Labels

Total Pageviews

Friday, January 1, 2016

नयाँ बर्ष आयो नयाँ रङ्ग ल्यायो !
कविता (भुजङ्गप्रयात छन्द)
रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन


नयाँ बर्ष आयो नयाँ रङ्ग ल्यायो
अहो! जिन्दगीले नयाँ रुप पायो ।।
जहाँ म गएनी उतै फर्कुं लाग्ने
नयाँ बर्षको हर्समा उफ्रुं लाग्ने ।।
किन आज मेरो उफरिन्छ खुट्टा
भरु रङ्ग नयाँ जीवनको बुट्टा ।।
नयाँ बर्ष सालै नफ़ेरोस मात्रै 
जीवनले नबीन रङ्ग लिओस ।।
बिते रात मेरा बिहानी दिओस ।।
म बाचूँ बचाऊ नयाँ रीत राजै
म साँचूँ सजाउँ नयाँ प्रीत आजै ।।
नयाँ हर्षका रङ्ग छाडेर जाऊ
फुकाएर छाती छ स्वागत आऊ ।।
अहो ! जिन्दगीमा नाचूँ यै मजा छ 
नयाँ बर्ष आयो हाँसु यै सजा छ ।।
नयाँ रङ्ग छाए जीवन छ दङ्ग 
रमाउँ न आऊ गर मोह भङ्ग ।।
बिर्सेर ब्यथा त्यो छ स्वागत आऊ 
सम्झेर कथा यो सुनौला छ जाऊ ।।

रचना काल ३१ डिसेम्बर , २०१५ 
सम्प्रति: संयुक्त अधिराज्य बेलायत




No comments: