Labels

Total Pageviews

Saturday, September 17, 2011

फरवाडेड म्यासेज

http://http//ia600409.us.archive.org/31/items/RamhariPoudelBhawana/RamhariPoudelBhawana.mp3

फरवाडेड म्यासेज
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

चम्किला बत्तीहरुको झिलिमिली प्रकाशमा उज्ज्यलिएको छ वातावरण सहरका हरेक चोक र गल्लीहरु क्रिसमस ट्री र तिनमा सजाईएका रंगिन बत्तिहरुसंगै टलकिएका छन् सहर सजिएको छ आधुनिक फेशन र ग्ल्यामरको केन्द्र बनेर सपिंग मलहरु, डिपार्टमेन्ट स्टोरहरू खचाखच भरिएका छन् तन्नेरी ग्राहकहरुको क्रिसमस क्रेजसंगै तिनका उत्साहलाई बतावरणको हिमाच्छादित धर्ती प्रतिकूल देखिदैन माइनस पांचको चीसोले क्रिश्मस सपिंगको भिडलाई रोक्न छेक्न सकेको छैन सबैखाले सपिंग मलहरु बतानुकुलित तातोसंगै स्वागतातुर देखिन्छन आफ्ना ग्राहकहरुको सेवामा

युरोप पश्चिमाहरुको सभ्यता र संस्कृतिको नमूना बिकाश, निर्माण र मानवीय प्रगतिको चरमोत्त्कर्ष लण्डन वोर्ल्ड क्यापिटल सिटि व्हीच नेभर स्लिप फरक छैन दिन हो की रात ? मान्छेहरुका समुन्द्र र तिनका ब्यस्तत्तम दैनन्दिनी फराकिला बाटाहरु, सलल बग्ने कारहरुका लामा लामा लाईनहरु तिनले फाल्ने उज्ज्याला बत्तिहरुको चम्काई मानौ स्वोर्गतिरको दिब्य यात्राझैँ लाग्दछ हो ! यही दिब्य यात्राको लस्करमा लामबध्द संसार भरका इमिग्र्यान्टहरु काले,गोरे, गहुँ गोरे, अग्ला, होचा संसारका सबै खाले मान्छेलाई देख्न र बुझ्न पाइन्छ एकै थलोमा
बेलायतको ब्यस्त बास्तबिकतामा मन फुकाएर घुम्ने , फिर्ने समय निकाल्ने भनेको यस्तै क्रिसमस, न्यु इयरको लामो छुट्टीमा हो साथी भाइहरुसंग भेट घाट, रमाइलो ठाउको दृश्यावलोकन सबैको कार्य सुचिमा यतिखेरै जुर्दछ मैले पनि यस्तै रंगिन सपना साँचेथे रमाइलो गरि बिदा मनाउने दिनहरुको उत्सुकतापूर्ण पर्खाई रमाईला दिनहरुका नजिकिदै थिए

एकदिन कामबाट फर्के पछि मैले आफ्नो इमेल चेक गरें लापटपमा मेरा बिस्थारित नजरहरु टक्क एउटा इमेलको फरवाडेड म्यासेजमा गएर अडिए ‘’ हेल्प नेप्लिज वुमन सेभ हर लाइफ, ब्रिंग ब्याक दि स्माइल अन हर किड्स ’’ कैलेकाइ नियति किन यति बिघ्न किर्तघ्न भइदिन्छ एउटी हुनाहार फूलका बिरुद्ध ? तिनका आश्रीत ससाना नालाबालाका बिरुद्ध ?? बिचरी ३१ बर्षकी ऊ मिर्त्युसंग लडिरहेकी छ, हात फैलाई रहेकी छ सहयोगको थापेर भीख जीवनको एकातिर रक्त क्यान्सरको प्राणघातक माहारोग, अर्कातिर तीन तीनवटा कलिला सन्तानहरुका बाच्ने तीब्र जीवनेक्षा र बीचमा असाय ऊ आधुनिक चिकिस्ता बिज्ञानले जति प्रगति गरेको भएपनि गरीब अबलाहरुले सस्तो मूल्यमा मुकुक भित्रै बोन म्यारो ट्रान्सप्लान्टको सुबिधा कहिले पाउलान ? मिर्गौलाको सस्तो र सुलभ प्रत्यारोपण स्वदेस भित्रै कहिले होला ?? मेरा भावनात्मक जिज्ञासाहरुको उपक्रम बिरयी कथाले तुरुन्त द्रवित मलाई श्रीमतीले साथ दिन्छिन् ‘एक थुकी सुकी, हजार थुकी नदी ’ सहयोग न हो कसैको सानो सहयोगले एउटी हुनहार युवतीको जीवन बाँच्दछ भने १०/२० पाऊण्ड भगवानका नाममा यो फेस्टिव सिजनमा सबैले दिदिए बिचरीको जीवन बचाउन सकिने थियो कलिला नानीहरुले अल्पायुमै आमाको मायाबाट टाढिनु पर्ने थिएन हामी दम्पती यहि कल्पिदै सबैलाई इमेल फरवाड गरेउँ सम्पूर्ण इस्टमित्र, साथी संगाती सबैलाई सहयोगको अनुरोध गरेउ धन्य छ प्रविधि इमेल इन्टरनेटको क्षण भरमै हाम्रा अनुरोधहरू सम्प्रेषित भए ग्लोब भरि वेब पेज सहित बिचरिका तीन तीन नालाबलाहरुको तस्बिर, डाक्टरी सिफारिस सहितको प्रतिलिपि संग्लग्न हाम्रो फरवाडेड म्यासेजले कसो मान्छेहरुको मन नछोला र ?

बेलायतमा पनि नेपालीहरुको संख्या ह्वात्तै बढेको छ आजभोलि पूर्व गोर्खा आर्मीहरुले स्थाई रुपमा बेलायत बस्न पाउने नियम बनेपछि नेपालीहरुको संख्या पनि लाखबाट माथि पुगिसकेको अनुमान गर्दैछन् यतिधेरै नेपालीहरुको महासागरमा मात्र केहि सयले दस/बीस पाउण्ड क्रिस्मस र निउ इयरको नाममा हाम्रो झोलीमा हाली दिए ती अभागी बैनीलाई बचाउन र तिनका सन्तानलाई अल्पायुमै मात्री वियोगको पिडाबाट बचाउन सकिन्थ्यो सम्भाब्य सहयोगका अनुमानमा हामी दम्पतीका दिनहरु कौतुहल्तापूर्ण रहे हामीले आफ्ना घुम्ने फिर्ने कार्यक्रमहरु स्थगन गरेउ तत्कालीक मैले त्यो बिदा भरि ड्रिंक नगर्ने संकल्प गरे हामी मानवीय अभियानमा जुटी रह्यो
क्रिश्मस र निउ इयर शुभकामना आदन प्रदानको बाढीको समय मोबाइल फोन, इमेलले कति सजिलो बनाइदिएको छ दुनियालाई एउटै टेक्स्ट म्यासेज, एउटै इमेल फर्वाड गर्दियो सबैलाई कति सजिलो ? सयौं टेक्स्ट म्यासेज आउने हामीलाई यो साल गजब भयो एउटै म्यासेज आएन मेरी क्रिसमसको, हेप्पी निउ इयरको कसैलाई फोन गर्यो भेटै हुदैन, सबै तर्किन्छन पर पर
‘’ हैन मेनुका के भो
यस्तो अचम्ब ?’
‘पख्नुस हइ म ट्रीक गर्छु ‘ उनले मोबाइल समातिन् र सेटिंग मिलाईन् हाम्रो नम्बर डिस्प्ले नहुने गरि अनि तमसिन मोबाइल घुमाउन
‘’हेलो भाउजु पो अर्कैको भनेर उठाएको आइडी डिस्प्ले नदेखेर ’’
बिजी छौ काममा ........
क्रिश्मसमा पनि काम?.......
........................
खै के हो ??

सधै अनलाइन हुनेहरु एपियर अफ लाइन भै दिन्छन् हामीलाई अनलाईन् देखे पछि हामी दम्पती आजित भइयो अचानक सबै साथी संगातीहरुमा देखेएको यो अस्वाभाविक परिवर्तनले मनभरि ग्लानी भो यसरी सबैलाई चिडाउनु पर्दा के यी सबै व्यवाहारको एउटै कारण त्यहि सहयोगको लागि प्रेषित फरवाडेड इमेल म्यासेज नै थियो त ? हाम्रा मनमा साथीभाइहरुका यी अनपेक्षित रहस्यमयी व्यवहार एउटा जटिल प्रश्न बनेर घुमि रहेछ घुमि रहेछ
‘‘राजनीतिक स्वार्थकालागि, नेताहरुलाई खुसि पार्नाकालागी, बियर ककटेल पार्टीकालागि हामीहरु कति पैसा उठाउछौ ? बिसुद्ध मानवीय जीवन रक्षा त्यो पनि एउटी तीन तीन सन्तानकी आमा अल्पायुमा मर्दै छ रक्त क्यान्सर देश भित्रै छैन कुनै उपचार भगवानकै अनुकम्पाले बेलायत आउने सौभाग्य , पाउण्ड कमाउने अहोभाग्य पाएका हामीहरु किन १०/२० पाउण्ड दान गरेर भगवानप्रति धन्यबाद टक्र्याउने अबसर गुमाउछौ ?’’ विरक्तिएका मेरा मन भरी खेल्ने यस्तै यस्तै भावनाहरु आर्थिक सहयोगका लागि अनुरोध गर्दा गर्दै थाकेका मेरा हातहरु कसैको जीवन रक्षाकालागि लागिपरेका मेरा आस्थाहरु

मान्छेहरुको पहिचान दुखमै हुदो रहेछ यति ठूलो ब्रमाण्डमा कति धेरै मान्छेहरु ? तथापि अर्काको दुखलाई पनि आफ्नै परिवारको मान्छेजस्तै ठान्ने पनि देखिए र देखिए बाल नदिने पाषणहिर्दयी पनि चन्दा माग्ने काम जीवनमै गर्न नपरोस कसैलाई कायल भइयो हामी दम्पती आफन्त र चिनेजानेका भन्दा नचिनेका अजनबीहरुले हाम्रो अभियानलाई यति साथ दिए की तिनका गुणलाई जीवनमै सायद तिरेर सकिएला हामीले तिनलाई साचो भगवान ठानेका छौ जसले हाम्री बैनी चुनुको जीवन रक्षाकालागि मागिएको झोलीमा सप्रेम सहयोग गरे दानबीर कर्णरुपी भवानी मनहरु भएका डाक्टरहरु भेटिए, अजस्र मनका धनी दिलै देखि रोशन बलेका पनि देखिए ठूला ठूला राजनीतिक कुरा गर्ने र आपद परेर गुहार्दा सूको नझार्ने महान नेताहरु बग्रेल्ती भेटिए जेहोस परदेशी भूमिमा एउटी चेलीलाई बचाउनकालागि गरिएको हाम्रो कदमलाई साथ दिने सबै सबैलाई दिल देखि हाम्रो हार्दिक अभिबादन यस्ता सहयोगी भावनाहरु सदै रहिरहोस सबै सामु बचाउन सकियोस सबै मिलेर दुखमा परेकाहरुलाई मर्नु नपरोस कसैले ससानो सहयोगको अभावमा आमाहरु नगुमाउन ससाना नानीहरुले अल्पायुमै चेलीबेटीहरु बुवा दाजुहरु, काका मामाहरु सबैलाई बचाउन सकियोस यस्ता दैबी बिपती र रोग महारोगसंग लड्न एउटा राष्ट्रिय कोष स्थापना गर्न सके बेलैमा सबैले गछेअनुसारको दान अभियानको महासन्देश र महापुराण समयमै लगाउनु पर्ने संदेश सहितको फरवाडेड म्यासेज सबैलाई पठाउन ढिला भै सकेन र ? मरेपछि दान दातब्य गर्ने गराउने परमपरामा सानो सुधार गरि जिउदै सकेको दान गर्ने र आफ्ना दानले कसैको जीवन बाचे बचाएको, हाँसे हसाएको आफ्नै आँखाले देखेर मर्ने नया परिपाटीको फरवाडेड म्यासेज देश विदेशका सबैलाई पठाउन सके कसो होला ??

सम्प्रति: संयुक्त अधिराज्य बेलायत
शिक्षा: एम. एस. एम. ई / बि.एस. इलेक्ट्रिकल इंन्जीनियरिंग
जन्म: भरतपुर,१२/१९३, चितवन
पहिलो प्रकासित कथा: ‘’अविरल यात्रा: रोमान्चक द्वोन्दहरु’’ बर्ष १२, अंक २, पूर्णाङ्क ४४ समकालीन साहित्य
पुरुस्कार: बिध्यालय, महाविद्यालयहरुमा आयोजित कबिता, निबन्ध, बक्त्रितोव कला प्रतियोगितामा पुरस्कृत
भर्मण: भारत, जापान, फिलिपिन्स, सिंगापुर, संयुक्त अधिराज्य बेलायत, फ्रान्स
गरिमा,मधुपर्क, समकालीन साहित्य, मिर्मिरे, अभिव्यक्ति, तन्नेरी,बिमोचन आदि पत्र पत्रिकाहरुमा दर्जनौ कथा, लेख रचनाहरु प्रकासित, सिनर्जी एफ.एम. चितवन, हिमाली स्वोरहरु सामुदायिक रेडियो अमेरिक बाट नियात्रा र कथाहेरु प्रसारित,
इमेल: rhpoudyal@gmail.com


















































































No comments: