Labels

Total Pageviews

Sunday, May 15, 2016

उपेन्द्रबज्रा छन्द
यो छन्दमा १४ अक्षरको १ पाउ हुन्छ ।
ज त ज गु गु यसका गण हुन ।
ज त ज गु गु
Isi ssi isi s s
उदाहरण:
त्वमेव माता च पिता त्वमेव
त्वमेव बन्धुश्च सखा त्वमेव
त्वमेव विद्या द्रविणं त्वमेव
त्वमेव सर्वं मम देवदेव ।- स्तोत्र मन्त्र

म देशकै चिन्तन गर्न पाऊँ
र देशकै खातिर मर्न पाऊँ ।

स्वदेश मेरो मनको बगैचा
प्रफुल्ल झर्ना सरि झर्न पाऊँ ।
-जीवन काश्यप


मिले बन्छ देश नमिले खरानी
रामहरि पौड्याल
भरतपुर १२/१९३ , बसन्त चोक , चितवन

मलाई हाम्रो देश लाग्छ राम्रो
मलाई हाम्रो भेष लाग्छ राम्रो
हिमाली पाहाडी मिलेर राम्रो
तराइ  छ अन्न भण्डार हाम्रो

गुराँस फुल्ने कति राम्रो आहा !
हिमाल पाहाड तराइ वाहा  !!
पहाड़  बनि पहिचान हाम्रो
संसारमा यति राम्रो देश हाम्रो

फुलाउँ फलाउँ मिलि देश राम्रो
छत्तिश बर्ण चार जात हाम्रो
कति मिलेका बनि स्वाभिमानी
मिले बन्छ देश नमिले खरानी


छिमेकी हाम्रा ती  बन्दै साखुल्य
दिएर पित्को बसमा फसाई
लिनन नि हाम्रो सुन्दर देश त्यो
छरेर पासा सकुनी समान
लिनन नि राज्य फुटाइ कमान

म देशकै गरूँ नित्य भक्ति
म देशकै भरूँ  नित्य शक्ति
नेपाल मेरो मनको फलैंचा
प्रफुल्ल पारौं हरिको गलैंचा

स्वदेश मेरो कति लोभ लाग्दो
 पर्देसिनु पर्यो ब्यामोह जाग्दो
सम्झन्छु आफ्नै करेसा र बारी
म बिर्सुं कसोरी हिडेका ती टारी


सम्प्रति: संयुक्त अधिराज्य बेलायत




No comments: