Labels

Total Pageviews

Sunday, January 28, 2018

नेपालमा आधुनिक उर्जाको इतिहास
रामहरि पौड्याल

भरतपुर महानगरपालिका, चितवन
Details of the manufacturer on equipment ‘The English Electric CO. LTD. London’नेपालमा हाइड्रो पावरबाट बिजुली निकालेको इतिहासले एकसय छ बर्ष नाघेको छ | जतिबेला यसप्रकारको बिजुली साउथ एसिया र चाइनासम्म बलिसकेको थिएन |यो प्रोजेक्ट पुरै एशियामा दोश्रो मानिन्थ्यो| सन् १९११मा बेलायती सरकारको आर्थिक र प्राबिधिक सहयोगमा ५०० किलोवाटको चन्द्रज्योति हाइड्रो इलेक्ट्रिक पावरस्टेसनको नाममा उक्त जलाबिध्युत आयोजना सम्पन्न भएको थियो |  यो कार्यकालागि बेलायती सरकारले तात्कालीक०.७१३मिलियन नेपालीरुपैया अनुदान प्रदानगरेको थियो |  यसको समुद्घाटन २२मे१९११ सोमबारका दिन तात्कालीक राजा पृथिबी बीरबिक्रम शाहादेबले टुंडिखेलमा सांझ ६:३०मा बिजुलिको बत्तिको स्विच अन गरेर भएको थियो  | मान्छे हरु त्यो अद्भुत बिजुलिको चम्किलो बत्ति देखेर धेरै दिनसम्म गफिएकाथिए | त्यो गौरबशाली ऐतिहासिक क्षण नेपालको आधुनिक उर्जाको सुरुवातको कोशे ढुंगा थियो | यतिखेर हामी बेलायत र नेपालको दौत्त्यसम्बन्ध स्थापनाको २००औंबर्षगांठ बेलायतको मुटु मानिने लण्डनको केञ्जिङ्ग्टन प्यालेस अबस्थित नेपाली राजदुताबाशमा विभिन्न कार्यक्रमा सहित एकहप्तासम्म धुमधामसंग मनाई रहंदा मलाई इतिहासको त्यो फ्ल्यासब्याकको सम्झना आइरहेकोछ | नेपालको विकास र प्रगातिकालागि एक शताब्दी भन्दा पनि अगाडी बेलायतले शुरुगरेको यो एउटा नमुना प्रयोग थियो | तात्कालिक राणाहरुको दरवार मानिने सिंहदरवार सम्म त्यो बिजुली Pharping_Reservoir2पुर्याईएको थियो | बिध्युत विभागले यसको नाम राणा प्रधानमन्त्रि चन्द्रशम्शेरबाट भएको देख्न सकेन होला र त यो ऐतिहासिक विरासतलाई मात्र फर्पिङ्ग हाइड्रोपावर स्टेसन भनेर परिबर्तन गर्यो | संसारकाहरेकठाँउमापरिबर्तनपछिपुरानादरवार,पुराना शाशकहरु नयाँ क्रान्तिकारीहरुको निशाना बन्ने गर्छन | तिनका शालिकहरु ढलाइञ्छन | तिनका इतिहासलाई नामेट पार्ने कुचेष्टा गरिञ्छ | समयले तिनका क्रान्तिकारी आवेगको मुल्यांकन कालान्तरमा गर्दछ| | यद्यपि राजनैतिक विश्लेषण यो आलेखको अभिस्ट होइन | प्रसंगमा जोडिएको एउटा सानु भाबुकतामात्र |यो पावर स्टेसन काठमाण्डौबाट १२ किमि दक्षिणमा पर्दछ |नजिकैका सातमुले र शेषनारायणका खोलाका पानीलाई प्रयोगगरि बिध्युत निकालिएको हो | २५०किलोवाटका दुइवटा टर्वाइनहरुबाट ५०0किलोवाट बिजुली निकालिएको हो|यो https://i0.wp.com/www.nepalenergyforum.com/wp-content/uploads/2014/08/Pharping_Powerhouse.jpgप्रोजेक्टमा चारबर्ष ९५०,०००मान्छेले कामगरेका थिए | यो प्रोजेक्टलाई जनरल पद्मशम्शेर जबराले सुपर भिजनर मोनिटरिङ्ग गरेका थिएभने अर्का जनरल मोहनशमशेर र केशब शमशेरले आबस्यक उपकरणको ढुवानी व्यववस्था , लेप्टेनेण्ट देबी बहादुरर सुबेदार हर्ष बहादुरले ओभर हेड ट्रान्समिसन लाइनको निर्माण कार्यगरेका थिए |  इन्जिनियरहरु कर्नेल किशोर नरशिङ्ग राना र कर्नेल कुमार नर्सिङ्ग रानाले प्रोजेक्टको आयोजनाडिजायिनरनिर्माणकोकार्यगरेकाथिए |  इलेक्ट्रिकलइन्जिनियरबरनाउपुवानतेलेयोहाइड्रोपावरस्टेसनकोनिर्माणगरेका थिए |जेनेरल इलेक्ट्रिकलका बेलायती प्रतिनिधि मिस्टर लिंजले उक्त हाइड्रोपावरको जडान र सुसंचालन गरेका थिए | इतिहासको एउटा रोमान्चक धरोहर बनेको देशको यो एउटा गर्बगर्न लाएक सुरुवाती प्रोजेक्ट ऐले संचालनमा छैन | यसलाई उर्जाको बिकाशक्रमको ठुलो बिरासत ठानेर म्युजियममा परिवर्तन गरिएको छ |   | त्यतिमात्र नभएर यो ठाउँलाई उर्जाको अनुसन्धान र विज्ञानको प्रयोशालाका रुपमा नमुना पावर स्टेसनकारुपमा उब्याइयेको छ | जलस्रोत मात्रन भएर , सोलार , बायु , बायोमास लगाएतका नविकरनीय उर्जाकै प्रयोगशालाकारुपमा एउटा सम्मानित उर्जाकै तीर्थस्थलका रुपमा सरकारले उभ्याएको छ | नेपालको इतिहासमा बिजुली बत्ति बलेको त्योजेठ९ गतेलाई राष्ट्रिय उर्जा07 Nepal Electric Authority Pharping Hydropower Station Nepal 100 years old electronic powerhouse in ASIAदिवसको रुपमा मनाउदै आएकोछ |
देशको यो उर्जाको सुरुवाती प्रबेगलाई नेपालले बिगत१०६ बर्षसम्म राम्रोसंग बढाउन हुर्काउन नसक्नुनै देशबिकाशको एउटाठुलोअबरोध बन्योभन्नु किमार्थ गल्ति हुने छैन | यत्रा बर्षमा खोइ हामीले कटाउन सकेको उत्पादनलाई १,०००मेघावाट ?हरेक पटक सरकार बदलिएसंगै देशकोउर्जासंकट समाधान गर्ने नाममा कतिवटा आयोग बने ?कतिपटक यो मुलुकलाई उर्जा संकटकाल घोषणा गरियो ?तिनले उर्जाको बिकासमा कस्तो भूमिका खेल्यो इतिहासले कुनैदिन मुल्यांकन गर्नेछ |देशबिकासको एउटा मेरुदण्ड उर्जा हो त्यो नैकम्जोर भएपछि कसरि बन्छ देशबिकासको ठुलो महल? भासण त हामीले धेरै सुनेउ दसबर्षमा १०हजार मेघावाट, बीस बर्षमा २०हजार मेघावाट , बिजुलीको छेलोखेलो , जलश्रोतको धनि देश बिजूलि बेचेर सम्पन्नताको सगरमाथा चढ्नु चडेउ | यतार्थ मा हामी अझै छिमेकीले दिएको भिक्ष्याटन रुपी लगभग ४०० मेगावाटको बिजुली बाँडेर लोडसेडिङ्ग समाप्त पारेको जस लिनलाई ढ्याङ्ग्रो पिटीरहेका छौँ |नेपालका एकजना नेताले आफु प्रधानमन्त्री हुँदा हावाबाट बिजुली निकाल्ने कुरा गरे| सबैले ओलीको बोलीलाई हाबामैImage may contain: 8 people, people standing उडाइ दिए | ग्यासको पाइपलाइन जोडेर घरघरमा पुर्याउने सपना सुनाए कसैले पत्त्याएनन |  तिनै नेताका एउटा उर्जामन्त्रि गोकर्ण बिस्टले आफु मन्त्रिहुँदा एउटा ठुलो उत्साहका साथ राम्रा कामको थालनी गरे | नेपाल बिध्युत प्राधिकरणको बाकि बक्ययूता नतिर्नेका विरुद्ध आफै लाइन काट्दै हिंडे | जनताकोआशा भरोसोका महानपात्र बने | राम्रो काम गर्ने ती मन्त्रिलाइ अर्कोपटक हटाइयो र राधा ज्ञवाली नामकी सजिलीपात्रलाई ओलीको छायाका रुपमा स्थापित गरियो | उनको कार्यक्षमता र उनले गरेका कामका बारेमा हामीसबैलाई थाहाछ | यो देश बनाउने हो भने नेताहरु भासण होइन हामीलाई गोकर्णबिस्ट , जनार्दन शर्मा गगन थापा र नविन्द्रराज जोशीहरु चाहिन्छन |
नेपालीले खोलेको बेलायतको सुके कम्पनिलाई हावाको काम गर्ने जिम्बेबारी दिने का मले ती सबै कार्यको एउटा पाटो छर्लंग पार्दैनर ? हामी पढेलेखेका मान्छेहरु बेलायत सम्म पनि नेताका गुलामी गर्न छाडदैनौं | आफ्ना नेताले जेभने पनिजेगरेImage may contain: 2 people, people standingपनि चुइक्क बोल्दैनौ र गल्ति रअब्जसजति अरुलाई पन्छाएर आफु महान दार्शनिक भएको नाटक गर्छौं |तिनै नेतालाई एअरपोर्ट देखि नै भिड जम्मा गरेर खादा र मालाले पुर्छौँ| कक्टेल डिनरले टन्न पारेर आफ्नो अभिस्ट पुरा गराउने प्रपनच मिलाउचौं| | खोइ हामीले सिकेको दसकौं बेलायत बसेर ?नेताहरुलाई विदेशको राम्रो कुरा देखाउँ बुजाउँ | अन्तरक्रिया गरौँ देशबन्ने बनाउने|पार्टीको पुङ्ग्न पुछरको दलालीले केहि गर्दैन | हामी बिदेसिनुपरेको यिनै नेताहरुको अकर्मंद्यताले हो | असक्क्ष्मताले हो | यिनलाई कृपया नबोकौं |हामी कछुवाका चालमा हिडेउ संसार रकेटझैं उड्यो | हामी हिजोको इतिहास हेरेर तेइ गतिमा बढ्नसकेनौं संसार धेरै माथि पुगिसक्यो उर्जाका सम्पूर्ण अवसरहरुलाई उनीहरुले प्रयोग गरे |

 नेपालमा आधुनिक उर्जाको विकास क्रम(१९११–१९८५)
प्लान्टको नाम
श्रोत
जडित क्षमता (किलोवाट)
कार्य पुरा भएको बर्ष
फर्पिङ्ग
जलश्रोत
५००
१९११
सुन्दरीजल
जलश्रोत
६००
१९३४
पनौती
जलश्रोत
२४००
१९६३
तिनाउ
जलश्रोत
१३००
१९६९
पोखरा
जलश्रोत
१०००
१९६९
त्रिशुली
जलश्रोत
२१००
१९६९
सुनकोशी
जलश्रोत
१०,०००
१९७०
गण्डक
जलश्रोत
१५,०००
१९७९
कुलेखानी–१
जलश्रोत
६०,०००
१९८२
सेती (पोखरा)
जलश्रोत
१,५००
१९८४
देभघाट
जलश्रोत
१४,८००
१९८४
कुलक्षमता

१४२,२००
१९८५
श्रोत: नेपाल बिध्युत प्राधिकरण

बिगतका कमि कमजोरीहरुबाट सिक्दै देश बिकासका लागि नबिकरनीय उर्जाका माध्यमले इनर्जी मिक्सको सत्यलाई चिन्दै नेपालले आफुसंग भएका प्रचुर जलाबिध्युत, सौर्य ,बायु , बायोमास सबैलाई संसारका बिकसित रास्ट्रहरुले अपनाउंदै गरेको अन्तरास्ट्रिय ट्रेन्डलाइ स्वीकार्दै नेपालले अगाडी बढ्नु पर्ने देखिञ्छ | लघु जलबिध्युत , उन्नतपानीघट्ट , अफग्रिड सोलार , बायु , बायो मास सबैलाई राष्ट्रिय आबस्यकता अनुसार आफ्नो इनर्जी मिक्स्मा मिसाउदै नेपालले अगि बढे गन्तब्य टाढा छैन|
“हिड्छन्हेर हिंडी रहेर कमिला हज्जार कोशौं पर !
पुग्दैनन न उडी गरुढ़ पनि ता तेइ पांच बित्तै पर !!”

सम्प्रति: संयुक्त अधिराज्य बेलायत
References:









No comments: