Labels

Total Pageviews

Saturday, May 30, 2015


भुकम्प
रामहरी पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन

र्ती हल्लाएर आयौ
दुनियाँलाई तर्साएर आयौ
मन मस्तिस्क रिङ्गाएर  गयौ |
दिलका धडकनहरु,
मनका सन्त्रस्त भावनाहरु
जीवनभर नभुल्ने कथा भयो !
मथिंगल दुखाउने  ब्यथा भयो !!

बामे सर्दै गरेको कान्छो छोरो ,
भर्खरै यौबनाबयमा  ढल्कदै  गरेकी किशोरी बहिनी  
गर्भिणी भाउज्यु , धरहरा चढेकी मितिनी
पल्लाघरे , तल्लाघरे  ठुलाबा , कान्छा बा
कोहि बचेनन, कोहि रहेनन् |
  
आफन्तको वियोगमा भक्कानिएको म  ,
मात्र चालिस सेकेन्ड को कम्पनले
जिन्दगि भरको कमाइ गर्ल्याम्ब ढलायो आखाँ अगाडी
बाटो काट्दै गरेका बटुवा
टहरोमा बस्ने गरीब छिमेकी
त्यहि भीमकाय घरका शिकार बने
कसरि बिर्सुं त्यो त्रासदी
आँगनमै आफन्त पुरिएको
गुहार ! गुहार !! गुहार !!!
सुनेर पनि हात बढाउन सकिन मैले
ढल्दै गरेको देखेर पनि समाउन सकिन मैले
त्रसित भ्रमित , मान्छेहरुको भिड
र एक्लो निरुपाय म !
प्रकृति कति शक्तिशाली  छ  ?
मान्छेका सेखिहरु मात्र केहि सेकेन्डमा झार्न सक्ने
कहिले सुनामी बनेर, कहिले सेण्डि भएर
कहिले हाइटी बनेर, कहिले गुजरात बनेर
कहिले चाइना बनेर, कहिले जापान बनेर
! मान्छेहरु हो प्रकिर्तिलाई माया गर
बातावरण लाइ पुजा गर
धर्ती मातालाई इज्जत गर
न लुछ , न चुंड न कोपर धर्तीलाई  
खनिजको नाममा , इन्धनको काममा |
पालना गर धर्ती का नियमहरु
पालना गर भवन सम्यिता
पालना गर बिज्ञ हरुको भुकम्प प्रतिरोधतालाई  |
बस्तीहरु बनाउन पुर्ब योजनाहरु  तर्जुमा गर
माटो , बाटो र आधुनिक प्रविधिलाई पालना र  परिक्षण  गर |
आज मात्र ढलेका छौं
आजमात्र  टुटेका छौं
भोलि हामि उठ्नु पर्छ
भोलि हामी जुट्नु पर्छ
मात्र नेपाली भएर
मात्र हिमाल पहाड र समस्त तराइ भएर
हामी आफ्नै खुट्टाले टेक्न सकौं
हामी आफ्नै हातले नब निर्माण मा जुट्न सकौं |
अर्काको भरले टेक्दा
अर्काको भरले उठ्न खोज्दा
हामी फेरी लड्ने छौं
हामी फेरी टुट्ने छौं
त्यतिखेर ढिलो भैसक्ने छ
धेरै ढिलो
हामी फेरी कहिलेइ नउठ्ने गरे ढल्ने छौं
हामी फेरी कहिलेइ नजुट्ने गरि फुट्ने छौं |
हाम्रो असतित्तो समाप्त हुन सक्छ
हाम्रो बर्चास्वो र स्वाभिमान मेटिन सक्छ |
सिकौं हिजोका कमजोरिहरुबाट
लागौं देश बनाउने महा यज्ञमा |
बिर्सेर हिजोका मतभेदहरु
बिर्सेर हिजोका अभिमानहरु  |
यो अवसर हो नव निर्माण को
यो अवसर हो पुनर्निर्माण को
यो बेलो हो शोकलाई शक्तिमा बदल्ने
यो बेला हो  हिजोका गल्तीलाई  सच्याउने
नयाँ शहर नया बस्तीको नया योजना बसाउने |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत





No comments: