Labels

Total Pageviews

Saturday, August 29, 2015

संघीयता

संघीयता
रामहरि पौड्याल

थारुवान / अखण्ड  सुदुर पश्चिम
मधेश प्रदेश / लिम्बुवान
 नेवा / कोचिला .....
गणतन्त्र / संघीयता
आउनुहोस आफुलाई चाहिएको राज्य लिनुहोस्
अधिकार तपाइको हातमा छ ,
काट्नुहोस केक काटेझै
यो देशलाई बाड्नुहोस
हिमाल / पहाड / तराइ
आफ्नो रोजाइ !
हामीलाई भोट चाहिएको छ
हामीलाई नोट  चाहिएको छ
नयाँ प्रदेशको मुख्यमन्त्री  चाहिएको छ
बाहुन क्षत्रीको हातबाट यो देशको सत्ता
अतिसीमान्तक्रीत  जनजाती , दलीत पीडितको हातमा ल्याउन
हामीलाई भोट दिनुहोस -
तपाइलाइ हामी राज्य दिन्छौं
 भेडाहरुको भीडले  ताली पिट्यो
नेता मुक्ति प्रसाद हाइ हाइ !
नेता लाल बहादुर हाइ हाइ !!
नेता यादब / नेता चौधरी / नेता राइ , लिम्बु , ...
एकसे एक नेता निक्लिए ...
नागरिकता खुकुलो पारियो
छिमेकबाट साला , जेठान , सबैलाई नागरिकता बाँडियो
उताबाट गाउँ पंचायत हारेकाले यता भबिष्य देखे मुख्य मन्त्रीको
सहयोगको नाममा छिमेकबाट सहयोग आइलाग्यो
डनडा , गोलि , बर्साउने चलाउने सबै आयातित
राजदुत , मन्त्रि देखि दिल्ली सम्मको आशिर्बाद
देश टुक्राउने धम्कि खुलेयाम !
बाउनको घरमा आगो लगाउने
पहाडेहरुलाई मधेशबाट खेद्ने
थरुहटबाट कर्मचारी लखेट्ने
राष्ट्र सेबकहरुलाई भाला रोप्ने
पारीबाट भाडाका मान्छेहरु आयात गर्ने संस्कृति
खोइ नेपालीपन काहाँ गयो ?
सुस्ता खोसियो , लिपुलेक दुखि रहेको छ
कोहि छ आवाज उठाउने ?
कोहि छ चित्त दुखाउने ?
आज संघीयताको नाममा एउटा जिल्ला एता उता हुँदा
आगो बाल्नेहरु किन बोल्दैन देश मिचिंदा ?
किन बोल्दैनन देश थिञ्चिदा ?
संघीयताको नयाँ बोर्ड झुण्डाउदैमा देश बन्छ ?
यति सानो देश यति तन्नम रास्ट्रले त्यो खर्च धान्न सक्छ ?
एउटा भूकम्पले / एउटा बिमान स्थलको अबरुद जहाज हटाउन
बिदेशी गुहार्नु पर्ने हाम्रो बधय्ता !
कसरि बन्छ देश अनेक टुक्रामा चिरेर ?
सामर्थ्य / पहिचान / आत्मा निर्णय सहितको अधिकार ?
सदियौं देखिको हाम्रो एकता
पुर्खौं देखिको हाम्रो अभिमान
सांस्कृतिक धरहोर
धर्मभीरु नेपाली जनता
लादिएको निरपेक्षता
नब्बे प्रतिसत ओमकार परिवारका मान्छेहरुको
बिश्वास र आस्थालाई ,
पश्चिमाहरुको पैसा र इसारामै
समाप्त पारिदै छ |
देश बन्न बनाउन लिखित संबिधान नचाहिने देश बेलायत हो,
नियम सानै किन नहोस त्यो लागु हुनु पर्यो राजा देखि रन्क सम्म
लागु नहुने कुरा संबिधानमा लेखेर के गर्ने ?
चरी र घैंटे पाल्ने हरुले  
भ्र्स्टाचरिलाइ कारबाही गर्ने 
देश टुक्र्याउनेहरुलाई पार्टीबाट कारबाही गर्ने हिम्मत गर्न सक्छन ?
देशलाई ६०१ को  भेडीगोठ होइन ,
 एउटा इक्षा शक्ति र राजनेताको खाचो छ !
कुनै पार्टीको गुलाम होइन देशलाई मायाँ गर्ने
एउटा तानाशाहा भएनी हुन्छ
देशको सीमालाई बचाउने
सबैमा नेपलित्तो जगाउने |


No comments: