Labels

Total Pageviews

Sunday, May 22, 2011

स्पोर्ट रिलिफ र बेलायतीहरुको दिल






स्पोर्ट रिलिफ र बेलायतीहरुको दिल
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

स्पोर्ट रिलिफ ‘’खेलप्रतिको तीव्र मोह मार्फत प्राप्त शक्तिले जीवन परिवर्तन र समुन्नत पार्ने ‘’ नाराका साथ यहि १४-१६ मार्च २००८ मा युनाइटेड किंगडम भरि विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइयो l खेल मार्फत रमाइलो गर्दै दुख: पाएकाहरुलाई सेवा गर्ने पैसा जम्मा गर्ने अभियान भब्यतापुर्बक सुसम्पन्न भएका खबरहरु बीबीसीले प्रत्यक्ष प्रसारण गर्यो आफ्ना रेडियो टेलिभिजन मार्फत l देश भरिका सबै शहरहरु / गाउँहरु ‘सेन्सबरी स्पोर्ट रिलिफ’ मय भइ रहे l के कलाकार, के खेलाडी, के राजनीतिज्ञ, बालक देखि बृध्दसम्म सबैले सडकमा निस्केर फन्ड रेजिंगको यो महाभियानलाई साथ दिए l शुक्रबार साँझको रमाइलो टेलिभिजन कार्यक्रममा ख्यातीप्राप्त कलाकार, गीतकार, खेलाडी, नायक, नायिका, उध्योगपति सबैले भब्य कन्सर्ट मार्फत पैसा उठाउने यो कार्यक्रम उत्सहापूर्बक सकियो l हरेक कलाकारहरुले कसरि आफ्नो फन्ड रेजिंग कार्यलाई निरन्तरता दिए कति पैसा उठ्यो र त्यो पैसा कुन कामको लागि खर्च हुन्छ भन्ने फिचर स्टोरीहरु बीचबीचमा देखाउदै कार्यक्रममा रौनकता प्रदान गरिरहे l सबैलाई गक्षअनुसारको सहयोग गर्न अपील गरिरहे l
सिंगो देश ‘सेन्सबरी स्पोर्ट रिलिफ माइल’ मार्फत सडकमा उत्रियो खराब मौसम र चीसो बताशको समेत प्रबाह नगरि l दशौ हजार मान्छेहरुको त्यो मानव समुन्द्रमा मिसिए बच्चा, अपांग, महिलाहरु समेत १/३/ ५ माइलको त्यो स्वोस्फुर्त म्याराथुनमा l टेलीविजनको पर्दामा यो मानवीय महारेश हेरिरहेका हामी दम्पतीलाई केहि गर्न नसकेकोमा ग्लानी भइरह्यो l बेलायतीहरुको यो उदात्त चेरिटी क्रेजलाई सबैसामु बाँड्ने सानो रहरनै यो मेरो जमर्को हो l








