Labels

Total Pageviews

Thursday, January 3, 2008

चीनको महाभूकम्प


रामहरि पौड्याल
भरतपुर १२/१९३,चितवन
बर्माको महाविनाश सकिएको साता दश दिन नबित्दै अर्को दुखद् समाचार सुन्नु पर्यो छिमेकी राष्ट्र चीनको l १२ मई २००८ का दिन ८ रेक्टर स्केलमा आएको विनाशकारी भूकम्पले ऐलेसम्म मर्नेहरुको संख्या ६९ हजार पुगेको छ l चीनको सरकारी समाचार एजेन्सी शिन्हुवाले जनाए अनुसार सिचुवान प्रान्तको यिन्ग्सु (Yingixu) मा मात्रै मर्नेहरुको संख्या ७,७०० पुगेको छ l भूकम्पको केन्द्रबिन्दु रहेको उक्त ठाउमा ८०% मान्छेहरू एकै चिहान भएका छन् l राहत कार्य तीव्र पारिए पनि खराब मौसमका कारणले घरहरुका भग्नाबसेशभित्रबाट पुरिएकाहरुलाई जिउदै निकाल्न कठीन भै रहेको छ l घटनास्थलबाट अझै पनि पुरिएका मान्छेहरुका चीत्कार सुनिदै गरिएको भएपनि तिनलाई सकुशल निकाल्न खटिएका पचासौ हजार सैनिकहरुलाई गार्हो परीरहेको छ l सडक, यातायात , टेलिफोन सम्पर्क सबै क्षतबिक्षत भएकाछन् l सरकारी भवन, कारखाना र बिध्यालय सबै ध्वोस्त भएकाछन l भूकम्पको धक्का २०००किमी टाढा बेइजिंग, नान्जिंग देखि तिब्बतसम्म, थाईलेण्डदेखि भियतनाम सम्म महसुश गरिए पनि हाताहातीको कुनै समाचार पाइएका छैनन् l

चीनका रास्ट्रपति हु जिन्ताओंले भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै बताउनु भयो – ‘’ चुनौती अझै बाकि छ , कठिनताका बाबजूद जोडबलले राहत कार्यमा लाग्नुपरेको स्वीकार्दै प्रभाबित व्यक्ति र क्षेत्र सम्म राहत कार्य पुर्याउन सकियोस् l’’
तेस्तै चीनका प्रधानमन्त्री जियावावोले यस भूकम्पलाई ‘’सन १९४९म गएको आधुनिक चीन गणराज्य स्थापनापछिको सबै भन्दा ठूलो र विनासकारी भूकम्प’’ बताउनुभयो l
भूकम्पको केन्द्र मानिएको जुयानमा तीनतले बिध्यालय भबन भत्किदा तेस्मा रहेका ९०० बिध्यार्थीहरु पुरिएका थिए l तेस्तै बिचुवान क्षेत्रको अर्को बिद्यालयमा १००० बिध्यार्थी पुरिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ l घरहरुका भग्नाबशेषबाट पुरिएकाहरुको ह्रदयबिदारक चीत्कार बाहिरसम्म प्रस्ट सुनिएपनि तिनलाई सकुशल यथासमयमै बाहिर निकाल्न प्रयाप्त मात्रामा आधुनिक यन्त्र संयन्त्र नहुँदा र नपुग्दा मान्छेहरुका खाली हात र सामान्य औजारले पुरिएका कंक्रिटको पहाडलाई पन्छाएर तिनीहरुलाई जीवितै निकाल्ने चुनौती उद्धारकर्मीहरुका सामू छदै थियो l अगस्ट २४ २००८ मा ओलोम्पिकको आयोजक राष्ट्र रहेको चीनमा यसरी प्राकृतिक विपद थपिएतापनि ओलम्पिक क्षेत्रको तयारी स्थल बेइजिंग वरपर तेस्को कुनै प्रभाब नपरेको बताइएको छ l ओलम्पिक ज्योति भर्खरै बिश्वको सर्बच्यो हिम शिखर सगरमाथा हुदै बेइजिंग ल्याइपुर्याइएको छ l ओलम्पिक कमिटिका अध्यक्ष जेक्स रग (Jacques Rogge ) ले आफ्नो संवेदनामा चीनका रास्ट्रपति हु जिन्ताओलाई लेख्छन् - ‘’ ओलम्पिकका गतिबिधिहरु तपाईका साइडमा छन् बिषेशत यों दुखद् क्षणमा हाम्रा बिचारहरु तपाईसंगै छन् l’’
यो विनासकारी भूकम्प सन १९७६मा चीनकै तांगसान सहरमा गएको (२ लाख ४२ हजारको ज्यान लिएको) पछिको ठूलो हो l भूकम्प पछिको पुनः धक्का (after shock) आउन सक्ने भयले सबै मान्छेहरु घरबाट बाहिर बसेर रात काटेका थिए l हस्पिटलबाट समेत बिरामीहरुलाई बाहिर निकालिएको थियो l मान्छेहरु एकअर्कालाई सहयोग गरिरहेका थिए तथापि सबैमा भय र सन्त्रासले प्रस्ट घेरिरहेको थियो l
ऐले सम्मका चीनका डरलाग्दा भूकम्पहरुको सुची:
मई २००८ ७.९ रेक्टर सिचुवान ६९,१९५ मृत्यु 3,74,643 घाइते/ 18,392 बेपत्ता
मार्च २००८ ७.२ रेक्टर Xinjing थोरै क्षति
फेब्रुवरी २००३ ६.८ रेक्टर Xinjing ९४ मृत्यु/ २०० घाइते
जनवरी १९९८ ६.२ रेक्टर Hebei ४७ मृत्यु/ २०००घाइते
अप्रिल १९९७ ६.२ रेक्टर Xinjiang ९ मृत्यु/ ६० घाइते
जनवरी १९९७ ६.४ रेक्टर Xinjing ५० मृत्यु/ ४० घाइते
स्रोत : बीबीसी
संसारका डरलाग्दा भूकम्पको अर्को सुची:
Rank Earthquake Magnitude Country Date Fatalities
1 Shaanxi 8 China Jan23 1556 8,30,000
2 Indian Ocean 9.1 North.Indonesia Dec 26 2004 2,83,000
3 Tangshan 7.8 China July27 1976 2,42,000
4 Aleppo 8.5 Syria August 9 1138 2,30,000
5 Damgham ? Iran Dec22 856 2,00,000
6 Ganshu 8.6 China 1920 2,00,000
7 Tsinghai 7.9 China May22 1927 2,00,000
स्रोत: (Wekipedia 1976 Tanghan Earthquake )
यो तथ्यांकले संसारका सबैभन्दा डरलाग्दा भुक्म्पहरुको सुचिमा चीन सबैभन्दा अगाडि देखिन्छ l चीनको पनि एउटै प्रान्त सबैभन्दा भूकम्प प्रभावित क्षेत्रको रुपमा दिहोरिरहेको तथ्य तलको तालिकाबाट प्रस्टै देख्न सकिन्छ l यसका आफ्नै बैज्ञानिक कारणहरु, भौगर्भिक तथ्य होलान तथापि यस प्रकारका महाभूकम्पले जनजीवनमा पार्ने गहिरो त्रासदीले मान्छेहरुलाई लामो समयसम्म पिरोलिरहेको हुन्छ l यसबाट हुने बिशाल धन जनको क्षति र त्यसलाई न्यूनीकरण गर्नकालागि अपनाइनु पर्ने इन्जिनियरिंग डिजाइन, निर्माण कार्यमा प्रयोग गर्नु पर्ने भूकम्प प्रतिरोधात्मक प्रविधिको सत प्रतिसत प्रयोग कडी कडाउका साथ लागु गर्नु पर्ने देखिन्छ l

Name Magnitude Date Epicenter Cause
1st 1786Garzê earthquake 7.8 1 June 1786 Dardo and Luding County

2nd 1786 Garzê earthquake 7.0 10 June 1786 Luding County

1816 Luhuo Earthquake 7.5 1816 Luhuo County

Xichang earthquake 7.5 1850 Xichang

1933Diexi earthquake 7.5 1933 Diexi, Mao County

1955DardoZheduo earthquake 7.5 1955 Dardo

1955 Kangding earthquake
1973 7.5
1955 Dardo

Luhuo earthquake 7.9 1973 Luhuo County

1976SongpanPingwu earthquake 7.2
1976 Songpan County

2008Sichuan earthquake 8.0
12 May 2008 Wenchuan County Longmenshan Fault

स्रोत: (Wekipedia)
छिमेकी राष्ट्रहरु भारत,चीन् र पाकिस्तानमा समेत यस प्रकारका डरलाग्दा भूकम्पीय दुर्घटनाहेरु बारम्बार घटिरहेका सन्दर्भमा हाम्रो देश नेपाल समेत हिमालयन क्षेत्रहुदै पर्ने टेक्टोनिक जोनमा पर्नेहुदा समयमै यस प्रकारको दैबी बिपत्तिबाट बच्न सरकारले यथोचित कदमहरु चाल्नु पर्ने देखिन्छ l भूकम्प प्रतिरोधात्मक निर्माण कार्यलाई सबै क्षेत्रमा अनिबार्य लागु गर्नु पर्दछ l डीज्यास्टर म्यानेजमेन्ट र रेस्क्यू सम्बन्दी बिज्ञहरुलाई बेलैमा तम्तयार पारेर राख्दै सबैलाई यसप्रकारका प्रकोपको पूर्व जानकारी, पूर्व सचेतता दिन सके अकाल र असमयमै धेरैले जीवन बर्बाद पार्नु पर्ने थिएन l
सम्प्रति: संयुक्त अधिराज्य बेलायत

No comments: