Labels

Total Pageviews

Saturday, September 12, 2015

देश जलिरहेको छ !


Image may contain: 1 person, smiling, textकविता
रामहरि पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन

सदियौं देखि देश जली रह्यो ,
प्रजातन्त्रका नाममा
पंचायतका नाममा
पुन: प्रजातन्त्रका नाममा
गणतन्त्र / लोकतन्त्र
संघियता / संबिधान सभा
जातीय राज्य / क्षेत्रीय राज्य
अखण्ड सुदुर पश्चिम / मधेश प्रदेश
थरुहट / लिम्बुवान
मगरात / कोचिला
लडाई जारी छ !
देश जली रह्यो ,
मान्छे मरी रहे ,
जनतालाई आफ्नो स्वार्थ अनुसार खेलायो ,
आगो बाल्यो , देश जलायो
बिद्रोह सल्कायो , छिमेकबाट भाडाका टट्टुहरु बटुल्यो
नेपालीहरुका बीच बैमनुस्यताको बिष भर्यो
आज त्यो क्यान्सर भएर समाज खाइ रहेको छ !
शहिदको मूल्य बडाबड !
१/२/५ / १० होइन ५० लाख पुगेको छ !
नेपाल बन्द ! एउटा फेसन
जबर्जस्ति आगजनी , तोडफोड
कुनै कानुन छैन
अर्काको निजि गाडी , घर , एम्बुलेन्स केहि बाकि नरहने
भाला रोप्दै हिड्यो ,
भाटा उठाउदै कुद्यो
आन्दोलनको नाममा हुने यो अराजकताको अन्त्य कहिले ?
आज देश थिचिएको छ ,
कालापानी दोहोरिएको छ
लिपुलेक दुखि रहेको छ !
सिक्किमीकरण हुने लाइनमा आज हामी आफैं लागेका छौं
कसैलाई पीर छैन देश जोगाउने
देश टुक्र्याउने होडमा
मुख्यमन्त्रीको सपना बुन्ने हामी
भाइ फुटेर गवार लुटाउने लाइनमा रमाउने हामी
पटक पटक भेडामा बदलि रह्यौ
तिनैका राजनीतिक गोटी बनि रहयौं
सिंगापुर बनाउने तिनका सपना
काठमानडुको सडक धुने पानी
मेलाम्चिको काकाकुले पर्खाइ !
दिनहुँ को लामो लोड सेडिंग
बिश्वो को ठुलो जल भण्डारले खिसी गरि रह्यो
प्रजातन्त्र / समाजबाद
बीपीको सपना
पुस्पलाल कमरेडको क्रान्तिकारिता
मदन भण्डारीको बहुदलीय जनबाद
प्रचण्डको राजनीतिक छलाङ्ग !
मधेशीहरुको एकल मधेश
अग्राधिकार सहितको तराइ
थरुहट ...
संबिधान सभाका नाममा मुलुकले ब्योहोरेको ,
यो आठ आठ बर्षको पट्ट्यर लाग्दो बर्बादी
देश बन्न संबिधान चाहिदैन
बेलायतलाई हेर जसको लिखित संबिधान छैन
राजतन्त्र छ मर्यादित !
राजनीति गर्दिन कैलेइ
दुनियाँ बदलिए ६० बर्षमा
तर बेलायति महारानी अखण्ड बनिन
अकन्टक बनिन
सम्मानित बनिन
किन सिकेन नेपाली राजतन्त्रले यो पाठ ?
किन सिकेन नेपाली राजनीतिले यो पाठ ??
देश बन्न एउटा असल नेत्रित्त्वो चाहिन्छ
एउटा राष्ट्र सेबक
जसले भ्रस्टाचारलाइ निमिट्यान्न पारोस
पहाड हिमाल मधेसको विभेदलाई जोडोस
छिमिकिलाई भन्न सकोस सिक्किमे सपना बन्द गर !
घरभित्रको हाम्रो झगडामा न्यायाधिस बन्ने काइते परम्परा   बन्द गर !!

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

No comments: