Labels

Total Pageviews

Monday, December 19, 2016

देशै यो नरहे रहन्छ कसरि नेपाल यो लौ भन

देशै यो नरहे रहन्छ कसरि नेपाल यो लौ भन
कविता
रामहरि पौड्याल
भरतपुर १२ /१९३, बसन्त चोक , चितवन

SSS IIS ISI IIS SSI SSI S

लाउँ हे मनले मिलेर सबले नौलाख प्रीति नयाँ
गाउँ हे सबले मिलेर मनले देशै बनाऊ नयाँ
ढिला भो अबता बुझेर जनले लागौं सपारौं दिन
ढिला भो अबता रुझेर नबसौं उठौं हसाऔं दिन

देशै यो नरहे रहन्छ कसरि नेपाल यो लौ भन
भेसै यो नरहे रहन्छ कसरि आफ्नो पना त्यो भन
आऊ हे सबले मिलेर मनले देशै सिंगारौं अब
जाउँ हे सबले मिलेर मनले गाउँ मीठो गीत तब

हिमाली मन होस्  पहाडी तन होस् बिर्सेर त्यो अन्तर
पहाडी दिल होस् तराइ नभुलोस सम्झेर त्यो मन्तर
हावा चल्छ शिरी शिरी हृदयमा सम्झेर त्यो मोहनी
लाबा लस्कर त्यो जाँदै छ कसरि बिर्सेर त्यो रोहिनी

बाडियों किन हामी आज हेर यसरि चुचे र थेप्चे भनि
भाडियों किन हामी आज हेर त्यसरी धोति र  टोपी बनि
पेशा त्यो नबनोस राजनीति लौ कुम्ल्याउने त्यो थलो
सेवा त्यो बनोस जनको लौ  गर्दै सबैको  राम्रो  भलो


सम्प्रति: संयुक्त अधिराज्य बेलायत

No comments: