Labels

Total Pageviews

Monday, May 2, 2011

आमाको सम्झनामा




आमाको सम्झनामा
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

आमाको ममता बढेर अहिले उर्लन्छ मेरो दिल
तिम्रै पाउमाहाँ परेर अहिले नुग्दैछ मेरो शिर
आमाकै भरले पिएर दुधिलो हुर्कंन्छ त्यो बालक
आमाहुन जननी समस्त भबकी सृस्टि अहो चालक

आमानै नभए अहो ! जगत त्यो सृस्टि त्यसै फुल्छ र ?
मातानै नभए सुबासित भई धर्ती त्यसै खुल्छ र ??
आमाको मन रुन्छ हे मनुजहो बिर्सेर चल्ने गरे
आमाको तनको पिएर रसिलो दुधाम्रीतै त्यो हरे

आमा नै नभए अहो ! चुलबुले बाला त्यसै मर्छनि
को हेर्ला खुसीले अहो ! जगत त्यो हाँसी बढेको अनि
आमालाई हसाउने मन भए सम्मान लौ त्यो गर
बाँचेको छनि आज देश दुनियाँ आमाहरुकै भर

आमाकै रुप हुन् समस्त जगका नारीहरु लौ सब
नारी नै नभए अहो ! जगत त्यो सृस्टि अपुरो अब
तिम्रै काखमाहाँ बढेर अहिले देखें जगत यो पनि
तिम्रै यादमाहाँ म हुँ हर घडी लेखूँ म गाथा अनि


सम्प्रति: संयुक्त अधिराज्य बेलायत

1 comment:

Anonymous said...

Ramu dai Darsan
Kati Ramro Kabita
Happy Mother's day to out Mother
-KS