Labels

Total Pageviews

Wednesday, May 10, 2017


बुद्ध  बर्न इन नेपाल
लघुकथा
रामहरि पौड्याल
भरतपुर माहानगर पालिका १२ / १९३ , बसन्त चोक
चितवन, नेपाल
मार्चको दोश्रो हप्ता म थाइलेण्ड को पत्तायामा छु | इलेक्ट्रिकल इञ्जिनियरिङ्गको अन्तरास्ट्रिय सम्मेलन | २७ देशका २७० जना अनुसन्धानरत शोधार्थी हरुको महाकुम्भ | तीन दिन सम्म चलेको त्यो  ज्ञान बिज्ञान को बौद्धिक बहससंगै मिलेको समय पतायाका रमणीय ठाउँ घुम्दै अन्तिमको दिन बैङ्ककको लागि छुट्याएको म | बैङ्कक घुम्न निस्कने क्रममा पहिले ग्रयाण्ड प्यालेश घुम्न निस्कन्छु | बेलायतको चीसोले कठाङ्ग्रियेका  मेरा आँतहरु तेतो मीठो घामको स्पर्समा न उचालिने कुरै भएन |  हाफ पाइण्ट लाएर ठीक गरेछु ! यस्तो गर्मि मेरो मनले आफैलाई भन्यो | अहो  ! कति लामो लाइन ? हजारौं मान्छेहरु लाम लागेका छन् |
 थाई हरु र बिदेशी हरुलाई छुट्टा छुट्टै लाइन मिलाईएको थियो भित्र पस्न लाई | १७८२ मा बनाइएको र १५० बर्ष सम्म थाई नरेश को मुकाम , शाही अदालत र सरकारी प्रशशकिय भवन रहेको त्यो ऐतिहासिक  दरवारको भ्रमण नगरी बैङ्ककको  यात्रा अपुरो र अधुरो रहने मानिदो रहेछ | 
बैङ्कक घुमाइको पूर्णता हुने सपनामा फुलाई रहेको नाक एक्कै छिनमा  थाई शेनाको मान्छेले नजिकै आएर टिकट काट्न तम्सेको मलाइ रोक्दै भन्यो | यो राजाको दरवारमा हाफ पाइन्ट लगाएर जान पाइदैन | केटि मान्छेहरुले घुंडा भन्दा माथि देखिने स्कट समेत लगाउन बन्देज रहेछ | जिल्लाराम परेर फेरी होटल फर्कनु पर्ने बाध्यता नजिकैको सोविनियर सपमा गएर एउटा झट्लुंगे ट्राउजर किने र मेरो इजेत जोगियो त्यस क्षण |  राजतन्त्र प्रतिको त्यो थाई जनताको निष्ठा, स्वोस्फ़ुर्त न्यानो सम्मान ले मलाई चसक्क दुखायो | देश सम्झायो | बुद्धका बिशाल गुम्बा हरुले आफ्नो लुम्बिनी दुखायो | बुद्धको तेती ठूला  मुर्ति तेती ठूला पौराणिक कला र संस्कृति देखेर म भाबुक भएँ | धार्मिक पर्यटन कति शक्तिशालि हुँदो रहेछ अनुभूत गरें | देखेर भीड चाइनिज हरुको , ताइवानिज हरुको , जापानी हरुको ........ | बिश्वोका करोडौं पर्यटक हरुलाई स्वादिका ! स्वादिका !! भनेर जुम्ल्या हात हामीले झैं जोडेर झुक्ने तिनीहरुको बिनायाशिलाताले मलाइ पगाल्यो |

चरक्क चर्केको घामको प्रबाह नगरी बुद्धको त्यो बिशालतालाई संसार सामु चिनाउन २३५ बर्ष अघि बनायिएको त्यो राजप्रस्साद त्यसको ऐतिहासिक कालिगढ़ीको  नमुनालाई  मनभरी सजाउदै र समाल्दै लम्की रहेका मेरा पाइलाहरु | पताया देखिनै संगै आएका इन्डोनेसियन युगल जोडी मेरा यात्राका नजिक का मित्र बनेका छन् | हामीहरु फोटो खिचाउन सहयोग गर्छौं एक अर्कालाई | मुसलमान को महासागरमानिने  इन्डोनेसियको  बालि भन्ने ठाउका हिन्दुहरु रहेछन | धार्मिक आस्ठाले तिनीहरु मेरा आफन्त भएका छन् दिनभरी |
प्याकेज टुरका ठुला ठुला झुण्ड हरु | तिनीहरुलाई ग्राण्ड प्यालेशको इतिहास घोकाउने थरि थरिका टुरिस्ट गाइड हरु |
बुद्द  बर्न इन इन्डिया ! एउटा गाइडले भनेको मेरा कानमा ठोक्किए |
बुद्द  बर्न इन इन्डिया !! अर्को गाइडले पनि तेसै भन्यो |
मेरो मन अमिलो भो अगि सम्मको बैङ्कक घुमाइको सुखानुभूतिले उचालिएको मरो मनमा एका एक  आंधी चल्यो तुफानी प्रबेग लाई मैले बिदेशी भुमि सम्झेर दबाइ रहें | देशको पररास्ट्र नीति कति कम्जोर लाग्यो आफैंलाई | एउटा देश चिनाउन नसक्नु को पीडा ले म पानी पानी भएँ |  यो इन्डियाले सिकाएको दुनियालाई बुजेउ ती इन्डोनेसियन लाई दुखेशो पोखें | लुम्बिनी घुम्न आओ पशुपति को देशन गर्न आओ मेरो घरमै बसूला | मैले आतिथ्य दर्शाए ती साथीहरुलाई |
बुद्द  बर्न इन इन्डिया ! फेरी अर्का गाइडले चर्को स्वरमा एउटा बिशाल युरोपियन टुरिस्टहरुको भीडमा करायो |
दौडिदै त्यो भिडमा पुगें र भने - मलाई माफ गर्नुस बुद्द  बर्न इन नेपाल ! बुद्द  बर्न इन नेपाल ! ! कृपया पर्यटक हरुलाई गलत सुचना न दिनुहोला | म नेपालको मान्छे हुँ | लुम्बिनीको मान्छे हुँ र हुँ  बुद्दको आफन्त | हजुरहरु गुगल गर्नुस साँचो कुरा पत्ता लागि हाल्छ | मैले तेती नभन्दै आइफोंन बोकेका कतिले गुगल सर्च गरि हाले तर त्यो गाइड कतिको जब्बर रहेछ भने उसले कराई रह्यो - बुद्द  बर्न इन इन्डिया !
तर आफुलाई त्यो क्षण संसार जिते जस्तो लाग्यो मनले चिच्याएर  भन्यो बुद्द  बर्न इन नेपाल ! बुद्द  बर्न इन नेपाल !
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
गुगल गर्नुस साँचो कुरा पत्ता लागि हाल्छ | मैले तेती नभन्दै आइफोंन बोकेका कतिले गुगल सर्च गरि हाले तर त्यो गाइड कतिको जब्बर रहेछ भने उसले कराई रह्यो - बुद्द  बर्न इन इन्डिया !
तर आफुलाई त्यो क्षण संसार जिते जस्तो लाग्यो मनले चिच्याएर  भन्यो बुद्द  बर्न इन नेपाल ! बुद्द  बर्न इन नेपाल !
सम्प्रति: संयुक्त अधिराज्य बेलायत




No comments: