Labels

Total Pageviews

Thursday, December 15, 2011

सुनामीकी प्रेरणा




सुनामीकी प्रेरणा
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
हामी दम्पती परदेशमा छौ सात समुन्द्र पर । संसारको केन्द्र युरोप र त्यसको पनि राजधानी मानिने लन्डन । सधै जागिरहने कहिलेइ नसुतिकन छुट्याउन गार्हो दिन ही कि रात ? बार्हैमास चम्किने सहरमा क्रिसमसको तीब्र चम्काई थपिएको त्यो बर्णानातीत क्षण । विशालतम क्रिस्मस ट्री र तिनमा सजिएका रंगीबिरंगी धोजा पताका जडित चम्किला बत्तिहरुले हरेक घर, हरेक चोक र हरेक गल्लीहरु सजिसजाउ देखिन्छन । ब्यस्त बेलायत यतिखेर पूरै फेस्टिभ मूडमा भेटिन्छ डिपार्टमेन्ट स्टोरभरि, ठूला ठूला मल भरि । रेस्टुरेन्ट भरि, बार र पब भरि । चियर्स !! चियर्स !!! उन्मुक्त पिइ रहेछन बिर्सेर सारा बेथाहरु, ब्यस्तताहेरु । उपहार किन्ने र छान्नेहरुको मानब समुन्द्र तिनलाई आफूतिर केन्द्रीत गर्ने ब्यापारिक कौसलसंगै सर्बत्र झुन्ड्याईएका सेल लेखिएका ब्यानरहरु । बर्ष भरिका आफ्ना ब्यापारिक अनुमानित लक्षलाई चुम्न सहयोग पुर्याउने क्रिसमसको भ्याइनभ्याइ गर्नु पर्ने समय ।
हो ! दुनियाको त्यही स्वर्णिम समयमा आफूलाई कतै निक्लन पनि नमिल्ने पिरलोले गाँजिरहेको क्षण । परदेशी पीडा सबैको सहयोग चाहिने बेलामा मात्र हामी दम्पती छौं मनभरि केहोला कसोहोलाको पिरलो । हामी भित्र उत्साहा छ । उमङ्ग छ । नया जीवनको । नया पुस्तान्तरको । प्रतिक्षाका ती लामा लामा दिनहरु, लामा लामा रातहरु । हाम्रो प्रतिक्षाको चरमोत्कर्ष दुनियाको क्रिसमसकै ओरपर भएकाले पनि हामीलाई त्यो क्रिसमसको बिछट्ट बिजुलीय प्रकाशले तान्न सकिरहेको थिएन । यी सबै यथार्थहरुलाई चिर्दै मैले प्रेजालाई भने – ‘’ हेर ! केटी दुनिया क्रिसमसको उज्यालोमा रमाईरहेका बेला हामी मात्रै कति कोठाभित्र गुम्सिएर बस्ने ? सहरको त्यो उत्कट उज्यालोलाई हामी पनि हेरौ र हामी भित्रको नयाँ जीवनलाई पनि देखाऊ । अनि पो बल्ल त्यसले देखेर दुनियाको उज्यालो बिद्रोह गर्ने छ कति बस्ने आमा भित्रको अध्यारो खोपीमा उफ!! ९ मैना काफी छ भन्दै निस्कने बल गर्ने छ ।‘’ मेरो सल्लाहमा निस्किन् सबै राजि भए घुम्न जानलाई बैनी सृजना सुबेदी अर्याल, प्रेजा र म लाग्यौं नजिकैको लुइशहाम भन्ने स्थानीय बजारतिर ।
बाटाभरि क्रिसमसको उज्ज्यालोलाई नियाल्दै , मान्छेका फेस्टिव मुड र हतारोलाई स्वीकार्दै हामी लागि रह्यौं लन्डनको दुई तले डबल डेकर बसको यात्रामा । सन्ध्याकालीन सुन्दर त्यो साँझ हाम्रालागि खुसी र उत्साहको क्षण थियो । क्रिसमस इभको सन्निकट त्यो क्षण बास्तबमै रोमान्चकारी बनिरहेको थियो हाम्रा लागि । हामीहरु ब्यस्त थियौं सहरका मध्य भागमा बनाइएका विशालतम क्रिसमस ट्रीको चमकिलो बिजुलीय प्रकाशमा तस्बिरहरु खिच्न । प्रसबलाई सजिलो बनाउन खुब हिड्नु पर्ने सल्लाहलाई शीरोधार्य गर्दै मैले प्रेजालाई कुदाई रहेको थिएँ । थकीत, गलित र क्लान्त ऊ भित्र कौतुहलता र भय मिस्रितता प्रस्टै देखिन्थ्यो । हामीहरु लुइसहाम घुमियो किनमेल गरियो र माक्डोनाल्डमा खाइयो सकभर रमाइलो गरियो सबै खाले चिन्तालाई एक छिन पर सारेर । भर्खरै परदेसिएका हामीलाई सकुसल प्रसबकालीन यावत चुनौतीहरु संग लड्नु थियो । हाम्रा कोहि थिएनन् आफन्तहरु तेतिबेला बेलायत सम्म । तथापि हामी दम्पती तम्तयार नै थियौं सबै किसिमका चुनौतीहेरुलाई सामना गर्न ।
मैले भनेझै नै भो नभन्दै बेलुका प्रेजालाई प्रसब बेथा सुरु भो राती १० बजेतिर । हामी दम्पती त्यो रात जाग्राम बसियो । टेलिफोन अडभाइस एन.एच.एस. को पालना गर्दै रहेयौं । प्रेजालाई पीडाले पेल्दै लग्यो । हामी दम्पती डराइ रहेउ रातभरि । संगै ओल्लो पल्लो कोठामा बस्नेहरु मस्त घुरिरहेका थिए । हामीलाई बाथ टबमा राख्न भनियो प्रेजालाई । तातोपानीले भरिएको टबमा बस्दा प्रसबलाई सजिलो र दुखाइ पनि कमी हुने रहेछ । यावत सल्लाहाहरुलाई पालना गर्दा गर्दै हाम्रो रात छर्लंग कट्दै थियो । बिहानपख अतिनै भए पछि हामीले एम्बुलेन्स बोलाइयो । मात्र ५/१० मिनेटमै सुबिधासम्पन्न एम्बुलेन्स हाम्रा अगाडि आइपुग्यो । प्रसबकालागि सबैकुरा ठिक्क पारिएको झोला २/४ दिनदेखि नै तम्तयार थियो कुद्नलाई । साउथ इस्ट लण्डनको कुइन एलिजाबेथ हस्पिटलमा आइपुग्छौं हामीहरु । प्रतिक्षाका घडीहरु अहो कति लामा ? जांच पड्ताल नर्सहरुको सुरुहुन्छ । एसियन मूलकी इन्डियन एउटी बूढी नर्स किन एम्बुलेन्स बोलाको भन्दै च्याठिन्छे । मेरो बच्चाको जीवनभन्दा तेरो एम्बुलेन्सको भाडाको मूल्य दाँज्ने त को होस् म पनि मुख भरिको जवाफ फर्काउछु । जाँची सकेर अजै बेथा लाइसक्या छैन घर लैजा र फेरि आइजा नर्सको आज्ञालाई मान्नुको बिकल्प थिएन । हामी पुनः फर्कियौं भाडाको ट्याक्सीमा । दिनभरि रातभरिको अर्को सिंगो उपक्रम प्रतिक्षा र कौतुहलतामा नै बिते । भोलिपल्ट बिहान फेरि अति भएपछि हामीहरु हस्पिटल जानुपर्ने भयो ट्याक्सीमा तर क्रिसमसको दिन सारा बन्द हुदो रहेछ ।
हाम्रो समस्याको गम्भिरता बुझेर एउटा ट्याक्सी तयार भयो हस्पिटलसम्म जानलाई । बिहानको झिसमिशे उज्ज्यालो पूर्बी दिशामा उदाउने तरखरमा थियो । चरिहरुको शान्त चिरबिरले मनलाई सान्त्वोना मिलिरहेको थियो । सडकहरु खुला र मौन देखिन्थे । क्रिसमसको रोमान्चकता भखरै सकेर थाकेको भोलिपल्ट ‘’बक्सिंग डे’’ को बिहानीको दिन अर्थात २६ डिसेम्बर २००४ । हामीहरु ट्याक्सीमा कुदिरहेका थियौं; हस्पिटल पुग्नलाई हतार भैरहेको थियों । हामीभित्र भयमिस्रित कौतुहलता टम्म जमेको थियो बिहानीको बाक्लो हुस्सू झैं । ट्याक्सी ड्राइभरले एफ.एम. खोल्यो बिहानीको तेस्तै ५ बजेको हुँदो हो; समाचार आइरहेको थियो । ओहो ! कस्तो विस्मयकारी समाचार सुनामीको समाचार । इन्डोनेसिया, श्रीलंका र थाईलेण्डको तटीय क्षेत्रतिर भएको मानवीय प्राक्रीतिक विपत्तिको समाचार । मान्छेहरुको बस्तीमा फैलिएको बर्बादीको समाचार । हामी स्तब्द थियौं सुनामीको समाचारले । तेसो त हामीपनि एउटा सुनामीसंगै लडिरहेका थियों फरक यती थियो हाम्रो सुनामी जीवनको प्रारम्भकालागि अनिबार्य हरेक आमाले लड़नई पर्ने प्रसबको सुनामी थियो । सुनामी पछि एउटा आदर्श परिवार र सुखी जीवनको उज्यालो सुनामी थियो । प्राकृतिक सुनामीले दुखेको मनभरि प्रेजाभित्रको मीठो सुनामीले सबैलाई शान्ति र जीवनको प्रेरणादायी सन्देश दिइरहेको थियो ।
सुन्दर शान्त र स्थिर यो बिशाल धर्ती किन कैलेकाही यसरी बौलाउछ ? क्षणभरमै दुनिया उजाडने गरि । बिश्वोका हरेक कुनामा कैले सुनामीका नाममा, कैले कटरिना त कैले चक्रवर्ती नर्गिसका नाममा । त्यतिले पुगेन भने रीषले धर्ती कम्पित हुन्छ भूइचालो बनेर, क्रोध ओकल्छ ज्वालामुखी लाभा बनेर । बिज्ञान र आबिस्कारका मानवीय धाकहरु दुनिया जितेको स्वाँग गर्ने सक्ती उन्मत्त मान्छेहरु ट्वा परेर हेरिरहन्छन । दुनियालाई धर्तिसंग मितेरी लगाउने प्रेरणादायी हातहरु जुट्नु पर्ने जम्नु पर्ने बेला आइसकेको छ यसप्रकारका दैबी बिपत्ति, बातावरणीय असन्तुलन र प्राकृतिक श्रोत साधनको अधिक दुरुपयोगमा रोक लगाउने प्रेरणा जगाउन ढिलो भैसकेको छ ।
तिनै मानवीय प्रेरणाको प्रतीक बनोस् मेरी सानी छोरी प्रेरणा । प्रेजा र रामको माया र भरोशाकी खानी बनोस् हाम्री सानी प्रेरणा । २६ डिसेम्बर २००४ को बिहानी ९ बजेर ७ मिनेट जाँदा प्रेजाले प्रेरणालाई जन्म दिई स्थानीय कुइन एलिजाबेथ हस्पिटल लण्डनमा । सबै खाले दुख र दर्दहेरु सकिए छोरीको आवाज संगै । घरमा लक्षिमीको प्रवेश भएकोमा खुसी थियौं हामिहेरु । कर्तब्य र कर्मका लामालामा शृंखलाहेरु सम्झेर म अवाक भएँ । म माथि अव अर्को जिम्बेवारिको पहाड तेर्सिएको थियो कर्तब्य र कर्मको चुनौतीजन्य कन्चनजंगा ।
एउटा तीतो सत्य हाम्रो नेपाली समाजमा अझै छोरा र छोरीलाई एउटै आखाले हेर्न र माया गर्न नसक्नु ।स्क्यान गरि गरि छोराको खोजीमा मिल्क्याइने भूर्णरुपी छोरीहरुको लेखाजोखा कहिले होला ? छोरी छोरी जन्मी भनेर पोलियो नख्वाउने आमाहरु अझै राजधानी भित्रै छन् । नातिनी जन्मिदा छोरीलाई मात्र हैन ज्वाइलाई समेत धारे हात लाउदै मन नपराउनेहरुको खान्दानी भीड खोज्न धेरै पर जानु पर्दैन । हाम्री छोरी ती सबै बेथितिकी प्रेरणा बनोस। हाम्री छोरी ती सबै रुढीग्रस्त समाजको आदर्श प्रेरणा बनोस् । नेपाली समाजमा रहेको लैङ्गिक विभेद अन्त्यको सानो कोशे ढुँगा बनोस् ।

Wednesday, October 26, 2011

Are solar panels worth the cost?



Are solar panels worth the cost?
It’s Energy Saving Week, so I’ve been investigating whether or not solar panels are worth the money…

The most effective way to save money on energy bills is to change habits and cut back on the power used in the home. The second most effective way is to ensure your property is properly insulated.
But if you've already done what you can, it might be time to consider installing technology that lets you generate your own renewable energy.
Probably the most obvious option for private homes is generating electricity through solar panels. If I'm honest, I've always had a suspicion that these aren't that effective and that they're more to do with out-greening the Joneses than saving the planet.

But the Energy Saving Trust (EST) reckons that if you're eligible for the Feed-In Tariff Scheme - where you get paid for the energy you generate - you could be saving and earning a total of almost £1,200 a year.

That's a compelling figure for any penny pincher. So I've been looking into whether solar panels do more than impress the neighbours…

Costing the Earth
Greening our homes is undeniably important but it needs to be affordable if people are going to do it. So far, around 45,000 UK homes have fitted solar photovoltaic (PV) panels in order to generate some of their own power. With feed-in tariffs, they can also sell any surplus energy back to the grid.
But there are in excess of 26 million homes in the UK, so that's not exactly a green revolution.

The cost of this technology could have something to do with that. According to the EST, an average 2.9kWp system will cost £11,700, including reduced rate VAT at 5%.
It would take some pretty compelling savings for most people to consider that kind of outlay.

Sunny side up
Is solar energy even possible for everyone? What if you live in Scotland? (Where I lived for six soggy years).The good news is that you can generate power even on cloudy days, as long as you have an unshaded roof that doesn't face north. If you want to know whether or not your home is suitable, there's a handy checklist on the British Gas website. Admittedly, one of the points is that your home isn't suitable if it's a basement flat, but most of it is useful stuff.

Eco win or eco bling?
But how much can you save or earn with your panels? There's a Solar Energy Calculator available from the Energy Saving Trust, which can give you a rough idea.
For example, I know that my roof is suitable, if not ideal, for PV panels: it has an east and west-facing roof, and it's not listed. According to the trust's calculator, I could generate 57% of my home's annual electricity through PV panels. It reports that I could make £803 in my first year and £18,323 over 25 years. However, the likely initial cost for my small roof would be £8,640. So I could make a total of £9,683 profit over a quarter of a century. But that's many years before I recoup my outlay.
In environmental terms, the calculator concludes that 19.7 tonnes of CO2 would be saved thanks to my panels, which would generate 1,659kWh a year. The environmental savings seem more compelling than the financial.

Priceless panels
If you can't quite lay your hands on nearly £12 grand, you're not alone. But there are schemes that could help. Some companies will install panels on your roof for free — and you get to keep all the energy you generate and use. However, any profits made by selling power back to the grid go to the company that installed your panels. These are sometimes called 'rent-a-roof schemes' and most last for up to 25 years.

But some of these schemes have been criticised for not being in the homeowner's best interests, so if you're considering one, make sure you read all the small print.
I've decided this isn't suitable for the Hannah household, as we want to sell our home in the next year. I'm worried that tying the house to 25-year commitment like that will make that even harder.

ECOwboys
Reading about other people's experiences with solar panels, I'm alarmed at how many cowboys and con artists operate within the environmental sphere.
Some people have been defrauded out of thousands of pounds, others have had shoddy work completed. Most common though are people being told their homes are suitable when they are not, and having inappropriate panels fitted.
Make sure you're using a reputable, recommended company and read reviews before you hand over any money. It's also worth getting several quotes to make sure you're being given reliable information. Be aware that only panels fitted by companies certified under the Microgeneration Certification Scheme will qualify for a feed-in tariff.

Eco on credit
I do believe that solar panels can save you money but only if you're looking at the long game. For many hard-up penny pinchers, finding that kind of money simply won't be possible, no matter how much they want to help the planet.
That's why I'm interested to see what's offered under the coalition's Green Deal. This will eventually see households given the chance to fit their homes with green technology and pay back the cost gradually through their energy bills. The government's plan is that the loan repayments will be entirely offset through the savings made, but hopefully some homes will be able to bring their bills down as well. You can find out which renewable technology is best for your home using the EST's questionnaire.
Not all homes will be suitable for mircogeneration technologies like solar panels or wind turbines — in fact many will be better off fitting better insulation, even if that is less glamorous. In the meantime, are solar panels worth the cost? Yes, but only if you're able to wait years to recover your outlay.

Tuesday, October 25, 2011

मेरो गाऊ


- रामहरि पौड्याल

- भरतपुर १२/१९३, चितवन

हिजोको मेरो गाऊमा आजको जस्तो भौतिक बिकाशले पाईला टेकिसकेको थिएन | मान्छेहरू सिधासाधा नै थिए | एकआपसमा सहयोग सदभाब कायमै थियो | राजमार्गको छेउमै भएरपनि बिकाशका याबत कुराहरुबाट विमूख मेरो सानो गाऊ कुनै बेला आदिबाशी थारु दरैहरुको कर्म भूमि रहेको तथ्य तेसको नामबाटै प्रस्टिन्थ्यो | धर्तीपुत्रहरूले सिंचिएको तेस थारूदरै क्षेत्र बिस्तारैबिस्तारै अतिक्रमणमा पर्यो | पहाडतिरबाट मुग्लान झर्नेहरुको लर्कोसंगै गाउमा पहाडेहरुको भीड बढ्यो | सोझा थारु दरैहरु विस्तारै विस्थापित बन्दै गए | गाऊ सवैखाले मान्छेहरुको संगम बन्यो तथापि जातीय बिभेदले युद्धको रुप लिएन | गाऊ हिडिरह्यो आफ्नै गतिमा | मेरो गाऊ बास्तबमै रमाइलो थियो | राजमार्गले सलक्क बिचमा चिरेको नजिकै हरियाली रमणीय बन जंगलले छोएको तराइको समथर भूमि | ब्राह्मण, क्षत्री, बैस्य र सुद्र सबैको संगम स्थल | देशकै मध्ये भागमा पर्ने जिल्ला हुदै कुद्ने राष्ट्रिय राजमार्ग तेसका बिशेषता थिए | तेइ रुमानी गाउका सोझा गाउलेहरुकोबीच हाम्रो ठूलो परिवार थियो | पश्चिम पाहडतिरबाट पैराले विस्थापित, भाग्यले निस्कासित टुहुराहरूको एक झुण्ड |

म तेइ गाउको उत्पादन थिएँ | इमान्दारीपूर्बक भन्नुपर्दा अभाबका बीचपनि एक किसिमको छुट्टै आनन्द, छुट्टै आदर्शले गाऊ परिपूर्ण थियो | मानबीय भावना र आत्मीयताले भरिपूर्ण थियो | गाउलेहरु मेहनती थिए | आफ्नो काम आफै गर्थे | खेतीपाती देखि गार्हो सांग्रोमा ऐचोपैचो चलथ्यो | चाडबाहडको रमाइलो छुटई थियो | आफ्नो काम आफै गर्नेहुदा सबै स्वस्थ तन्दुरुस्त थिए | एकआपस्मा रीषराग, द्वैषले जरो गाडिसकेको थिएन | गाउ आधुनिक संचार साधनहरुबाट टाढा थियो तथापि मनहरु टाढा थिएनन | पारिवारिक स्नेह, एकापसको सदभाव र सम्मान जीवितै थियो | आफ्नो संस्कृति आफ्नो मौलिक परम्परा जीवन्त थियो | मेरो गाऊ राजनीतिक रुपमापनि नमुनै मानिन्थ्यो | गाउलेहरु बर्षौ अन्धकारमा बसेपनि बिजुलिबत्तिकलागि पंचायतीकालका छोटे साशकहरुसंग कहिलेइ झुकेनन् | बहुदलवाद र प्रजातन्त्रको मागगर्दै मेरा कति बाबा काकाहरूले टाउको फुटाए, जेल नेल सहे तर स्वाभिमान कहिलेइ गुमाएनन् |

हिजोको मेरोगाऊ सम्जदा मलाई एउटा ठूलो गर्वको अनुभूती हुन्छ | सुन्दर, शान्त त्यो मेरो गाऊ मेरालागि अनन्त प्रेरणाको श्रोत बनेर मेरा स्मृतिहरूमा चलचित्रको पर्दामाझैँ फनन्न घुम्ने गर्छ | बिदेशी भूमिबाट आफ्नो त्यो प्यारो गाऊ सम्झदा आफूभित्रको कबि हिर्दय यसरि पग्लिन्छ :

खाई खेलि बढेर मस्त डुलने गाऊ कता गो हरे?
आफ्नो प्यार बिसाउने हिर्द्यको ठाउँ कता गो हरे??
आफ्नै रक्त पनि प्रवाहित हुने माटो त टाडा छरे |
आफ्नै गन्ध मिलि सुवासित हुने बास्ना तेतै चल्छरे ||

हो मैले त्यो मेरो प्यारो गाऊ छोडेको दशकौ भयो | कहिले अध्ययनको नाममा, कहिले काम र तालिमका नाममा म बिदेशीइ रहें | जति जति टाढा हुन्छु तेतिनै मेरो गाउको माया प्रगाढ बनेर मलाई पछ्याइनै रहन्छ | मेरा बाल स्मृतिहरू मानसपटलमा झट्का दिदै पछ्याइरहनछन | अझ चहाडबाहाडमा ती सम्झनाहरु अति कारुनिक भै दिन्छन जसलाई ब्यक्त गर्ने शब्दहरु नै हुदैनन | मन तेसै भारी भएर रसाउछ आफन्तहरुको सम्झनामा |

Xx xx xx xx xx xx xx

आजको मेरो गाऊ हिजोको जस्तो भौतिक विकासले पछिपरेको छैन | सबैखाले सुबिधाले गाऊ परिपूर्ण छ | आधुनिक संचारका सवैखाले उपकरणले भरिपूर्ण मेरो नया गाउ बिकशित सहरोन्मुख छ | गाउका पुराना स्मृतिहरू इतिहासका गर्भगृहमा हराउदै छन् बिस्तार | धानकावालिहरु लहराउने खेतहरु घडेरीमा रुपान्तरित हुदै कंक्रीटको जंगलमा बदलिएका छन् | भैसी आल बस्ने घोलहरु पुरिएका छन प्लटिंगकालागी | गाऊ अब विस्तारै पुरानो गाऊ नरहेर नया ठाउमा बदलिएको छ | हेर्दा हेर्दै कसरि हराइरहेको छ मेरो प्यार गाउको आफ्नै मौलिकता? म भित्र एउटा कौतुहलता जागी रहेछ | गाउको भौतिक विकाससंगै हामीले कति हाम्रा आफ्ना सहरिदयी भावनाहरुलाई बिर्सिरहेका छौ | हिजोको गाउले दिएको सादगी; आझहामी कहाँ पुग्दै छौ? मेरी हजुरआमा आफ्ना नाती नातिनाहरुलाई भन्ने गर्नु हुन्थ्यो :

’’ पढ न पढ़ नानी नगर अलछि बानी!

बेद बिद्या जानी, बाबुको नाम धानी !!

जति सकल पढेउता राजाले मानिएउला !!!,

नत्र उही कुटाको भरले पालिएउला !!!! ’’

