कविता : बालोरी 
छन्द
रामहरि पौड्याल 
भरतपुर १२ /१९३ , बसन्त चोक ,
चितवन
कति राम्री प्रेरणा 
छ प्रेमिल सबैकी 
कति राम्री प्रेमा यो 
हो प्रेरणा सबैकी 
उफ्री उफ्री दौडने 
पानी देखे पौडने 
लुकी लुकी छक्काइ
बैनीलाई पड्काई 
भाग्दै दौडे केटी ती 
हाँसो मीठो यिनको 
नाच राम्रो तिनको 
हेर्छौं हामी खेल यो 
पर्छौं दङ्ग मेल त्यो 
दिदी बैनी प्रेमाका 
छोरीहरु आमाका 
साथीहरु बाबाका 
नानी हाम्रा आँखाका 
सानी हाम्रा काखका 
बिदेशमा जन्मेका 
पर्देशमा हुर्केका 
नानी हुन कूलका
पानी हुन मुलका 
छुनु मुनु दकुर्ने
बैनीलाई भकुर्ने 
प्रेरणा यो छुची हो 
प्रेमा अझै फुची हो 
आमालाई हसाई 
बाबालाई फसाई 
आफ्नो कुरा पटाई
कति धेरै पुतली 
खेल्छन यी सुसेली 
सुनकेस्रा रानीको 
बेलायती रुप त्यो 
स्नो व्हाइट नाम हो 
सिन्ड्रेला त्यो यिनको 
बेस्ट डल तिनको 
बार्बि डल, अरोरा 
साथि हुन प्रेमाका 
डक डायरी प्रेरणा 
एक्ला एक्लै लेख्छिन 
आफैं हाँसी नाच्छिन 
हाम्रा साना छोरी यी 
भोली कस्ता हुन्छन ?
सम्प्रति: संयुक्त अधिराज्य बेलायत

 
 
