Labels

Total Pageviews

Tuesday, February 12, 2019

आधुनिक उर्जाको बिकासक्रम


https://nagariknews.nagariknetwork.com/news/47436/

http://wenepali.com/2017/04/31921.html


रामहरि पौड्याल
भरतपुर महानगर पालिका, चितवन

पृष्ठभूमि:

आजको एकाइसौं शदीमा उर्जाको महत्वो अपरम्पार छ । उर्जा बिनाको संसार कल्पना बाहिरको बिषय भएको छ । मात्र केहि मिनेट बिजुली गएको कल्पना गरौँ - टेलिभिजन चल्दैन , कम्पुटर चल्दैन , मोबाइलको चार्ज सकियो , पाक्दा पक्दैको भात रोकियो , बाशिंग मसिन रोकियो ।  बन्द भयो फ्रिज ।  यी त भए घरेलु समस्या । औधोगिक क्षत्रमा , प्रयटन, हस्पिटल र शैक्षिक क्षत्रमा कति समस्या होला उर्जाको अभाबले ? आजको दुनियालाई चलउने कुदाउने एक मात्र निर्बिकल्प श्रोत उर्जा हो । पाषणकालमा शिकारको लागि घुमी हिंड्ने घुमन्तेका सन्तान हामीले आफुलाई सहयोग होस् भनेर अकेकौं खोज र अनुसन्धानका क्रममा  सबै भन्दा पहिले दुई ढुंगालाई  एक आपसमा ठोकेर  झिल्को निकाल्न सिकेऊ पछि त्यसैलाई बिकशित गर्दै सलाई र  लाइटर बन्यो ।
शुरुमा मान्छेले  दाउरा , घाम, हावालाइनै  उर्जाको  रुपमा  सुरुवाती प्रयोग गरेको पाइन्छ ।  ग्रिक र रोमनहरुले   सबै भन्दा पहिले साधारण मेशिनको बिकाश गरे र घरलाई केहि सुधार गरेर तापक्रम नियन्त्रण गर्न थाले  जाडो चीसोबाट बच्न ।   पहिलो बास्पबाट चल्ने मशिन र हाबा मिलको आबिस्कार ग्रिसको अलेक्जेंद्रियामा भयो । रोमनहरुले  तापलाई  नियन्त्रण गर्ने शिशाका  झ्यालको बिकाश गरे अनि सुरु गरे ग्रीन हाउस चिसोमा खेति गर्न सकिने नयाँ तरिका । मान्छेका यस्तै अनेकथरी ठक्कर चक्करले उर्जाको अबस्यकतालाई उजागर गर्ने क्रममा सन् १८८० मा आधुनिक बिजुलीको ग्रिड प्रणाली को शुरुवात भयो अमेरिकाको  नियुयोर्क सहरबाट ।
नेपालको सन्दर्भ :
नेपालमा हाइड्रो पावरबाट बिजुली निकालेको इतिहासले एकसय ७ बर्ष नाघेको छ | जतिबेला यसप्रकारको बिजुली साउथ एसिया र चाइना सम्म बलि सकेको थिएन | यो प्रोजेक्ट पुरै एशियामा दोश्रो मानिन्थ्यो | सन् १९११ मा बेलायती सरकारको आर्थिक र प्राबिधिक सहयोगमा ५०० किलो वाटको चन्द्र ज्योति हाइड्रो इलेक्ट्रिक पावर स्टेसनको नाममा उक्त जलाबिध्युत आयोजना सम्पन्न भएको थियो | यो कार्यकालागि बेलायती सरकारले तात्कालीक ०.७१३ मिलियन नेपाली रुपैया अनुदान प्रदान गरेको थियो | यसको समुद्घाटन २२ मे १९११ सोमबारका दिन तात्कालीक राजा पृथिबी बीर बिक्रम शाहादेबले टुंडिखेलमा सांझ ६:३० मा बिजुलिको बत्तिको स्विच अन गरेर भएको थियो | मान्छेहरु त्यो अद्भुत बिजुलिको चम्किलो बत्ति देखेर धेरै दिनसम्म गफिएका थिए | त्यो गौरबशाली ऐतिहासिक क्षण नेपालको आधुनिक उर्जाको सुरुवातको कोशे ढुंगा थियो |
नेपालको विकास र प्रगातिकालागि एक शताब्दी भन्दा पनि अगाडी बेलायतले शुरु गरेको यो एउटा नमुना प्रयोग थियो | तात्कालिक राणाहरुको दरवार मानिने सिंह दरवार सम्म त्यो बिजुली पुर्याईएको थियो | बिध्युत विभागले यसको नाम राणा प्रधान मन्त्रि चन्द्र शम्शेरबाट भएको देख्न सकेन होला र त यो ऐतिहासिक विरासतलाई मात्र फर्पिङ्ग हाइड्रो पावर स्टेसन भनेर परिबर्तन गर्यो | संसारका हरेक ठाँउमा परिबर्तन पछि पुराना दरवार, पुराना शाशकहरु नयाँ क्रान्तिकारीहरुको निशाना बन्ने गर्छन | तिनका शालिकहरु ढलाइञ्छन | तिनका इतिहासलाई नामेट पार्ने कुचेष्टा गरिञ्छ | समयले तिनका क्रान्तिकारी आवेगको मुल्यांकन कालान्तरमा गर्दछ | यद्यपि राजनैतिक विश्लेषण यो आलेखको अभिस्ट होइन |
प्रसंगमा जोडिएको एउटा सानु भाबुकता मात्र | यो पावर स्टेसन काठमाण्डौबाट १२ किमि दक्षिणमा पर्दछ | नजिकैका सातमुले र शेष नारायणका खोलाका पानीलाई प्रयोग गरि बिध्युत निकालिएको हो | २५० किलोवाटका दुइवटा टर्वाइनहरुबाट ५०० किलोवाट बिजुली निकालिएको हो | यो प्रोजेक्टमा चार बर्ष ९५०,००० मान्छेले काम गरेका थिए | यो प्रोजेक्टलाई जनरल पद्म शम्शेर जबराले सुपरभिजन र मोनिटरिङ्ग गरेका थिए भने अर्का जनरल मोहन शमशेर र केशब शमशेरले आबस्यक उपकरणको ढुवानी व्यववस्था , लेप्टेनेण्ट देबी बहादुर र सुबेदार हर्ष बहादुरले ओभरहेड ट्रान्समिसन लाइनको निर्माण कार्य गरेका थिए | इन्जिनियरहरु कर्नेल किशोर नरशिङ्ग राना र कर्नेल कुमार नर्सिङ्ग रानाले प्रोजेक्टको आयोजना डिजायिन र निर्माणको कार्य गरेका थिए | इलेक्ट्रिकल इन्जिनियर बरनाउ पुवानतेले यो हाइड्रो पावर स्टेसनको निर्माण गरेका थिए | जेनेरल इलेक्ट्रिकलका बेलायती प्रतिनिधि मिस्टर लिंजले उक्त हाइड्रो पावरको जडान र सुसंचालन गरेका थिए | इतिहासको एउटा रोमान्चक धरोहर बनेको देशको यो एउटा गर्ब गर्न लाएक सुरुवाती प्रोजेक्ट ऐले संचालनमा छैन | यसलाई उर्जाको बिकाश क्रमको ठुलो बिरासत ठानेर म्युजियममा परिवर्तन गरिएको छ | त्यतिमात्र नभएर यो ठाउँलाई उर्जाको अनुसन्धान र विज्ञानको प्रयोशालाका रुपमा नमुना पावर स्टेसनका रुपमा उब्याइयेको छ | जलस्रोत मात्र नभएर , सोलार , बायु , बायोमास लगाएतका नविकरनीय उर्जाकै प्रयोगशालाका रुपमा एउटा सम्मानित उर्जाकै तीर्थस्थलका रुपमा सरकारले उभ्याएको छ | नेपालको इतिहासमा बिजुली बत्ति बलेको त्यो जेठ ९ गतेलाई राष्ट्रिय उर्जा दिवसको रुपमा मनाउदै आएको छ |

नेपालको बास्तबिकता:

देशको यो उर्जाको सुरुवाती प्रबेगलाई नेपालले बिगत १०7 बर्षसम्म राम्रोसंग बढाउन हुर्काउन नसक्नु नै देश बिकाशको एउटा ठुलो अबरोध बन्यो भन्नु किमार्थ गल्ति हुने छैन | यत्रा बर्षमा खोइ हामीले कटाउन सकेको उत्पादनलाई १,००० मेघावाट ? हरेक पटक सरकार बदलिएसंगै देशको उर्जा संकट समाधान गर्ने नाममा कति वटा आयोग बने ? कतिपटक यो मुलुकलाई उर्जा संकट काल घोषणा गरियो ? कतिवटा  स्वेतपत्र  जारी  भए ? तिनले उर्जाको बिकासमा कस्तो भूमिका खेल्यो इतिहासले कुनै दिन मुल्यांकन गर्ने छ | देश बिकासको एउटा मेरुदण्ड उर्जा हो त्यो नै कम्जोर भए पछि कसरि बन्छ देश बिकासको ठुलो महल? भासण त हामीले धेरै सुनेउ दस बर्षमा १० हजार मेघावाट, बीस बर्षमा २० हजार मेघावाट , बिजुलीको छेलो खेलो , जलश्रोतको धनि देश बिजूलि बेचेर सम्पन्नताको सगरमाथा चढ्नु चडेउ | यतार्थमा हामी अझै छिमेकीले दिएको भिक्ष्याटन रुपी लगभग ४8० मेगावाटको बिजुली बाँडेर लोड सेडिङ्ग समाप्त पारेको जस लिनलाई ढ्याङ्ग्रो पिटी रहेका छौँ |  नेपालका एकजना नेताले आफु प्रधानमन्त्री हुँदा हावाबाट बिजुली निकाल्ने कुरा गरे| सबैले ओलीको बोलीलाई हाबामै उडाइदिए | ग्यासको पाइप लाइन जोडेर घर घरमा पुर्याउने सपना सुनाए कसैले पत्त्याएनन | तिनै नेताका एउटा उर्जा मन्त्रि गोकर्ण बिस्टले आफु मन्त्रि हुँदा एउटा ठुलो उत्साहका साथ राम्रा कामको थालनी गरे | नेपाल बिध्युत प्राधिकरणको बाकि बक्ययूता नतिर्ने का विरुद्ध आफै लाइन काट्दै हिंडे | जनताको आशा भरोसोका महान पात्र बने | राम्रो काम गर्ने ती मन्त्रिलाइ अर्को पटक हटाइयो र राधा ज्ञवाली नामकी सजिली पात्रलाई ओलीको छायाका रुपमा स्थापित गरियो | उनको कार्य क्षमता र उनले गरेका कामका बारेमा हामी सबैलाई थाहा छ | यो देश बनाउने हो भने नेताहरु भासण होइन हामीलाई गोकर्ण बिस्ट , जनार्दन शर्मा, गगन थापा र नविन्द्रराज जोशीहरु चाहिन्छन |
नेपालीले खोलेको बेलायतको सुके कम्पनिलाई हावाको काम गर्ने जिम्बेबारी दिने कामले ती सबै कार्यको एउटा पाटो छर्लंग पार्दैन र ? हामी पढे लेखेका मान्छेहरु बेलायत सम्म पनि नेताका गुलामी गर्न छाडदैनौं | आफ्ना नेताले जे भने पनि जे गरे पनि चुइक्क बोल्दैनौ र गल्ति र अब्जस जति अरुलाई पन्छाएर आफु महान दार्शनिक भएको नाटक गर्छौं | तिनै नेतालाई एअरपोर्ट देखिनै भिड जम्मा गरेर खादा र मालाले पुर्छौँ | कक्टेल डिनरले टन्न पारेर आफ्नो अभिस्ट पुरा गराउने प्रपनच मिलाउचौं | खोइ हामीले सिकेको दसकौं बेलायत बसेर ? नेताहरुलाई विदेशको राम्रो कुरा देखाउँ बुजाउँ | अन्तरक्रिया गरौँ देश बन्ने बनाउने| पार्टीको पुङ्ग्न पुछरको दलालीले केहि गर्दैन | हामी बिदेसिनु परेको यिनै नेताहरुको अकर्मंद्यताले हो | असक्क्ष्मताले हो | यिनलाई कृपया नबोकौं | हामी कछुवाका चालमा हिडेउ संसार रकेटझैं उड्यो | हामी हिजोको इतिहास हेरेर तेइ गतिमा बढ्न सकेनौं संसार धेरै माथि पुगि सक्यो उर्जाका सम्पूर्ण अवसरहरुलाई उनीहरुले प्रयोग गरे |

निस्कर्ष:

देशका ८० प्रतिसत मान्छेहरु दाउरा र गुइठाले आफ्नो उर्जाको जोहो गर्छन । तिनले निस्कने घरभित्रको धुँवाले नेपालका गृहिणी हरु र ससाना बच्चाहरु अति प्रभावित भएको तथ्यांक बिश्वो बैकले प्रस्तुत गरेको छ । देशका ३५,००० मान्छेहरु धुलो र धुँवाले मारी रहेका छन् । स्कुले नानीहरु उर्जाको जोहो गर्न जंगल र बारीमा गुइठा खोज्न पठाएर हामी कस्तो समतामुलक समाज निर्माण गर्दै छौं ? हाम्रा उर्जाका प्राथमिकता हरु के साँचै ती गरीब हरु प्रति लक्षित छ ? आजको दिन हामी सबैले  छातीमा हात राखेर सोच्नु पर्ने सम्जनु पर्ने दिन हो ।
नेपालमाआधुनिकउर्जाकोविकासक्रम(१९११–१९८५)
प्लान्टकोनामश्रोतजडितक्षमता (किलोवाट)कार्यपुराभएकोबर्ष
फर्पिङ्गजलश्रोत५००१९११
सुन्दरीजलजलश्रोत६००१९३४
पनौतीजलश्रोत२४००१९६३
तिनाउजलश्रोत१३००१९६९
पोखराजलश्रोत१०००१९६९
त्रिशुलीजलश्रोत२१००१९६९
सुनकोशीजलश्रोत१०,०००१९७०
गण्डकजलश्रोत१५,०००१९७९
कुलेखानी–१जलश्रोत६०,०००१९८२
सेती (पोखरा)जलश्रोत१,५००१९८४
देभघाटजलश्रोत१४,८००१९८४
कुलक्षमता

१४२,२००१९८५
श्रोत: नेपाल बिध्युत प्राधिकरण
बिगतका कमि कमजोरीहरुबाट सिक्दै देश बिकासकालागि नाबिकरनीय उर्जाका माध्यमले इनर्जी मिक्सको सत्यलाई चिन्दै नेपालले आफुसंग भएका प्रचुर जलाबिध्युत, सौर्य , बायु , बायोमास सबैलाई संसारका बिकसित रास्ट्रहरुले अपनाउंदै गरेको अन्तरास्ट्रिय ट्रेन्डलाइ स्वीकार्दै नेपालले अगाडी बढ्नु पर्ने देखिञ्छ | लघु जलबिध्युत , उन्नत पानी घट्ट , अफ ग्रिड सोलार , बायु , बायोमास सबैलाई राष्ट्रिय आबस्यकता अनुसार आफ्नो इनर्जी मिक्स्मा मिसाउदै नेपालले अगि बढे गन्तब्य टाढा छैन| उर्जा मिश्रण , उर्जा बचत ,  नबिकरनिय उर्जा र उर्जाको आधुनिक स्तरोन्नति गर्दै अघि बढे नेपालको भबिष्य उज्वल छ | मात्र खाँचो छ,  एउटा जागरुक इक्षा शक्तिको ।
“हिड् छन् हेर हिंडी रहेर कमिला हज्जार कोशौं पर !
पुग्दैनन न उडी गरुढ़ पनिता तेइ पांच बित्तै पर !!”
सम्प्रति संयुक्त अधिराज्य बेलायत

Friday, February 8, 2019

अरुण तेश्रो बिद्युत परियोजना र संसद स्थगनको सन्दर्भ


अरुण तेश्रो बिद्युत परियोजना र संसद स्थगनको सन्दर्भ

रामहरि पौड्याल

भर्जिन मिलाग्रोसा युनिभर्सिटी
फिलिपिन्स
इलेक्ट्रिकल इञ्जिनियरिङ्ग  चौथो बर्ष

हाम्रो देश नेपाल भौगोलिक हिसाबले हिमाल, पहाड, र तराइका रुपमा विभक्त छ । हिमालय श्रीङ्गखलामा बिश्वोको सर्बचो शिखर सगरमाथा ८८४८ मिटर देखि तराइमा समुन्द्र सतहबाट सबै भन्दा नजिकको गल्छी ६० मिटरको कचनाकलन सम्मको भौगोलिक विषमता र बिभितता पाइञ्छ ।  नेपालको भू-बनावट उत्तरतिरबाट अग्लो हिम शिखर हुँदै दक्षिण तिर क्रमस समथर तराइका रुपमा फैलिएको छ । जसले गर्दा उत्तरका  अग्ला हिम शिखरबाट अटूट रुपमा बग्ने हिम नदीहरु तराइका समथर भू -भाग  सम्म पुग्न उच्चा  बिद्युत धार सहित बग्ने गर्दछन । नेपालको भौगोलिक स्वरुपले बरदानको रुपमा पाएको जल बिध्युत उत्पादनको अपार सम्भाव्यता हाम्रै आँखा अगाडी त्यसै खेर गइ रहेको छ।
त्यसै बगी रहेको छ । हामीहरु बिकासको कुरा गर्छौं । देश बनाउने कुरा गर्छौं । जनतालाई उज्यालो  फैल्याउने  सपना  बाँड्छौँ । दुर्भाग्य  ब्यबहारमा देशको कायापलट गर्न सक्ने माहापरियोजनाको पुनर्जीवनमा  आफ्ना पूर्व कर्तुतहरुलाई  बिर्सेर पुन बखेडा सुरु गर्छौं । संसद्को कार्यबाही त्यो पनि महिनौं सम्म स्थगन गरेर । त्यसका पछाडिको दुरासय पूर्ण  पुर्बाग्रही राजनीतिले देशको सुन्दर भबिष्यलाई आघात पुर्याएको छ । देशका प्रतिको घोर बेइमानीको स्वाद राजनीतिक पार्टीहरुले भोग्ने नै छन् जनताको अदालतमा ।
नेपाल १,४७, १८१ वर्ग किमि क्षत्रफलमा फैलिएको सानो र गरीब राष्ट्र हो  जहाँ सबा दुई करोढ मानिसहरु बसोबास गर्दछन । यसका विशालकाय दुई छिमेकीहरु उत्तर तिर चीन र अन्य सबै तिर भारत रहेको छ । बिश्वोको कुल जनसंख्याको ठूलो अनुपात यी दुई रास्ट्रहरुले ओगटेका छन् ।  दुई अर्ब भन्दा बढीको छिमेकी  चापले नेपाल साञ्चैको " दुई ढुंगाको बीच को तरुल " भएको छ । धेरै जनसंख्याको लागि खपत हुने ठूलो उर्जाको अनुपात निश्चित रुपमा  दिनानुदिन  बढ्दो हुन्छ । यस हिसाबले नेपालको बिद्युत उर्जा छिमेकीमा संधैं तीब्र मागको बिषय हुने  गुढ रहस्य लाई हामीले चिन्नु बुज्नु पर्ने बेला आएको छ । बिषेशत छिमेकी राष्ट्र भारतको बिद्युत प्रसारण हाम्रो देशको सीमाना ओरि  परि गुणस्तरीय र भरपर्दो नभएको यथार्थ ले  हाम्रो अपार जल बिद्युत को सम्भाव्य बजार फराकिलो देखिन्छ ।  विश्लेषक हरुको सर्वेक्षण अनुसार नेपालका सम्पूर्ण नदि नालाहरु बाट ८३,००० मेगावाट जल बिद्युत उत्पादन हुने बताइए पनि ४४, ००० मेगावाट मात्र इकोनमिकल्लि फिसिबल देखिन्छ । बिद्युत उत्पादन  क्षमताको यो ठूलो सम्भाव्य अनुपात देश बिकासको एउतै मात्र संजीवनी हो । यो सत्यलाई  हामीले बेलैमा  चिन्न सकेनौं ।
जल बिधुत क्षमताको  अपार राशी भएको राष्ट्र नेपाल अझै लोड सेडिंगको मारमा अन्धकारमै रुमलिनु निश्चित रुपमा दुखद बिषय हो । कस्तुरी मृगले आफु भित्रको मन मोहक सुगन्ध लाई नचिनेर बन बनै कुदे झैं  हामीहरु कुदी रहेऊँ लहै लहै मा । हामीले अध्याँरो सहि रह्येउ । तीर्खा खपी रह्ययूं । अब धेरै भै सक्यो यो कुदाइ यो प्रतीक्षा देशमा प्रजातन्त्र पुनर्स्थापना भएको पनि दश बर्ष नाघी सक्यो देशको मुटु राजधानी काठमाण्डौ महानगरिमा समेत समुचित खाने पनि र नियमित बिजुली नभएर कैले कहीं अध्यारिनु पर्ने यथार्थका सामु  देशका  अन्य शहर र ग्रामिण जन जीवनको अप्ठेरो चित्र आफैं बताउछन हालत के होला भनेर ।
भर्खरै  आसाका किरणहरु देखिन थालेका छन्  अध्यारो बस्तिहरुमा उज्यालो होलाकी भनेर तीर्खायेकाहरु मेलाम्ची जप्दै छन्  महँगो  होम डेलिभरी वक्वा  वाटर पिएर । ४०० मेगावाट जल बिधुत क्षमताको अरुण तेश्रो अमेरिकी कम्पनि लाई निर्माण कार्य सुम्पने र मेलम्ची को कार्य थाल्ने सरकारको रचनात्मक थालनीबाट आत्तिएर आफ्नो निहित राजनीतिक स्वार्थ र पूर्वाग्रह कै लागि संसद्को कार्य बाहि महिनौं सम्म  स्थगन गरेको समाचार इन्टरनेट बाट बुज्दा परदेशी भूमिमा देश दुख्दो रहे छ चसक्क । ठुल्दाई ले बनाउदै गरेको घर सान्दाइले भत्काउने बिचार बाँदरे प्रबृत्ति को लोक कथामा पुनाराब्र्त्ति भए झैं ।
बिदेशी लगानी कर्ता र दात्रि रास्ट्र हरुको ऋण तथा प्राबिधिक सहयोगमा निर्माण कार्य सम्पन्न गरिनु पर्ने परियोजना हरुमा उनीहरुले लगानी गरेको प्रतिफल प्राप्त गर्न त्यसको सम्भाव्यता ऋण असुलीको समुचित तौर तरिका हरु बुज्ने गर्छन नै । कसैले लगानी गर्दा अथवा कसैलाई ऋण दिंदा आफ्नु साहु नै डुब्ने गरि कसैले गर्दैन । हामीले माग्नु परेको छ  आफु संग नभएर गुहार्नु परेको छ बिदेशी लगानी कर्ता संग । माग्नेको भन्दा दिनेको  स्वर सर्त  र हात माथि हुन्छ नै आफ्नो आबस्यकता भन्दा । यसको अर्थ यो पनि होइन रास्ट्र धरौटि मै राखिनु पर्छ । रास्ट्रीय स्वाभिमान, बृहत जनताको भलाई देश बिकाशको महा अभियान लाई अघि बढाउनका लागि दात्रि रास्ट्र हरु र बिदेशी लगानी कर्ता हरुको केहि सर्त हरु लाई समेत स्वीकार्ने पर्ने हुन्छ । महंगी बढ्दो छ संसारमै तेलको भाउ प्रविधिको भाउ दिन दिने बढछन् डलरको अनुपातमा ।  जुन हाम्रो कन्ट्रोल भन्दा बाहिरका कुरा हुन् । बिजुली उत्पादनमा प्रयोग हुने हाइड्रो प्रबिधि अत्यन्तै महँगो प्रबिधि हो संसारमा । त्यसैले महँगो प्रबिधिजन्य  बिजुलीको मूल्य सँधै एउटै  डर भाउमा सरकारले चाहेर पनि उपलब्ध गर्न सक्दो रहेनछ । समय सापेक्ष हुने बिजुली महसुलको ब्रिद्दि सम्भाव्यता कै कुरा लाई लिएर कारक तत्वो मानेर देशकै महत्वाकांक्षी मालती मिलियन डलरको माहा परियोजना का बिरुद्ध मै  संसद्को नियमित कार्यबाही अबरुद्ध पार्नु शोभायमान होइन । माननीय सांसदहरुले देश बिकासको स्वरहरुमा स्वर मिलाउनु पर्छ सबैले एकै साथ् । भलाई त्यसमा भएका कमि कमजोरी हरु बिजुलीको क्षत्रमा भए हुने गरेका चुहावाट र अन्य खाले लिकेज हरुलाई समेत कडा निगरानी गर्दै बिजुकिको मूल्य ब्र्द्धि मा थोरै न्यूनता ल्याउने बैकल्पिक सोच र उपाए हरु सहित प्रस्तुत नभएर विकास निर्माण को ठूलो परियोजना लाई  पुन धपाउने प्रयास देश र जनता प्रति कै घोर बेइमानी हो । जसले भविष्यको अन्य खाले संभाव्य दर्जनौं  परियोजना हरुमा उत्सुक लगनी कर्ता हरुलाई तर्स्याउने छ  र देश बिकासको एउटा स्वप्नील सम्भावना बाट बिमुख बन्ने छ ।

 यो आर्टिकल सन् २००२ मा फिलिपिन्समा अध्ययन रत रहंदा लेखिएको हो ।