मेरो बुवा भन्नुहुन्थ्यो – ‘‘ पढेको मान्छे ज्ञानी, विवेकी हुन्छ |’’ समय आफ्नो गतिमा चिप्लिनै रह्यो | समयको बदलिदो सोरुपसंगै बदलिदैरहे गाउका आफ्ना पूरातन मान्यताहरु | हो ! गाउको भौतिक विकाससंगै हामीले गाऊलाई साबिककै समयमा डोर्याउन सकेनौ | गाऊ हिजोकोजस्तो रहेन अब | गाऊ बदलियो आधुनिकतामा, विलासतामा | बिर्सिईए मूल्य र मान्यताहरु प्रतिस्प्रधात्मक अहंकारसंगै | ठूलो बन्ने झूटो आडम्बरले ग्रस्त मेरो गाऊ कठै ! चाउरिएको छ, झाउरिएको छ | मनहरु फाटेका छन सदीयौ देखि बिचारका नाममा, राजनीतिका नाममा | भाइ फुटेका छन् बाउको सम्पतिमा, बिर्सिएर इतिहास विरासतको | भुलेर गौरव बराजुहरूको | ‘’हैन यो आधुनिक शिक्षाले के सिकायो दुनियालाई? मात्र बनायो मतलबी |’’ जो अगुवा उही बाटो हगुवा? एम.ए. पढेका दुई भाइको लाप्पा एउटा नाथे डोकोमा?? हरे! बाउको सम्पतिमा तिघ्रे छोराहरूको मल्ल युध्द् | गाऊ बास्तबमै बिभाजित छ छिया छिया भएर | कुनै तेस्तो ठाउ छैन जहाँ पुरानो गाउका यादगारहरु देख्न भोग्न पाइयोस | नया पिडिले नया किसिमले हाकेको मेरो गाऊ बाटो बिराएको बटुवाझैँ बिलखबन्दमा परेको छ | गाउ बाहिरबाट बैभवशाली जस्तो देखिएपनि भित्र भित्रै मकिसकेको छ, चर्किसकेको छ | एसका आफ्ना मौलिक बिशेषताहेरु समाप्त भैसकेका छन् | ‘’हैन यी पढेको केटाहरु किन यति बिधि ज्याद्रा हुन्? ‘’ कहाँ गयो त्यो बिद्यारुपी बिनयता? खै तिनले आफूले पाएको आधुनिक शिक्षाले संजाउन सकेको गाऊलाई?बुजाउन सकेको दुनियालाई | देस कता पुग्नेहो ? हिजोको हाम्रो सत्कार र सम्मानको अनुपम नमूना मेरो गाऊ आज द्वेस र प्रतिसोधदले ग्रस्त देखिन्छ | हरेक टोल हरेक परिवार यही महारोगसंगै बिसाक्त भैरहेकोछ | गाउका आदर्श पुरुष मानिने पूरानो पिढी विस्तार सकिदै छन् | हेर्दा हेर्दै ममतामयी मेरी हजुरआमा जानुभो, बेनीमाधव बुवा, डीट्ठा बुवा, कृष्ण बुवा, टंकनाथ बुवा, जानेक्रम खै र रोकिएको ? भर्खरै हामीले तिलक बुवा, इन्द्रबुवा र झारकोटे बुवालाई बिदाई गरेउ | बाकी बचेका धेरै बुवा काकाहरु अनेकथारी रोगबाट ग्रस्थ छन् | मधुमेय, रक्तचाप, डिप्रेसन, कोलेस्ट्रोल...केके हुन् रोगका नामपनि | भौतिक सम्पन्नता संगै देखिएका यी अनेकथरि रोगहरुले गाऊ आक्रान्त छ | हिजो ढुगो खाएपनि पचनेहरु आज थलिएका छन् अनेकानेक महारोगसंगै | आजको मेरो गाऊ एक्लो भएको छ | बाकी छन् बुडाखाडामात्र, तन्नेरीहरू बिदेसियेका छन् | संसारको कुनै देश बाकी रहेनन जहाँ हाम्रा गाउका तन्नेरीहरु नपुगेका हुन् | पढेलेखेकाहरु अमेरिका र युरोपतिर नपढेका हरु अरब, मलेसिया, सिंगापुर, जापान, कोरियातिर भासिएका छन् | कोहि भाग्य्मनिहरुलाई डिभी परेको छ अमेरिकाको, कोहीलाई मिलेको छ शरणार्थी भएर बस्न पाउने अबसर युरोपतिरको | पुरै देशबाट हाई टेक जनशक्तिहरु बाहिरिरहेको बेला मेरो गाऊ किन चुप बस्थ्यो र ? गाऊ रित्तिएको छ, गाऊ सिद्धीएको छ सबै रुपमा | यसरी बिदेसिदा दङ्ग परेका हामीहरु ऐले कमाईरहेको डलर देखेर जतिसुकै उफ्रिएपनि पछि कुनै दिन गाउको याद कसो नआउला र ? पश्चिमा संस्कृतिले विसंगतिकारुपमा निम्त्याउने सामाजिक संस्कारको पतन्नोमुख यथार्थ भोगेर आफ्नै गाऊ फर्कनु परे ? त्यो मेरो प्यारो गाऊलाई बचाइराख्ने कल्ले? यो मेरो गाऊलाई पैलेको जस्तै उदारनीय बनाउने कल्ले? यिनै अनुत्तरित यक्ष प्रश्नहरु बिदेशी भूमिमा मेरासामु खेलि रहेका छन् खेलिरहेका छन् |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

शिक्षा: एम. एस. एम. ई / बि.एस. इलेक्ट्रिकल इंन्जीनियरिंग

जन्म: भरतपुर,१२/१९३, चितवन

गरिमा,मधुपर्क, समकालीन साहित्य, मिर्मिरे, अभिव्यक्ति, तन्नेरी,बिमोचन आदि पत्र पत्रिकाहरुमा दर्जनौ कथा, लेख रचनाहरु प्रकासित

इमेल: rhpoudyal@gmail.com

Monday, September 19, 2011

नेपालमा ६.८ रेक्टर स्केलको भूकम्प


काठमाडौँ, असोज गते भारतको सिक्किम आसपास केन्द्र भएको . रेक्टर स्केलको भूकम्पबाट नेपालमा भौतिक संरचना भत्कँदा पाँचजनाको मृत्यु भएको भने थुप्रै घाइते भएका छन्

नेपाली समय साँझ ६ः२५ बजेको सो भूकम्पको धक्का राजधानीलगायत नेपालको पूर्वी भाग पश्चिममा लमजुङसम्म महसुस भएको जानकारी लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको

भूकम्पपछि काठमाडौँमा मात्र भागदौड गर्ने क्रममा ३२ जना घाइते भएका छन् भूकम्पबाट भएको धनजनको क्षतिको पूर्ण विवरण आउन भने बाँकी

साँझ ६ः२५ बजेको सो भूकम्पको कम्पनपछि राति ८ः१५ बजेसम्म भूकम्पपछिका -साना धक्का -आफ्टर सक)हरू निरन्तर रेकर्ड भएको सो केन्द्रले जनाएको केन्द्रका प्राविधिक अधिकृत डिल्लीराम तिवारीले आजको भूकम्प . रेक्टर स्केल मापन गरिएको जानकारी दिनुभयो

भूकम्पका कारण लैनचौरस्थित बेलायती दूतावासको पुरानो पर्खाल भत्कँदा त्यसबाट पुरिएर मृत्यु हुनेमा गोरखा मुल्मीचौर गाविस- घर भई हाल काठमाडौँ लैनचौर बस्ने वर्ष ३६ की साजन श्रेष्ठ, निजकी आठ वषर्ीया छोरी अनिता श्रेष्ठ सिन्धुली घर भई राजधानीको सामाखुसी निवासी १९ वषर्ीय वीरबहादुर माझी रहेका छन् मृतक श्रेष्ठद्वय बा. २६४७ को स्कुटरमा निवास जाने क्रममा पर्खालले पुरिएका थिए भने माझी पैदल हिँड्दै गर्दा पर्खालले पुरिएको प्रहरीले जनाएको

यसैगरी, सुनसरीको धरानमा भूकम्पले घर भत्केर मृत्यु हुनेहरूमा ओखलढुङ्गा घर भई धरान नगरपालिकामा बसोवास गर्ने २२ वषर्ीय सन्तोष परियार तीन वषर्ीय विमल परियार रहेको गृह मन्त्रालयले जनाएको

यो भूकम्प वि.सं. १९९० सालपछिकै दोस्रो ठूलो भूकम्प भएको सो केन्द्रले जनाएको त्यसबेला . रेक्टर स्केलको भूकम्प जाँदा १६ हजार मानिसले ज्यान गुमाएका थिए

आजको भूकम्प २०४५ साल भदौ गतेको भन्दा ठूलो हो २०४५ सालमा . रेक्टर स्केलको भूकम्प गएको थियो त्यसबेलाको भूकम्पमा परी ७२१ जनाले ज्यान गुमाउनुका साथै ठूलो जनधनको क्षति भएको थियो १९९० सालको भूकम्पको केन्द्रबिन्दु भोजपुर रहेको थियो भने २०४५ सालको भूकम्पको केन्द्रबिन्दु उदयपुर थियो

"आजको भूकम्पको केन्द्रबिन्दु सिक्किममा परेकै कारण विगतमा जस्तो ठूलो क्षति भएन" केन्द्रका भूकम्पविद् डा. सोमनाथ सापकोटाले भन्नुभयो- फरसक - मूल भूकम्प अघि आउने कम्पन) नभएकाले ठूलो क्षति भएन

काठमाडौँबाट करिब तीन सय किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु भएकाले राजधानीमा प्रभाव कम परेको उल्लेख गर्दै डा. सापकोटाले भन्नुभयो- राजधानीमा विनासकारी भूकम्प आउँछ भन्ने हल्लाले साइकोलजिकल असर बढी परेको त्यसैले धेरैले आत्तिएर भाग्ने हुँदा घाइते भए

उहाँले आजको भूकम्प 'आफ्टर सक' -मूल धक्कापछि आउने कम्पन) भएकाले ठूलो क्षति नभएको दाबी गर्नुभयो आजको मूल भूकम्पको कम्पन ६ः२५ बजे ४० सेकेन्डसम्म रहेको थियो त्यसपछिका आफ्टर सक १८ पटकसम्म मापन गरिएको उहाँले जानकारी दिनुभयो

भूकम्पपछि राजधानीका अधिकांश बासिन्दा आफन्तजनको अवस्थाको बारेमा बुझ्न आतुर देखिन्थे तर त्यही समयमा फोन अवरुद्ध भएकाले मानिसको अनुुहारमा भय, चिन्ता खिन्नता देखिन्थ्यो आइतबार साँझ अबेरसम्म प्राप्त जानकारी अनुसार भूकम्प शक्तिशाली भएर पनि विगतको तुलनामा धेरै ठूलो क्षति नपुगेको गृह मन्त्रालयले जनाएको

भारतको सिक्किम केन्द्रबिन्दु रहेको आजको भूकम्पको असर पूर्वी नेपालका पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथरलगायतका जिल्लामा बढी परेको गृह मन्त्रालयका प्रवक्ता एकराज नेपालले बताउनुभयो यसबाहेक भारतको सिक्किम, असाम, दिल्लीलगायतका ठाउँमा पनि भूकम्पको ठूलो धक्का महसुस गरिएको जनाइएको

गृह मन्त्रालयका अनुसार भक्तपुरमा १४ घर, सानोवेसीमा एक, डिल्लीबजारको भद्रगोल जेल, स्युचाटारमा दुई, सामाखुसीमा एक, धनुषाको सीमा प्रहरी चौकी, रामेछापमा तीन, सङ्खुवासभामा १६ घर ताप्लेजुङको सुरुङ्खिममा आठ, साँखुमा एक, नुवाकोटमा छसमेत ५४ वटा घर तथा कार्यालय भत्केका छन्

सह प्रवक्ता नेपालले राति अबेर दिएको जानकारी अनुसार भूकम्पबाट प्राण बचाउन भाग्ने क्रममा घरबाट हामफाल्दा मैतीदेवीमा दुईजनाको खुट्टा भाँचिएको, सेन्टर जेलमा भागदौड हुँदा दुईजना घाइते भएको, मोडेल हस्पिटलको छतबाट हामफाल्दा चारजना सख्त घाइते भएको उनीहरूको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको

राति ११ बजे यो समाचार तयार पार्दासम्म ताप्लेजुङ बजारको एक घर काठमाडौँस्थित महेन्द्रबहालको एक पुरानो घरमा आगलागी भएको जानकारी प्राप्त भएको

केन्द्रका जिम्मेवार पदाधिकारीको मोबाइलमा 'सेस्मिक एलार्म' प्रविधि जोडिएकाले चार रेक्टर स्केलभन्दा ठूलो भूकम्प आउने वित्तिकै जानकारी प्राप्त हुने प्राविधिक अधिकृत डिल्लीराम तिवारीले जानकारी दिनुभयो

जानकारहरूका अनुसार विश्वका एक सय ९८ मुलुकमध्ये भूकम्पीय विपतको जोखिमका दृष्टिले नेपाल ११ औं स्थानमा पर्छ १९९० को माघ मा दशमलव रिक्टरस्केल क्षमताको भूकम्प जाँदा हजार सय ५० पुरुष हजार सय ६९ महिला गरी हजार सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय पाटी पौवा तथा सार्वजनिक भवन गरी झन्डै दुई लाख सात हजार सात सय ४० संरचना भत्किएको थियो

२०४५ सालको भदौ गते बिहान बजे उदयपुर जिल्लामा केन्द्रविन्दु भएर गएको दशमलव रेक्टरस्केल क्षमताको भूकम्पले निकै ठूलो क्षति पुगेको थियो त्यतिबेला सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजारभन्दा बढी संरचना ध्वस्त भएका थिए २०२३ २०३७ सालमा सुदूरपश्चिमका दार्चुला, बैतडी बझाङ जिल्लामा गएको भूकम्पमा करिब एक सय २० जनाको ज्यान गएको थियो

गृह मन्त्रालय जापान सहयोग नियोग -जाइका) ले सन् २००२ मा गरेको संयुक्त अध्ययन प्रतिवेदनले नेपालमा १९९० सालको माघ महिनामा गएको दशमलव रेक्टरस्केल क्षमता बराबरको भूकम्प गएमा राजधानीमा मात्र ४० हजार जनाको ज्यान जान सक्ने ९५ हजार घाइते हुनुका साथै ६० प्रतिशतभन्दा बढी संरचनता ध्वस्त हुने देखाएको

भूकम्पीय जोखिमका हिसालबे काठमाडौं दोस्रो स्थानमा रहेको मध्य अपि|mकी राष्ट्र एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरभन्दा जापानको सबैभन्दा बढी संवेदनशील सहरभन्दा करिब सय गुणाले बढी जोखिमपूर्ण मानिन्छ

भूकम्प प्रविधि राष्ट्रिय समाजले गरेको एक अध्ययनअनुसार काठमाडौंका ९० प्रतिशत भवनहरू भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग नगरीकन निर्माण गरिएका छन् राजधानीलगायत मुलुकका करिब ८० प्रतिशत संरचना भूकम्पीय जोखिममा रहेको जानकारहरूको दाबी

भू-गर्भविद् डा.सुबोध ढकाल काठमाडौंमा केन्द्रविन्दु बनाएर ठूलो भूकम्प आए माटो जडित कच्चा इँटा तथा गुणस्तरहीन निर्माण सामग्रीबाट बनेका जोखिमयुक्त घरसहित राजधानीलाई जोड्ने बाह्य सडक सञ्जाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत अवरुद्ध हुन सक्ने जोखिम रहेको बताउँछन्

यसैबीच, आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितहरूप्रति सहानुभूति प्रकट गर्दै मृतकप्रति श्रद्धान्जलि अर्पण गर्ने निर्णय गरेको

बैठकले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै धनजनको क्षतिप्रति दुःख प्रकट गरेको साथै, मन्त्रिपरिषद् बैठकले क्षतिको विवरण सङ्कलन गर्न तथा उद्धार राहत कार्यमा सक्रिय हुन मातहतका सबै निकायलाई निर्देशन गर्ने निर्णयसमेत गरेको

Ø भूकम्प आउँदा जोगिने दश उपाय विज्ञहरुले दिएका छन्-
-
आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउने।
-
झट्का थाहा पाउनेबित्तिकै आगोको स्रोत तत्काल बन्द गर्ने।
-
हतारमा आत्तिएर बाहिर नभाग्ने।
-
कम्तीमा एउटा ढोका खोल्ने।
-
घरबाहिर हुँदा टाउको सुरक्षित राख्ने र जोखिमयुक्त वस्तुबाट बच्ने।
-
डिपार्टमेन्ट स्टोर वा प्रदर्शनी हलजस्ता ठूला व्यावसायिक केन्द्रमा हुँदा त्यहाँका सुरक्षाकर्मी वा कर्मचारीले भनेबमोजिम गर्ने।
-
सवारी साधन चलाउँदा बायाँतर्फ मोडेर पार्क गर्ने। निषेधित क्षेत्रमा नलाने।
-
पहिरो, ढुंगा, तथा चट्टान आदिबाट सावधान रहने।
-
सुरक्षित ठाउँतर्फ जाँदा अत्यावश्यक थोरै सामान मात्र बोकेर हिँड्ने।
-
हल्लाको पछि नलाग्ने। सही सूचना प्राप्त भएपछि मात्र सुरक्षित स्थलतर्फ लाग्ने।