Labels

Total Pageviews

Friday, January 28, 2011

नाइजरको गरीवी र बेलायतीहरूको अपील

रामहरि पौड्याल
भरतपुर १२/१९३,चितवन
“मैना माघ थियो बिहानी पखमा हावा चलेको थियो।
काम्यो लुग्लुग गरीव बिचरा त्यसमा दया गर्छ को?’’

गरीव र दीनदु:खीहरु प्रतिको कवीह्रिदय माथिको पङ्तिमा उजागर भएको देखिन्छ। गरीवी त्यसमा पनि तन्नम गरीवी कति भयाबह र ह्रिदयबिदारक हुन्छ भन्ने कुरा हेर्न अफ्रिकी राष्ट नाइजर र त्यसवरपरका अन्य अफ्रिकी देशलाई हेरे हुन्छ।सँसारका हरेक मुलुकमा धनी गरीव अवश्य हुन्छन नै।तथापी यो अन्तरको विषमताले जब कुनै मुलुकको ध्यान विश्व समुदायकै चासो र चर्चाको विषय बन्नु अत्यन्त दुर्भाग्य हो ती देशका दीनहीनहरुका निम्ति।
अफ्रिका महादेशका नाइजर र त्यसवरपरका देश डारफर,कङ्गो, लाइबेरियाले यतिखेर त्यस्तै नियति भोगिरहेकाछन्।भुकमरी र अनिकालले ग्रस्त यिनीहरुको मलीन मुहारले सँसारका हरेक मान्छेको मन जितेको छ।काला अनुहारका अति कुपोषित करङ्गमात्र देखिने बालबालिकाहरु खाना र पानी नपाएर भटाभट मरिरहेछन् दिनहुँ। बर्षौ भयो पानी नपरेको।सुख्खा मरुभुमीजन्य धर्ती बलेको छ।केहि उब्जिदैन त्यहाँ।बँचेखुचेको अलिकति केहिबाँकी पनि अनिकाल र भुकमरिका अघि स्वाहा भइसक्यो।खाने कुरा नभएर मान्छेले रुखका बोक्रा पात खाइरहेछन।भबिश्यका कर्णधार मानिने स-साना फूलजस्ता नानीबाबूहरु पेटभरि खानानपाएर करङ्ग गन्न सकिने भएका छन्।मानिसहरुको यो दुर्गति भएको ठाउँमा पशु पन्छिहरुको के हाल होला?जताततै म्रित पशुहरुका हाडखोरहरुले पुरै बस्ती एउटा नारकीय समसान भएको छ।
आठ महिना अघि नै यो दुर्गतीको भबिश्यबाणी नभएको भने होइन।दात्रिराष्टहरु र एड एजेन्सिहरुले बेलैमा राहत र सहयोगका प्याकेजहरु नपुगे नाइजर र त्यसवरपरका राष्टहरुमा हजारौ मानिस र पशु पन्छिहरु अनिकाल र कुपोषणको शिकार हुने चेतावनी दिदादिदै पनि बेलैमा ती सबै कुराको बन्दोबस्त यथोचित नहुँदा आज नाइजर गरीबी, अनिकाल र भुकमरीको देशको रूपमा विश्वभर मिडियाको प्रमुख विषय बनेको छ सहयोगको अपील सहित।

सबैठाउँबाट सहयोग उठ्दै र पुग्दै गर्दासम्म नाइजरमा पुग्न अति नै ढिला र अति नै कम भइसकेको छ।राहतका गाडीहरु कुर्नेहरुको भीड लामो छ।हप्तौदेखि राहतका प्याकेजको अधैर्य पर्खाइमै कतिले जीवनलीला समाप्त पारेकाछन्।मानवीय दुर्दशाको यो करुणचित्रले हरेक मान्छेको मन रुन्छ।बेलायतीहरु यतिखेर यस्तै मानवीय धर्ममा लागेका छन्।समाचारका पानाहरु देखि टेलिभिजनका पर्दाहरुसम्म पुरै नाइजरको गरीवी छाएको छ।हरेक च्यानलका प्रतिनिधिहरुले नाइजरसम्मै पुगेर त्यँहाको वास्तविक चित्र उतारेकाछन्।अभाव,असुविधा र असहयोगले जर्जर नाइजरका प्रसारणहरुले लाखौ बेलायतीहरुको मन जितेर करोढौ पाउण्डको सहयोग जुटेको छ।बेलायतीहरुले खाने एक प्याकेट चुरोटको पैसाले नाइजरका १० जना बालबलिकाहरुको जीवन बच्दछ अकालम्रितुबाट।धेरै धन हुनेहरुको मन नहुने द्रिस्टान्त सुनेका हामीहरुलाई यो सहयोग एउटा पाठ हुने छ।
आफूले जुलाइ ७ को इस्लामीक आतङ्ककारी बम प्रहारको न्रिसँस पीडा भोगेरैपनि भुकमरीमा डुबिरहेको इस्लामीक राष्ट नाइजर र त्यसवरपरका अन्य छिमेकी राष्टहरुका प्रति आफ्नो मानवीय धर्म निर्वाह गरिरहे छ बिर्सिएर सबै पूर्वाग्रहरु।यधपि नाइजरको यो दुर्दशा कुनै आतङ्ककारी कार्य,कुनै धार्मिक विभेदले नभएर बिशुद्ध मानवीय भुकमरी र अनिकालले निम्त्याएको कुरामा कसैको दुई मत छैन। मात्र पिउने पानीकालागि कोसौ धाउनु पर्ने, हप्तौ कुर्नु पर्ने बाद्यता हो नाइजरबासिको।पानीका मुहानहरु सुकेकाछन् बर्षौदेखि पानी नपर्नाले।बातावरणीय असन्तुलन,बन जङ्गलको जथाभावी फडानी,अति जनसँख्या र दूर द्रिष्टिको कमीले उनीहरु दरिद्र भएकाछन्।अशिछ्या ब्याप्त छ देशैभरि।“भगवान हामीसँग रिसाए, हामीहरुले उनलाई रिसाउने बनायौ र यो सजाँय भोगिरहेका छौ।’’भुकमरीकाबीचबाट नाइजरबासीहरुले व्यक्त गर्ने प्रतिक्रिया हुन् यी।

सँयुक्त राष्ट सँघ,अक्सफाम,रेडक्रस जस्ता दर्जनौ सँघसँस्थाहरु राहतका प्याकेजहरु बोकेर पुग्दै गरेपनि नाइजरको गरीवीले पूर्णरूपमा निकास पाउन गार्हो छ।ती सबै चीज अझै अपूर्ण र ढिला भएकाछन्। पुगेका कति सरसामान बास्तबिक भुकमरिकोमा नपुग्दै बाटैमा भ्रष्टहरुको गोदाममा पुग्ने यथार्थता आफ्नै ठाउँमा छदै छ। बिचरा भुकमरिहरु भने खुला आकासमुनी गोलबद्ध भएर प्रार्थना गरिरहनेछन् जवसम्म तिनीहरुको आवाज हिड्न नसक्ने गरि कमजोर बन्ने छ अथवा सहयोगकालागि रुन नसक्ने अवस्थासम्म पुग्ने छ। तथापि हामी सबैले कामाना गरौ नाइजरका भुकमरीहरुले मुक्ति पाउन् तन्नम गरीवीबाट।



हाल: बेलायत

Friday, January 21, 2011

बेलायती बजारमा चाइनिज सामानको प्रभुत्तो






रामहरि पौड्याल
भरतपुर १२/१९३ चितवन
बेलायत बिश्वको नाम चलेको शक्तिशाली राष्ट्र। प्रजातन्त्र र सोतन्त्रताको जननी देश। खुला ‌अर्थतन्त्र, मानव अधिकार सम्पन्न सम्युक्त अधिराज्यको मुद्रा पाउण्ड सँसारका महङ्गो मुद्रामा पर्दछ । ।बेलायतीहरूको जीवनस्तर अति नै उच्च मानिन्छ।उनीहरूको प्रतिवेक्ति आय २९,६०० डलर छ।

चीन जनसङख्याको हिसाबले सबैभन्दा ठूलो देश। बिश्वका पाँच भागको एक भाग सिङ्गै चीनले ओगटेको छ। एक अरब तीस करोडको बिशाल जनसङ्ख्या र तिनले प्रयोग गर्ने सरसामानको प्रतिसतले सिङ्गो चीनको अर्थतन्रलाई सँकेत गर्दछ।राजनैतिक हिसाबले कम्युनिष्ट राष्टका रूपमा बिश्वकै लगभग समाप्त प्राय ब्यवस्थाको प्रतिनिधित्तो गर्ने यस देशले सन् १९९० पछिको दशकमा धेरै फड्को मारेको देखिन्छ। के यो फड्को कम्युनिष्ट ब्यवस्थाकै प़तिफल हो या दुनियाँमा प्रचलित मुल्य र मान्यतासम्मत खुला अर्थतन्र र उदारबादतर्फको चीनको उन्मुखीकरण? यधपि राजनैतिक विश्लेषण मेरो सानो लेखको अभिष्ट होइन। छोटो समयमा छिमेकी देशले बिश्वका महाशक्ति राष्टहनरुमा आफ्नो उत्पादनको बजार कसरी बढाइरहेछ, कसरी बिश्ब पुँजि चीनतर्फ लागानिका लागि लम्किरहेछ भन्ने जानाकारि गराउनु मात्रै हो। चीनका सुधारवादी नेता देंग सियावोपिंगको बिशेष आर्थिक क्षेत्र Special Economic Zone (SEZ) का रुपमा सन १९७९ मा स्थपना भएको उक्त औधोगिक कार्यक्रम पुजिबाद तर्फको कम्युनिस्ट चीनको ठूलो फड्को थियो । आज ३०/३२ बर्षमा सान्जेन् संसारकै आर्थिक पावोर हाउसको रुपमा विश्वकै उत्पादनको प्रमुख केन्द्र बनेर रहेको छ ।
तात्कालीक रुपमा बेलायतको अधिनमा रहेको पुजिवादी शैलिको बिशाल हङ्कङ्गको नजिकै दछिणि भागमा रहेको सेन्जेन शहर चीनकै द़ुतत्तर गतिमा लाम्किरहेको उत्पादन केन्द़ हो। सँसारमै छिटो छिटो विकाश र आधुनिकीकरण तर्फ लम्किरहेको सेन्जेनमा उत्पादित विभिन्न सामानहरुले एतिखेर बेलायती बजारहरु र तिनका ठुलाठुला सपिङ्ग मलहरु भरिएकाछन् ‘मेड इन चाइना’ का छापहरुले। सेन्जेनको एउटै कम्पनीले एक वर्षमा तीस करोड टाई उत्पादन गर्दछ। अर्को कम्पनीका २८० उत्पादन लाइनहरुमा सँसारकै सात भागको एक भाग जुत्ता मोजाको उत्पादन हुन्छ। गत वर्ष बिक्रि भएका सबै घडिहरुको आधा हिस्सा सिँगो सेन्जेन शहरको उत्पादन थियो। सँसार भरिको खेलउना व्यबशायको नब्बे प्रतिसत, डिभिडी व्यबशायको साठी प्रतिसत, माइक्रोवोइभ उत्पादनको ४० प्रतिसत, टीभी ३० प्रतिसत ,वासिङ मेशिन २५ प्रतिसत उत्पादन चीनले गर्दछ। हरेक बर्ष पचास लाख मोवाइल फोन चाइनिजहरुले किन्ने गर्छन्।चाइनिज अर्थतन्र अमेरिकी भन्दा तीन गुणाले बढिरहेको छ। यस्ले सँसारको ४० प्रतिसत कँक़िट,२५ प्रतिसत स्टिल प़योग गर्दछ। दुईसयवटा एअरपोर्ट र धेरै पावर स्टेसनहरुको निर्माण कार्य दिनानुदेन भइरहेको तथ्यले चीनको बढ्दो सुन्दर भबिष्य देखाइरहेछ।


बेलायतका मार्क एण्ड स्पेन्सर, वि एच एस, टेस्को, आस्दा, मदर केयर, नेक्स्ट जस्ता नाम चलेका सपिङ्ग मल र डिपार्टमेन्ट स्टोरहरुमा प्रयोग हुने सस्ता कपढा, जुत्ता, क्यामेरा, भिडियो लगायतका सामानहरु सबै चीनमा उत्पादन हुने गर्छन्। बेलायतका पाँचसय भन्दा बढी कम्पनीहरुको लगानी सेन्जेन शहरवरिपरि रहेको छ। चीनको सस्तो श्रमबजारले दुनियाँका पुँजिपतिहरुलाई लगानिको ढोका खोलिदिएको छ। त्यसैले त १६ करोड चाइनिजहरु उत्पादन कार्यमा जुटेकाछन् बिभिन्न बहुराष्टिय कम्पनीहरुमा।सन् २०१२ सम्ममा चीनसँगको बेलायती ब्यपार २१.७ विलियन पाउण्ड पुग्ने पूर्वानुमानले बेलायती बजारमा चाइनिज सामानको प्रभुत्तो देखाउँदैन र?


चाइनाको यस्तै रफ्तारको उत्पादन र विकासक़म रोकिएन भने यस्ले बेलायतलाई माथ गरेर सँसारको चौथो ठूलो धनी राष्ट हुने छ छिट्टै नै। सन् २०३० सम्ममा चाइनाले अमेरिकीहरूलाई चुनौती दिने भबिश्यबाणी गरिएको छ। चाइनिज सामानहरुको बजार बेलायतमा मात्र नभएर विश्वभरिनै फैलिएको छ अन्तराष्टिय जालोको रुपमा।हरेक देशलाई सस्तो सामान पस्किएर चाइनाले गुन लगाएको छ। यो लेख पढिरहँदा तँपाइले लाउनु भएको कुनै एक चिज अवश्य चाइनामै बनेको हुनु पर्छ।

३०/३२ बर्ष अघि सेन्जेन सुतिरहेको गरीवीले भरिएको माछा मार्ने गाऊँ थियो। मावोकालीन कामदारहरु साइकल चढेर धानखेतका आली हुँदै कम्युन फार्महरुमा काम गर्न जान्थे। आज सेन्जेन आधुनिक चाइनाको मुटुको टुक्रा भएको छ। सँसारको कार्यशालाको रूपमा एक करोढ मान्छेहरुको आत्मा बनेको छ। व्यस्त सँसारका अन्यान्न शहरहरुझै सान्जेन चुनौतिका रुपमा ठडिएको छ न्यूयोर्क, टोकियो र लन्डन जत्रै र जस्तै बन्ने होडमा।

सेन्जेन मात्र नभएर चाइनाका सवै शहरहरुको स्वरुप बदलिएको छ। हिजो सम्म बाइसाइकलको शहर भनेर चिनिने ठाऊँ आज बिएम डब्लुको शहरमा बदलिइरहेको छ। माओ सुट गुस्सि सुटमा बदलिएको छ। धान खेतहरु ठूला ठूला कारखानाहरुले भरिएका छन्। शहर व्यस्त र व्यग्र रुपमा बिकसित भइरहेछ पर पर सम्म आखाँले नभ्याउन्जेल।


चीन दिनानुदिन विकाश र उन्नतितिर लम्किरहेपनि अति जनसंख्याका कारण अझैपनि पश्चिमा देशहरुको तुलानामा पुग्न गार्हो पर्दैछ। शहरहरुको अलावा गाऊँहरुको स्थिति सुखद् छैन्। गरीवी व्याप्त छ गाऊँभरि। तीस करोड गाऊँलेहरु कामबाट बन्चित छन्। आगामी १५ बर्ष सम्ममा तिनीहरु शहर पस्ने छन् राम्रो कामको खोजिमा। अझैपनि चाइनिजहरुको ठुलै हिस्सा बेलायत,अमेरिका,जापान,अष्टेर्लिया तिर कामको खोजिमा धाउने क्रम जारिनै छ।




सारँसमा नेपालका दुई छिमेकी राष्ट चीन र भारत दुबैको जनसँख्या दुई अरब भन्दा बढी रहेको र दुवैले आर्थिक उन्नतितिर आफूलाई उस्साहितरुपमा धकेलिरहेको बर्तमान परिस्थितिका सामु हामीले सिक्नु पर्ने पाठ के? देशका राजनेताहरुलाई चेतना भया ! हमिसबैले कामना गरौ सरकारविहीनताको चाडै अन्तहोस् कम्तिमा थपिएको समयसिमा भित्रै संबिधान बनोस् । जलस्रोतको मात्र बिकाश गर्न सके नेपाल आफ्ना उदाउदा दुई छिमेकीहरुलाई बिजुली बेचेरै बिकासको गतिमा लम्किने थियो ।



-हाल: संयुक्त अधिराज्य बेलायत














Sunday, January 16, 2011

बर्माको बिपति




बर्माको बिपति

रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

सुन्दर मानब सँसारमा कहिलेकाहि अकल्पनीय घटनाहरू घटिदिन्छन। हेर्दाहेर्दै एउटा रमाइलो दुनिया नारकीय समसानमा बदलिन्छ। मानछेका झुटा अहंकारहरू, बिज्ञानका चमत्कारहरू नीरिह बनिदिन्छन यस्ता घटनाका सामू। इतिहासको कालखन्डमा तेस्ता धेरै तीता सत्यहरूले मान्छेको मन रूबाएको छ। तीनका बस्तिहरू उजाडेकोछ। चाहे त्यो सुनामीको नाममा होस्, या कार्टिना चाहे भर्खरैको चक्रबर्ती नरगिस।




पर्किती बलबती छ। क्षणभरमा बिपत निम्त्याउन। हराभरा प्रक्रितीलाई किन यतिबिग्न रीस उठ्छ? दुनिया उजाडने गरि आज मान्छेले सोच्नुपर्ने गम्नुपर्ने बेलाभइसकेको छ। प्राक्रितीक प्रकोप सानो ठूलो सबैले भोगेकै कुरा हो। जब यस्ले बस्तीका बस्ती सखाप पार्छ हजारौ मान्छेको जीवनलीला समाप्त गर्दछ त्यतिखेर अन्तराष्टिय रूपमा मानवीय सदभाब सहयोगको खाँचो पर्दछ।

राजनीतीक रूपमा सैनीक तानासाहीको बिपती सहिरहेका बर्मेली जन्ताहरू यतिखेर प्राक्रितीक विपत्तीको अर्को चपेटामा परेकाछन नराम्रोसँग। एसियाको सानो राष्ट बर्मा यानी म्यान्मारमा गत ३ मे 2008 मा १९० किमी प्रतिघन्टाको दरले आएको चक्रबर्ती नरगिसले ल्याएको सामुन्द्रिक तूफानले गाउ र शहरहरूनै बडार्यो। यो सँसारकै अहिलेसम्मको डरलाग्दो तूफान हो। जसबाट मर्नेहरूको सँख्या ५०,००० पुगेको बताइन्छ।
हजारौको संख्यामा हराइरहेकाहरूको कुनै लेखाजोखा छैन। स्थानीय संचार माध्यमहरूले जनाए अनुसार बोगाले, लापुतामा धेरै बिनास भएकोछ।शहर पूरै चिहानमा परिणत भएझै लाग्दछ। यातायात, बिजुली, संचार र खानेपानी सबै क्षतबिक्षत भएकोछ। ढलेका रूखहरू, उडाएका छानाहरू, भत्केका घरहरूको वीचबाट देखिने बिभत्स द्रिस्यले बर्मेलीहरूलाई दनियाभरिको सहानुभूती प्राप्तछ। लाखौ मान्छेहरू घरबारविहीन भएकाछन्। खानेपानी, औसधीमूलो र खानाको अभाव टडकारो छ।

वाडिले डुबाएका क्षेत्रमा हैजा, मलेरिया र टाइफाइड जस्ता रोगको संक्रमण बडने देखिन्छ। लाखौका संख्यामा राहातका सामाग्रि पर्खेर बसेका नीरीह मान्छेहरूका भीडकासामू बर्मेली सैनिक सरकार लाचार छाया भइरहेछ। देशले भोगेको यस्तो दूखद् बिपत्ती भन्दा पनि उसलाई जनमतबाट अनुमोदित हुने हतारो देखिन्छ।
अति प्रभाबित इराबदी क्षेत्र लापूताका ७५% घरहरू धोस्त भएकाछन्। बाकिका छानाहरू उडाएकोछ।
पूरै क्षेत्र जलमग्न देखिन्छ। आँधिबेहरिको यो प्रभाबले खाध्यान्नको मूल्यलाई आकासेकोछ।
यधपि आँधिल्याएको पूर्ण बिवरण आइपुग्न अझै कैयौ दिन लाग्न सक्छ।
बर्माको विपत्तीप्रति सँयुक्त राष्ट्रसँघका महासचिव बानकी मूनले दूख ब्यक्त गर्दै १८ करोढ ७० लाखको सहयोगको अपील गर्दै यो जारि रहने बताउनु भयो। अमेरिका, यूरोपीय संघ, बेलायत, जापान, भारत, थाइलेन्ड लगायतका राष्ट्रहरूले सहायताहरू पठाउने क्रम जारिछ। बिश्व खाध्य संगठनले बर्मेली सरकारसंग राहत बाडने कुरामा बिवाद पछिपनि यो क्रमलाई निरन्तरता दिइरहने जनाएकोछ।
रेडक्रस, अक्सफाम, सेभ दि चिल्द्रेन जस्ता मानबीय संस्थाहरू ''बर्मसाइक्लोन अपील'' का रूपमा लागिपरेकाछन्। बर्माको राजनीतिक संग असन्तुष्ट अन्तराष्ट्रिय समुदाय ती कुराहरूलाई बिर्सेर सहयोग, सद्भभाबको मानबीय सेबामा आतुर देखिन्छन्। तथापि बर्माका सैनिक जनरलहरू बिदेशीहरूलाई प्रबेशाज्ञा भिसामा ढिलाइ, राहातको बितरणमा किचलो थापेर सबैकासामूबाट गिरिरहेकाछन्। बिदेशीहरूलाई रिपोटिङ्ग गर्न नदिएर घटनालाई लुकाउन खोज्नुले बर्मेली जुन्ताको बास्तबिक मनोदशालाई प्रस्ट्याउदैन र? देश पूरै महाप्रकोपमा रोइरहदा समेत बेबास्ता गरेर कथित चुनाब सम्पन्न गर्नुले उनीहरूको कुत्सित
चाल देखिन्छ।
हामी सबैले कामाना गरौ बर्मेली जन्ताको यो दूख हामीसबैको हो। अन्तराष्ट्रिय रुपमा आएको
सबै राहत सामानहरू सहयोगहरू यथासिघ्र पीडित,प्रताडीत समूदायसम्म पुगोस्। माहामारीजन्य संक्रमणमा फेरि अरू थपले ज्यान गुमाउन नपरोस्।घरबारबिहीनहरूलाई यथोचित पूनर्वासको ब्यवस्था होस्।

संसारमा आइरहने यसप्रकारका दैबीप्रकोपबाट बच्न बचाउन र घटनापछिको डिज्यास्टर म्यानेजमेन्टमा सम्बन्धित राष्ट्रले समयमै यथोचित ध्यान पुर्याउनु पर्ने देखिन्छ। मौसम सम्बन्धि पूर्ब जानकारी पूर्व सचेतता, पूर्व सावधानी र पूर्व तयारीका चुस्त शैलीहरूलाई व्यबस्थित पार्न सके यसरी ठूलो संख्यामा हुने धन जनको क्षतिलाई कम गर्न सकिदो हो।


सम्प्रति : संयुक्त अधिराज्य बेलायत




Tuesday, January 11, 2011

ट्रनक्वीलिटीकी हजुरआमा



ट्रनक्वीलिटीकी हजुरआमा
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
‘’आयो टप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो l
भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो l
इन्द्रै बिन्ति गरुन झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो l
खाता हेरी दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो l’’

काल महिमाका यी तीता सत्यहरु हरेक जीवित मान्छेका बस्तीहरुमा ढिलो चाडो भोग्नु पर्ने यथार्थहरु हुन् l जीवनको क्षणभंगुरता मानवीय सत्य हो सबैले एकचोटी भोग्नै पर्ने l मानव शरीर नासवान छ तथापि उसका भावनाहरु, उसका सुकर्महरु, उसले परिवार र समाजलाई गरेका कार्यहरुका मुल्यांकनका आधारमा जसकसैको पनि मृत्युपरन्त गरिने सम्झनाको आयतन निर्धारण हुने गर्दछ l
भावनाका तरेलिहेरू मनभरि तँछाडमछाड गरि रहेका छन् l कहाँबाट सुरु गरु परमादरणीय हजुरआमा श्रीमती फूलमाया पाहारीका ममतामयी यादहरु ? आदरणीय मावालिबुवा हेमराज पाहारिका सम्झनाहरु ?? नेपालको स्विटजरलेन्डका रुपमा चिनिएको पोखरा र तेस्कोपनी मुटू बैदाम लेकसाइड फेवातालको किनारैमा अबस्थित ट्रनक्वीलिटी लज l हो ! बिदेशी पाहुनाहरुकालागि फूलै फूल र हरियाली रमणीयताले भरिएको त्यो स्वर्ग जस्तै लाग्ने माछापुच्छ्रेको छाया टल्कने पाहुना घर हाम्रो परिवारकालागि प्यारो मामा घरका रुपमा सदीयों देखि रहेको छ l ट्रनक्वीलिटी मात्र होइन; पूरै बेसारे टोल मावली गाऊ र सबै पहारीहरु मेरा बुवा र काकाहरुका आदरणीय मावालिहरु हुनु हुन्छ l

मेरी हजुरआमा (बुवाकी माइजु) नामजस्तै सुकोमल फूल हुनुहुन्थ्यो दया र ममताकी खानी हुनुहुन्थ्यो l सधै सफा चिटिक्क रहनु पर्ने मसिनो बोलिकी, दिनहुँ पूजा आजामा, भगवान भक्तिमा आफूलाई लगाई रहने उहाँ साक्षात देवीजस्तै हुनु हुन्थ्यो l हाम्रा बुवा काकाहरुकी उहाँ सम्मान र आदरकी महान पात्र हुनुहुन्थ्यो l हाम्रो समस्त परिवारको साँचो सुभचिन्तक र संरक्षक हुनुहुन्थ्यो l हाम्रो परिवार हजुरबुवाको अल्पायुमै स्वर्गारोहणको दुखद् त्रासदीसंगै पारिवारिक पैराले थिचिएका बेला प्राकृतिक पैराले पनि उठिबास लगाए पछि मावालिका शरणमा पर्नु परेको थियो l केहि बर्ष हाम्रो परिवार चितवन नझरुन्जेल बैदाममा नै बसेको थियो मवालिहरुको न्यानो अभिबावकत्वोमा l चितवन र पोखराको भौगोलिक दूरी ती दुई परिवारकालागि सामान्य रह्यो र त हरेक शूभ कार्यहरुमा एक आपसको उपस्स्थिति अनिबार्य रहिरह्यो l
तेतिखेर म बच्चो र कच्चो थिए जतिखेर बैदामकी हजुरआमा चितवन आउनु भएको थियो l मेरी हजुरआमाले चितवनमा सप्ताह महायज्ञ लगाउनु भएको थियो l त्यस महायज्ञलाई सुसंचालन गर्नु भएको थियो स्व. पण्डित गंगाधर पराजुली (शास्त्री) ले l ती सबै कुरा मेरो बालस्मृतिमा रहेनन; मलाई तेतिखेर संगै आउनुभएकी ठुल्दिदी तुलशी दिदी र महेन्द्र भानदाईको सम्झना आउछ l
म स्कुले ठिटो थिए जुनबेला हेमराज मावालिबुवाले अमेरिकाका बर्णनिय चिठीहरु मेरा सानुबुवा हरिराज पौड्याललाई बालकुमारी स्कुलमा पठाउनु हुन्थ्यो l ती चिठी हेरुको मुक्त कण्ठले गरिएका प्रसंशाले हाम्रो परिवारभित्र एउटा प्रेरणाको काम गर्थ्यो l मेरो किशोरबयमा ती घटनाहरुले एउटा जादुगरीय प्रभाव पारी रह्यो l हेमराज पाहारी, इन्जिनियरहरु श्रीराम पाहारी, रामजी पाहारी, नारायण पाहारी, कृष्णजी पाहारी, भरत पाहारी, अच्युतराज पाहारी, विश्वबन्धु पाहारी, डण्डराज पाहारी, शंकर पाहारीका रोमान्चक देस / विदेशका सफल कथाहेरु हाम्रो परिवार भित्र एउटा नमूना उदाहरणकारुपमा बुवा काकाहरूले सदै मुक्त कण्ठले गाइ रहनु भयो l आफ्ना परिवार भित्रका यस्ता हुनहार उदारहरणीय ब्यक्तिहरुले म जस्ता ससाना भुराहरुलाई पार्ने तीव्र प्रभावको छुट्टै महत्तो हुदो रहेछ l हेमराज पाहारीको अमेरिकी बर्णन , नारायण पाहारीको जर्मन बर्णन, श्रीराम पाहरिका रुसको छात्रवृति तेतिखेर चर्चाका शिखर बिषयहरु थिए l पढेर राम्रो इन्जिनियर बन्नु पर्छ श्रीराम पाहारी जस्तै, रामजी पाहारी जस्तै l हामीलाई सधै बुवा काकाहरूले दिने अर्ति थियो योl परिवार भित्रका यस्ता अनुकरणीय प्रभाव हामीजस्ता किशोरबयकाहरुकालागि अजस्र प्रेरणाका स्रोतहरु थिए l

एस.एल.सि. पास गरेपछि संजोगले म पोखरा पुगे l पोखराको लामाचौरमा बनेको पश्चिमान्चल इन्जिनियरिंग क्याम्पसमा नामांकनको लागि l बि.सं. २०४४ मा पहिलो ब्याचको रुपमा मैले भर्ना पाउन प्रतिक्षा सुचीको लामो पर्खाई बैदाममै बसेर गर्नु परेको थियो l तेहि समय थियो मलाई प्यारी हजुरआमाको सानिध्य प्राप्त गर्ने l हेमराज मावालिबुवा अमेरिकामा, शंकर अंकल र महेन्द्र दाई काठमान्डूमा हुनुहुन्थ्यो अध्ययनका क्रममा l सारा ट्रनकिलीटिको जिम्मा हजुरआमा र ठुल्दिदीले गर्नु हुन्थ्यो l राजु खत्री भाइ सानु फुच्चे थियो हजुरआमालाई सघाउथ्यो l ह्जुरामाका आसिर्बाद्लेनै मेरो नाम निस्कियो इलेक्ट्रीकलमा दोश्रो तेस्रो लिस्टको प्रतिक्षा पछि l म खुसीले दङ्ग थिए त्यसबेला पोखरामा पढ्न पाउने सौभाग्य l हो ! पोखरा बसाइका मेरा तीन साढे तीन बर्षहरु पश्चिमान्चल क्याम्पसको अध्ययन, होस्टेलको बसाइ, प्राय सप्तान्तमा हजुरआमालाई भेट्न बैदामतिर जाने गर्दै बिते l हरेक पटक हजुरआमालाई भेट्न जांदा उहाँले मलाई कहिलै खाली हात फर्काउनु भएन क्याम्पस फर्किदा l लौ बाबु ट्याक्सी चडेर गएस् भन्दै बीस/ पचास/ सय रुपैया हातमा राखी दिनु हुन्थ्यो l मेरा क्याम्पसका हरेक गतिबिधिका बारेमा चाख मानेर सोध्नुहुन्थ्यो l होस्टेल/ मेश के के खान दिन्छ कस्तो दिन्छ सबै बेली विस्तार हजुरआमा र तुलशी दिदी लाई लाउनु पर्थ्यो l खर्च छकी छैन बाबु ? भन्नुहुन्थ्यो l ‘’ ए शंकर रामुलाई मोटर भाडा दे भन्नुहुन्थ्यो चितवन फर्किदा l’’ हजुरआमाले गरेका ती मायाका उदाहरणहरु आज लिपिबद्ध गर्नु पर्दा मलाई ममताकी खानी उहाको सम्झनामा नतमस्तक बन्न मन लाग्छ l एउटा ठूलो रिक्तताको महसुस हुन्छ l सम्झनामा आखाहरु रसाउछन अनायासै उहालाई सम्जेर l
बैदामबाट क्याम्पस फर्केका दिन मेरो फुर्ती अर्कै हुन्थ्यो l हजुरआमाले ट्याक्सी चड्न दिएको रुपैया लामाचौर सम्मकै तात्कालिक नगर बस चढेर बचाएको रकम खाम सहित आफ्ना साथीभाईहरुलाई देखाऊथे l अनि सबैले भन्ने गर्थे ‘’आज चियाको पैसा रामहरिले तिर्छ यो ट्रनक्वीलिटीकी ह्जुरामाकोमा गएर आको छ l’’ तेसो त धनगडी,बजांग, बाजुरा, देखि रौतहट, धनुषा र झापा सम्मका मेरा सबै साथीहरुका पोखरामा कहाँ पाएर मेरी जस्ती माया गर्ने हजुरआमा हुनु? दशैँ तिहारको महान चाहाडमा समेत प्लेनको टिकट पाईएन भनेर होस्टलमै बस्न बाध्य मेरा दुर्गमतिरका सहपाठीहरु मैले देखेको थिए l
मेरो पढाई सुरु भएकै लगत्तै महेन्द्र बराल भानिज दाई लाई हामीले ट्रनक्वीलिटीबाटै बिदायी गर्यो तात्कालिक सोभियत रुशको सरकारी छात्रवृत्तिमा इन्जिनियर बन्ने सौभाग्यका साथ l माला लगाएर गरेको बिदायीको त्यो क्षण मेरालागि पनि तेस्तै इन्जिनियर बन्न संकल्प गर्नु पर्ने क्षण थियो l समयले आफ्नो बाटो कोर्दै रह्यो क्रमस मेरो पढाई सकियो तीन बर्से इन्जिनियरिंग डिप्लोमाको मैले कुनै तेस्तो चमत्कार देखाउन सकिन पढाईमा नेपालमा बि.इ खुलिसकेको थिएन इलेक्ट्रिकलमा मैले एकपटक सोभियत रूसमा निजि खर्चमा पढ्न जान सकिन्छकी भनेर परिवारभित्र चर्चा चलाए तर सफल भईन सहयोग जुटाउन l सहयोग हैन एक किसिमको अपमान र हीनताबोध सबै सबै सहदै जागिर खान थाले l चितवनकै जनरल फुड इन्डस्ट्रिजको यम यम चाउ चाउ बाट सुरु भएको मेरो नेपालको जागिरे यात्रा उदयपुरको सिमेन्ट उद्योगमा पुगेर टुंगियो l उदयपुरबाट जापान तालिममा जान पाउने सानो सौभाग्यको भरेंग चढेर टोकियो छिरेको मलाई तेसपछी नेपाल बस्नु परेन l यसै प्रसंगमा तालिमका क्रममा मैले ओसाकामा रहनु भएका दाई दिपेन्द्र पहरीलाई भेटेको क्षण परदेशी भूमिमा आफन्त भेट्दा हुने मजा त्यो पनि सन १९९४ तिर



जापानका मेरा ५ बर्षहरुमा मलाई हेमराज मावालिबुवाले दुई पटक चिठी लेख्नु भयो l मैले दुई पटकै उहाका अनुरोधहरुलाई स्विकरेकोमा खुसी लागेको छ l पहिलो चिठी उहालाई दुख दिई रहने बढ्दो रक्तचाप नाप्न डिजिटल रक्तचाप नियन्त्रक यन्त्र पठाइदिने र दोश्रो उहाको चिवा निवासी पुराना जापानी मित्र ....लाई तिरिदिनु पर्ने सानो जापानी पैसाको बारेमा l म कति दंग भए हेमराज मावालिबुवाले मलाई सम्जेर चिठी लेख्नु भएकोमा l मैले उहाको अनुरोध स्वीकारे पनि उहाले मलाई सल्लाह दिनु भएको ओहायो गोजैमास (जापानी भाषामा सुभ प्रभात) भन्ने बुहारी टक्र्याउन सकिन मलाई माफ गर्नुहोला मावालिबुवा दुई दसक बिदेस बसेको मैले मेरा बुवा आमाले रोजिदिनु भएकी सबैलाई नेपाली नमस्कार टक्र्याउने नेपालमै पढेकी आर्किटेक प्रेजालाई नै आफ्नी जीवनसंगिनी रोजे l दुनियाको जहाँ रहेपनि यों मन त नेपाली हो आखिर भोलि पुग्ने अन्तिम ठाउँ एउटै हो हामी सबैको l मेरा विचारहरु आफ्नों रूट कहिलेइ बिर्सीनु हुदैन जहासुकै पुगे पनि भन्ने छ l बिदेस हाम्रो बाध्यता हो देसका नेताहरुको अकर्मण्यताले सिर्जित l विदेश गएपनि धेरै नबसि त्यहाँ सिकेको सीप र ज्ञानलाई नेपाली धर्तीमै लगाउनु पर्छ l आम नेपालीले लाए खाए झैँ स्वदेशमै रमाउने बिचारका साथ अमेरिकाको ग्रिनकार्ड छाडेर फर्किने बहुत थोरै नेपालीमा पर्नु हुने हेमराज पाहारी अन्तत आफ्नै थात थलोमा पटक पटक मोटर साइकल दुर्घटनामा पर्नु भयो र तेहि दुर्घटनाले उहालाई हामीहरुबाट सदाकालागि लिएर गयो l हो ! सन १९९९ मा पहिलो मोटरसाइकल दुर्घटनामा पर्नु हुदा म जापानबाट फर्केको थिए l

हेमराज मावालिबुवा र रीता आन्टी बि.एण्ड. बि. हस्पिटलको छेउमै मेरा दिदी भिनाजुसंगै एउटै घरमा बस्नु हुन्थ्यो आफ्नो भाँचिएको हातको फिजियो थेरापी गराउदै l मैले तेहि बेला हो उहालाई राम्रो संग देख्ने बोल्ने मौका पाएको नत्र हामी जस्ता फुच्चेहरुको पउच पुग्न गार्हो हुन्थ्यो उहासंग सोझो कुरा गर्न l मेरो फिलिपिन्सको बिदायिकोलागि एरपोर्ट सम्मै आएर रीता आन्टी र हेमराज अंकलले दिएको फूलको गुच्छारुपी सुभासिर्वादसंगै म मनिला उडेको थिएँ l बिदेशी ब्यस्ततामा कहिलेकाही मनभरि चाहेर पनि सम्पर्क गर्न सकिदैन l प्यारी हजुरआमा र हेमराज अंकललाई मैले तेसपछी २००३मा भेट्छु बिष्णु दाइ र मेरो आफ्नै बिहेको क्रममा l पोखराको मेरो त्यो फर्काई १९९१ पछिको पहिलो बन्छ l १२ बर्ष भएछ मैले पोखरा नटेकेको l तेस्को ४/५ मैनापछी म पुनः पोखरा जान्छु नबबिबाहित श्रीमती प्रेजाका साथ l तेतिखेर हेमराज मावालिबुवाले बेलुका आफ्नो पुराना यादगारहरुको संग्रह स्लाइड फोटाहरु देखाउनुहुन्छ l हामी दंग परछौ पुराना पुराना फोटोहरु, अमेरिकतिराका यादहरु l त्यो स्लाइड उहाले चितवनमा पनि देखाउनुभएको थियो हाम्रो सम्पूर्ण परिवारलाई त्यो क्षणको रमाइलो पारिवारिक जमघट अब एउटा इतिहास बनेर रहेको छ हामी सबै पौड्याल पाहारी परिवारमा l हेमराज अंकल बिहान कतै हिड्नु भएछ हामीले आन्टी र हजुरआमाले पकाएको मीठो खाना खाईवरी फोटो खिचेर काठमान्डौ तिर लाग्यियो l तेसपछी हामी बेलायत आयेऊ बीचमा नेपालजादा पोखरा जना पाईएन l तेसपछी त बुवा आमा बेलायत घुम्न आएका बखत प्यारी हजुरआमाले हामी सबैलाई छाडेर जानु भएको खबर सुनेर नरमाइलो मानेउ l तेसपछी बुवा आमा पनि नेपाल फर्किन हतार गर्नु भो l चित्त बुजाइयो हजुरआमाले दीर्घ जीवन जिउनु भो ८८ बर्षको l

हेमराज मावालिबुवालाई नभेटेपनि नेपाल गएका बेला उहाले लेख्नु भएको नियात्रा संग्रह ‘’ उत्तरी गोलार्धको एक फन्को ‘’ पढ्ने सुयोग मिल्यो l अमेरिकाका बारेमा बुज्ने युरोपका बारेमा जान्ने मौका पाइयो l सरल भाषामा लेखिएको त्यो बहुमुल्य नियात्रा नै अब हाम्रा आगाडी हेमराज पहारीलाई सम्ज्ने एउतामात्रै अमर अजर किर्ति भएको छ; जसलाई दुनियाका कुनै मोटरसाइकलले धकेलेर समाप्त पार्न सक्ने छैन l ठोक्न र टोक्न सक्ने छैन l तिनै किर्तिका सुबाशनै उहाका साचा सन्तानहरु हुन् कहिलेइ नमर्ने l उहाका अन्य प्रकासित देशको अभिभारा-कविता संग्रह र अपर्कासित कैयेऊ रचनाहरु,संग्रह गरिएका बहुमूल्य स्लाइडहेरु, ऐतिहासिक खोज र अनुसन्धानात्मक बस्तुहरु नेपाली साहित्य भण्डारकालागि बहुमुल्य खजनाकारुप्मा रहिरहनेछन परापुर्बकालसम्म l

हेमराज पाहारी विद्यार्थी कालदेखिनै एउटा हुनाहार प्रतिवाशाली हुनुहुन्थ्यो l तेसबेलाको जमानामा एस.एल.सि.मा प्रथम श्रेणी ल्याउने उहाका सहपाठीहरु कोहि इन्जिनियर , कोहि ठूलाठूला पदमा पुगेको प्रसंग उहाको किताबबाट मात्र होइन हाम्रो परिवार भित्र सदै चल्ने बिषय हो l आफ्ना मान्छेका बारेमा आफ्नै प्रतिक्रिया अतिसयोक्तिपूर्ण नमानियोस भन्दै म उहा मल्टि पर्पोज हाई स्कुल,पोखरा,टुडिखेलका शिक्षक् हेमराज पहारी हुदाको सम्झना उहाकै हाइस्कुलका भुतपुर्ब बिद्यार्थी महेन्द्र श्रेष्ठ (भाइ सरुभक्त) का विचारहरु सम्प्रेषित गर्न चाहन्छु l महेन्द्र श्रेष्ठ संग मेरो चिनजान दिदी उषा राना मार्फत जापानको गुन्माकेनमा रहेको मायाबाशीमा हुन्छ l उहाले जापानबाट दुइवटा साहित्तिक पत्रिका सगरमाथा र मुलुक बाहिर प्रकाशन गर्नेक्रममा मैले पनि दुइवटा आर्टिकल दिएर मद्धत गरेको थिए उक्त पत्रिकाहरुमा l हो तेतिनै बेला मैले पोखरा फर्किने बेलामा महेन्द्र दाईलाई मेरो एउटा अंकल हेमराज पाहरिलाई रक्तचाप यन्त्र पठाउनु छ मात्र के भनेको थिए अनि सुरु भो हेमराज सरको बर्णन: “ ओहो ! हेमराज सर रामुको अंकल हो l उहाले बिज्ञान पडाउदा हामीलाई अन्तरिक्षमै पुराहुनु हुन्थ्यो lसफा पहिरनमा सदै हसमुख लाग्ने, तेति मीठो बर्णन विज्ञानको हामी जीवनमै बिर्सिदैनौ l उहाका सुन्दर अक्षर, सुन्दर रेखांकन, अनुसाशित बानीबाट बिद्यार्थीहरु थर्कमान हुन्थे l ताल परे उहा बिद्यार्थी माथि नै जाइलाग्नु हुन्थ्यो बिद्रोहको लाठी उचाल्दै l’’

हो महेन्द्र श्रेष्ठले नै मैले पठाएको कोशेली रक्तचाप यन्त्रमा जापान बसाइका अनुभव समेटेर प्रकाशित गरेका सगरमाथा र मुकुक बाहिरका प्रतिहरु सहित उहालाई बुजाउनु भएको थियो l सबै घटना परिघटनाहरु हिजो झैँ लाग्छ तर नियतिका निर्मम थप्पडहरु किन यति छिटै एउटा हुनहार फूलमाथि पर्दछ? अनुत्तरित यी प्रस्नहरु अब उहाका सम्जनाका रुपमा हामी सबै माज एउटा मीठो अतित बनेर रहिसकेको छ l जीवनको लामो समयसम्म एक्लै अविवाहित बस्दै जीवनमा भाइ,बैनीहरु भान्जा,भान्जीहरु बूढी आमा सबैकालागि यथेस्ट कर्तब्यहेरु निभाउनु भएको थियो l बिचारमा बामपंथी झुकाव राख्ने,समाजसेबी, अतिनै कम बोल्ने, अध्ययनशील, अन्तर्मुखी स्वभाबका धनि उहाका विचारहरुलाई, मूल्य र मान्यताहरुलाई हामीले परिवार र समाजमा सजाउन फुलाउन सक्यो भने त्यो नै उहा प्रतिको साचो श्रदान्जली हुने छ l

सम्प्रति: संयुक्त अधिराज्य बेलायत
शिक्षा: एम. एस. एम. ई / बि.एस. इलेक्ट्रिकल इंन्जीनियरिंग
जन्म: भरतपुर,१२/१९३, चितवन
गरिमा,मधुपर्क, समकालीन साहित्य, मिर्मिरे, अभिव्यक्ति, तन्नेरी,बिमोचन आदि पत्र पत्रिकाहरुमा दर्जनौ कथा, लेख रचनाहरु प्रकासित इमेल: rhpoudyal@gmail.com