Labels

Total Pageviews

Saturday, May 24, 2014

स्टेप ड्याड



स्टेप ड्याड

रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

मेरो नाम जो लि स्कट यानी जेएलएस । उसले आफ्नो नाम सम्जिने जुक्ति बतायो । डु यु वाच ब्रिटिस गट ट्यालेन्ट ?

डु यु नो जेएलएस ब्यान्ड ??

 मैले स्वीकृतिमा टाउको हल्लाए ! ऊ मात्र १७ बर्षको बेलायती ठिटो थियो अग्लो हेन्डसम । बेलायती टिनेजरहरुलाई चलाउन हुदैन तिनीहरु अत्यन्त बदमास हुन्छन् । तिनीहरु देखि परै बस्नु पर्दछ । मैले यो सुन्दै आएको निकै भैसकेको थियो ।तथापि जो मेरालागि प्रिय मित्र बन्दै थियो केहि महिना देखि । उसका तीन दाजु भाइहरु थिए । जेठो दाजु थोमस भर्खरै आर्मीमा छिरेको थियो । अर्को भाइ रायन उसको जुम्ल्याहा भाइ थियो ।अफगानस्थानमा कार्यरत आर्मीमा भएको उसको दाजुबाट उसले गुर्खाजहरुको बारेमा सुनेको थियो । उनीहरुको बहादुरी इतिहास बुजेको थियो ।

ओहो ! तपाई बीर गोर्खालीको देसको मान्छे ।

तपाईलाई भेट्न पाउदा म खुसीले दङ्ग छु ह्यारी .......

मेरो दाइलाई एकपटक तालिवानहरुले झन्डै मारिसकेका थिए अफगानस्थानको लडाइमा । संजोगले ऊ गुर्खाजको बीचमा थियो र बाच्यो । उसलाई बचाउने गुर्खाज मिस्टर गुरुङ साचै बहादुर थियो । मात्र बीस बर्षको मेरो दाजु नत्र अहिले यो दुनियामा हुन्थेंन । ऊ स्तब्ध भयो केहि बेर । सम्हालिदै उसले भन्यो म पनि बीर आफ्नो दाइको पदचापलाई पछ्याउदै आर्मीमा जादै छु ।

मलाई  जीवनमा एकपटक नेपाल जाने रहर छ । बेलायती सेनाको ठूलो गर्भ मानिने बीर गुर्खाज हेरुको देसलाई चुम्ने रहर छ । नेपालको हिमाल, पहाडको सुन्दर प्यानारोमिक सिनलाई सिनित्त पार्ने धोको छ । जो ले भन्दै गयो रोमान्चित हुदैं । म सुनी रहें एउटा टिन एजर बेलायती ठिटोको नेपाल प्रेम। गुर्खाज प्रतिको ठूलो सम्मानले मलाई जो सँग निकट बनायो छिटैनै । ऊ समय भन्दा निकै व्यवहारिक देखिन्थ्यो ।आम टिनेजर भन्दा निकै फरक । उसका दौतरीहरु ड्रगमा झुम्मिरहेका, चुरोट तानिरहेका र सेक्समा लीन भैरहेका हुन्थे । ऊ भने आफ्नो करियर आफ्नो सुनौलो भबिस्यको खोजीमा हराईरहेको हुन्थ्यो । बोलि र व्यवहारमा बिनम्र थियो सबैसंग ।

उसको यहि भद्रताले मलाई जोसँग निकट बनायो छिटै नै । मैले उसलाई घर बोलाएँ एक दिन । नेपाली दाल, भात, तरकारी, मासु जे पाकेको छ तेइ खान दिएँ । उसले औधि मीठो मानेर हाम्रो खाना खायो । दङ्ग हुदै खानाको फोटो फेसबुकमा राख्यो । यम्मी नेपाली फुडभन्दै । त्यसपछिका दिनहरुमा त्यो बेलायती ठिटो यसरि मसँग टासियो चुम्बक झैँ । हरेक भेटमा उसले आफ्ना जीवन काहानी बताईनै रह्यो ।

म र रायन मात्र पाँच बर्षका थियौं त्यतिखेर दाइ थोमस त्यस्तै ७ बर्षको हुँदो हो हाम्रो सुन्दर परिवारमा एकाएक सुनामी आयो । ड्याड र मम दिनहुँ झगडा गर्न थाले । चिच्याउन थाले एक आपसमा हात हालाहालको स्थिति आउन थाल्यो हरेक दिन ।

एक आपसमा शङ्का उप शङ्काले जरो गाड्यो । हेर्दा हेर्दै एउटा रमाइलो पारिवारिक स्वर्ग बस्नै नसकिने नारकीय कुण्डमा बदलियो । हामी ससाना भुराहरु ड्याडी र ममीको यो गृहयुद्ध बुज्ने कुरै भएन । हाम्रो बालमनोविज्ञान छियाछिया भयो ।हामी टुटेयौ फुटेयौ मानसिकरुपमा । हामी त्रसित बन्यौँ हरेक दिन हरेक रात ।

हामीमाथिको उत्तर्दायित्वो पनि तेरो र मेरो मा बिभाजित भयो । हामी खण्डित भयौँ दुई जनाको मल्ल युद्धमा ।

कैयौं रात रोएर बिते, भोक भोकै बिते ।

हामी तिन भाइ टुलु टुलु हेर्न बाध्य भयौँ ड्याडी ममीको यो तमासा ।

अन्ततः ती दुई छुटिएर बस्ने भए । आमाले अर्कै ब्वाई फ्रेन्ड रोजिन ।

 बाउले तरुनी चाइनिज गर्ल फ्रेन्ड रोजे । हामी भुराहरु रुदै ठूलो सुबिधा सम्पन्न ४ बेडरुम घरबाट स्यानो काउन्सिल फ्ल्याटमा सर्यौं आमाकै पछि । न खेल्ने बगैचा थियो न राम्ररी सुत्न पुग्ने ठाउँ ।

हामी तीन जना र स्टेप ड्याडको झड्केलो छोरो चारजना बच्चाहरु भयौँ ।

आमाले रोजेको त्यो भुसतिघ्रे स्टेप ड्याडलाई हाम्रो के को मायाँ ? त्यसका राता राता राक्षेसी आखाले हामीलाई सधै तर्साइ रहन्थ्यो । हामी त्रसित बनि रह्यौँ हरेक दिन ।

भोकाएको बाघ जस्तो मुस्धनडे स्टेप डयाड जहिले पनि ममसँग इत्री रहेको हुन्थ्यो ।

 कोठा, चोटा, किचन, बाथरुम सबै ठाउँमा त्यो बिरूप राशलीलाले हाम्रो बालक मस्तिस्कमा कस्तो प्रभाव पर्यो होला ?

भन्दा भन्दै ऊ भक्कानियो । मैले टिस्यु दिएँ आसुँ पुछनलाई ।

हाम्रो आवाजलाई सुन्ने कोहि भएन । बुज्ने कोहि थिएन । बाउ आमा दुवै तरुनी खेतीमा मस्त भए । सन्तानको तिनलाई के प्रवाह ? लोकलाजलाई झुक्याउने झुटो नाटक तिनीहरुले निर्वाह गरे ।

हामी तिनै पीडा व्यथाका बिच हुर्किदै बढ्यौँ । मीठो खाना न्यानु माया र बात्सल्य कस्तो हुन्छ अनुभूत नै न गरि ।

धन्य हाम्रो देशको सोसियल सेक्युरिटी राम्रो छ ।

फ्री स्कूल, फ्री मेडिकल, चाइल्ड बेनिफिट, टेक्स क्रेडिटले गर्दा हामी हुर्कियौँ ।

नत्र हामी सडकमा हुन्थेयौ । बाउ आमा भएर पनि बनाइएका अनाथ जस्ता ।

जो र रायनका नमिठा बाल प्रसङ्गले मलाई नराम्ररी घोच्यो चसक्क ।

ती दुवैलाई मैले धेरै पटक आफ्नो घरमा नेपाली खाना खान बोलाएँ ।

नेपाली खानाको मीठो करे स्पाइस तिनीहरुलाई औधि मन पर्यो ।

हरेक भेटमा मैले नेपालको हिमाल, पहाड, बन जङ्गल, ताल तलैया र लोभ लाग्दा सफारी क्याम्पको भिडिओ क्लिपहरु देखाई दिएँ युट्यूबमा ।

यति राम्रो स्वर्गीय देश छाडेर तपाई किन हाम्रो देशमा ?

यो प्रश्नले मलाई नराम्ररी घोच्यो भित्रै सम्म ।

प्राकृतिक सुन्दरताले भरिभराउ मेरो देश राम्रो व्यवस्थापन र कुसल राजनैतिक नेत्रित्वोको अभावमा रुमालि रह्यो युगौ देखि ।

हामी गरिव बन्यौँ र बनाइएयो आफनै कारणले ।

तेइ राजनीतिक अस्थिरता अराजकताले आज हामी जस्ता लाखौ युवा बिदेशिएका छौ ।

म भाग्यले युरोप छिरें । मेरा कति दौतरीहरु अरवको तातो हावामा कावा खादै छन् ।

उँट चराउदै छन् , दरवान बन्दै छन् । मेरी सहेलीहरु कति कस्टकर जीवन बिताई रहेका छन् अरवी साहुको ज्यादती सही रहेका छन् ।कति त बम्बेका कोठीमा बेचिएका छन् । अरवमा कमाउन गएको मेरो एउटा बि.ए. पास गरेको मावली भाइलाई हामीले ६ मैनामै मृत स्वीकार्नु पर्यो । उसको लास आइपुग्यो बिमानस्थलमा । हरेक दिन बोइंगहरुले नेपाली इमिग्र्यानटलाई अरवबाट मृत बाकसमा न ल्याएको दिन हुदैन ।

चेलीबेटीहरु न लुटिएको, न ठगिएको दिन हुदैन दलालहेरु बाट, मुसलटे अरवी साहुहरुबाट ।

देश नियम, कानुन र संभिधान बिहीन बनेको धेरै भैसक्यो । देशको राजधानी काठमान्डौमा पानी आउदैन धारामा, बत्ति बल्दैन रातमा दिनहुँ । लोड सेडिंग छ देश भरि । धुलो धुवाँ, बेथिति बेरोजगार यी सवै मेरा परदेश पीडाका यथार्थ हुन ।म त राजधानी भन्दा धेरै टाढा सयौँ माइल परको पाखे मान्छे । मेरो गाउँ मेरो ठाउँको स्थिति अझ कहाली लाग्दो छ । मलाई पनि आफ्नो देश प्राण भन्दा प्यारो छ जो । मेरो देशको परदेश पीडाको कहानी तिम्रो बाल्यकाल भन्दा सयौँ गुणा हृदय बिदारक छ । म पनि भावावेशमा हराएछु आफनै राम कहानीमा ।

हरेकका  आ आफ्नै दुख र दर्दहरु छन् दुनियाँमा आइ एग्री विथ यु ह्यारी जोले मलाई समझाए झैं गर्यो ।

देश गरीव भएपनि तपाइहरुको देशको पारिवारिक मेलमिलाप, संयुक्त परिवारभित्र एक अर्कालाई गर्ने सहयोग आत्मियता हाम्रा लागि नमूना हुन हामीजस्ता ब्रोकन फेमिलीहरुले सिक्नु पर्ने ।

यहाँका हरेक मान्छे एकांकी जीवन बाचेको छ ।कसैको कसैलाई मतलव छैन ।

देखि हाल्नु भो बाउ आमालाई आफ्नै सन्तानको बाल मतलव छैन । कुनै त्यस्तो फेमिली छैन जो आदर्श भनेर देखाउन सकियोस् । हरेक चार जना बच्चामा कम्तिमा एकजनाको हालत हाम्रै जस्तो छ । कुनै दम्पती छैनन जस्को बैवाहिक जीवन न टुटेको होस् न फुटेको होस् ।

स्टेप ड्याड र स्टेप मम यहाका पारिवारिक उपाहार हुन हरेक घर घरका हरेक प्रताडित बाल बच्चाहरुका ।

हाम्रा वरिपरी हेरौ लाउराकि आमा ब्वाई फ्रेन्डसँग छन् । किथको बाउले छोरीको उमेरको थाईलेण्डकि गर्लफ्रेन्ड राखेको छ ।जेस्मिनकी हजुरआमा अझै ब्वाई फ्रेन्डको चक्करमा विदेश तिर सेक्स होलिडे जान्छिन । पारिवारिक कुसंस्कार कै प्रभावले बेलायत युरोपमै टिन प्रेग्नेन्सी  र ड्रगका लागि नम्बर एकमा छ ।

जोलाई सुनी रहेको म आखाँ चिम्लेर सोची रहन्छु सुखी जीवन र डलारोपार्जन्मा हाम्फालेका मेरा पाइलाहरुले मलाई कहाँ पुर्याउने हो ? मेरो पारिवारिक संसार मेरो महत्वोकान्क्षाका अधुरा अपुरा महलहरु यिनै ब्यथितिका बेलायती आप्रवास संगै अनुत्तरित भै रहेका छन् ।

सम्प्रति: संयुक्त अधिराज्य बेलायत















No comments: