Labels

Total Pageviews

Sunday, February 6, 2011

८३औ एकडेमी अवार्ड २०११ (ओस्कार)का अन्तिम प्रतिस्पर्धि


रामहरि पौड्याल
भरतपुर १२/ १९३, चितवन
हरेक बर्ष जनवरी महिनाको प्रारम्भ देखिनै मनोरन्जन र फिल्मी क्षेत्रका फ्यानहरुका उत्साही आँखाहरु त्यस बर्षको बिश्वकै सबैभन्दा ठूलो फिल्मी अवार्ड सर्बोकृस्ट एकडेमी अवार्ड (ओस्कार) कस्ले पाउँछ भन्ने अनुमानमा लागिसकेका हुन्छन्। फिल्मी मनोरन्जन र ग्ल्यामरको आजको अत्त्याधुनिक युगमा फिल्मी क्षेत्र नै सबैभन्दा प्रचलित र चर्चाको शिखर छोईरहने क्षेत्रहरु हुन् । असल चलचित्रहरुले राष्ट्र र समाजको आवाजलाई प्रतिबिम्बित गरिरहेका हुन्छन् । मनोरन्जनका पारखीहरुलाई भरपुर मनोरन्जन प्रदान गरिरएका हुन्छन । तिनले दुनियालाई छिटैनै आफ्नो काबूमा पारिहाल्छन । तिनका पात्रहरु समाजमा रोल मोडलका रुपमा कहिलेइ नमेटिने गरि छातीमा टासिएका हुन्छन । तिनै फिल्महरु प्रचलित हुन्छन् र कमाउछन् नाम र दाम । तिनै भाग्यमानी सेलिब्रेटीहेरुका अघि पछि कुद्छन मिडीयाक्रमिहरु आफ्ना अखबारका फ्रन्ट पेजको कभरेजकालागि ।
सन २०११ को एकेडेमी अवार्ड (ओस्कार) को भर्खरै २५ जनवरीका दिन मनोनयन सूची सार्वजनिक गरिएको छ। अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर्स् एन्ड साइन्सद्वारा बेभरली हिल्समा आयोजित समारोहमा पूर्व ओस्कार विजेता अभिनेत्री मोनिकेले २४ विधाका मनोनयन सूची पढेर सुनाएकी थिइन्। भारतीय संगीतकार एआर रहमान ओस्कारमा फिल्म '१२७ आवर्स्'बाट संगीत र गीत दुई विधामा मनोनित भएका छन्।
यसपालि उत्कृष्ट फिल्ममा १४ वटा फिल्मले प्रतिस्पर्धा गर्दैछन्। 'स्लमडग मिलिनियर'का निर्देशक डेनी बोयलको पछिल्लो फिल्म '१२७ आवर्स्' पनि उत्कृष्ट फिल्ममा मनोनित भएको छ। ९ मिलियन पाउण्ड खर्चमा निर्मित बेलायती फिल्म ‘द किंग्स स्पिच’ ले सर्वाधिक १२ विधाको मनोनयन जितेको छ । मित्रता र स्पिच थेरापीका बारेमा बनाइएको उक्त फिल्मका ५० बर्षे नायक कोलिन फिर्थले राजा जर्ज ६ औं को भूमिका निभाएका छन् । त्यसपछि ‘ट्रिउ ग्रीट ‘ र ‘द सोसियल नेटवर्क’ क्रमसः दोश्रो र तेश्रो स्थानमा छन् । ८३औं ओस्कार अवार्ड आगामी २७ फेब्रुवरीमा लस एन्जलस हलिउडको कोडाक थिएटरमा वितरण गरिने छ । तामझाम पूर्ण कार्यक्रमका बीच त्यो बिशाल फिल्मी कुम्भको प्रतक्ष्य प्रसार

