Labels

Total Pageviews

Thursday, March 20, 2014


बिर्सुं भन्छु

रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

बिर्सुं भन्छु जति जति सम्झी आउछ उति उति
निर्मोही तिमीलाई,
निर्दयी तिमीलाई |
कसम हाम्रो कसम प्रीतको
भुलियो कसरि बाचा त्यो सँगै मर्ने र बाँच्नेको ?
भुल्छु भन्छु जति जति झनै घुमि आउछ उति उति
तिम्रो मायालाई,
तिम्रो छायालाई |
सक्तिन हो खोइ किन बिर्सन सक्दिन
बिर्सुं भन्छु जति जति सम्झी आउछ उति उति
तिम्रो मायालाई,
तिम्रो छायालाई |
सम्झिन्छेउकी तिमीले पनि मैले मात्रै हो खोइ ?
हाम्रो मायालाई
हाम्रो कायालाई |
तिम्रो हाम्रो मायाप्रीति बनपाखाले गाओस्
युग युग सम्म अमर प्रीत त्यसले छाओस् |

सम्प्रति:संयुक्त अधिराज्य बेलायत
रचना काल: ४ मे, २०००, फिलिपिन्स






समय
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
समय बलवान छ,
समय चलि रहन्छ आफनै गतिमा
समयको चक्रसँगै घुम्दो छ जीवन |
समयले मान्छेलाई जीरोबाट हिरो बनाइदिएको छ |
समयले कसैलाई हिरोबाट जीरोमा झार्दिएको छ |
समय जो कहिलेइ रोकिएन,
समय जो कहिलेइ फर्किएन |
चलिनै रह्यो आफ्नो नित्य दैनन्दिनीसँगै,
घुमिनै रह्यो आफ्नो नित्य कर्मन्दिनीसँगै |
इतिहासको  विगतदेखि आगतसम्म,
समय कहिले कृष्ण बनेर कंशाधिको संघार गरेको छ ,
समय कहिले राम बनेर राबणआदिको बिनाश गरेको छ |
समय कहिले महाभारत हुदैं कुरुक्षत्रमा धर्मयुध्य लडेको छ,
समय कहिले जिसस बनेर क्रसमा झुन्डिएको छ |
समय कहिले पैगम्बर त कहिले बुद्ध बनेको छ,
समय कहिले गान्धी बनेको छ त कहिले नेन्सन मन्डेला |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

रचनाकाल: २७ अक्टुबर, २०००, फिलिपिन्स