Labels

Total Pageviews

Saturday, August 1, 2015

तिमीले चिनिनौ


तिमीले चिनिनौ
गीत
रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन

म तिम्रै गीत गुन गुनाइ रहुँ
म बजाई रहुँ तिम्रै प्रेमको बाँसुरी
म नचाई रहुँ तिम्रै रुपको माधुरी
म समाई रहुँ तिम्रै चंचल पाखुरी
जति तर्किञ्छौ पर पर म पछ्याई रहुँ |
जति जन्छेउ पर त्यति वर आइ रहुँ
जति गालि गरेपनि तिम्रै नाम जपू
जति दुख दिए पनि मन मनै खपू
चाहेकी छौ मलाइ यसरि नै तड्पाई रहुँ
चाहेकी छौ त्यसरीनै सँधै भड्काइ रहुँ
हार जीत मिलन बिछोड जीन्दगीका रीत
कैले हाँसो कैले रोदन तिम्रो मेरो प्रीत |
खोइ मेरो कुरा तिमीले सुनी नौ
खोइ मेरो प्रेमलाई तिमीले चिनिनौ ?
गर्दै छु बिन्ति यो  सुञ्छेउकि तेइपनि |
भन्दै छु अन्तिम पटक बुझ्छेउकि तेइपनि |

सम्प्रति : संयुक्त अधिराज्य बेलायत

No comments: