Poem: country of mafia!
रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन 
जलश्रोत को धनि देश नेपाल ,
Nepal is rich country of Water resources
एक सय सात बर्ष भो बिजुलीको इतिहांस ।
The history of electricity is 107 years long
जलमाफिया हाबी भए , देश अन्धकारमा रुमलिरह्यो ।
Water Maffia became active, the country kept crying in the darkness.
प्रोजेक्टहरु ढिला भए , लागत दोब्बर भए ,
The projects were delayed, the costs were doubled
झोलामा खोला बोक्ने माफियाहरु सर्बत्र हाबी भए ।
ठेकदारहरु मोटाए र मोटाए सर्बहाराको दुहाई दिनेहरु, 
प्रजातन्त्रको गुड्डी हाक्ने हरु ।
लोड सेडिङ्ग , बिजुली चोरीले आकास छोएकै छ ।
देश येतिखेर छिमेकी को  400 MW भिख मा चलेको छ ।
देशको साधन सम्पन्न सरकारी स्कुललाई 
जब जब  शिक्षा माफियाले बेर्यो ,
धरासाही भए सरकारी स्कुलहरु 
अधिपति भए शिक्षा को व्यापार गर्ने हेड सरहरू ।
गल्लि गल्लीमा बोर्डिंग स्कुल खुले ...
सरकारी स्कुल बन्यो राजनीति र जागिर खुवाउने अखडा 
कुल्ली कवाडी मात्र पढ्ने जगेडा 
कानुनहरु त्यसै अनुसार बन्छन माफियालाई  प्रोत्साहित गर्ने गरि 
कुनै प्रतिस्प्रधा नै  नगरी कस्तो गुरु आउलान ?
तिनले कस्तो शिक्षा देलान ?
यो देसका  असि प्रतिसत मान्छे को भोलिको बारेमा कसे सोच्ने ?
मेडिकल शिक्षा माफियाको हातमा गयो ,
गोबिन्द केसीको रोदनको कुनै मूल्य रहेन 
Mathema pratibedan matra euta natak bhayo
मारिन्छन दिनुहु हस्पिटलमा 
गरीब गुरुबाले बाच्ने ठाउं रहेन 
इञ्जिनियरिङ्ग माफियाको हाल त्यस्तै छ 
कुनै निकाय छैन अनुगमन गर्ने 
कुनै उपाय छैन माफियालाई पाता कस्ने 
सबै मिलेका छन् तल  देखि माथि सम्म 
सेटिंग मिलेको छ चोरलाई बचाउन
भोटिंग मिलेको छ साधुलाई सुली चडाउन 
न्यायालय माफियाले चलेको छ 
पशुपति नाथले कति दिन बचाऊला  मेरो देश ?
एउटै नाथलाई भारी ठानेर गणतन्त्र भित्र्याएको मेरो देश 
६०१ नाथ हरुले पीडित छ ।
आफ्नै कारणले आज अनाथ अनाथ बनि रहेको छ ।
माफियाका यी बहु रुपले देशलाई कति डस्ने हुन् 
कति सक्ने हुन् मात्र प्रतीक्षा गरि रहेको छु ।
देश बाट टाढा पचास लाख बिदेसिको पीडा 
कसले सुन्ने ? कसले बुज्ने ??
हाम्रो नोट चल्ने तर भोट नचल्ने ?
सीमा पारीबाट लाखौं छिराउने 
तर आफ्नै  भाइ छोरालाई सौता सम्जेर एन आर एन मै डाम्ने ।
मुलुक एउटा जंगबहादुर खोजिरहेको छ ,
देशलाई एकतामा बाँध्ने 
देशलाई साँचो अर्थमा मायाँ गर्ने ।
  लोभी पापी हरुलाई , माफियाका सरदारहरुलाई 
पाता कसेर बाँध्ने ,
भ्र्स्टाचारिहरुलाइ जेलमा ठोक्ने । 
सम्प्रति: संयुक्त अधिराज्य बेलायत

 
 
No comments:
Post a Comment