Labels

Total Pageviews

Saturday, July 16, 2016

भद्र सहमति



भद्र सहमति

लघुकथा : रामहरि पौड्याल

भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन

भर्खरै लोकतन्त्र हुँदै  गणतन्त्रमा लम्किएको  त्यो राज्यमा राष्ट्रिय चुनाबको नतिजा अनुसार कुनै पनि पार्टीले स्पस्ट  बहुमत नल्याए पछि मिलिजुली सरकार बनाउने निर्णय भयो | ठुलो दल एउटा सानो पार्टीले सात बुंदे सहमति गरेर सरकारमा गए | तिनीहरुका बीच / मैना सरकार प्रमुख हुने भद्र समाती को तीन बुंदा गोप्य राखियो | 'जेन्टल मेन्ट  एग्रिमेन्ट ' हो फरक पर्दैन मैना पछि सत्ता हस्त्तान्तरण गर्छु |" राष्ट्रिय पार्टीका ठुला नेताले बोलेको बोलीमा इमान जमान सम्झिए अर्का सत्ता साझेदार नेताले |

दिनहरु बित्दै  गए सत्तारोहनको चरोमत्कर्ष दुवै पार्टीका नेताहरु ब्यस्त भए भोज भतेर , सभा सम्मेलन , राजनीतिक कुटनैतिक नियुक्ति | विभिन्न मालदार सरकारी  कार्यालयमा  आफ्ना  हनुमान हरुलाई पदस्थापित  गर्ने नाङ्गो होड चलिरह्यो | तिम्रो भन्दा मेरो पार्टी ठुलो | जंगलबाट हामीलेनै  तिमीलाई बोकेर ल्याएको | कसरि पाउँछौ बराबरी सुबिधा ? किन नपाउने ? गिराइ दिउ सरकार ! रातोदिनको किचकिच सत्ता र शक्तिको  एउटा उदेकलाग्दो होडबाजी|

पद प्रतिष्ठाको बढ्दो भोक, सत्तामा अकन्टक कसरि रही रहने भन्ने ब्यक्तिबादी सोचले आक्रान्त त्यो   मुलुकको दुर्भाग्य बिगत पच्चिस बर्षमा छब्बीस सरकार आए गए | ती आयेराम गयेरामको काम आफुलाई सरकार प्रमुखका रुपमा फोटो झुन्ड्याउने मात्र रह्यो | आफ्ना आसे पासलाई पैसा बाँड्नु , पद बाँड्नु मात्र भयो | दिगो विकास , दीर्घ योजना तिनको सुच बुज्को कुरा भएन |

आफु पदमा  नपुगिन्जेल आदर्शको कुरा, सत्य इमानको प्रबचन | कुर्ची पाएको भोलिपल्ट आफुलाई अकन्टक सम्राट देख्ने मनोरोगले ग्रस्त मानसिकताले देशको दुर्दशा भैरहेको |

यी छोटे स्वोनाम  धन्यहरुको  भद्र  सहमतिको यो देश  बाँडेर खाने काइते  तरिकाको अन्त्य कालागि जनताहरु आगो भएर  उठ्ने  कहिले ?

सम्प्रति: संयुक्त अधिराज्य बेलायत


No comments: