Labels

Total Pageviews

Thursday, August 15, 2013

सैतान 
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
सैतान आउँदै छ यहिं हुँदो,
बिना पूर्ब संकेत, बिना पूर्ब चेतावनी
महा प्रलय, महा संग्राम बनेर
अहो ! यसका सिङ्गहरु,
उधिनिरहेछ, मानवता सभ्यता र स्वतन्त्रताका बुर्जाहरु
ताण्डवनृत्य यसका,
मेरो आस्था बलत्कार भोगिरहेछ -
मेरै धर्तीमा !
प्रेम,स्वर्ग र स्वप्नको धुँवा र खरानी देखिरहेछु आँखामा
ठूला ठूला घरहरु , सुन्दर सुन्दर बागहरु,
झुम्दै गर्ने भ्रमरहरु, चुम्दै गर्ने फूलहरुको
सपना अस्तिमात्र देखेंथे,
म सुँघदै छु परदेश बाट देश यतिखेर
म रोज्दै छु भेष यतिखेर,
सैतान ! हिजो हिरोशिमा बनेर पड्केको थियो,
कहिले तड्पेको थियो सद्धामको छाती ताकेर,
सैतान ! आज ट्वीन टावर भएर पड्केछ नियुयोर्क भरि
पेन्टागन छेडेर भागेछ वासिंगटन डिसीभरि |
मैले भाबिस्यबाणी गरें – त्यो फेरि बल्जिनेछ बदलामा,
त्यो फेरि दन्किने छ प्रतिसोधमा ,
ओसामा बिन लादेनको छाती भरि,
अफगानस्थानको मरुभूमिभरि |

सम्प्रति:संयुक्त अधिराज्य बेलायत
रचना काल: १५ सेप्टेम्बर २००१, फिलिपिन्स

No comments: