Labels

Total Pageviews

Sunday, July 21, 2013

केहि रहेन

केहि रहेन
रामहरि पौड्याल
भरतपुर १२/ १९३, चितवन

मिन भासिदैं रह्यो आकाश पनि रहेन
सर्बत्र भत्किदो मलाई उड्ने मनपनि भएन
पहिला त मलाई आफ्नो हुनुको अनुभूति
अब त यो अस्ताउदो सूर्यको के नै अर्थ र ?
महलहरुमा बस्नेका सपनाहरुले के गरे
हाय ! पुर्खाहेरुका तन्नम झुपडी पनि बचेनन्
कहिले यो र कहिले ऊ स्वार्थमा मिल्दै रहे
अब त यस्तो भो जहाँ  कुनै इन्साफै रहेन
पाउजुको झंकारसंगै  देखिने उनको उपस्थिति
कोहि उनलाई संजाइ देओ अब मासियो सबै
अरुलाई सम्जदा सम्जदै आफैलाई बिर्सेझैं
सबै सकिएको सून्यतामा राम आफै हराई रहें !


हाल: संयुक्त अधिराज्य बेलायत

No comments: