Labels

Total Pageviews

Saturday, June 29, 2013

शब्द क्षेप्यास्त्र
भरतपुर १२/१९३, बसन्त चोक,चितवन

शब्दहरु आतंक हुन् मौनतालाई तोडिदिने
मिसाइलहरु हुन् मेरो सानो संसार भत्काइदिने
मलाई पीडादायी छन् तिम्रा शब्दका प्रहारहरू,
एटम बम भन्दा बढी
पेट्रिक क्षेप्यास्त्र भन्दा बढी |
कृपया मलाई बुझ्ने प्रयास गर,
मेरा मित्रहरु, मेरा स्वजनहरू !
मलाई बचनबाणले नमार
बिझेकाछन् तिम्रा शब्दहरु
छातीका पत्र पत्रहरुमा
भिजेका छन् मेरा परेलीहरु
तिम्रा शब्दका उपहासहरुले
तिम्रा उपेक्षाका भाउभंगीहरुले

कुटेको घाऊ बरु भरिएला  बिस्तारै मलम पट्टिसँगै
शब्दका निर्मम प्रहारले क्षतबिक्षत यो दिलका घाऊहरु,
जीवनमा कैलेई निको होलान त ?
 मुटु चिर्ने शब्दहरुको कुनै उपलब्दी रहेन
तिनले केवल खरावी नै गरे
तिनले केवल बैमनुश्यता नै भरे
अनुभूति साँचा रहेछन सम्बन्धहरु काँचा रहेछन
सुखानुभूति बाँकी रहला तर पीडा शब्दहरुका...?
प्रेमका उत्कृस्ट अभिनयहरू;
ती त केवल देखाउने दाँत रहेछन्
भरेर कृतिम मुस्कान अनुहारमा
घोप्ने बचनबाण रहेछन् हृदयमा |


सम्प्रति: संयुक्त अधिराज्य बेलायत

Friday, June 21, 2013


विषमता                 

रामहरि पौड्याल
भरतपुर १२/१९३, बसन्त चोक, चितवन
कातिर शान्ति छ सम्पन्नता छ
विपुल ऐश्वर्य छ प्रशन्नता छ
अर्कातिर अशान्ति छ विपन्नता छ
तन्नम गरीवी छ घोर असन्तोष छ
            १
एकातिर जीवन छ चम्किलो प्रकाश छ
सुनौलो बिहानी छ उज्यालो भबिष्य छ
अर्कातिर मृत्यु छ निस्पट अन्धकार छ
चरम असमानता छ विषमता छ
            २
एकातिर आशा छ बिश्वास छ
सत्य र बिबेक छ इमान र धर्म छ
अर्कातिर निराशा छ अबिस्वास छ
असत्य र अबिबेक छ बेइमानी र अधर्म छ
            ३
एकातिर निस्काम कर्म छ कर्तब्य छ
देश समाज छ बिश्वो ब्रम्हाण्ड छ
अर्कातिर दुस्कर्म छ अकर्मण्यता छ
सर्बत्र बदनामी छ बदनियति छ |
            ४

रचना काल: ११ जनवरी, १९९८
गुन्मा केन , जापान

सम्प्रति: संयुक्त अधिराज्य बेलायत