Labels

Total Pageviews

Sunday, May 24, 2015

पानी


               पानी
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

पानी जीवन हो समस्त जगको सृस्टि बचाई दिने
पानी निर्मल हो समस्त भवको दृष्टि हँसाई दिने
 बाँच्छन हेर कसोरी मानिस सबै पानी नहुँदामाहाँ
काकाकुल छ देश गाउँ दुनियाँ बादल तिमी बर्सिध्यौ
                  १

पानी त्यो नभए अहो ! जगत त्यो सृस्टि कहाँ चल्छ रे ?
हाँसी खेली रमाउने प्रकृति त्यो वैलाउदैं झर्छ रे
पानीकै बलले टुसाइ फुलने लागे रुनै लौ हरे
पानी मै रहने अहो ! जीवन हो मुसकाउने लौ अरे
                  २

सुक्ता ख्वै सबनै मुहान किन हो पानी त्यसै पर्छ र ?
ढाल्छौ जोडबलै रुखादि सबले पानी त्यसै झर्छ र ?
कालो टम्म अहो ! जमेर नभमा सृस्टि अध्याँरो किन ?
जाउँ हे सबले मिलेर मनले पारौं सपरौं दिन |
                  ३

जोगाए धरती अमूल्य बनले पानी पर्यो झर्झर
लाए है सबले दृढ बचनले पारी हरियो बन
रोपी सुन्दर फूलका झिलिमिली फुल्दा तरेलीहरु
बाँचेरै दुनियाँ बचाउँ सबले हालौं सुसेलीहरु |
                                   

पानीकै छ मीठो सुस्वादु पन त्यो पार्ने अहो ! हर्ह्र्र
पानी नै नपिए समस्त भवमा बाँच्ला कुनै पो नर ?
गाउँ हे सबले पुकारी बलले पानी नहो जीवन
लाउँ हे सबले पुकारी दिलले बृक्षादि हो जीवन |
                  ५



No comments: