडेर प्रजातन्त्र र गणतन्त्र आएपछि धेरै पार्टी र नेताहरु सत्ताशिन भैरहे | सडक धुने मेलम्चीको काकाकुले सपना , दस बर्षमा १० हजार मेघावाट , बीस बर्षमा २० हजार मेघावाट बिजुली निकालेर छेलो खेलो पार्ने भारतमा बिजुली बेचेर देशलाई समुन्नतिको सगरमाथा धेरैले चडाए | आज देश भारतबाट ३५५ मेघावाट झन्डै आधा माग बिजुलीको भिख मागेर दङ्ग परि रहेको छ | लोड सेडिंग हटाउने सपना बाँडी रहेको छ | यद्यपि राजनैतिक विश्लेषण यो आलेखको अभिस्ट होइन | देशको बर्तमान बिजुली उत्पादनको लेखो जोखो गर्नु पर्दा मन भित्र परेको नमिठो गाँठो मात्र हो | ८८५ मेगावाट  जम्मा जम्मी बिजुली जोहो गरेको बिजुली अफिस लाइ  १३२५ मेगावाटको  मागसंग सामन्जस्यता मिलाउनु निकै चुनौतिपूर्ण  कार्य मानिन्छ | ४४० मेगावाट  बिजुलीको अभाब भै रहेको बर्तमान परिस्थितिमा कसरि लोड म्यानेजमेन्ट गर्ने भन्ने ठूलो समस्या आफ्नै ठाउँमा छ | अर्कातिर यति अमुल्य बिजुली उत्पादन स्थलबाट ग्राहकको घरसम्म आइपुग्दा नेपाल बिध्युत प्राधिकरणको आधिकारिक तथ्यांक अनुसार २५.७८% खेर गइ रहेको छ | हराई रहेको छ , ट्रान्समिसन र डिस्ट्रिब्युसन लसका रुपमा | यस्ता लस प्राबिधिक र अप्राविधिक गरि बर्गिकरण गरिने हुँदा नेपालमा कति बिजुली चोरीबाट सकिन्छ भन्ने आधिकारिक अध्ययन भएको देखिदैन | जानकारहरु १० % बिजुली चोरीबाट सकिने बताउ छन् |
यो कुरालाई हालसालै कर्मचारीहरुको बिजुली चोरीको संग्लाग्नताले अझ पुस्टि गर्दछ | यो बिजुली चोरी र बिजुली हराउने समस्याले २२८ मेगावाट बिजुली हराई रहेको छ त्यसको मूल्य १३ अर्ब हुन् आउछ जुन खिम्ती जल्बिध्युत मा लाग्ने खर्च बराबर हो | बर्सको एउटा खिम्ती हराइरहेको छ एकातिर प्राधिकरण २७ अर्ब घाटामा छ | यो घाटामा २०११ मा सरकारले ब्योहोरेको अर्को २७ अर्ब जोड्दा ५४ अर्ब रुपैया स्वाहा भएको देखिन्छ | हराएको बिजुलीको तथ्यांक केलाउंदा बिश्वो बैंक को तथ्यांक सरकारी तथ्यांक मेल खादैन किन ? यो फरक तथ्यांकको बीच अरबौं रुपैयाँको खेल हुन् सक्ने देखिन्छ | बिश्वो बैंकले यो ३४ .११% भन्दा बढी रहेको देखाएको कुनै बर्ष |
५४ अर्ब रुपैयामा कति वटा हाइड्रो पावर बन्थे? कति वटा स्मार्ट मिटर आउंथे? आज हिसाब किताब गर्नु पर्ने बेला आएको छ | यो सबै ब्यथितिको मूल खराब राजनैतिक चरित्र हो भन्नुमा कुनै द्विबिदा देखिदैन | जब २४ बर्षमा २६ वटा सरकार बन्छन र तेतिनै चोटी बिध्युत प्राधिकरणका प्रमुख फेरिन्छन | तिनको काम बिजुली ब्यबस्थापन कम र पुङ्ग्न पुछरका मन्त्रि मन्त्राणीहरुको चाकरी बढी र तिनका आसेपासेलाई महँगो परियोजनाको गतिलो प्राडो गाडी चडायेर आफ्नो जागिर सुनिस्चित गर्नु हुन्छ | अनि सुरु हुन्छ खेल परियोजना लम्ब्याउने ठेकदार संग मिलेर कमिसन खाने , ट्रान्सफर्मर काण्ड , भर्खरै उद्योगलाई लुकाइएको बिजुली बाँडेर मोटो कमिसन खान पल्केकाहरूले ठुला उद्योग हरुलाई स्पेसल फिडरबाट २४ घण्टा बिजुली दिने र जनतालाई लोड सेडिंग गर्दै रहेको यथार्थ छानबिन समितले पेश गरेको छ | तिनीहरुलाई कसले कारबाही गर्ने ? "पदीय मर्यादालाई ख्याल गर्ने " भन्ने देशका प्रमुखको अभिव्यक्तिले स्वतन्त्र न्यायालय , स्वतन्त्र अख्तियार दुरुपयोग ले टवा परेर हेरी रहनु पर्ने भै रहेको छ |
पावर सिस्टमको मुटु मानिने ट्रान्सफर्मर त्यो पनि हजारौको संख्यामा खराब गुणस्तरको तार राखेर गरिएको ट्रान्समिसन डिस्त्रिब्युसन लसको हिसाब किताब कसले निकाल्ने ?
बेलायती सरकारको आर्थिक प्राभिधिक सहयोगमा जलबिधुत आयोजना सुरु भएको १०६ वर्ष भैसक्दा पनि हजार मेगावाट कट्न नसकेको बर्तमान अबस्थामा भोलिको बढ्दो बिजुली र इन्धनको मागलाई देशले कसरि सम्बोधन गर्दछ ? यो एउटा यक्ष प्रस्न बनेर खडा भएको छ नेपालका सामु |
" टु मेक एन इनर्जी फिक्स , वि निड एन इनर्जी मिक्स " बेलायती कम्पनि  बिपी को यो स्लोगन नेपालको सन्दर्भमा बिचारनीय सत्य हो | हाम्रो  इनर्जी पुरै जलाबिध्युत मा आधारित छ , त्यो पनि सबै 'रन अफ दी  रिभर ' नदी प्रभाबि  प्रकृतिका | देशका जलाबिध्युत परियोजनाहरु मात्र बर्षामा चल्छन हिउंदमा आधा भन्दा कम मात्र उत्पादन हुन्छ | देशलाई कुलेखानी जस्ता जलाशय बाँध सहितका स्टोरेज जलाबिध्युत परियोजनाको खाँचो छ | तथापि नेपालमा संचालित यस प्रकारका जलाबिध्युत परियोजनाको अध्ययन गर्दा तिनमा हुने ढिला सुस्ती एउटा बिचारनीय सत्य साबित भएको छ | यस्ता परिओजनाहरु ६ मैना देखि ११ वर्ष सम्म लागेका तथ्यांक जगजायेर छन् |
बिश्वोको सबै ठाउँमा इनर्जी मिक्सलाइ बिशेष ध्यान दिइएको छ | संयुक्त राष्ट्र संघ , बिश्वो बैंक जस्ता संस्थाहरु उर्जाको भविष्यका बारेमा चिन्तित देखिन्छन | वाताबरनीय प्रभाब हरित गृह, ओजोन लेयरको बढ्दो प्रभावलाई बेलैमा रोक्न छेक्न सक्नु पर्दछ नविकरनीय उर्जाको अनुपातलाई बढाएर | उर्जाको बढ्दो माग एकातिर छ | आइसीटी क्षेत्रमा भएको चमत्कारीक विकासले मान्छेका हात  हातमा मोबाइल , ल्यापटप , प्ले स्टेसन , कम्पुटर , सामाजिक संजालको प्रयोग फेस बुक,  ट्वीटर, जस्ता अनेकौं संजालले उर्जाको माग दिन दुइ गुना , रात चौ गुणा बढाई रहेको छ | फोसिल फ्युल्को दोहन एउटा चिन्ताको बिषय भएको छ |  अबको ३० /५० वर्ष मा इन्धनका यी खानिहरु रित्तिने र सिद्धिने चिन्ताले सबैलाई नाबिकरनिया उर्जा प्रति अघि बढ्न प्रेरित गरि रहेको छ | त्यसैले बिकशित देशहरु ऐलेबाटै आफ्नो इनर्जीलाई मिक्स गरेर चलाउँदै छन् | नबिकरनिय उर्जाको अनुपात लाइ बढाऊदै छन् | घाम , हावा , बायोमास सबै सबैलाई प्रायो गर्न अभिप्रेरित गर्दै छन् | नेपालले बेलैमा यो सत्यलाई बुझेर इनर्जी मिक्सलाइ अपनाउनु पर्ने देखिन्छ |
देशमा सस्टेनेबल ट्रान्सपोर्ट अपरिहार्य भएको छ | अखबारका पानाहरु "काठमाडौँ मास्क टाउनमा रुपान्तरित "भएको चिन्ता छ | हावा मा भएको प्रदुसणको सूचांक इन्भाइरोमेण्ट पर्फर्मेन्स इन्डेक्स २०१६ का अनुसार नेपाल बिश्वोका १८० औं राष्ट्रमा १४९ औं स्थानमा रहेको जनाएको छ | चुरोट र सुर्तिले मर्ने भन्दा दुषित हावाले मर्ने नेपालीहरुको संख्या दोब्बर भएको चिन्ताले समाज आक्रान्त छ | हरेक वर्ष ३०,००० मान्छे धुलो खाएरै मरी रहेको सत्य पत्रिकाहरुले जग्जायेर गरि रहेका छन् |
बिश्वो बैंकको तथ्याङ्क ले नेपालको पूर्वाधार बिकाशको लागि राष्ट्रिय आएको ८ - १२ % खर्च गर्नु पर्ने भनि रहंदा नेपालले जम्मा ०.३ % मात्र खर्च गरि रहेको र छिमेकी राष्ट्र भारतमा यो ३.४ % र भुटानमा १६ % रहेको तथ्य ओर्ल्ड डिभेलेप्मेन्त इन्डेक्स २०१२ ले जनाएको छ | अर्कातिर नेपाल अल्प बिकशित देशबाट मध्य बिकशित रास्ट्रमा  सन् २०३० सम्म उक्लने लक्ष राखेको छ भने सन् २०२२ सम्म अल्प बिकशित रास्त्रबाट फुत्कने | यो ठूलो चुनौतिका लागि नेपाललाई धेरै उर्जाको खाँचो पर्ने छ | धेरै उर्जा सम्बन्धि परियोजना , पूर्वाधारहरुको निर्माण गर्नु पर्ने छ | ऐलेकै मागलाई धान्न नसकेको विषम परिस्थितिमा भविष्यको बढ्दो मागलाई नेपालले कसरि समायोजन गर्छ ? यो ठूलो चुनौती बनेको छ तथापि नेपाल यति धेरै उर्जाका भण्डारहरुले घेरिएको छ जसको २% भन्दा पनि कम प्रयोग भएको छ | उर्जा उत्पादन मात्र उर्जा संकटको एउतै उपाए होइन | बिश्वो आज नयाँ नयाँ प्रबिधिले सुसम्पन्न हुँदै गइ रहेको छ | उर्जाको खपतलाई कसरि न्यून गर्न सकिन्छ ? कसरि अमुल्य उर्जालाई अझ बढी दक्षता वृद्धि गर्दै कम उर्जाले धेरै काम गर्न सकिने प्रविधिको बिकाश भै रहेको छ |
अर्कातिर अमुल्य उर्जालाई कसरि ब्यबस्थापन गरेर त्यसलाई स्मार्ट ग्रिड , स्मार्ट मिटर , इनर्जी अडिट, बिजुलीका सामानहरुमा अनिबार्य लेभलको व्यवस्था | परम्परागत लाइट बल्बको ठाउँमा सबैले लेड लाइट राखेर सरकारलाई सहयो गर्न सकिन्छा जसले कालान्तरमा बिजुलीको पैसा कम तिरे हुन्छ | यूरोपियन देशहरुमा त्यस्ता बल्बहरु फेज आउट भैसके | नेपालले पनि इनर्जी संकटको यो घडीमा त्यसप्रकारका लो ग्रेडका सामानहरुमा बन्देज लगाउनु पर्छ | उर्जालाई  जोगाउनु र बनाउनु  बराबर मात्रै नभएर जोगाउनु बढी फाइदा जनक हुन्छ | इनर्जी अडिटलाई एउटा अभियानका रुपमा सबैले पालना गर्नु पर्छ आर्थिक अडिटलाई झैँ |
नेपालको अहिलेको स्थिति कस्तुरी मिर्गले आफु भित्रको अमुल्य सुगंदलाई नचिनेर त्यसको प्राप्तिमा बन बनै चाहारिरहेको जस्तै भएको छ | हामी आज उर्जाको गर्जो टार्न कैले दक्षिण कैले उत्तर तर्फ़ लम्पसार परि रहनु परेको छ | हाम्रा दुइ विशालकाय छिमेकीहरु जसका जनसंख्या लगभग बिश्वोकै आधा छ तिनले बिश्वोकै आधा उर्जा खपत गर्दछन | तिनको पाचन प्रणाली यस्तरी बढ्दै छ कि तिनले आफुले बढाउदै लगेको ग्राहस्त उत्पादनको ब्रिद्दि दर ८ % का दरले उकालो लागि रहेको छ | भोलि तिनीहरुको उर्जा खपतको अनुपात अमेरिकी र यूरोपियनका समिपमा पुगे तिनलाई कति उर्जा चाहिएला ? तेइ चिन्ताले तिनीहरु अनेकौं नाममा नेपालको उर्जाको ठूलो भण्डार हडप्ने दाउमा छन् | रोटि बेटीको सम्बन्ध , खुला सिमाना , सास्कृतिक समानता, पानी र जवानी माथि को आसन्न संकटले नेपाललाई बेलैमा एउटा देशलाई भलाइ हुने राष्ट्रिय सोचको उर्जा नीति र दीर्घ कार्य योजनाको खाँचो छ |
नेपालले बेलैमा सोच विचार गरेर लागि परे देश भित्रको उर्जा संकट मात्र होइन भोलि सार्क क्षेत्रमै एउटा उर्जाको बिशाल कारखानाको रुपमा दक्षिण एशियामै उर्जाको बादशाह ठहरिने प्रस्ट छ | केवल खाँचो छ एउटा जागरुक इक्षा शक्तिको र देश बनाउने निस्वार्थ भावनाको |

Ø  स्वानजी युनिभर्सिटी युकेमा इलेक्ट्रिकल / इलेक्ट्रोनिक इञ्जिनियरिङ्ग मा पी. एच.डी अध्ययनरत (नेपालको उर्जा संकट , नबिकरनिय उर्जा सम्बन्धि सोध गरि रहेको )
Ø  च्यारिटेबल रन गर्न मन पराउने हेल्प नेपाल मार्फत लगभग ७०० £ उठएको
Ø  पेरिस म्याराथुन गर्दै ९ अप्रिलमा २०१७
for my presentation see after 1:32











बुद्ध बर्न इन नेपाल


बुद्ध  बर्न इन नेपाल
लघुकथा
रामहरि पौड्याल
भरतपुर माहानगर पालिका १२ / १९३ , बसन्त चोक
चितवन, नेपाल
मार्चको दोश्रो हप्ता म थाइलेण्ड को पत्तायामा छु | इलेक्ट्रिकल इञ्जिनियरिङ्गको अन्तरास्ट्रिय सम्मेलन | २७ देशका २७० जना अनुसन्धानरत शोधार्थी हरुको महाकुम्भ | तीन दिन सम्म चलेको त्यो  ज्ञान बिज्ञान को बौद्धिक बहससंगै मिलेको समय पतायाका रमणीय ठाउँ घुम्दै अन्तिमको दिन बैङ्ककको लागि छुट्याएको म | बैङ्कक घुम्न निस्कने क्रममा पहिले ग्रयाण्ड प्यालेश घुम्न निस्कन्छु | बेलायतको चीसोले कठाङ्ग्रियेका  मेरा आँतहरु तेतो मीठो घामको स्पर्समा न उचालिने कुरै भएन |  हाफ पाइण्ट लाएर ठीक गरेछु ! यस्तो गर्मि मेरो मनले आफैलाई भन्यो | अहो  ! कति लामो लाइन ? हजारौं मान्छेहरु लाम लागेका छन् |
 थाई हरु र बिदेशी हरुलाई छुट्टा छुट्टै लाइन मिलाईएको थियो भित्र पस्न लाई | १७८२ मा बनाइएको र १५० बर्ष सम्म थाई नरेश को मुकाम , शाही अदालत र सरकारी प्रशशकिय भवन रहेको त्यो ऐतिहासिक  दरवारको भ्रमण नगरी बैङ्ककको  यात्रा अपुरो र अधुरो रहने मानिदो रहेछ | 
बैङ्कक घुमाइको पूर्णता हुने सपनामा फुलाई रहेको नाक एक्कै छिनमा  थाई शेनाको मान्छेले नजिकै आएर टिकट काट्न तम्सेको मलाइ रोक्दै भन्यो | यो राजाको दरवारमा हाफ पाइन्ट लगाएर जान पाइदैन | केटि मान्छेहरुले घुंडा भन्दा माथि देखिने स्कट समेत लगाउन बन्देज रहेछ | जिल्लाराम परेर फेरी होटल फर्कनु पर्ने बाध्यता नजिकैको सोविनियर सपमा गएर एउटा झट्लुंगे ट्राउजर किने र मेरो इजेत जोगियो त्यस क्षण |  राजतन्त्र प्रतिको त्यो थाई जनताको निष्ठा, स्वोस्फ़ुर्त न्यानो सम्मान ले मलाई चसक्क दुखायो | देश सम्झायो | बुद्धका बिशाल गुम्बा हरुले आफ्नो लुम्बिनी दुखायो | बुद्धको तेती ठूला  मुर्ति तेती ठूला पौराणिक कला र संस्कृति देखेर म भाबुक भएँ | धार्मिक पर्यटन कति शक्तिशालि हुँदो रहेछ अनुभूत गरें | देखेर भीड चाइनिज हरुको , ताइवानिज हरुको , जापानी हरुको ........ | बिश्वोका करोडौं पर्यटक हरुलाई स्वादिका ! स्वादिका !! भनेर जुम्ल्या हात हामीले झैं जोडेर झुक्ने तिनीहरुको बिनायाशिलाताले मलाइ पगाल्यो |

चरक्क चर्केको घामको प्रबाह नगरी बुद्धको त्यो बिशालतालाई संसार सामु चिनाउन २३५ बर्ष अघि बनायिएको त्यो राजप्रस्साद त्यसको ऐतिहासिक कालिगढ़ीको  नमुनालाई  मनभरी सजाउदै र समाल्दै लम्की रहेका मेरा पाइलाहरु | पताया देखिनै संगै आएका इन्डोनेसियन युगल जोडी मेरा यात्राका नजिक का मित्र बनेका छन् | हामीहरु फोटो खिचाउन सहयोग गर्छौं एक अर्कालाई | मुसलमान को महासागरमानिने  इन्डोनेसियको  बालि भन्ने ठाउका हिन्दुहरु रहेछन | धार्मिक आस्ठाले तिनीहरु मेरा आफन्त भएका छन् दिनभरी |
प्याकेज टुरका ठुला ठुला झुण्ड हरु | तिनीहरुलाई ग्राण्ड प्यालेशको इतिहास घोकाउने थरि थरिका टुरिस्ट गाइड हरु |
बुद्द  बर्न इन इन्डिया ! एउटा गाइडले भनेको मेरा कानमा ठोक्किए |
बुद्द  बर्न इन इन्डिया !! अर्को गाइडले पनि तेसै भन्यो |
मेरो मन अमिलो भो अगि सम्मको बैङ्कक घुमाइको सुखानुभूतिले उचालिएको मरो मनमा एका एक  आंधी चल्यो तुफानी प्रबेग लाई मैले बिदेशी भुमि सम्झेर दबाइ रहें | देशको पररास्ट्र नीति कति कम्जोर लाग्यो आफैंलाई | एउटा देश चिनाउन नसक्नु को पीडा ले म पानी पानी भएँ |  यो इन्डियाले सिकाएको दुनियालाई बुजेउ ती इन्डोनेसियन लाई दुखेशो पोखें | लुम्बिनी घुम्न आओ पशुपति को देशन गर्न आओ मेरो घरमै बसूला | मैले आतिथ्य दर्शाए ती साथीहरुलाई |
बुद्द  बर्न इन इन्डिया ! फेरी अर्का गाइडले चर्को स्वरमा एउटा बिशाल युरोपियन टुरिस्टहरुको भीडमा करायो |
दौडिदै त्यो भिडमा पुगें र भने - मलाई माफ गर्नुस बुद्द  बर्न इन नेपाल ! बुद्द  बर्न इन नेपाल ! ! कृपया पर्यटक हरुलाई गलत सुचना न दिनुहोला | म नेपालको मान्छे हुँ | लुम्बिनीको मान्छे हुँ र हुँ  बुद्दको आफन्त | हजुरहरु गुगल गर्नुस साँचो कुरा पत्ता लागि हाल्छ | मैले तेती नभन्दै आइफोंन बोकेका कतिले गुगल सर्च गरि हाले तर त्यो गाइड कतिको जब्बर रहेछ भने उसले कराई रह्यो - बुद्द  बर्न इन इन्डिया !
तर आफुलाई त्यो क्षण संसार जिते जस्तो लाग्यो मनले चिच्याएर  भन्यो बुद्द  बर्न इन नेपाल ! बुद्द  बर्न इन नेपाल !
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
गुगल गर्नुस साँचो कुरा पत्ता लागि हाल्छ | मैले तेती नभन्दै आइफोंन बोकेका कतिले गुगल सर्च गरि हाले तर त्यो गाइड कतिको जब्बर रहेछ भने उसले कराई रह्यो - बुद्द  बर्न इन इन्डिया !
तर आफुलाई त्यो क्षण संसार जिते जस्तो लाग्यो मनले चिच्याएर  भन्यो बुद्द  बर्न इन नेपाल ! बुद्द  बर्न इन नेपाल !
सम्प्रति: संयुक्त अधिराज्य बेलायत