Labels

Total Pageviews

Sunday, May 8, 2016

नयाँ बर्ष २०७३

नयाँ बर्ष २०७३ को हार्दिक मंगलमय  शुभकामना  !!!
रामहरि पौड्याल
भरतपुर १२ /१९३ बसन्त चोक चितवन

पोहोर साल नयाँ बर्ष तिमीले देशै थर्कायौ
हजारौंलाई एकै चिहान बनायौ
लाखौंलाई घरबार बिहिन बनायौ
मठ मन्दिर आस्थाका धरोहर
पुरातात्विक हाम्रो बिरासत
सबै सबैमा धावा बोल्यौ
राहतको प्रतिक्षा ,
भुकम्प प्रतिरोधी घरको सपना ,
संसारबाट ओइरिएको आँसुको मूल्य !
तेइ मुल्यमा आफ्नो राजनीति
तेइ मुल्यमा आफ्नो जनबाद /समाजबाद/रास्ट्रबाद खोज्नेहरु
अर्को नयाँ बर्षको संघार  सम्म पनि
 अजै भूकम्पपीडितको लागत तयार  गर्दै छन्
कत्रो गलफत्ती पछि बन्यो,
पुनर्निर्माण आयोग
सरकारै  पिक्षे त्यसका प्रमुख बदलिएका छन्
तिनको दाउ राहत होइन कसरि त्यो पैसा
आफ्ना भिजलान्तेहरुलाई बाँड्ने
भुकम्प पीडितको नाममा
नयाँ जागिरको नाममा
नयाँ तालिमको नाममा
बर्षा / हावाहुरी सहेका छन्
चिसो हिउँद तिर्पाल्मा बिताएका छन्  दुखि पीडित हेरु
यता सरकार अजै लागत तयार पार्दै
सर्भे गर्छ , के के गर्छ
अर्को नयाँ बर्षा सम्म
फेरी सरकार बदलिन्छ
बदलिन्छ पुनर्निर्माणको प्रमुख
नयाँ नयाँ भुकम्प पीडित हरु थपिञ्छन
आशा गरौँ नयाँ बर्ष २०७३
शुभ होस् , मंगल होस्
दुखि हरुले राहत पाउन
देशले निकाश पाओस
जनतालाई संधै उल्लु बनाउने खेल रोकियोस्
नयाँ शक्ति /पुराना शक्तिका नाममा
देशलाई मायाँ गर्ने एउटा राजनेताको उदय होस्
जसले हिमाल पहाड मधेशको विभेदलाई रोकोस
देश बिगार्नेहरुलाई  भ्रस्टाचारमा जेल  ठोकोस
बिदेशिनु नपरोस रोजी रोटि खोज्दै
पर्देसिनु नपरोस शान्ति सुख रोज्दै
शुभ मंगल छाओस नयाँ बर्ष भरि

मेरो हार्दिक शुभकामना अन्जुली भरि भरि !

No comments: