Labels

Total Pageviews

Sunday, February 12, 2017

बन्द  गर लौ नेपालको  क्रन्दन
कबिता

रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन

आऊ हे सङ्गी हो बसौं समिपमा छोडी खरावी सब
लाउँ हे सबले मिलेर मनले नौलाख प्रीति अब
मान्छेका मनका बिकारहरु लौ इर्स्या अहो क्रोध ती
फ्याकौं हे अबता अंगार मनका बन्दै सुस्वादु तब

बाचा त्यो युगको पुकारी सबले संकल्प नौलो गरौँ
राम्रा ती नमूना विचार मनले साँचेर दिलमा भरौं
लागौं हे अबता डटेर सबले दशैं बनाऊ अब
फ्याकौं हे जडता छिमेकी संगको बन्दै अहो सज्जन !

के मार्छौ छलले बनाइ बलले पासो अहो बिद्युत
के गर्छौ भनलौ लिएर मुलुकै बन्धु गुमाई भन ?
मर्ने भाइ र मारिनेहरू सबै हुन् भाइ आफ्नै भने
फ्याकौ हे मुढता विचार सबनै बन्दै अहो मथ्तर

रोएकै छ देश आज दुनियाँ आफन्तको युद्धमा
रोकौं  हे कुरूक्षत्र धेर नबनोस रक्तै बगाई कन
को हेर्ला  खुसीले सुनौं सकलले यो गृह युद्है अहो !
फ्याकौं हे क्रुरता ती पापी मनका बन्दै अहो शीतल

धेरै भो अबता लडाई झगडा सत्ता र कुर्ची कनै
सान्चैनै नभुले गरीब सपना बाढी दियौ त्यो किन ?
बाचा धेर गर्यौ जुगै बदलने खै बदलियो त्यो कहाँ ?
फ्याकौ दुस्ट विचार बन्द गर लौ नेपालको क्रन्दन

सम्प्रति  संयुक्त अधिराज्य बेलायत


No comments: