Labels

Total Pageviews

Thursday, April 7, 2016

लगाएर मायाँ  मिलि आउ गोडौ
कविता (भुजङ्गप्रयात छन्द)

रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन

नजानेर मैले गल्ति त्यो गरेंकी ?
परेंकी भ्रममा कसैको पिरेंकी 
नठानेर मैले तिमीलाई रानी
दुखाएँकि मैले तिमीलाई सानी 


 बेवास्ता गरेंकी दुखाएर चित्त
देखाएँ कतै कि गरि सानु पित्त
लगाएर मायाँ  मिलि आउ गोडौ
सजाएर छायाँ मनभित्र छोडौं 


कस्तुरी सजाउँ तिमि भित्र खोजौं
हजारौं अप्सरामा तिम्लाई रोजौं 

चहारेर देशै मिल्दैन है  शान्ति
दुख मात्र त्यो हो  रहे छ  भ्रान्ति


मिठो त्यो छ आफ्नै करेसा र बारी
म बिर्सुं कसोरी खेलेका  ति टारी ?
कति बोकुं मैले जीवन  यो भारी
बिराला ले झैं यो  गुँड सारी सारी



म्प्रति: संयुक्त अधिराज्य बेलायत 

No comments: