Labels

Total Pageviews

Friday, January 28, 2011

नाइजरको गरीवी र बेलायतीहरूको अपील

रामहरि पौड्याल
भरतपुर १२/१९३,चितवन
“मैना माघ थियो बिहानी पखमा हावा चलेको थियो।
काम्यो लुग्लुग गरीव बिचरा त्यसमा दया गर्छ को?’’

गरीव र दीनदु:खीहरु प्रतिको कवीह्रिदय माथिको पङ्तिमा उजागर भएको देखिन्छ। गरीवी त्यसमा पनि तन्नम गरीवी कति भयाबह र ह्रिदयबिदारक हुन्छ भन्ने कुरा हेर्न अफ्रिकी राष्ट नाइजर र त्यसवरपरका अन्य अफ्रिकी देशलाई हेरे हुन्छ।सँसारका हरेक मुलुकमा धनी गरीव अवश्य हुन्छन नै।तथापी यो अन्तरको विषमताले जब कुनै मुलुकको ध्यान विश्व समुदायकै चासो र चर्चाको विषय बन्नु अत्यन्त दुर्भाग्य हो ती देशका दीनहीनहरुका निम्ति।
अफ्रिका महादेशका नाइजर र त्यसवरपरका देश डारफर,कङ्गो, लाइबेरियाले यतिखेर त्यस्तै नियति भोगिरहेकाछन्।भुकमरी र अनिकालले ग्रस्त यिनीहरुको मलीन मुहारले सँसारका हरेक मान्छेको मन जितेको छ।काला अनुहारका अति कुपोषित करङ्गमात्र देखिने बालबालिकाहरु खाना र पानी नपाएर भटाभट मरिरहेछन् दिनहुँ। बर्षौ भयो पानी नपरेको।सुख्खा मरुभुमीजन्य धर्ती बलेको छ।केहि उब्जिदैन त्यहाँ।बँचेखुचेको अलिकति केहिबाँकी पनि अनिकाल र भुकमरिका अघि स्वाहा भइसक्यो।खाने कुरा नभएर मान्छेले रुखका बोक्रा पात खाइरहेछन।भबिश्यका कर्णधार मानिने स-साना फूलजस्ता नानीबाबूहरु पेटभरि खानानपाएर करङ्ग गन्न सकिने भएका छन्।मानिसहरुको यो दुर्गति भएको ठाउँमा पशु पन्छिहरुको के हाल होला?जताततै म्रित पशुहरुका हाडखोरहरुले पुरै बस्ती एउटा नारकीय समसान भएको छ।
आठ महिना अघि नै यो दुर्गतीको भबिश्यबाणी नभएको भने होइन।दात्रिराष्टहरु र एड एजेन्सिहरुले बेलैमा राहत र सहयोगका प्याकेजहरु नपुगे नाइजर र त्यसवरपरका राष्टहरुमा हजारौ मानिस र पशु पन्छिहरु अनिकाल र कुपोषणको शिकार हुने चेतावनी दिदादिदै पनि बेलैमा ती सबै कुराको बन्दोबस्त यथोचित नहुँदा आज नाइजर गरीबी, अनिकाल र भुकमरीको देशको रूपमा विश्वभर मिडियाको प्रमुख विषय बनेको छ सहयोगको अपील सहित।

सबैठाउँबाट सहयोग उठ्दै र पुग्दै गर्दासम्म नाइजरमा पुग्न अति नै ढिला र अति नै कम भइसकेको छ।राहतका गाडीहरु कुर्नेहरुको भीड लामो छ।हप्तौदेखि राहतका प्याकेजको अधैर्य पर्खाइमै कतिले जीवनलीला समाप्त पारेकाछन्।मानवीय दुर्दशाको यो करुणचित्रले हरेक मान्छेको मन रुन्छ।बेलायतीहरु यतिखेर यस्तै मानवीय धर्ममा लागेका छन्।समाचारका पानाहरु देखि टेलिभिजनका पर्दाहरुसम्म पुरै नाइजरको गरीवी छाएको छ।हरेक च्यानलका प्रतिनिधिहरुले नाइजरसम्मै पुगेर त्यँहाको वास्तविक चित्र उतारेकाछन्।अभाव,असुविधा र असहयोगले जर्जर नाइजरका प्रसारणहरुले लाखौ बेलायतीहरुको मन जितेर करोढौ पाउण्डको सहयोग जुटेको छ।बेलायतीहरुले खाने एक प्याकेट चुरोटको पैसाले नाइजरका १० जना बालबलिकाहरुको जीवन बच्दछ अकालम्रितुबाट।धेरै धन हुनेहरुको मन नहुने द्रिस्टान्त सुनेका हामीहरुलाई यो सहयोग एउटा पाठ हुने छ।
आफूले जुलाइ ७ को इस्लामीक आतङ्ककारी बम प्रहारको न्रिसँस पीडा भोगेरैपनि भुकमरीमा डुबिरहेको इस्लामीक राष्ट नाइजर र त्यसवरपरका अन्य छिमेकी राष्टहरुका प्रति आफ्नो मानवीय धर्म निर्वाह गरिरहे छ बिर्सिएर सबै पूर्वाग्रहरु।यधपि नाइजरको यो दुर्दशा कुनै आतङ्ककारी कार्य,कुनै धार्मिक विभेदले नभएर बिशुद्ध मानवीय भुकमरी र अनिकालले निम्त्याएको कुरामा कसैको दुई मत छैन। मात्र पिउने पानीकालागि कोसौ धाउनु पर्ने, हप्तौ कुर्नु पर्ने बाद्यता हो नाइजरबासिको।पानीका मुहानहरु सुकेकाछन् बर्षौदेखि पानी नपर्नाले।बातावरणीय असन्तुलन,बन जङ्गलको जथाभावी फडानी,अति जनसँख्या र दूर द्रिष्टिको कमीले उनीहरु दरिद्र भएकाछन्।अशिछ्या ब्याप्त छ देशैभरि।“भगवान हामीसँग रिसाए, हामीहरुले उनलाई रिसाउने बनायौ र यो सजाँय भोगिरहेका छौ।’’भुकमरीकाबीचबाट नाइजरबासीहरुले व्यक्त गर्ने प्रतिक्रिया हुन् यी।

सँयुक्त राष्ट सँघ,अक्सफाम,रेडक्रस जस्ता दर्जनौ सँघसँस्थाहरु राहतका प्याकेजहरु बोकेर पुग्दै गरेपनि नाइजरको गरीवीले पूर्णरूपमा निकास पाउन गार्हो छ।ती सबै चीज अझै अपूर्ण र ढिला भएकाछन्। पुगेका कति सरसामान बास्तबिक भुकमरिकोमा नपुग्दै बाटैमा भ्रष्टहरुको गोदाममा पुग्ने यथार्थता आफ्नै ठाउँमा छदै छ। बिचरा भुकमरिहरु भने खुला आकासमुनी गोलबद्ध भएर प्रार्थना गरिरहनेछन् जवसम्म तिनीहरुको आवाज हिड्न नसक्ने गरि कमजोर बन्ने छ अथवा सहयोगकालागि रुन नसक्ने अवस्थासम्म पुग्ने छ। तथापि हामी सबैले कामाना गरौ नाइजरका भुकमरीहरुले मुक्ति पाउन् तन्नम गरीवीबाट।



हाल: बेलायत

No comments: