Labels

Total Pageviews

Thursday, April 7, 2016

लगाएर मायाँ  मिलि आउ गोडौ
कविता (भुजङ्गप्रयात छन्द)

रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन

नजानेर मैले गल्ति त्यो गरेंकी ?
परेंकी भ्रममा कसैको पिरेंकी 
नठानेर मैले तिमीलाई रानी
दुखाएँकि मैले तिमीलाई सानी 

१

 बेवास्ता गरेंकी दुखाएर चित्त
देखाएँ कतै कि गरि सानु पित्त
लगाएर मायाँ  मिलि आउ गोडौ
सजाएर छायाँ मनभित्र छोडौं 

२

कस्तुरी सजाउँ तिमि भित्र खोजौं
हजारौं अप्सरामा तिम्लाई रोजौं 

चहारेर देशै मिल्दैन है  शान्ति
दुख मात्र त्यो हो  रहे छ  भ्रान्ति

३

मिठो त्यो छ आफ्नै करेसा र बारी
म बिर्सुं कसोरी खेलेका  ति टारी ?
कति बोकुं मैले जीवन  यो भारी
बिराला ले झैं यो  गुँड सारी सारी

४


सम्प्रति: संयुक्त अधिराज्य बेलायत 

No comments: