Labels

Total Pageviews

Tuesday, September 22, 2015

शिवजीको पूजा


लघुकथा: शिवजीको पूजा
रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन
हिन्दु नारीहरुको महान चाहाड हरितालिका तीज भर्खरै शुरु भएको छ | गाउँ शहरमा मात्र नभएर समुन्द्र पारिसम्म तीज राता सारी र गर गहनामा सजिएर रन्किएको छ सबैतिर | भोज भतेरको भड्किलो क्रम जारी छ सर्बत्र | मीठा मीठा परिकारहरु, गहना गुरियाले सजिएका भड्किला तस्बिरहरुले भरिएका छन् फेसबुकका भित्ताहरु | आस्था कम र आडम्बर  बढी भएका शिब भक्तहरु हात हात मा सोम रस लिएर पोज दिई रहेका छन् ! नाची रहेका छन् हांसी रहेका छन् | गीतहरु हाम्रा सामाजिक परम्पराको लिकबाट भाग्दै लोक संस्कृतिको आफ्नो बिगतलाई खिसी गर्दै आधुनिक हुने होडमा पस्चिमिकरण गरिदै छ | लुघाहरु छोट्टाउदै  ज्योतिर्मय प्रदसन मा हामी लागि रहेका छौँ | नचाहिँदो  धाक फुस्रो रबाफ मा आफुलाई खानदानी साबित गर्न सामाजिक मर्यादाको किल्ला भत्काउनु एउटा क्रान्तिकारी प्रयास ठानिएको छ |
मन्दिरहरु भरिभराउ छन् तीजका बर्तालुहरु आतुर छन् शिवजीलाई प्रसन्न पार्ने होडमा | आफ्ना पती देबको दिर्घायुको कामना | अबिबाहित हरु कल्पनाको बलिस्ट शिवजीको कामनामा तल्लिन छन् | मन्दिरका शिवजी मात्र होइन उनका ढुगें शिब लिङ्ग मा झन् धेरै भक्तालुहरुको भीड छ, तछाड मछाड छ | हात हातमा दुधको बोतल लिएर तेइ सबैको परम प्रिय शिबलिङ्गको दुघ्द स्नानमा एउटा बिशाल लाइन लाम बद्ध छ | भोक भोकै पानी समेत नखाई शिवजी प्रति को यो अथाह प्रेम ! मन्दिर धुप धुँवा र भजन किर्तनले एउटा अलौकिक संगीतमय भएको छ |
मन्दिरको ठिक पारिपट्टिको सुकम्बासी बस्तीका सयौं सुकेनास लागेका बाल बच्चाहरु भोको पेट र खानाको आसामा आकासतिर भगवान पुकारी रहेका छन् |
यो शिबलिङ्ग हुँदै नालीमा मिसिएको लाखौं लिटर दुध त्यो भुकमरीमा परेका सुकेनास बालबालिकाहरु तर्फ़ सोझाउन सके कति साँचो धर्म हुँदो हो ? शिबजिलाई प्रसन्न गर्ने एउटा कति राम्रो परोपकारी उपाय ठहरिँदो हो ? मेरो मनमा उठ्ने गरेको एउटा जिज्ञासा |
सम्प्रति: संयुक्त अधिराज्य बेलायत

Saturday, September 12, 2015

देश जलिरहेको छ !


Image may contain: 1 person, smiling, textकविता
रामहरि पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन

सदियौं देखि देश जली रह्यो ,
प्रजातन्त्रका नाममा
पंचायतका नाममा
पुन: प्रजातन्त्रका नाममा
गणतन्त्र / लोकतन्त्र
संघियता / संबिधान सभा
जातीय राज्य / क्षेत्रीय राज्य
अखण्ड सुदुर पश्चिम / मधेश प्रदेश
थरुहट / लिम्बुवान
मगरात / कोचिला
लडाई जारी छ !
देश जली रह्यो ,
मान्छे मरी रहे ,
जनतालाई आफ्नो स्वार्थ अनुसार खेलायो ,
आगो बाल्यो , देश जलायो
बिद्रोह सल्कायो , छिमेकबाट भाडाका टट्टुहरु बटुल्यो
नेपालीहरुका बीच बैमनुस्यताको बिष भर्यो
आज त्यो क्यान्सर भएर समाज खाइ रहेको छ !
शहिदको मूल्य बडाबड !
१/२/५ / १० होइन ५० लाख पुगेको छ !
नेपाल बन्द ! एउटा फेसन
जबर्जस्ति आगजनी , तोडफोड
कुनै कानुन छैन
अर्काको निजि गाडी , घर , एम्बुलेन्स केहि बाकि नरहने
भाला रोप्दै हिड्यो ,
भाटा उठाउदै कुद्यो
आन्दोलनको नाममा हुने यो अराजकताको अन्त्य कहिले ?
आज देश थिचिएको छ ,
कालापानी दोहोरिएको छ
लिपुलेक दुखि रहेको छ !
सिक्किमीकरण हुने लाइनमा आज हामी आफैं लागेका छौं
कसैलाई पीर छैन देश जोगाउने
देश टुक्र्याउने होडमा
मुख्यमन्त्रीको सपना बुन्ने हामी
भाइ फुटेर गवार लुटाउने लाइनमा रमाउने हामी
पटक पटक भेडामा बदलि रह्यौ
तिनैका राजनीतिक गोटी बनि रहयौं
सिंगापुर बनाउने तिनका सपना
काठमानडुको सडक धुने पानी
मेलाम्चिको काकाकुले पर्खाइ !
दिनहुँ को लामो लोड सेडिंग
बिश्वो को ठुलो जल भण्डारले खिसी गरि रह्यो
प्रजातन्त्र / समाजबाद
बीपीको सपना
पुस्पलाल कमरेडको क्रान्तिकारिता
मदन भण्डारीको बहुदलीय जनबाद
प्रचण्डको राजनीतिक छलाङ्ग !
मधेशीहरुको एकल मधेश
अग्राधिकार सहितको तराइ
थरुहट ...
संबिधान सभाका नाममा मुलुकले ब्योहोरेको ,
यो आठ आठ बर्षको पट्ट्यर लाग्दो बर्बादी
देश बन्न संबिधान चाहिदैन
बेलायतलाई हेर जसको लिखित संबिधान छैन
राजतन्त्र छ मर्यादित !
राजनीति गर्दिन कैलेइ
दुनियाँ बदलिए ६० बर्षमा
तर बेलायति महारानी अखण्ड बनिन
अकन्टक बनिन
सम्मानित बनिन
किन सिकेन नेपाली राजतन्त्रले यो पाठ ?
किन सिकेन नेपाली राजनीतिले यो पाठ ??
देश बन्न एउटा असल नेत्रित्त्वो चाहिन्छ
एउटा राष्ट्र सेबक
जसले भ्रस्टाचारलाइ निमिट्यान्न पारोस
पहाड हिमाल मधेसको विभेदलाई जोडोस
छिमिकिलाई भन्न सकोस सिक्किमे सपना बन्द गर !
घरभित्रको हाम्रो झगडामा न्यायाधिस बन्ने काइते परम्परा   बन्द गर !!

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

Friday, September 11, 2015




समाजवादको बाटो
लघुकथा
रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन
बि.पी. कोइरालाको १०१ औं जन्म जयन्ति समारोह | स्थानीय वडाका सभापति मोति बाजेले भन्दै गए -
" बि.पी. कोइराला महामानव हुनुहुन्थ्यो | प्रजातन्त्र , समाजबाद र समतामुकक समाजका प्रणेता हुनुहुन्थ्यो | आजका दिन हामीले उहांका प्रेरक भनाइहरुलाई जीवनमा उतार्ने प्रण गर्नु पर्दछ |
सान्दाइ भन्नुहुन्थ्यो - " योजना आयोगको सभा कक्षमा एउटा गरीब किसानको फोटो ...........
तपाइंलाई कुनै सन्देह भए देसको एकमुठी माटो छोएर सोधुनु त्यसले जे जबाफ दिञ्छ त्यहि गर्नु | "
धारा प्रबाह भासण | बिश्वो बन्धुत्त्वोको सकारात्मक ओज सुनेर तालीको गड्गडाहट छुट्यो |
यसरि समाज बदल्ने ठुलो भासण सकेर घर फर्केका बाजे घर नपुग्दै एका एक पुट पुटाउन थाले | भट भटा उन लागे | थाले एक्लै आफ्नै भाईको घरतिर हेर्दै टोलाउन |
नयाँ बाटो खोलेर भाइको छोराले बारीको डिलमा बनाएको घर बनाउन नासकिदैं एउटा कलेजले लियो | मैनाको पचास हजार बहाल | घर नजिकैको उसको जागिर | कुनै खर्च छैन | मोटर साइकलमा आउजाउ गर्छ | आफ्नो छोराहरु देशमै भएपनि बिदेशिएका जस्ता | दशैं तिहार नभई देख्न नपाइने | जैले पनि पैसाकै अनिकाल | घरभाडा , नातिनातिनिको महँगो स्कुल |
समाज बदल्ने अभियन्ता नेता मोति बाजेलाइ असह्य भए छ | आफ्नै खुसि राजीले बनाएको बाटो | कत्रो पारिवारिक राजनीति गरेर सोझा रोगि अरु लाटा दाइहरुलाइ बाटो नदिएर उठिबास लगाए पछि बनेको समीकरण | तेइ बाटोको एक मुठी माटो उठाएर आँखा चिम्म पारेर के सोचे कुन्नि एका एक घर भित्रबाट फोरुवा लिएर बाटो खन्न थाले सकी नसकी | तेतिले पुगेन भैसीको भकारो तेइ बाटोमा ल्याएर पोते | हिजो आफैले खनेको बाटो आज आफैले भत्काउनु भत्काए |
कार्यक्रम बाट फर्कंदै गरेका उनकै मान्छेहरुले पारिवारिक विभेद को त्यो नमीठो नाटकलाई कुरी कुरी गरि रहे | बीपीको समाजबादको बाटो ! देश बनाउने भासण !! उनलाई जिस्क्याई रहेको थोयो | धिक्कारिरहेको थियो |
सम्प्रति: संयुक्त अधिराज्य बेलायत