ण संसारका २०० भन्दा बढी राष्ट्रहरुले गर्नेछन् । मे १६ १९२९ मा पहिलो एकेडेमी अवार्ड हलिउडको होटेल रुजबेल्टको सानो सभा कक्षमा मात्र जम्मा २७० जना भेला भएर सुरु भएको थियो । फिल्मी क्षेत्रका दिग्गज प्रतिभाहरुलाई सम्मान दिने अभिप्रायले शुरु गरिएको यो फिल्मी अवार्ड संसार भर अतिनै प्रख्यात मानिन्छ । मिउजीकको ग्र्याम्मी अवार्ड, टेलिविजनको येम्मी अवार्ड, थिएटरको टोनी अवार्ड र नोबेल प्राइज जत्तिकै सम्मानित मानिने यो एकडेमी अवार्ड (ओस्कार) संसारका फिल्मी उद्यमीहरुको मात्र एउटा लक्ष हुने गर्दछ ।

उत्कृष्ट फिल्म / उत्कृष्ट निर्देशक
द किंग्स स्पिच १२ बिधामा मनोनयन डारेन अरोनोफ्स्की, ब्ल्याक स्वान
ट्रयु ग्रिट १० डेभिड ओ रसेल, द फाइट
द सोसियल नेटवर्क ८ टम हुपर, द किंग्स् स्पिच
इन्सेप्सन ८ डेभिड फिन्चर, द सोसियल नेटवर्क
द फाइटर ७ जोयल एन्ड इथान कोयन, ट्रयु ग्रिट

१२७ आवर्स् ६

टोय स्टोरी-३ ५
दकिड्स आरअलराइट ४
विन्टर्स् बोन ४
एलाइस इनओंडरलेन्ड ३
बिउटीफूल २
ह्यारी पोटर एण्ड डेथलि हालोज पार्ट १ – २
हाउ टु ट्रेन इयोर ड्रागन २

उत्कृष्ट अभिनेता / उत्कृष्ट अभिनेत्री


एन्नेट बेनिङ, द किड्स आर अल राइट हाभियर बार्डेम, ब्युटिफुल
निकोल किडम्यान, र्यालबिट होल जेफ ब्रिजेज, ट्रयु ग्रिट
जेनिफर लरेन्स, विन्टर्स् बोन जेसी इसेनबर्ग, द सोसियल नेटवर्क
नाटाली पोर्टम्यान, ब्ल्याक स्वान कोलिन फर्थ, द किंग्स् स्पिच
मिसेल विलियम्स, ब्लु भ्यालेन्टाइन जेम्स फ्रान्को, १२७ आवर्स्

उत्कृष्ट सहअभिनेता/ उत्कृष्ट सहअभिनेत्री

क्रिस्टियन बेल, द फाइटर एमी एडम्स, द फाइटर
जोन हाक्स, विन्टर्स् बोन हेलेना बोनहाम कार्टर, द किंग्स् स्पिच
जेरेमी रेन्नर, द टावन मेलिसा लियो, द फाइटर
मार्क रफ्यालो, द किड्स आर अल राइट हैली स्टेनफिल्ड, ट्रयु ग्रिट
जेफ्री रस, द किंग्स् स्पिच ज्याकी वेभर, एनिमल किङडम

उत्कृष्ट पटकथा (मौलिक) / उत्कृष्ट पटकथा (अरूको रचनामा आधारित)


एनोदर इयर १२७ आवर्स्
द फाइटर द सोसियल नेटवर्क
इन्सेप्सन टोय स्टोरी-३
द किड्स आर अल राइट ट्रयु ग्रिट
द किंग्स् स्पिच विन्टर्स् बोन
उत्कृष्ट एनिमेटेड फिल्म उत्कृष्ट छायांकन
हाउ टु ट्रेन योर ड्रागन ब्ल्याक स्वान
द इलुजनिस्ट इन्सेप्सन
टोय स्टोरी-३ द किंग्स स्पिच द सोसियल नेटवर्क ट्रयु ग्रिट

उत्कृष्ट सम्पादन


ब्ल्याक स्वान द फाइटर
द किंग्स स्पिच
१२७ आवर्स्
द सोसियल नेटवर्क






स्रोत: (गुगल इमेज, विकिपीडिया, सन म्यागेजिन २६ जनवरी २०१० )
हाल: संयुक्त अधिराज्य बेलायत