बेलायती महारानीको हीरक जयन्ति ( ६०ओँ राज्यारोहण) ( Diamond Jubilee )
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
बेलायत प्रजातन्त्रको जननी राष्ट्र । मानवाधिकार, स्वतन्त्रता, लैङ्गिक समानता र प्रजातन्त्रको अनुपम नमूना स्थल । यहि मानवीय धरोहरकी साझा रक्षक र सारा बेलायती र कमन वेल्थ देशकी साझा सम्मानकी एकल पात्र महारानी एलिजावेथ दुत्तीय । यतिखेर बेलायत उनकै राज्यरोहणको ६०औँ जन्म जयन्ति डाईमण्ड जुब्ली मनाउन लागि रहेको छ । पूरै बेलायत रिसेसनको निर्मम प्रहारले आक्रान्त भएपनि आफूभित्रका आर्थिक मन्दीका घाउलाई मलम पट्टि लगाएरै आफ्नी प्यारी महारानीको ६० औं राज्यारोहण धुमधाम सँग मनाउन लागि परि रहेको छ । ओलम्पिकको उल्टो गन्ति शुरु भएको छ सारा संसारभरिका खेल प्रेमीहरु लण्डनमा लाइन लाग्ने छन् छिट्टै नै सन २०१२को ओलम्पिक आयोजक राष्ट्रका रुपमा ।
बेलायतका हरेक साना ठूला सहर मात्र होइन हरेक बिध्यालय महाविद्यालय सम्म यसको रौनकता छाएको छ । हरेक बेलायतीहरु यतिखेर आफ्नो राष्ट्रिय पर्व मनाउन श्रद्धाले झुकिरहेका छन् । राष्ट्रिय झण्डा उचाली रहेछन् सगौरभ । धोजा पताकाले रंगिएका छन् सहरका चोक गल्लीहरु । राष्ट्रिय झण्डाहेरु फर्फराएका छन् सबैका घर आगनमा । यसमा कसैलाई करकाप छैन । कसैलाई उर्दी र बाध्यता छैन । स्वस्फुर्त यो मानव सागर आफ्नी रानीको सुखद भबिस्य र बेलायतीको स्वभिमानकालागि, राष्ट्रिय स्वाधिनताको जगेर्नाको लागि दिलै देखि कम्मर कसेर लागि परेका देखिन्छन । सम्बैधानिक राजतन्त्रको यो अनुपम नमूना मुलुक बेलायत दुनियामा चिनिन्छ । एउटा गतिलो लोकतान्त्रिक रोल मोडलका रुपमा आफूलाई उभ्याउन सफल छिन महारानी एलिजाबेथ आफना लामा लामा गौरभशाली ६० बर्षे राज्यारोहणमा ।
एउटा सानो टाउनको प्राइमरी स्कुलका केटाकेटीको कार्यक्रममा देखिएको त्यो सद्भाव बेलायतीहरुको राजतन्त्र प्रतिको अपार सम्मानको प्रतीक हो । सारा अभिवावकहरु बेलायती व्यस्तताका बावजुद पनि आफ्ना नानीबाबुहरुको यो महान चहाड डाईमण्ड जुब्ली मनाउन जम्मा भएका छन् ।

आफ्नो देशको राजनैतिक फोहोरले पारेको गणतान्त्रिक मोह भङ्ग, चार चार बर्षमा बनाउन नसकिएको सम्भिधान, अलोकप्रियताको पराकास्टमा केहि बर्ष अघि मिल्क्यैएको राजतन्त्रका फोहरी दृश्यहरुले मलाई अमिलो पारी रहे । हजारौ माइलको यो भौगोलिक दुरतामा पनि म आफ्नो देश खोजि रहें । अफ्नो सम्भिधान सम्झी रहें । दुनियाको नमूना प्रजातन्त्र भएको देश बेलायत जस्मा कुनै लिखित सम्भिधान छैन र पनि नियम कानुनले देश बाधेको छ । महारानीले कर तिर्छिन । प्रधानमन्त्रीले अदालतको कठघारामा उभिएर बयान दिनु पर्छ । एउटा मन्त्रीले घरभाडा कर छलेको बिषयमा राजिनामा दिनु पर्छ । कसैलाई रङ्गका आधारमा काले गोरे भने मात्र पनि रेसिस्टको पगरी सहित आफ्नो पद गुमाउनु पर्छ माफी माग्नु पर्छ ।
हाम्रो देश भर्खरै राजतन्त्र मासेर गणतन्त्र ल्याउने विश्वोका पछिल्ला राष्ट्रमा दरिएको छ । नयाँ गणतान्त्रिक राष्ट्रका रुपमा । हाम्रो राजतन्त्र मर्यादित हुन सकेन यद्यपि हाम्रा राजाहरुले, हाम्रा धेरै नेताहरुले बेलायतबाटै शिक्षा लिए बेलायतलाई देखे बुझे नजिकवाट । तर सिकेनन बेलायती राजतन्त्रको मर्यादाको मानक । बुजेनन सम्बैधानिक राजतन्त्रको सिमांकन । आफूलाई कानुन भन्दा माथि राख्ने,दुनियालाई रैती ठान्ने, कर नतिर्ने,ब्यापार गर्ने तर बिजुली र पानीको पैसा समेतमा सानो चित्त देखाउदा आजको दुर्दिन निम्तिएको थियो ।
हामी कामना गरौँ बेलायतकी महारानी एलिजावेथ अझै सुस्वास्थ दीर्घजीवी र अकन्टक रहुन समुन्नत बेलायतको सम्मान र सम्बैधानिक राजतन्त्र, प्रजातन्त्र र लैङ्गिक बिभेद अन्त्यको कोशे ढुंगाको रुपमा दुनियालाई उदाहरणीय बनिरहुन । हाम्रो हार्दिक शुभकामना ! हेप्पी डाईमण्ड जुब्ली हर मेजेस्टी क्विन एलिजावेथ !!
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
No comments:
Post a Comment