Labels

Total Pageviews

Tuesday, September 22, 2015

शिवजीको पूजा


लघुकथा: शिवजीको पूजा
रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन
हिन्दु नारीहरुको महान चाहाड हरितालिका तीज भर्खरै शुरु भएको छ | गाउँ शहरमा मात्र नभएर समुन्द्र पारिसम्म तीज राता सारी र गर गहनामा सजिएर रन्किएको छ सबैतिर | भोज भतेरको भड्किलो क्रम जारी छ सर्बत्र | मीठा मीठा परिकारहरु, गहना गुरियाले सजिएका भड्किला तस्बिरहरुले भरिएका छन् फेसबुकका भित्ताहरु | आस्था कम र आडम्बर  बढी भएका शिब भक्तहरु हात हात मा सोम रस लिएर पोज दिई रहेका छन् ! नाची रहेका छन् हांसी रहेका छन् | गीतहरु हाम्रा सामाजिक परम्पराको लिकबाट भाग्दै लोक संस्कृतिको आफ्नो बिगतलाई खिसी गर्दै आधुनिक हुने होडमा पस्चिमिकरण गरिदै छ | लुघाहरु छोट्टाउदै  ज्योतिर्मय प्रदसन मा हामी लागि रहेका छौँ | नचाहिँदो  धाक फुस्रो रबाफ मा आफुलाई खानदानी साबित गर्न सामाजिक मर्यादाको किल्ला भत्काउनु एउटा क्रान्तिकारी प्रयास ठानिएको छ |
मन्दिरहरु भरिभराउ छन् तीजका बर्तालुहरु आतुर छन् शिवजीलाई प्रसन्न पार्ने होडमा | आफ्ना पती देबको दिर्घायुको कामना | अबिबाहित हरु कल्पनाको बलिस्ट शिवजीको कामनामा तल्लिन छन् | मन्दिरका शिवजी मात्र होइन उनका ढुगें शिब लिङ्ग मा झन् धेरै भक्तालुहरुको भीड छ, तछाड मछाड छ | हात हातमा दुधको बोतल लिएर तेइ सबैको परम प्रिय शिबलिङ्गको दुघ्द स्नानमा एउटा बिशाल लाइन लाम बद्ध छ | भोक भोकै पानी समेत नखाई शिवजी प्रति को यो अथाह प्रेम ! मन्दिर धुप धुँवा र भजन किर्तनले एउटा अलौकिक संगीतमय भएको छ |
मन्दिरको ठिक पारिपट्टिको सुकम्बासी बस्तीका सयौं सुकेनास लागेका बाल बच्चाहरु भोको पेट र खानाको आसामा आकासतिर भगवान पुकारी रहेका छन् |
यो शिबलिङ्ग हुँदै नालीमा मिसिएको लाखौं लिटर दुध त्यो भुकमरीमा परेका सुकेनास बालबालिकाहरु तर्फ़ सोझाउन सके कति साँचो धर्म हुँदो हो ? शिबजिलाई प्रसन्न गर्ने एउटा कति राम्रो परोपकारी उपाय ठहरिँदो हो ? मेरो मनमा उठ्ने गरेको एउटा जिज्ञासा |
सम्प्रति: संयुक्त अधिराज्य बेलायत

No comments: