Labels

Total Pageviews

Saturday, April 13, 2013

नयाँ दिनको प्रतिज्ञा !!!!



नयाँ दिनको प्रतिज्ञा !!!
      रामहरि पौड्याल
      भरतपुर१२/१९३,चितवन


कोइलीको कुहु कुहुले तिम्रै नाम बोलायो,
ज्वारभाटाहरु घुमेर बदलिए परिवर्तनको झोक्कासँगै |
प्रकृतिमा बासन्ती मोहकता पोखियो
राताम्मे लालीगुराँसहरु,
फक्रिएका सुनगाभाहरु |
मैले कस्तो सुखानुभूति गरें,
एउटा नयाँ दिनको प्रतिज्ञा
एउटा नयाँ बिहानीको प्रतीक्षा
एउटा नयाँ युगको प्रलोभन !
नयाँ दिनको प्रतिज्ञासँगै
पृथ्बी मेरै खुट्टामुनि घुमिरहने छ
एक पाइलो नजिक सानिघ्यता गाँस्दै प्रेमको,
एक पाइलो अधिक सामिप्यता दर्साउदै भावनाको |

केहि भन्नु र गर्नु छ कि?
हाम्रो नयाँ दिनको प्रतिज्ञामा
हाम्रो नयाँ बिहानिको प्रतीक्षामा
हाम्रो नयाँ युगको प्रलोभनमा |
घुम्दो दैनन्दिनी ! श्रीस्टी चक्रको एउटा नियम
संसार बदलिने छ परिवर्तनको संकेतसँगै,

कसैले भन्न सक्दैन
कसैले रोक्न सक्दैन
परिवर्तन युगको/परिवर्तन बिहानीको
मात्र प्रतिज्ञा एक दिनको सँगै बस्ने
सँगै खेल्ने र सँगै हाँस्ने

बुध्दिपूर्ण सज्जनताले बिर्सिदेउ अतितका
हाम्रा भूलहरुलाई, हाम्रा कलुषित मुलहरुलाई |
सुन त नयाँ पिढीले सोधिरहेछन्
हामीले कस्तो अनुभूत गर्यौं ?
नयाँ दिनको प्रतीक्षा
नयाँ बिहानीको प्रतिज्ञा
नयाँ युगको प्रलोभन |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत