Labels

Total Pageviews

Sunday, March 27, 2016

बेलायती बाढी



बेलायती बाढी

कथा

रामहरि पौड्याल
भरतपुर १२/१९३, बसन्त चोक, चितवन
आज ग्रेट आउज नदीमा ठुलो बाढी आएको छ | मेरा स्मृतिका बाढीझैं | हन्स्ट्याण्टनको सामुन्द्रिक तटसंग जोडिएको यो टाइडल रिभर किङ्ग्स्लिन एरियाको सुन्दरता हो | सामुन्द्रिक द्रिस्य बिर्साउने | बिचको सुन्दरतालाई सम्झाउने | समुन्द्रका उत्ताल तरंगहरुसंगै यसका आकारहरु क्षण भरमै बढ्ने र घट्ने हन्छ | बिहान शान्त हुन्छ बेलुका सामुन्द्रिक छालसंगै सम्मर सुर भएर उर्लिन्छ  | ग्रेट आउज समुन्द्रझैँ लाग्दछ बिशाल | सेलरहरु, बोटिङ्गका पारखीहरु , माछा मार्नेहरु सबैलाई आकर्षित गर्दछ ग्रेट आउजले | टाउन सेन्टर र वेस्ट लिनलाई जोड्ने सानो फेरी (पानीजहाज ) ब्यस्त हुन्छ मान्छेहरु ओसार्न |

मर्निङ्ग वाकमा हिंड्नेहरु |
जगरहरु , रनका फ्यानहरु |
कुकुर डुलाउनेहरु |
नदी किनारमा हराउनेहरु |
फोटोका पारखीहरु |
म्याराथुनका तयारीमा  रनर हरु |
स्केटिङ्ग्मा रम्नेहरु |
सबै सबैलाई लोभ्याउने / मायाबी त्राटक फैलाउने
यो रमणीय नदि किनार हो सबैको !
टेलिफोनको घन्टी बज्यो- 
टिनिन्न ! 
टिनिन्न !! 
टिनिन्न !!!
दौडिएर उठाउछु |
टेलिफोन एलर्ट ! 
साउथ लिनको  ग्रेट  आउज नदीको छेउ छाउको  एरियामा ठूलो बाढी आउंदै छ |
सतर्क रहनु होला |
सम्पर्कमा बस्नु होला |
महत्तोपुर्ण सामानहरु भुँइ तलामा नराख्नु होला | मुल गेट र ढोकामा बेरियरकोलागि बोरामा बलुवाहरु ठिक्क पार्नु होला |
सुरक्षित स्थानमा जानु होला |
इन्सुरेन्सको पोलिसी सम्बन्धि कागजातहरु ठिक्क पार्नुहोला ।
होम इन्सुरेन्स ! कन्टेन्ट इन्सुरेन्स !!
इन्सुरेन्स कम्पनीको कन्ट्रयाक नम्बर !
आफ्नो पोलिसी तम्तयार राख्नुहोस ।
इमर्जेन्सी फर्स्ट एड किटहरु ठिक्क राख्नुस ।
आफुलाई चाहिने अति आबस्यकीय बस्तुहरुको यथोचित भण्डारण गर्नुहोला ।
चन्चल मन  | हतास मनस्थिति | अस्थिर दैनन्दिनी | के होला ? कसो होला ?
इमेल खोल्छु सबैभन्दा माथि तेइ इन्भाइरोमेण्टल एजेन्सीको फ्लड एलर्ट ! त्यहि व्योहोरा ! त्यहि साबधानी !! मोबाइलको म्यासेज देखेर खोल्छु त्यहाँ पनि त्यहि फ्लड एलर्ट ! त्यहि व्योहोरा ! त्यहि साबधानी !! म तिरमिराउछु | होइन आज बढीले बडार्छ कि क्याहो ?
हरेक घण्टा घन्टामा इन्भाइरोमेण्टल एजेन्सीको फ्लड एलर्ट ! त्यसबाट हुन सक्ने जन धनको  क्षतिलाई न्यूनीकरण गर्ने राज्यको पूर्ब तयारि | पूर्व सतर्कता | इन्भाइरोमेण्टल एजेन्सीको  चुस्त दुरुस्त आफ्नो काम प्रति म छक्क पर्छु | मलाई आफ्नो देशले हरेक बर्ष खेप्ने यसप्रकारका बाढी पैरो र तिनले निम्त्याउने बर्बादीको द्रिस्य आँखाभरी आउछन तुलनमा |
यस्तै छिटो छरितो बाढी ब्यबस्थापन, प्राकृतिक बिपत्तिहरुको ब्यबस्थापनको कार्य कौशलता मैले सिक्ने केहिले ? मेरो देश ले पाउने कहिले ? नमरुन अनाहकमा मेरा आफ्ना बा काकाहरु , मेरा आफ्ना मामा , माइज्युहरु , भाइ बहिनीहरु ........ कसै कसैले भोग्नु नपरोस यस प्रकारको बिपत | बाढी , पैरो | पूर्व जानकारीहरु उपलब्ध हुन् | बिपत आइ परे तुरुन्त उद्धार होस् सबैको | राज्य पुगोस तुरुन्त | मैले कामना गरि रहें आफ्नो देशको सम्भाव्य बिपत सम्झेर | दुई हात जोडी रहें प्रार्थनामा |
बाढी आउदै छ ! मनभरी एउटा सम्भाब्य सन्त्रास बोकेर बाच्नुको पीडा | काममा जानै पर्यो | केटा केटीलाई स्कुल पठाउनै पर्यो त्यहि खोलाको छेउ | तेइ ग्रेट आउजको किनारै किनार जानु पर्ने नानीहरुको व्हाइट फ्राएर्स चर्च अफ इंग्ल्याण्ड एकेडेमी | कतै ह्वात्त  बाढी आइपुग्ने त होइन ? मनभरी एउटा सन्त्रास बोकेर स्कुल पुर्याउदै गरेको मेरो मनमा खेलेका भावनाहरु |
नेपालका बाढीहरु स्मृतिमा नाच्छन | सम्मर सुर भएर बढेको नारायणी , तर्साउने बनेर लम्केको खगरी र मुटु धड़काउने गरि आउने कयर खोला | कयर खोला संगको मेरो निकटता | मेरो प्यारो मामा घर | कयर खोलाको उहाँहरुको सानिधय्ता | मेरो बुवाले बाँके बर्दियाको जगासंग तेइ कयर खोला साटे पछिका हाम्रा दिनहरु सबै सबै स्मृतिमा खेल्छन |
कयर खोलाले जग्गा लग्यो | कतिको उठिबास गर्यो | मैले कैले सुनिन त्यस्तो फ्लड एलर्ट ! मैले कैलेइ भोगिन राज्यको त्यो नमुना उपस्थिति | मैले कैलेइ देखिन तटबन्ध नियंत्रंका लागि चालिएको दीर्घ योजना | मेरो बुवाले दुख गरेर रोपेका सिसौका हजारौं बोटहरु बाढीले बगाएको क्षण | दुख गरेर रोपेको खेत बगरमा परिणत हुँदाको दुख | सम्मरसुर उर्लेको कयर खोलालाई बेल्छिको पुलबाट निरूपाए हेरिरहनु परेको बिबस क्षण | मेरा स्मृतिमा ताजा भएर खेल्छन | देशबाट हजारौं माइल टाढा बेलायतको यो बिकशित मुकुक सम्म पनि | आखिर प्रकृति कति शक्तिशाली छ क्षण भरमा बिनास निम्त्याउन | त्यसले कुनै भूगोल भनेर छुत्त्याउदैन | बिकसित अविकसित देश भनेर रोज्दैन | आट्यो प्रकृतिले भने सकियो सबथोक | मान्छेका अहंकारहरु ठूलो भनी लाग्ने दम्भहरु मात्र केहि क्षणका झुट्टा प्रलाप हुन् |
बार बर्षमा खोला फर्किन्छ भन्ने उखान चरितार्थ भएको थियो त्यो  क्षण | कयर खोलाले त्यो आफ्नो बिभस्त रुप हरेक बार बर्षमा देखाउंदै आएको कुरा मेरा आमा मामाहरु सुनाइरहनु  हुन्थ्यो | म जन्मेको साल पनि कयर खोलाले मेरा मामाघरमा ताण्डब निर्त्य देखाएको थियो रे | मेरी आमाले सुत्केरिमा माइतबाट पाउने न्यानो मायाँ समेत त्यो साल पाउनु भयेनरे ! म जन्मदै लुरे थिएँ रे | स्यार नपुगेको मलाइ कयर खोलाले समेत ठगेको बिर्तान्त आम बताउनु हुन्थ्यो |
कास्की सल्यानको पैराले हाम्रा पुर्खालाई खेदेको कुरा मेरी हजुरआमा र बुवाले भन्नु हुन्थ्यो |
कयर खोलाले धेरैलाई घरबार बिहिन बनाएर नयाँ मुलुक बर्दियातिर खेदेको कुरा मामा हरु भन्नु हुन्थ्यो |

बाढी संगको मेरो बिरोधाबास सायद नियति नै थियो कि ?
नेपालबाट हजारौं कोस टाढा भएपनि मेरा मनमा देश गाउँ घर र तिनका वरिपरि घट्ने यस्ता प्राकृतिक प्रकोप , बाढी पैरो तिनले  निम्त्याउने जन धनको  क्षति घुमी रहन्छन बाल स्म्रीतिलाई उजागर गर्ने गरि |
हरेक घण्टा घण्टामा आइरहने टेक्स्ट म्यासेज , बजी रहने टेलिफोनको घन्टी , र दिक्क लाग्दो एउटै  फ्लड एलर्टले  आक्रान्त म | काममा छु | भेटिएका सबैले फ्लड कै कुरा गर्छन | ग्रेट आउज नदी सम्मर सुर भएर आइरहेको बताउञ्छन |
साउथ लिनको ब्रिजको माथि नै आइ सक्यो !
टाउन सेन्टर भित्रै पसी सक्यो !!
इट्स रियल्ली स्केरी !
अर्काले थप्यो फ्लड माहात्म्य |
अशान्त मनोदशा बीच काममा जोति रहेको म |
फ्लडबाट बच्न सेन्ड ब्याग किन्न आएको सबै सकिएछ  |
लाञ्छ आज फ्लड़ले अर्काले भाबिस्यबाणी गर्यो  |
पचास वर्ष अघि पनि किन्ग्स्लिन मा यस्तै ठुलो बाढी आएको र मान्छे समेत मरेको इतिहास सुनायो अर्काले  |
सन् २०१५ मा बाढीले बेलायतको ५ बिलियन पाउण्ड बराबरको क्षति भएको तथ्यांक सुनायो अर्का बुज्रुकले |
  बाढी ग्रस्त नदीहरुको लेभलको सहि तथ्यांकलाइ आंकलन, जमिनको सतह , मौसमी पुर्बानुमान सबैलाई एनलाइज गरेर गरिने फ्लड एलर्टले धेरै जन धनको बिनासलाई रोक्न सकिँदो रहेछ |
कुन दशा लागेर खोलाको छेउमा घर किने छु पश्चातापमा बर्बराइ  रहेको म  |
दौडिस खोलाको छेउमा ?
देखियो तेरो बिउटिफुल लेन्ड स्केप ?
नाप्यो तेरो  किंग्स लिन पार्क रन ५ के ले
गेयर १० के ...
म्याराथुन ......
दौडी अब खोलै खोला !
पौडेल खोला खोला दौड़ेल !!
म भित्रको '' ले खिसी गरि रह्यो  |
कामको बाँकी दुई घण्टा मलाइ दुई जुग लागि रह्यो त्यस क्षण  |
मनभरी सन्त्रास बोकेर हुत्तिदैं घरतिर लाग्छु । बाटामा मान्छेहरुको भीड ग्रेट आउजको किनारा भरि देख्दा मुटु ढक्क भएर आउँ छ  । मनभरी साना छोरीहरु श्रीमतीको तस्बिर नाच्छ  । श्रीमतीले  त भनेकी थिई सबै सामान माथि राख बाबा  । फ्लड एलर्ट आको आइ छ  । तर मैले त्यस्ता फ्लड एलर्टलाई सधैं झैं सामान्य ठानेर पेलि दिएको थिएँ  । पहिले सुरुमै  नदि किनारैमा पुगें  । मान्छेहरु हात हातमा टर्च लाइट बोकेर उर्लंदो ग्रेट आउजलाई नियाल्दै थिए  ।
आकास सफा थियो । टाढा टाढा ताराहरु चम्किरहेका थिए । तिनको चम्काई फैलिएर बिशाल  भएको ग्रेट आउजमा  पर्दा त्यो देदिप्यमान देखिन्थ्यो । नजिकैको रुखहरुमा बास बसेका  चरा चुरिंगीहरुको किरिङ्ग्मिरिङ्ग र जम्मा भएका मान्छेहरुको खल्बल्ले एउटा छुट्टै भबितब्यको  आभाष दियो  रातको चक्मन्नातामा पनि ।
व्हाट अ  डिज्यास्टर !
नेक टु नेक !!
एनी मिनट ...
खस खुस गरि रहेका थिए  । भगवान पुकारी रहेका थिए  । भगवानलाई धन्यबाद ! अजैता बगाई सकेको रैनछ  । एउटा लामो श्वाश फेरें मैले  । फ्लड रिस्क एसेस्मेन्ट  र प्लानिंग लेभेलमै इन्भाइरोमेण्टल एजेन्सीसंग सहकार्य गरेर मात्रै नयाँ घरहरु बनाउनु पर्ने  अनिबार्य नियमलाई सबैले पालना गर्नाले यस प्रकारका सम्भाब्य दुर्घटनाबाट ठुलो क्षति हुन पाउदैन

 रातको चकमन्न शुन्यतामा ग्रेट आउज आफ्नो रौद्र रुप देखाई रहेको थियो  । साराको  निँद र खुसि हरेर खित्का छाडेर हाँसिरहेको थियो सम्मर सुर बनेर  । एक बित्ता मात्रले साउथ लिन बाँचेको थियो त्यस दिन  । घर भित्र पस्छु  । सबै भयमिश्रित देखिन्छन  । समाचार बिबिसी / फ्लड एलर्ट सर्बत्र देखिन्छ  । मिनेट मिनेटको अब्ड़ेट आइरहेको छ  । कुन ठाँउमा बाढी पस्यो  । कुन ठाँउमा के कति धन जनको क्षति भयो  । टाउन सेन्टरको कस्टम हाउस सम्मै आयो रे  ।
वेस्ट लिन भित्र पस्यो रे  ।
स्पाल्डिङ्ग खत्तमै भयो  ।
................
किन ढिलो आको  ? हामीलाई कस्तो डर लाग्यो  ।घर भरि रुन्चे श्वोर गुञ्जिञ्छ  । म सबैलाई  सान्तोना दिन्छु । केहि हुँदैन  । एलर्टको समय सकियो । अब नर्मल हुन्छ भन्दै  ।
मनभित्रको डरलाई लुकाउन्दै सबैलाई फ़काउछु  । 

सम्प्रति: संयुक्त अधिराज्य बेलायत 





No comments: