Labels

Total Pageviews

Thursday, February 23, 2012


गीत

रामहरि पौड्याल

भरतपुर १२/१९३, बसन्त चोक, चितवन

मेरो मनको अँधेरीमा दीप बनी आऊ

मेरो तनको खडेरीमा प्रीत बनी छाऊ

मेरो दिलको कन्दरामा बैंस बनी आऊ

मेरो आफ्नो चाहनाको फूल बनी छाऊ

१

फूल मीठो बसन्तमा मुस्कुराए झैं

तिमि पाए जिन्दगीमा नाचिरहुँ झैं

तिमी आए सपनीमा हाँसी रहुँ झैं

तिमी पाए अँगालोमा बांधी रहु झैं

२

तिमी गए मुटुभित्र सियो गढे झैं

तिमी आए अँधेरीमा दीयो जले झैं

तिमी गए अधरमा खाटा बसे झैं

तिमी आए नजरमा चुमी रहु झैं

३

हृदयमा सुवासित तिमी मेरी फूल

जिन्दगीमा कहिले पनि गर्ने छैन भूल

बिते मेरा अहो ! कति चीसा चीसा रात

आए मेरी प्रिए तिमी समाउदै हात

४

दिन बित्यो साँझ संगै घाम ढल्कदै

कति बसुँ प्रीए मता तिम्लाई कल्पदै

प्रतिक्षाका अहो ! कति लामा लामा रात

पर्खेकै छु युगौ देखि जुनेलिका साथ

५

रचना काल: मार्च १०, २००१

सान कार्लोस, फिलिपिन्स

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

No comments: