Labels

Total Pageviews

Thursday, October 1, 2015

ऋषिमन

लघुकथा: ऋषिमन
रामहरि पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन

छिमेकका मुखिया आफू नियुक्त भएको खुसियालीमा औपचारिक भ्रमणमा निस्किए । धार्मिक स्वोभाबका ती धर्मभिरु मुखियालाई सानो गरिब छिमेक्ले सके सम्मको राजकीय सम्मान प्रकट गर्यो । आफ्नो देशको आराध्यदेव पशुपतिनाथको चारै ढोकाहरु खोलिए पुजा समाधिका लागि । बाटाघाटाहरु उनका स्वागतमा मुस्कुराए ! देश पुरै छिमेकका मुखिया मय भयो ।
आफ्नो देशको सार्भभौम संसदमा उनलाई ठुलो स्वागत गरियो त्यतिले पुगेन उनलाई सम्बोधन गर्न दियियो । बाक पटुताका अधिपति तिनले सारालाई मन्त्रमुग्ध मात्र पारेनन् नेपालीमा सम्बोधन गरेर सारा छिमेकको दील चोरे।
बुद्धको भुमि / पशुपति नाथको देश / बीर गोर्खालीको देश ...
पानी र जवानी एकै ठाउँमा नबस्ने प्रसङ्ग ........
पहाड र हिमाल मानसरोबर र उर्बर तराइको अनौठो संगम रहेको छिमेकको ठुलो प्रसंसा गरे। सहमतिका लागि सबैमा ऋषि मन हुनु पर्ने भनि पटक पटक दोहोर्याए । तालीको गडगडाहटले उनको स्वागत सत्कार भयो ऐतिहासिक ।
आफुले छिमेको सार्भभौम स्वतन्त्रको रक्षा र नयाँ नेपालको बहुपर्तिक्षित कानुनि पुस्तिका निर्माणको दिन गनी रहेको बताए । त्यसको स्वागतमा फूलमाला लिएर प्रतीक्षा गरेको सुनाए । जनताले बलिदान गरेर ल्याएको त्यो कानुनि किताब विश्वमै उदाहरनिय हुने संकल्प सुनाए ।
नेता हुनु त छिमेकका मुखिया जस्तो । ..........
मुखिया हाइ हाइ !
मुखिया हाइ हाइ !!
छिमेकी हाइ हाइ !!!
.............
यता छिमेकीले सारा प्रकिया पुर्याएर निर्वाचित नब्बे प्रतिशत बहुमतले सबैलाई समेट्ने, सबैलाई अधिकार सम्पन्न बनाउने, दलित आधिबाशी हरुलाई आरक्षण जागिर देखि भोटको अनुपातमा सदन सम्म प्रतिनिधित्वो गर्ने आफ्नो देशको कानुन पास गर्यो । सत्तरी वर्षा देखिको जनताको जनचाहना पुरा गर्यो । सबैले स्वागत गरे । दीपावली गरे । बधाई दिए ।
तर आश्चर्य के भयो कुन्नि ?
ऋषि मनका अभियन्ता धर्म भीरु ती महान हाम्रा छिमेकी मुखियाले नयाँ कानुनको स्वागतमा एक शब्द बोलेनन् । त्यतिमात्र कहाँ होर उनको देशबाट आउनु पर्ने रासन पानी, तेल मट्टीतेलको ढोका बन्द गरेर उनका आजु बाजुका भरौटेहरुलाई दाल भात खुवाएर हाम्रै तिर ढुंगा हान्न उक्साई रहेका छन् ।
हामी छिमेकको मुतको न्यानोमा परेर आफ्नै देश आफ्नै आमालाई कुटी रहेका छौं । आफ्नै भूमिलाई पराइमा गाभ्न ऋषि मनले उदत्त छौं ।
सम्प्रति: संयुक्त अधिराज्य बेलायत

No comments: