Labels

Total Pageviews

Thursday, September 26, 2013

शून्यता 




रामहरि पौड्याल
भरतपुर, १२/१९३, चितवन

शून्यता  एउटा नीरव शान्ति
शून्यता  एउटा मौन क्रान्ति
शून्य छन् भावनाहरु, शून्य छन् बिचारहरु
मान्छेको कोलाहल, शहरको बढ्दो प्रदुषण
सबै तिरबाट आक्रान्त शून्य म !

शून्यता एउटा शाश्वोत सत्य,
शून्यता  एउटा परमानन्द जीवनको
शून्य छन् समयहरु, शून्य छन् उपलब्धिहरु
मान्छेका बैचारिक दारिद्र्य , शहरको नक्कली जीवन,
सबै तिरबाट आक्रान्त शून्य म !

शून्यता  एउटा जागरण नयाँ युगको,
शून्यता एउटा प्रेरणा नयाँ पिढीको |
शून्य भए गाउँ बस्तीहरु, शून्य भए धर्ती र आकाशहरु,
मान्छेको जीजीबिषा बदलिँदो हो शुन्यताको सत्य सँगै

मान्छेको अघोरी अभिलाषा थन्किदो हो मौनतासँगै,
सबै तिरबाट आक्रान्त शून्य म !

सम्प्रति: संयुक्त अधिराज्य बेलायत
रचना काल: १५ फेव्रुवरी, २००१, फिलिपिन्स