Labels

Total Pageviews

Saturday, May 30, 2015


भुकम्प
रामहरी पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन

र्ती हल्लाएर आयौ
दुनियाँलाई तर्साएर आयौ
मन मस्तिस्क रिङ्गाएर  गयौ |
दिलका धडकनहरु,
मनका सन्त्रस्त भावनाहरु
जीवनभर नभुल्ने कथा भयो !
मथिंगल दुखाउने  ब्यथा भयो !!

बामे सर्दै गरेको कान्छो छोरो ,
भर्खरै यौबनाबयमा  ढल्कदै  गरेकी किशोरी बहिनी  
गर्भिणी भाउज्यु , धरहरा चढेकी मितिनी
पल्लाघरे , तल्लाघरे  ठुलाबा , कान्छा बा
कोहि बचेनन, कोहि रहेनन् |
  
आफन्तको वियोगमा भक्कानिएको म  ,
मात्र चालिस सेकेन्ड को कम्पनले
जिन्दगि भरको कमाइ गर्ल्याम्ब ढलायो आखाँ अगाडी
बाटो काट्दै गरेका बटुवा
टहरोमा बस्ने गरीब छिमेकी
त्यहि भीमकाय घरका शिकार बने
कसरि बिर्सुं त्यो त्रासदी
आँगनमै आफन्त पुरिएको
गुहार ! गुहार !! गुहार !!!
सुनेर पनि हात बढाउन सकिन मैले
ढल्दै गरेको देखेर पनि समाउन सकिन मैले
त्रसित भ्रमित , मान्छेहरुको भिड
र एक्लो निरुपाय म !
प्रकृति कति शक्तिशाली  छ  ?
मान्छेका सेखिहरु मात्र केहि सेकेन्डमा झार्न सक्ने
कहिले सुनामी बनेर, कहिले सेण्डि भएर
कहिले हाइटी बनेर, कहिले गुजरात बनेर
कहिले चाइना बनेर, कहिले जापान बनेर
! मान्छेहरु हो प्रकिर्तिलाई माया गर
बातावरण लाइ पुजा गर
धर्ती मातालाई इज्जत गर
न लुछ , न चुंड न कोपर धर्तीलाई  
खनिजको नाममा , इन्धनको काममा |
पालना गर धर्ती का नियमहरु
पालना गर भवन सम्यिता
पालना गर बिज्ञ हरुको भुकम्प प्रतिरोधतालाई  |
बस्तीहरु बनाउन पुर्ब योजनाहरु  तर्जुमा गर
माटो , बाटो र आधुनिक प्रविधिलाई पालना र  परिक्षण  गर |
आज मात्र ढलेका छौं
आजमात्र  टुटेका छौं
भोलि हामि उठ्नु पर्छ
भोलि हामी जुट्नु पर्छ
मात्र नेपाली भएर
मात्र हिमाल पहाड र समस्त तराइ भएर
हामी आफ्नै खुट्टाले टेक्न सकौं
हामी आफ्नै हातले नब निर्माण मा जुट्न सकौं |
अर्काको भरले टेक्दा
अर्काको भरले उठ्न खोज्दा
हामी फेरी लड्ने छौं
हामी फेरी टुट्ने छौं
त्यतिखेर ढिलो भैसक्ने छ
धेरै ढिलो
हामी फेरी कहिलेइ नउठ्ने गरे ढल्ने छौं
हामी फेरी कहिलेइ नजुट्ने गरि फुट्ने छौं |
हाम्रो असतित्तो समाप्त हुन सक्छ
हाम्रो बर्चास्वो र स्वाभिमान मेटिन सक्छ |
सिकौं हिजोका कमजोरिहरुबाट
लागौं देश बनाउने महा यज्ञमा |
बिर्सेर हिजोका मतभेदहरु
बिर्सेर हिजोका अभिमानहरु  |
यो अवसर हो नव निर्माण को
यो अवसर हो पुनर्निर्माण को
यो बेलो हो शोकलाई शक्तिमा बदल्ने
यो बेला हो  हिजोका गल्तीलाई  सच्याउने
नयाँ शहर नया बस्तीको नया योजना बसाउने |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत





Sunday, May 24, 2015

मेरो देश

मेरो देश

रामहरि पौड्याल
वेलायत

 सारै नै राम्रो नेपाल मेरो देश
 नेपाली मेरो  भेष्
जहाँ जाऊ जेसुकै खाऊ
याद आउछ मेरो देश
संसार डुल्दै फुलेछ मेरो केश
जहाँ जाऊ जेसुकै पाउ
याद आउछ मेरो देश
हिमाल होस् वा पहाड मधेश
जहाँ नै म रहू तेइ हो मेरो देश
नेपाली जाती बिरको सन्तान
राख्नु छ आफ्नो नाम
पूर्खाको रगत सिंचित यो देश
 प!रेर टुक्रा नप!रौं बदनाम

(रचना अवधि: २५ सितम्बर २०१०)

पानी


               पानी
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

पानी जीवन हो समस्त जगको सृस्टि बचाई दिने
पानी निर्मल हो समस्त भवको दृष्टि हँसाई दिने
 बाँच्छन हेर कसोरी मानिस सबै पानी नहुँदामाहाँ
काकाकुल छ देश गाउँ दुनियाँ बादल तिमी बर्सिध्यौ
                  १

पानी त्यो नभए अहो ! जगत त्यो सृस्टि कहाँ चल्छ रे ?
हाँसी खेली रमाउने प्रकृति त्यो वैलाउदैं झर्छ रे
पानीकै बलले टुसाइ फुलने लागे रुनै लौ हरे
पानी मै रहने अहो ! जीवन हो मुसकाउने लौ अरे
                  २

सुक्ता ख्वै सबनै मुहान किन हो पानी त्यसै पर्छ र ?
ढाल्छौ जोडबलै रुखादि सबले पानी त्यसै झर्छ र ?
कालो टम्म अहो ! जमेर नभमा सृस्टि अध्याँरो किन ?
जाउँ हे सबले मिलेर मनले पारौं सपरौं दिन |
                  ३

जोगाए धरती अमूल्य बनले पानी पर्यो झर्झर
लाए है सबले दृढ बचनले पारी हरियो बन
रोपी सुन्दर फूलका झिलिमिली फुल्दा तरेलीहरु
बाँचेरै दुनियाँ बचाउँ सबले हालौं सुसेलीहरु |
                                   

पानीकै छ मीठो सुस्वादु पन त्यो पार्ने अहो ! हर्ह्र्र
पानी नै नपिए समस्त भवमा बाँच्ला कुनै पो नर ?
गाउँ हे सबले पुकारी बलले पानी नहो जीवन
लाउँ हे सबले पुकारी दिलले बृक्षादि हो जीवन |
                  ५



Thursday, May 21, 2015

भुइँचालो

रामहरि पौड्याल
भरतपुर १२ / १९३, चितवन
तिमी आउछौ भन्ने पक्का थियो
तर कहिले र कुन रुपमा आउछौ ?
त्यो ब्यग्र प्रतिक्षा,
अब सकिएको छ |
तिमी आयौ लामै प्रतिक्षा पछी
ठुलै हुकार गर्दै आयौ
देशै हल्लाउने गरी आयौ
देशै भत्काउने गरी आयौ |
हजारौंलाई बेकाल्मै लैजाने गरी आयौ
लाखौंलाई घरवारविहीन बनाएर गयौ
हजारौंलाई अङभङ बनाएर गयौ |
दशकौ देखिको तिम्रो प्रतिक्षा
अब सकिएको छ |
हाम्रो स्वाभिमानको अग्लो धरहरा !
युनेस्कोले तोकेको बिश्वो सम्पदा सुचिमा रहेका,
हाम्रा प्राचिन धरोहरहरु, मन्दिरहरु, गुम्बाहरु लडाएर गयौ,
हाम्रा आस्था, हाम्रा विश्वाश टुक्रा टुक्रा पार्ने गरी आयौ
बचेँनन हाम्रा अमुल्य सम्पदाहरू
कला र सन्स्कृतिका अबशेषहरू |
धन्य तिमी दिनको समयमा आयौ,
धन्य तिमी बिदाको दिन पारेर आयौ
नत्र यो देशमा कती सोत्तर पर्ने थिए ?
नत्र यो देशमा कती ठुलो मनविय सत्यानाश हुने थियो ?
हाइटि झै, चाइना र इन्डोनेसिया झै |
त्यस्को मात्र कल्पनाले पनि मलाई कम्पित गरिरहन्छ
भुइँचालो पछिका सयौ पराकम्पनले आतङ्कित पारेझै ।
मेरा नानीहरु तर्सिरहेका छन
दुनियालाई ठुलो सक परेको छ भूकम्प फोबिया
सधै हल्लाई रहेको, केहि ढल्दै गरेको लागि रहने
कसरी अब्यस्त रहनु दर्जनौ एफ्टर सक सगै ?
ए अघोरी मान्छे हरु हो ! अब त चेत
घरका तला गनेर आफुलाई खान्दनि ठान्ने,
शहरमा एउटा घर हुँदा थानकोट परका सबैलाई
पाखे मान्ने, तिम्रो दरीद्र मनसिकतालाई
दरिलो झापड भुइचाला ले दिएको छ |
भवन संहितालाई लत्त्यएर ,
दुई तलको स्विक्रिती लिएर चार तला थेपे पछी
दुई आना को जग्गामा पाँच तलाको तिम्रो घर
भुइ चालाले लडायो, कती बटुवा किचिये
कती छिमिके पुरिये तिम्रा पराक्रमले ?
हामी सबैले कामना गरौ !
फेरी अर्को भुकम्प नाअोस्
फेरी अर्को नर सम्हार नहोस्
प्रक्रिती बलबती छ क्ष्यण भर्मै सत्यनास पार्नमा
आउ हामी सबैले कामना गरौ,
यो बिपत्तिमा एक अर्कालाई शहयोग गरौ,
बिर्सेंर हिजोका सबै कटुताहरु
बिर्सेंर हिजोका सबै अहन्कार हरु
पालना गरौ भवन संहिता
पलना गरौ बिज्ञहरुको परामर्श
हामी मात्र ढलेका हौ,
हामी फेरी उठ्ने छौं एटम बम पछीको हिरोशिमा बनेर
हामी फेरी उठ्ने छौं सुनामी पछीको जापान बनेर
हामी फेरी उठ्ने छौं बिपत्ती पछीको नमुना नेपाल बनेर |