Labels

Total Pageviews

Monday, April 2, 2012

शून्यता प्रिय लाग्दो छ


शून्यता प्रिय लाग्दो छ

रामहरि पौड्याल

भरतपुर १२/१९३, चितवन

शून्यता एउटा नीरव शान्ति

शून्यता एउटा मौन क्रान्ति

शुन्य छन् भावनाहरु, शुन्य छन् बिचारहरु

मान्छेको कोलाहल, सहरको प्रदुषणले आक्रान्त

मलाई शून्यता प्रिय लाग्दो छ !

शून्यता एउटा शाश्वत सत्य

शून्यता एउटा परमानन्द जीवनको

शून्य छन् समयहरु, शून्य छन् अवयवहरू

मान्छेको बैचारिक दारिद्य्र, सहरको नक्कली जीवनशैली

मलाई शून्यता प्रिय लाग्दो छ !

शून्यता एउटा जागरण नया युगको

शून्यता एउटा प्रेरणा नया पिढीको

शून्य भए गाउँ बस्तीहरु, शून्य भए धर्ती र आकाशहरु

मान्छेको जीजीबिषा बदलिँदो हो शून्यतासंगै

मान्छेको अघोरी अभिलाषा थन्किदो हो मौनतासंगै

त्यसैले त मलाई मौनता प्रिय लाग्दो छ !

रचना काल: फेब्रुअरी १५, २००१

सान कार्लोस सिटी, फिलिपिन्स

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

No comments: