Labels

Total Pageviews

Friday, July 5, 2013

भानु बनुन अम्मर !!!!

भानु बनुन अम्मर !!!!

रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन


नेपाली नभका उदार दिलका भानु तिमी जन्मियौ
सम्झेरै तिमीले उदात्त मनले साहित्यमा लम्कियौ
शिक्षा त्यो बधुको बनाइ सजिलो त्यो भक्तमाला अनि
लेख्यौ त्यो तिमीले मिलाइ सजिलो रामायनै त्यो पनि
                                               
त्यै रामायण गुन्जियो र यसरि भानु बन्यौ अम्मर
मिठो त्यै भाका रम्यो  लोक लयमा भाषा बनि भाष्कर
लाउँ हे सबले मिलेर मनले भाषा जोगाउँ लस्कर
तिम्रा नाउँ  भजुन सकलले भानु बनुन अम्मर
                  २
 मेरो लाख  शुभकामना छ कबि हे बाँचे सधैं भै स्थिर 
 तिम्रै यादमाहाँ म हुँ हर घडी झुक्दै छ मेरो शीर
अर्पिन्छु शभकामना आदिकबि भानु तिमी छौ जाहाँ
भानुको मन रुन्छ हे मनुज हो बिर्से त भाषा ताहाँ
                                               
आऊ हे संगी हो समस्त जनले भाषा जोगाउँ अब
नेपाली मनहोस् समस्त जनको होस् राष्ट्र भाषा तव
खाउँ हे मनले समस्त जनले देशै बनाउ अरे
भानुको मन रुन्छ हे मनुज हो बिर्से त भाषा भरे
मेरो भाषा  भाँड्न दिन्न यसरि प्यारो छ नेपालि यो
मेरो भाषा  बाँडन दिन्न यसरि प्यारो छ नेपालि यो
मेरो राष्ट्र अखण्डक संधै भाषा नेपाली बनोस्
मेरो लाख सम्झना छ कविमा भाषा नेपाली परोस
                  ५
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
                 







No comments: