Labels

Total Pageviews

Tuesday, May 17, 2016

ठानेर आऊ धरती बिशाल
रामहरि पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन

गाउँ गित मिलेर सबले
लाउँ प्रीत मिलेर सबले
लाएर मायाँ खै मुटु रित्तिएको ?
गाएर गीत  खै प्रीत सिद्धिएको ?
आएर लाए रीत सिद्धिदैन
छानेर गाए गीत  सिद्धिदैन
जानेर आए धरती सजिञ्छ
मानेर गाए  प्रकृति पुजिञ्छ
आऊ समाउ ढल्दै छ देश
आऊ बचाउ गल्दै छ भेष
छाडी नजाउ पाखो र बारी
भो  नजाउ छोडी समुन्द्र पारी
ठानेर आऊ धरती बिशाल
मानेर आऊ धरणी बिशाल
मानेर ठाने तिमीले बढिया
फुलेर फ़ल्छ धरती भर्दै  ढडिया

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

No comments: