Labels

Total Pageviews

Monday, March 21, 2016

अखण्ड यो नेपालको....

अखण्ड यो नेपालको....
कविता
रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन

अखण्ड यो नेपालको समाउँ एउतै झन्डा
तराइ हाम्रो मुटु पहाड हाम्रो छाती
हिमाल हो संसारकै अग्लो शिर माथि
हिजो हामी एकै थियौ आज किन छैनौं ?
 छिन्न भिन्न  पार्ने त्यो  बैरीलाई चिनौं
हिमाल पहाड तराइ नहुन कोइ पराइ
चार जात छात्तिश बर्ण एउतै झन्डा फराई
अधिकार सबैलाई दिनु बराबर
छाडौं अब हामी बिचको पानी बाराबार
जातियता क्ष्यत्रियता हामीलाई टुक्राउने
दुई ढुंगाको तरुल हामीलाई दाउ डुकराउने
हामी मिले देश बन्छ लडे सोमालिया
नबनौं है मुर्गा संधैं लड्दै मार्दै जुगौं
दुनियाँले गरिसक्यो प्रगति त्यो जुट्दै
हामि चाहिं अन्धकारमै आपसमै फुट्दै
उठौं अब गाउँ गीत एकताको आज
हामीलाई फुटाएर राज गर्ने लाइ लाज
देश बन्छ सबै मिले भाइ फुटे गवार लुटे
देश बनाउने नेता चुनौं भाई फुटाउने ठुटे
हिमाल हाम्रो शान तराइ पहाड बराबरी मान
तराइमा दुख परे पहाडले पाल्छ
 हिमाल लाइ चिसो लागे तराइले सेक्छ
पहाडलाई  भोक  लागे तराइले देख्छ
बहु जाति बहु धर्म सबैलाई मान्दै
बहु भाषा संस्कृति छन्  सबैलाई ठान्दै
जातीय कलहले न मासौं यो सुन्दर देश
क्षत्रीय बिभाजनले न टुकाउँ यो सुन्दर भेष
हामीलाई एउतै अखण्ड देश चाहिएको छ
गुराँश फुल्ने अग्लो पहाड चाहिएको छ
धान तोरी फुल्ने र झुल्ने तराइ चाहिएको छ
स्वाभिमानको  अग्लो हिमाल सगरमाथा  चाहिएको छ
बीरताले सजिएको इतिहास चाहिएको छ
शत्रुलाई नेटो कटाउने बीर गोर्खाली चाहिएको छ !

रचना काल ३१ डिसेम्बर , २०१५

सम्प्रति: संयुक्त अधिराज्य बेलायत



No comments: