Labels

Total Pageviews

Thursday, December 24, 2015

सेतो धर्ती
रामहरि पौड्याल
भरतपुर १२१९३ , बसन्त चोक , चितवन

बिश्वोको केन्द्र युरोप,
यतिखेर हिम साम्राज्यमा हराएको |
सारा धर्ती हिमाच्छादित बनेको ,
माइनस सातको चीसोमा कठांग्रिएको |
बोट वृक्षहरू हिम फलाई रहेछन
बन जंगल पहाड पर्बतहरु हिंउ फुलाई रहेछन |
फाँट हरु बारी टारिहरुमा सर्बत्र हिंउ  लहराई रहेछन |
कति सफा स्निग्ध देखिञ्छ यो रोमान्चक सेतो धर्ती !
माइनस सात / नौ ...को चीसोमा पनि
रोकिदैन मान्छेहरुको उमङ्ग
छेकिदैन उनीहरुको उत्साह |
खेली रहेछन हिंउ खेल / हिउँ चिप्लेटी
साना नानीहरु समेत -
स्नो बल / हिंउ फाइट !
सलल स्लेज्मा चिप्लिंदै,
डङ्गरङ्ग  हिउँ मा लड्दै
पछारिदै उठ्दै
एउटा रोमान्चक अनुभूति
पुरै युरोप हिउँ साम्राज्यमा पुरिएको
महान खुसियाली हिउँ पर्ब ,
क्रिस्चियन हरुको महान चाड
क्रिसमस संगसंगै मनाइ  रहेको युरोप !
पर्खिरहेको स्प्रिङ
पर्खिरहेको समर
बसन्त फुल्ने प्रतिक्षामा
सेतो धर्ती रंगहरु पर्खि रहेको |
बसन्त बहार सजाई रहेको मनभरी |
न्याना घाम हरु कामना गरि रहेछ तन भरी |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत






No comments: