Labels

Total Pageviews

Monday, March 14, 2011

जापानको महाभूकम्प र सुनामीको विध्वंश


















जापानको महाभूकम्प र सुनामीको विध्वंश
रामहरि पौड्याल
भरतपुर१२/१९३, चितवन

प्रकृति कति बलबती छ क्षण भरमै बिनास निम्त्याउन त्यसको जल्दोबल्दो उदाहरण हो ११ मार्च २०११ का दिन एसियाको सम्पन्न मुलुक मानिने जापानको ९ रेक्टर स्केलको भूइचालो र त्यसको असरले निम्त्याएको अर्को सुनामी । सुन्दर मानव संसारमा कहिलेकाहीँ अकल्पनीय घटनाहरु घटिदिन्छन् निमेषभरमै । बिश्वोबिजयी बन्ने मान्छेका झुट्टा अहंकारहरु; बिज्ञान र अनुसन्धानका धाकहरु निरीह साबित हुन्छन् ।सुन्दर शान्त प्रकृतिलाई किन यसरि रीस उठछ दुनियाँ उजाड़ने गरि ?आज बिश्वो भरका मान्छेले सोच्नु पर्ने सम्जनु पर्ने भएको छ । प्रकृतिमाथि भैरहेको यो शोषण,यो अतिक्रमणको उपक्रम अब उच्च प्राथमिकताकासाथ रोकिएन भने हामीले यस्ता धेरै दैबी बिपत्तिहरुलाई निम्त्याई रहने छौ ।
जापानको इतिहासमै सबैभन्दा शक्तिशाली भनिएको भूकम्पका कारण उठेको विध्वंशकारी सुनामीमा परी शुक्रबार पुर्बी जापानको तटीय क्षेत्रमा दशौ हजारको मृत्यु भएको छ । भूकम्पले ल्याएको सुनामीले सयौं डुंगा, कार, घरहरू बगाउनुका साथै आगलागीसमेत निम्त्याएको छ । त्यसको घन्टौंपछि सुनामीले हवाई उडानलाई पनि प्रभावित पारेको छ भने दक्षिण अमेरिका, क्यानडा, अलास्का र संयुक्त राज्यको पूरै पश्चिम तटलगायत प्रशान्त क्षेत्रमा फैलिएको छ । क्षति ठूलो भएका कारण मर्नेको संख्या अझ बढ्न सक्ने पनि समाचारमा बताइएको छ । समुद्रमा आएको ९ रेक्टर स्केलको भूकम्पले २३ फिट अग्लो सुनामी ल्याएको थियो । भूकम्पको घन्टौंपछि पनि ५० भन्दा बढी स-साना झट्काहरू अनुभव गरिएको थियो, जुन ६ रेक्टर स्केलको हाराहारीमा रहेकोबुझिएकोछ।
विनाशकारी झट्काहरूले १३ सय माइलसम्म फैलिएको तटका दर्जनौं सहर तथा गाउँहरूलाई हल्लाएको थियो । भूकम्पको झट्का केन्द्रबिन्दुभन्दा निकै टाढा रहेको राजधानी टोकियोसम्म पनि अनुभव गरिएको थियो ।
'भूकम्पले उत्तरी जापानको अधिकांश भागमा ठूलो क्षति पुर्‍याएको छ,' प्रधानमन्त्री नाओटो कानले पत्रकार सम्मेलनमा भने । ‘’ यो दोश्रो बिश्वोयुद्ध पछिकै सबै भन्दा डरलाग्दो बिपत्ति हो ।‘’
भट्टीको संयन्त्रले रियाक्टरलाई चिसो पार्न नसकेको भन्दै सरकारले ओनाहामा सहरमा रहेको आणविक भट्टीनजिकै बसोबास गर्ने हजारौं बासिन्दालाई अन्यत्र र्सार्न निर्देशन दिइसकेको छ । रियाक्टरबाट विकिरण चुहिरहेको छैन, तर यसको केन्द्र भने बन्द गरिए पनि तातै रहेको छ । सो भट्टी टोकियोबाट एक सय ७० माइल उत्तरपर्ूवमा अवस्थित छ । अन्य दर्ुइ आणविक भट्टीमा पनि यस्ता समस्या देखिएको बताइएकोछ।
भूकम्पलगत्तै सुनामी आएका कारण दैनिक दर्जनौं स-साना झट्काको महसुस गरिने मुलुकमा पनि शुक्रबारको भूकम्प निकै डरलाग्दो थियो । सुनामीले आफ्नो बाटोमा आएको धेरै किलोमिटर जमिनलाई निलेको छ । जापानी टेलिभिजनमा देखाइएका विध्वंशका दृश्यहरू कुनै हलिउडको प्रकोप फिल्मभन्दा कम छैनन् ।माछा मार्न प्रयोग गरिने ठूला डंुगा तथा अन्य समुद्री जहाजहरू अग्लो सुनामीले सहरमा पुर्‍याएको छ । उत्तानो परेका र आधा पानीमा डुबेका सवारीसाधनहरू यत्रतत्र छन् भने जहाजहरू एकअर्कासँग ठोक्किएका छन् ।
सबैभन्दा बढी प्रभावित तटीय क्षेत्रका राजमार्गहरू पूर्णरूपमा क्षत्रिग्रस्त भएका छन् भने टेलिफोन लाइनसहितका सञ्चार सबै बन्द छन् । दैनिक एक करोड जनतालाई सेवा पुर्‍याउने उत्तरपर्ूर्वी जापान र टोकियोका रेल सेवाहरू पनि निलम्बन गरिएको छ । त्यसैगरी,टोकियोको नारिता विमानस्थल अनिश्चितकालकालागिबन्दभएकोछ।

भूकम्प र सुनामीले ओफुनाटो सहरमा मात्रै तीन सयभन्दा बढी घर बढारिएका छन् । टेलिभिजनका दृश्यहरूमा उखेलिएका रूखहरू, उत्तानो परेका कारहरू देखाइएको थियो । 'हाम्रो प्रारम्भिक अनुमानले निकै क्षति भएको देखाएको छ,' मन्त्रिपरिषद्का सचिव युकियो इडानोले भने, 'हामीले अधिकतम राहत प्रयास गरिरहेका छौं ।'
उनले रक्षा मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा फौज पठाउन लागेको पनि बताए । यसबाहेक विमान र कैयौं हेलिकोप्टर पनि तैनाथ गरिएको उनले जानकारी दिए ।
भूकम्पका कारण टोकियो र नजिकैका सहरका करिब ४० लाख भवनमा बिजुलीको लाइन काटिएको जापानी टेलिभिजन एनएचकेले बताएको छ । त्यसैगरी मियागीमा अवस्थित आणविक ऊर्जाभट्टीमा आगलागी भएको र पछि नियन्त्रणमा लिएको टोहोकु इलेक्टि्रक पावर कम्पनीले जनाएको छ । विश्वव्यापी लगानी बैंकिङ, जेफ्फेरिज इन्टरनेसनल लिमिटेडले शुक्रबारको भूकम्पमा करिब १० अर्ब डलरको क्षति भएको अनुमान गरेको छ । टोकियो डटकमका सहसम्पादक प्रकाश पौडेल योकोहामाबाट भूकम्पको अनुभव यसरि बताउछन् ‘’ २:४६ हुनै लाग्दा भुकम्पको धक्का विस्तारै आउन लाग्यो । सबै जना केहि नबोली नबोली मुखामुख गर्न थालियो । किनकी कहिले काही दिन मै ५-७ पटक भूकम्पको धक्का आउने ठाउँमा आजको पनि त्यस्तै होला भन्ने सबैलाई लागेको थियो होला मलाई जस्तै । तर, धक्का रोकिने सुरसार रहेन । झन झन बलिया धक्का आउन थाले, घर हल्लिन थाले । बाहिर हेर्दा बाटोमा गुडेका सबै गाडीहरु रोकिएका थिए । र जमिन कति सम्म हल्लिएको रहेछ भने पैदलयात्रीहरु बिजुलीको पोल समातेर आफुलाई सम्हालिरहेका थिए । ओभर-हेड-ब्रिज क्रस गर्न लागेकाहरु पनि रेलिंग समातेर हलचल नगरी बसेका थिय, त्यो देखेर मेरो मन झन् डरायो । त्यतिबेलासम्म त खासै ठूलो भूकम्प होइन होला भन्ने लागेको थियो । पसलबाट निस्केर अगाडीको खुल्ला सडकमा पुगेँ, मोटरगाडी, भेहिकल, रुटको बस लगायतका सबै सवारी साधनहरु रोकिएका थिए । जमिन यित हल्लिएको थियो कि कतै नसमाती उभिन सक्ने अबस्था नै भएन । १०-१५ तलाको घरहरु नै बैसाखको हुरीमा बकैनाको झापो हल्लियाको जस्तो भएका थिए, ठूलो धक्का त रोकियो तर छिन छिनमा सानो सानो भूकम्पहरु आइरहेका थिए ।‘’
जापानको भूकम्पको इतिहाँसलाई तलको तालिकामा हेरौ:Date | Magnitude | Region | Casualties | Damage June 12, 1978 | 7.7 M | Miyagi Prefecture | 28 | Sendai area damaged January 17, 1995 | 6.8 | Awaji Island | 6,434 | Severe damage in Kobe May 4, 1998 | 7.5 | Ryukyu Island | 0 | Ishigaki Island affected October 23, 2004 | 6.9 | Ojiya, Niigata | 40 | Chuetsu region damaged March 20, 2005 | 7.0 | Fukuoka | 1 | Damage in Fukuoka Prefecture August 16, 2005 | 7.2 | Miyagi | 0 | Miyagi Prefecture affected November 15, 2006 | 8.3 | Kuril Islands | 0 | Kuril Islands March 25, 2007 | 6.9 | Noto Peninsula | 1 | Noto Peninsula July 16, 2007 | 6.6 | Chuetsu Offshore | 11 | Chuetsu region damaged June 14, 2008 | 6.9 | Iwate-Miyagi Nairiku | 12 | Iwate-Miyagi Nairiku area affected August 9, 2009 | 6.9–7.1 | Izu Islands | 0 | Izu Islands August 11, 2009 | 6.5 | Tokai Area | 1 | Tokai Area February 26, 2010 | 7.0 | Ryūkyū Islands | 1 | Ryūkyū Islands December 21, 2010 | 7.4 | Bonin Islands | 0 | Bonin Islands March 9, 2011 | 7.2 | Sendai | Unknown (?) | Sendai March 11, 2011 | 9.0 | Sendai | 10,000+ (still to be confirmed) | Massive tsunami up to 10 meters heightSource: Wikipedia

अन्तरास्ट्रिय चासो :
मित्र राष्ट्र जापानमा भएको महाभूकम्प र त्यस पछिको सुनामीबाट व्यापक रूपमा हुन पुगेको जन धनको हृदय विदारक क्षतिप्रति आज विश्व नै चिन्तित हुन पुगेको छ । अझै पनि उक्त प्राकृतिक प्रकोपबाट अनायास र अप्रत्याशित रूपमा जीवन गुमाउनेहरूको वास्तविक तथ्याङ्क प्राप्त भइसकेको छैन । जापानी सञ्चार माध्यमले शनिवार प्रसारण गरेको समाचार अनुसार जापानको मियागो स्थित मिनामिसनरिकु सहरमा मात्र १० हजार भन्दा बढी मानिस अझै बेपत्ता छन् । ९० प्रतिशत भन्दा बढी बस्ती सुनामीले बगाएको यथार्थलाई मनन गर्दा विनाशलीलाको यकिन तथ्याङ्क आउन अझै केही समय कुर्नु पर्ने अवस्था स्पष्ट रूपमा देखिएको छ । भूकम्पको लगत्तै आएको सुनामीले खासगरी तटीय क्षेत्रका दर्जनौँ सहर र बस्तीहरूको विनाश हुन पुगेको र यसबाट खर्बौं डलर बराबरको भौतिक सम्पत्ति समेत नष्ट हुन पुगेको कारण जापानको सम्पूर्ण क्षेत्रमा प्रतिकूल परिस्थिति सिर्जना हुन पुगेको छ । राजधानी टोकियो लगायत अनेकौं ठाउँको जन जीवन, यातायात र सार्वजनिक टेलिफोन सेवा आदि समेत सञ्चालनमा आउन नसकी यसले उद्धार कार्यमा प्रतिकूल स्थिति उत्पन्न गराउन पुगेको देखिएको छ । यसै बीच महाभूकम्प र सुनामीको प्रतिकूलताकै कारण अप्रत्याशित रूपमा उत्पन्न भएको व्यवस्थापन सम्बन्धी गडबडीले मिनामिसो सहरको फुकुसिमा रहेको एउटा आणविक भट्टीसमेत विस्फोट हुन पुगेको र अर्को एउटा आणविक भट्टी विस्फोट हुने आशङ्का भएकाले त्यहाँका बासिन्दाले थप प्रतिकूल परिस्थितिको सामना गर्नु परिरहेको छ । हुन त स्थितिमा यथाशीघ्र सुधार ल्याउन एवं प्राकृतिक विपत्तिको मारमा परिरहेकाहरूको उद्धार गर्न जापान सरकारले आफनो सकि्रयता बढाई प्रभावित क्षेत्रहरूमा सङ्कट कालको समेत घोषणा गरेको छ ।

जापानका नागरिकहरूले भोग्नु परिरहेको सङ्कट निश्चय पनि कुनै पनि मानवका लागि असहनीय बनेको छ । विश्वले नै यस किसिमको महा विनाशप्रति ठूलो पीडा बोध गरिरहेको पनि देखिएको छ । जापानको उत्तर-पश्चिमी क्षेत्रको होन्सु नामक टापु केन्द्रबिन्दु रहेको र ९ रेक्टर स्केलको महाभूकम्प र त्यसपछि लगत्तै आएको सुनामीका कारण जापान र त्यहाँका जनताले खेप्नुपरिरहेको दुःखद स्थितिको आकलन गर्दै लगत्तै राहत तथा उद्धारका लागि संयुक्त राष्ट्रसङ्घ, अमेरिका, युरोपेली सङ्घलगायत ५० भन्दा बढी मुलुक सहयोगका लागि तत्पर भई उद्धार टोली समेत पठाउने क्रम सुरु हुनुलाई प्रशंसनीय मान्नुपर्छ । जापानकै भूकम्पीय तथ्याङ्कका आधारमा पनि १४० वर्ष यता आएर जापानमा शुक्रवार आएको भूकम्प सबैभन्दा ठूलो र विनाशकारी भूकम्प मानिएको छ । त्यसमाथि सुनामीले थप पीडा थपेको जापान र जापानी जनताले चाँडै नै यस किसिमले भोग्नुपरेको पीडाबाट मुक्ति पाउन सकून् र उनीहरूको अस्तव्यस्त एवं अव्यवस्थित जीवन शैलीमा यथाशक्य छिटो सुधार आउन सकोस् भन्ने हामी सबैले कामना गरौ ।
नेपालले सिक्नुपर्ने पाठ:
यसबेला महाभूकम्पले नेपालीहरूलाई पनि नराम्रोसँग त्रस्त बनाएको छ । नेपाल भूकम्पको दृष्टिले संवेदनशील क्षेत्र रहेको सर्वविदित छ । जापानको घटनाले नेपालीहरूलाई भूकम्पप्रति सचेत हुन फेरि एक पटक घच्घच्याएको छ । यस्ता प्राकृतिक विपत्तिको सामना गर्न हरदम तयार भइरहनु पर्ने यथार्थ पनि यसले औंल्याएको छ । जापानको जत्रै भुइँचालो काठमान्डौमा गए त्यसले गर्न सक्ने माहाबिनासको सम्भाब्य क्षतिको लेखाजोखा गर्नु पर्ने भइसकेको छ ।

छिमेकी राष्ट्रहरु भारत,चीन् र पाकिस्तानमा समेत यस प्रकारका डरलाग्दा भूकम्पीय दुर्घटनाहेरु बारम्बार घटिरहेका सन्दर्भमा हाम्रो देश नेपाल समेत हिमालयन क्षेत्रहुदै पर्ने टेक्टोनिक जोनमा पर्नेहुदा समयमै यस प्रकारको दैबी बिपत्तिबाट बच्न सरकारले यथोचित कदमहरु चाल्नु पर्ने देखिन्छ l भूकम्प प्रतिरोधात्मक निर्माण कार्यलाई सबै क्षेत्रमा अनिबार्य लागु गर्नु पर्दछ l डीज्यास्टर म्यानेजमेन्ट र रेस्क्यू सम्बन्दी बिज्ञहरुलाई बेलैमा तम्तयार पारेर राख्दै सबैलाई यसप्रकारका प्रकोपको पूर्व जानकारी, पूर्व सचेतता दिन सके अकाल र असमयमै धेरैले जीवन बर्बाद पार्नु पर्ने थिएन l





































2 comments:

Anonymous said...

Good Information .. Nice Article Ramhari jee

Anonymous said...

good information dai n we all pray for Japanese to get their convenient life as soon as possible