विभिन्न देशका मनै छुने दारिद्रिक दृश्यहरु टेलिभिजनको पर्दामा हेरिरहँदा कसको मन सहयोगकालागि आतुर नहोला र ? जब कि बेलायतीहरुको एक बट्टा चुरोटको पैसाले अफ्रिकाका एड्स पीडित परिवारका टुहुराहरुलाई मैनौ खान पुग्ने तथ्यले सबैलाई दुखि बनाएको हुनु पर्छ l मात्र १५ पाउण्डले जिम्बाबेकि एउटी गरीब केटीले बर्षभरिको प्राइमरी स्कुलको शिक्षा पाउन सक्छे l तेस्ता हुनाहार केटीहरुको भबिस्य उचित शिक्षा र राम्रो जीवन प्रदान गर्न सहयोग मागिएको थियो l बंगलादेशका १२ बर्षे रशिदलाई त्यहाको तीब्र गर्मीमा तातो छाना मुनि १५ पेन्सको लागि दिनभरि काम गर्नु परेको कथाले बेलायतीहरुको मन छोएको थियो l
गरीबी कति भयाबह छ दुनियामा ? हामी आफूलाई भाग्यमानी ठान्नुपर्छ l बिचरा ती दीनहीनहरुको हृदयबिदारक कथा ब्यथालाई टेलिभिजनको पर्दामा देख्नु पर्दा मुटू भएकाहरु क्रेडिट कार्ड समाएर तम्सिएका छन् सहयोगकालागि l धन्य छन् बेलायतीहरु र धन्य छ तिनको उदात्त दिल र त बर्साईरहेछन सहयोगका राशीहरु l कार्यक्रम संचालक र कलाकारहरुले सहयोगको राशी यति पुग्यो, तपाई सहयोग गर्न चाहनुहुन्छ भने ..... नम्बरमा फोन गर्नुस , http://www.sportrelief.com/ ओएब साइटमा जानुहोस् l सबैलाई प्रेरित गरिरहेको त्यो क्षण बास्तबमै प्रसंसनीय थियो l तपाइको मात्र एक दिनको ‘टेक अवे’ अर्डरले नाइजरका एड्सपीडित बच्चाहरुलाई भइरल इन्जेक्सन र जीवनदान मिल्ने, एक दिनको पबमा गएर उडाइने ड्रिंकको पैसाले दर्जनौ बालबालिकाहरु महिनौ सम्म बिद्यालय जानसक्ने साचो तथ्यलाई उजागर गरिरहे, सबैलाई सहयोगको यो महामेलामा भेला गराइरहे l सम्बन्धित देशका प्रताडित मान्छेहरू सम्मै पुगेर तयार पारिएका मर्मस्पर्सी फिचर स्टोरीका वास्तविक प्रोफाइलले सबैलाई सहयोग गरु गरु बनायो र त एउटै त्यो कार्यक्रमबाट २० मिलियन पाउण्ड उठाउन सकियो l
संसारमा धेरै धनीहरु छन्, गरीबी ब्याप्त छ जताततै l तथापि सहयोग, सदभाब र समर्पणको कमी पनि छैन समन्नय गर्न सक्यो भने l ‘स्पोर्ट रिलिफ’ एउटा नमूनाको रुपमा बेलायतीहरुको दिलमा छाएको छ l बेलायत दुनियामा च्यारिटीकालागि स्वोनाम धन्य मानिन्छ l च्यारिटीकालागि म्याराथुन यहाको एउटा प्रचलित फेसन हो l बेलायत आएका आफ्ना सात बर्षहरुमा यस्ता धेरै मनमोहक म्याराथुनको आकर्षक दृश्य हेर्ने सौभाग्य पाइयो l ती मध्ये लन्डन म्याराथुन, स्पोर्ट रिलिफ, वाक फर ब्रेस्ट क्यान्सर सर्वाधिक पपुलर मानिन्छन् l
सहयोगकालागि म्याराथुनमा भागलिन पैसा तिरेर लाग्ने स्वस्फुर्त मान्छेहरुको महासमुन्द्र र तिनबाट जम्मा हुने बिशाल राशी तेस्को सदुपयोगबाट लावान्नित हुने संसारभरका तन्नम गरीब l यी दृश्यहरु जबजब बिदेशी भूमिमा बसेर टेलिविजनमा हेर्दा खेरि मेरो मनमा खेलिरहने एउटै कुरो के हाम्रो देश नेपालमा पनि सबै जना सहभागि हुने देशका हरेक तह र तप्काका मान्छेहरु एउटा मात्रै साझा उध्यस्य ‘दुखि दरिद्रीहरुलाई सहयोग’को नाममा कुद्ने हो भने र त्यो पैसा बास्तबमै लक्षित बर्ग सम्मै पुर्याउन सके समाज बदलिदो हो l
पार्टीको कार्यक्रममा नेताको भाषणमा टाउकामा रातो झन्डा बाँधेर जिन्दाबाद र मुर्दाबाद भन्दै काठमान्डौको टुडिखेलमा उत्रने तेत्रै र तेस्तै मानव समुन्द्र एकपटक आफ्नै देशका तन्नम गरीब, सडक बालबालिका, दुखिपीडित र स्वोसित मान्छेहरूका लागि सहयोग उठाउने महारेसका रुपमा संचालन गर्न सके ? कतिको जीवनमा खुसी फर्किदो हो, अकालबाट कतिलाई बचाउन सकिदो हो l मेरो मनको कुनामा सधै जागिरहने यो जिज्ञासा l
स्पोर्ट रिलिफले पुराना आफ्ना रेकर्डहरुलाई तोड्दै २० मिलियन पाउण्ड जम्मा गर्यो आफ्ना तीन् दिवसीय कार्यक्रम मार्फत l सबैले मन फुकाएर सहयोग गरे सेन्सबरी नामको एउटा चेन स्टोरले आयोजना गरेको उक्त कार्यक्रममा l त्यहा कुनै प्रकारको राजनीतिक गन्ध देखिएन बिसुद्ध च्यरिटेवल कार्य l दानबीर कर्णको इतिहास भएको हाम्रो देश, आफ्नै शरीर काटेर सुम्पने सिबी जस्ता सन्त, महन्त र ऋषि महाऋषिहरुको आफ्नै गरिमामय संस्कृतिले भरिएको हाम्रो परिबेशलाई बचाई राख्नु हाम्रो कर्तब्य हो l बेलायतीहरुको यो उदार दिलबाट पाठ सिक्ने कैले ? आशा गरौ एउटा स्वस्फुर्त मानब समुन्द्र सहयोग र सदभाबको देशका हरेक सहरमा उतार्ने सुभ कार्यको थालनीकालागि एउटा अशल म्याराथुन धावकको साचो नेतृत्व खोजिरहेको छ देशले l

No comments: