Labels

Total Pageviews

Saturday, December 24, 2016

ब्याचलर अफ नर्सिंग कूलबधू

 No automatic alt text available.
लघुकथा
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

भर्खरै बुहारी भित्र्याएका तिनीहरुले आफ्नी नव बधुको तारिफ गर्दै सुनाए – ‘’ हाम्री बुहारी एक दम खानदानकी छोरी हुन् | पूरै आर्य संस्कारले सजिएकी उनलाई मैले बर्सौं लगाएर आफ्नो एकल सुपुत्रलाई रोजेको | उनका पिताजीको कुरै नगरौं प्रकाण्ड विद्वान | भाइ इन्जिनियर छ | बैनी ठूलो पत्रकार कान्तिपुरकै सबैभन्दा ठूली समाचार बाचिका | मेरी बुहारी पनि ब्याचलर अफ नर्सिंग गरेकी मैनाकै ५० हजार तलव खान्थिन नेपालमै | छोरा बुहारी दुबैको उमेर पनि एउटै क्या मिलेको लव नै हाने जस्तो | पर्फेक्ट जोडी घरमा केई सिकाउनु पर्दैन | बोल्न इस्टमित्र ज्वाँई भान्जा सबैलाई यथोचित सम्मान गर्न जानेकी सर्व गुण सम्पन्न कुलीन बुहारी.......|’’
बुहारीको बखानले टोल रन्कियो |

एक दिन लगभग मध्यरातमा फोन आयो मेरो घरमा | म सुति सकेको थिएँ माथिल्लो तलामा जाडोको समय | टिनीन्न टिनीन्न फोन बजिरह्यो तल बैठक कोठामा | कसको फोन होला यो कुसमयमा ? कुनै अर्जेन्ट कल पनि त हुन पनि त सक्छ | म दगुर्दै तल झरें | हेलो ! हेलो !! हेलो !!! म चिच्याई रहेछु तर त्यो फोनको उताको पात्र बोल्दैन | बिस्तार त्यो फोन उतैवाट काटियो | कर्लेस बोकेरै म ट्वाइलेट गएँ | को हो यो यस्तो राति फोन गरेर उठाउन आउदा फोन काट्ने ? म तीन छक पर्दै माथि जान भरेंग चड्दै थिएँ; फेरी फोनको घन्टी बज्यो | मैले फेरी हेलो भनें फेरिपनि नबोलेको देखेर  त्यो कर्लेस मैले श्रीमतीलाई फालिदिएँ कसको फोन हो यो भन्दै | उनीसंग त्यो पात्रले मजाले कुरा गरिन |
 पाठक बृन्द त्यो फोन आखिर कसैको नभएर तिनै टोल रन्काएईएकी ब्याचलर अफ नर्सिंग कुलबधूको रहेछ |


Monday, December 19, 2016

देशै यो नरहे रहन्छ कसरि नेपाल यो लौ भन

देशै यो नरहे रहन्छ कसरि नेपाल यो लौ भन
कविता
रामहरि पौड्याल
भरतपुर १२ /१९३, बसन्त चोक , चितवन

SSS IIS ISI IIS SSI SSI S

लाउँ हे मनले मिलेर सबले नौलाख प्रीति नयाँ
गाउँ हे सबले मिलेर मनले देशै बनाऊ नयाँ
ढिला भो अबता बुझेर जनले लागौं सपारौं दिन
ढिला भो अबता रुझेर नबसौं उठौं हसाऔं दिन

देशै यो नरहे रहन्छ कसरि नेपाल यो लौ भन
भेसै यो नरहे रहन्छ कसरि आफ्नो पना त्यो भन
आऊ हे सबले मिलेर मनले देशै सिंगारौं अब
जाउँ हे सबले मिलेर मनले गाउँ मीठो गीत तब

हिमाली मन होस्  पहाडी तन होस् बिर्सेर त्यो अन्तर
पहाडी दिल होस् तराइ नभुलोस सम्झेर त्यो मन्तर
हावा चल्छ शिरी शिरी हृदयमा सम्झेर त्यो मोहनी
लाबा लस्कर त्यो जाँदै छ कसरि बिर्सेर त्यो रोहिनी

बाडियों किन हामी आज हेर यसरि चुचे र थेप्चे भनि
भाडियों किन हामी आज हेर त्यसरी धोति र  टोपी बनि
पेशा त्यो नबनोस राजनीति लौ कुम्ल्याउने त्यो थलो
सेवा त्यो बनोस जनको लौ  गर्दै सबैको  राम्रो  भलो


सम्प्रति: संयुक्त अधिराज्य बेलायत

Friday, November 11, 2016

रिफ्युजी


 (कथा)

रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

डारमलाई  युरोप जाने र पैसा कमाउने भूत सवार भयो  कोसोभोको गृह युद्धबाट अल्बानियामा शरणार्थी  भएको उसलाई जीवनदेखि  बैराग्य लाग्यो युरोप घुस्न पाए जीवन बदलिँदो हो उसले कल्पना गर्यो
.. तर  पुग्ने  कसरि ?
पाउने  कसरि त्यहाँको रिफ्युजी सुबिधा ??
उसका मनमा सुखी जीवनका मनेक्ष्याहरु घुमी रहे  उसका साथी संगातीहरु एक पछी अर्को युरोप भासिदै गए  लामो डरलाग्दो सामुन्द्रिक जलयात्राबाट इटली हुदै तिनीहरुको युरोप यात्रा शुरु भयो  माछा मार्ने सस्तो र जोखिमपूर्ण जलयात्रामा ती नौजवानहरुको डफ्फा होमियो परदेश यात्रामा
के त्यो भयङ्कर त्रासदीपूर्ण जलयात्रा जीवन मरणको यात्रा थियो ?
एकातिर  गृह युद्धले जर्जर बोस्निया, सर्बिया,कोसोभो,मोन्टीनेग्रो, मेसोडेनिया र अल्बेनियन क्षेत्रका दारुणिक यथार्थता  अर्कातिर सुखी जीवन र सुनौलो भबिस्यको चाहमा युरोप पुग्ने सस्तो तरिका  खतरापूर्ण सस्तो जलयात्रा  बीचमा अन्यमनस्क र अनिर्णित ऊ  दुबैतिर चुनौतिहरु थिए जीवनका  आफ्नै घरबाट खेदिनु पर्ने मारिनु पर्ने चरम यथार्थ  अर्कातिर सस्तो माछामार्ने डुंगामा खचाखच मान्छेहरु  कुनै सुबिधा छैन लाइफ जाकेटको, सेफ्टी बोट, सेफ्टी तौर तरिका अपनाइएको छैन त्यो अबैध जलयात्राको खतरापूर्ण यात्रामा होमिएका सयौँ यात्रुहरुलाई इटालीको पोर्ट सम्म सकुशल पुर्याउला त ?  जीवन दुर्घटनै दुर्घटना बिच संयोगले बाँचिने एउटा नियति जन्य खेल रहेछ  यही सम्झेर उसले आफूलाई समाल्यो यात्रा भरि महासमुन्द्रको मध्य तटमा कुदी रहेको त्यो माछा मार्ने जहाजले आफ्नो गन्तब्य बिरायो ठूलो आधिबेहरिले तिनीहरुको यात्रामा अबरोध पुर्यायो । बिस्तारै जहाजले आफ्नो सन्तुलन गुमायो र ढल पल ढल पल गर्न थाल्यो  सबैले भगवानको नाम लिए डर र भयले त्राहिमाम तिनीहरुको चित्कारले बातावरणमा एउटा बिभत्स दृश्य देखियो  एड्रियाटीक समुन्द्रमा  अल्वानियाको राजधानी तिरानाबाट इटालीको  दक्षिणपूर्वी तट ब्रिन्दिशीको सामुन्द्रिक तट तिर लम्किएका तिनीहरुका महत्वाकांक्षी जलयात्रा धरमराइ रह्यो उर्लदो जल तुफान संगै  फैलिदो सामुन्द्रिक रफ्तारको बायु बेग संगै मेघ गर्जन सहितको सामुन्द्रिक आधिबेहरी तिनीहरुको जीवनमा बज्रपात भएर मडारी रह्यो निकै बेर
 कतिबेरनै थामोस त्यो सानो जहाजले त्यति धेरै मान्छेहरुको असन्तुलित वजन ?
 हेर्दा हेर्दै जहाज डुबि छाड्यो समुन्द्रको बीचमा । आँखै अगाडी आफ्ना दौतरीहरु बिशाल समुन्द्रमा हराएको त्यो क्षण उसलाई डरलाग्दो सपना जस्तो लाग्यो । टाइटानिकको जस्तो बिभस्त दुर्घटना आफ्नै अगाडि देख्दा उसको होस् हराएको थियो ।
ऊ कसरि बाँच्यो त्यो महाप्रलयबाट ?
यो एउटा दैवी चमत्कार थियो । पौडी खेल्न जान्ने दुई चार जना मात्र बाचेका थिए । हामीलाई बचाएका थिए संगसंगै आइरहेको अर्को जहाजका परोपकारी मान्छेहरुले । यसरि संजोगले बाँचेको ऊ इटालीको पोर्टमा मिल्क्ययिएको थियो । उसका जस्तै सपना साँचेर आएकाहरु समुन्द्रको  गहिराइमा भासिएका थिए सदाकालागी । इटालीको सामुन्द्रिक तटमा त्यहाका इमिग्रेसनका पुलिसहरुबाट बच्दै र भाग्दै कसरि रातारात ऊ जंगल, पहाड भिर पाखा छिचोल्दै भोको पेट, तिर्खाएको आँत र लुगलुग काम्ने हात गोडा लिएर मिलान आइ पुगेको थियो । कहाँ जाने के गर्ने केहि थाहा थिएन । न अंग्रेजी बोल्न आउथ्यो नत गोजीमा टन्न दाम नै थियो । त्यत्रो पैसा पानीजहाजको यात्रामै टक्र्याएको थियो । लन्डन छिर्ने उधेस्यले ऊ मिलानबाट पेरिस हुदै फ्रान्सको Calais (केलेज) भन्ने ठाउको जङ्गलमा आइपुगेको थियो जहाँबाट युकेको लागि फेरीमा लरीहरु लोड गरिन्थ्यो । सयौँ लरिहरु आफ्नो पालो पर्खदैं त्यै केलेजको जङ्गलमा आराम गरिरहेका हुन्थे । केलेजको त्यो जङ्गल तात्कालिक इलिगल इमिग्रेसनको हब पोइन्ट थियो युरोपबाट युके छिर्ने तिनै लाइनमा बसेका मालवाहक लरी भित्र पुलिस, ड्राइभर सबैलाई छक्काएर कुसलतापुर्वक लुक्दै डोवर पुग्ने सपना नै त्यहाँ रहेका हजारोँ शरणार्थीहरुको दाउ हुन्थ्यो जीवनको एउटै लक्ष
केलेजको जङ्गलमा महिना दिन बस्दा डारमले संसार भरिका ऊ जस्ता शरणार्थीको लामो लाइनमा सबैलाई देख्यो । नेपालीहरु थिए, पाकिस्तानी, बंगाली, इन्डियन, चाइनिज, भियतनामी, भुटानी, थाई, अफ्रिकन काले देखि, बोस्नियान, सर्ब, युगस्लाभ सारा थिए त्यहाँ । हरेकका  आ आफ्नै हृदयबिदारक कहानी थिए परदेश यात्राका हण्डर र ठक्करहरु थिए आआफ्नै जीवनका । तथापि लक्ष थियो युरोपको । सुखी जीवनका मनेक्षा शरणार्थी जीवनको प्रारम्भ उनीहरुको उत्कट अभिलाषा थियो ।
रातको चकमन्न अध्यारोमा लरीमा लुकाएर डोवर हुदै युके छिराउने दलालहरु पैसाको सौदाबाजीमा घुमिरहेका हुन्थे । पैसा तिरेर तर्नु पर्ने त्यो तटीय अबैध कार्य स्वयंमा अर्को खतराको  सुमेरु पहाड थियो । कुनै पनि बेला तटीय पुलिसको चेकिंगमा परिन सकिन्थ्यो । कुनै पनि बेला लरिभित्रका सामानको खातको बिशाल भण्डारमा निसासिएर मरिन सकिन्थ्यो । अबैध तरिकाले बोर्डर क्रसिंग गरेको आरोपमा कोस्ट गार्डले गोलीले उडाइदिन सक्थ्यो । केहि पनि हुन् सक्थ्यो कुनै पनि बेला । एउटा सानो मात्र गल्ति काफी थियो जीवन लीला समाप्त हुनलाई । हजारौँ मान्छेहरुको त्यो शरणार्थी कुम्भले केलेजको जङ्गल एउटा नारकीय समसान बन्दै थियो । दुषित पानी, पर्याप्त खाना र सरसफाइको कमीले बिदेशीहरु बिरामी हुन्थे दिनहुँ ।औसधोपचार्को कुनै व्यवस्था त्यहाँ थियन । सधै मारपिट , झगडा, हानाहान त्यहाका दैनन्दिनी थिए ।

महिनौं पछिको प्रयासमा ऊ लरिभित्र बसालियो भेडा बाख्राझैँ । टनाटन सामानले भरिएको लरिभित्र दलालले २०जनालाई कोचेको थियो । चेकिंगमा नपरोस भनेर तिनीहरु माथि ठूला ठूला कार्टुनहरु राखिएका थिए । सानो ठाउ त्यसरी कोचिएर घन्टौंसम्म बस्नु पर्दा कतिले लरीको तेइ अन्धकारमा निसासिएर आफ्नो अमूल्य जीवन समाप्त पार्दथे । दलाललाई के को मायाँ उसले पैसा बुझीसकेको थियो हरेकसँग ।
फ्रान्स र युके जोड्ने सामुन्द्रिक तट डोवर छिरेपछि तिनीहरु दलालकै आज्ञा अनुसार त्यो लरिबाट निकालीन्थे भेडा बाख्राझैं । निसासिएर मरेकाहरु खोल्सामा मिल्क्याइन्थे ।महासमुन्द्रमा हुर्याईन्थे ।  सौभाग्यले बाँचेकाहरू युकेको इमिग्रेसनमा लाम लाग्थे शरणार्थीको निबेदन बोकेर । द्वन्दग्रस्त क्षत्र प्राथमिकतामा पर्ने हुँदा सबैले आफूलाई समय सापेक्ष संसार भरिका त्यस्ता नाम लिन्थे । सन् १९९० पछिका सबैले कोसोभो, युगस्लाभिया, बोस्निया, अल्वानियाका नाम लिन्थे । नेपालबाट आउनेहरु मावोबादी पीडित, भुटानी शरणार्थी, श्रीलंकनहेरु तमिल, लिट्टे पीडित, पाकिस्तानी, इन्डियनहरु लोस्कारी तोइवा जम्मू कस्मिरका प्रिथाक्तावादिको नाम लिन्थे । आफ्नो जीउ ज्यान र मानवाधिकार असुरक्षित बताउथे आफ्नो शरणार्थी निबेदनमा ।
मानवाधिकार र प्रजातन्त्रको मसिहा ठान्ने बेलायतले त्यस्ता धेरै निबेदनको अध्ययन गरेर आफूलाई जायज लागेका केहीलाई बेलायतमा बस्ने अनुमति दिन्थ्यो । धेरैलाई आफ्नो देश फर्किन आग्रह गर्दथ्यो । शरणार्थी स्ट्याटस पाउनेको भाग्यले कोल्टे फेर्थ्यो तिनीहरुले सबै अधिकार पाउथे बेलायति नागरिक सरह । नपाउनेले देश फर्किनु पर्थ्यो निश्चित समय भित्र ।
डारामको पहिलो निबेदन अस्वीकृत भयो । तथापि ऊ देश फर्केन । दोस्रो निबेदन नाम र देश फेरेर गर्यो गुमनाम शरणार्थी । यस्ता निबेदनको क्रम चार चार पल्ट भिन्न भिन्न नाम र भिन्न मुलुकको गर्दा पनि ऊ असफल नै भै रहयो सधैं नै । ऊ भित्रको बिदेसिने जिजीबिषा झन झन ससक्त भएर उर्लिरहेको थियो । देश फर्केर पनि गरोस् के उसको संसार द्वन्दग्रस्त थियो । सन् १९९५ को द्वन्दमा  सर्ब सेनाले  बोस्नियाको शहर स्रेब्रेनिकामा हज़ारों मुसलमानहरुलाई एकै चिहान बनाएको घटनामा उसका सबै परिवार मारिएका थिए । ऊ नितान्त एक्लो थियो दुनियामा तथापि उसैले पाउन सकेन शरणार्थीको सुबिधा ।
पुलिसले समाते कुनैपनि बेला उसलाई देश फर्काइर्दिन्थ्यो । यसरि सधै समतिनी डरले कति दिन बस्नु परदेशी मुलुकमा ? एउटा उपाय गर्नु पर्यो रिफ्युजी बाहेकको ।
डाराम एउटा लोकल नाइट क्लब भित्र छिर्यो । ‘शिकागो रक क्याफे’ त्यहाँ भित्रको वातावरण उत्तेजित थियो । म्युजिकको कोलाहल, पिउने पिलाउनेको उपक्रम, कोहि मस्त थिए गफमा, कोहि झुम्दै थिए संगीतमा । संसार आआफ्नै थियो । उसका लागि त्यो वातावरण सर्बथा अनौठो थियो । जातले मुस्लिम ऊ अर्कै दुनियाको बासिन्दा थियो । लजालु ऊ एक पिन्ट बियर लिएर त्यो रमाइलो दृश्य हेरी रहयो ।
बेला बेलामा म्युजिकको गति बढ्दै जान्थ्यो मान्छेहरु तातिदै डिस्को लाइटको चम्काईसगै एकाकार हुन्थे मानवीय भेलमा । त्यहाँ कुनै प्रकारको बिभेद थिएन । सबैजना उत्कट रुपमा नाची रहेका थिए । झुमी रहेका थिए । कसैले कसैलाई पैलेई देखि चिन्नु पर्दैनथ्यो त्यो नाचमा, त्यो मानवीय भिड एक अर्कालाई चाहनेहरुको संगम स्थल थियो । रमाइलो गर्ने हप्ता भरिका आफ्ना थकाइ र मनका गरुंगा भरिहरु बिसाउने रमाइलो चौतारी थियो  पश्चिमाहरुको ।
यु आर सो हेन्डसम !
आइ लव युयोर डार्क कलर !!
आइ एम ‘डोना’ यानी डोनालिन.........
त्यो उत्कट भिडमा एउटी तरुनीले उसको हात समाई र आफूतिर निम्त्याई डान्स फ्लोरमा । ऊ यन्त्रवत उसको पछि लाग्यो नजाने पनि उसको हात र कम्मर समाउदै घुम्न थाल्यो अरुहरुले गरेझैं । ऊ लज्जावती झार झैँ लजाएको थियो र रातो भएको थियो । त्यो अनेपेक्षित नारी सन्नीकटताले उसलाई अप्ठ्यारो महसुस भैरहेको थियो ।
एकछिन पछि म्युजिक थोरै सुस्त भयो । डोनालिनले उसलाई अर्को ड्रिंक अफर गरि उसले लजाउदै स्वीकार्यो अर्को पिन्ट बियर । बियर समाउदै तिनीहरु डान्स फ्लोरको अलि पर एकान्तको सोफातिर बढे । मलाई एउटा अशल मान्छेको मायाको खाचों छ । उसले अफ्नो बिगत फुकाउदै गई ...
म सिंगल मम हुँ । मेरो दुई छोरा/छोरी छन ६ बर्ष र ४ बर्षका । उनिहरुका बाउ म स्वयम्लाई पनि थाहा छैन । ती मात्र एकदिनको रमाइलोका प्रतिफल थिए । म मात्र १४ बर्षकी थिएँ एउटा छिमेकीले चुरोट किन्दियो, टेक अवेमा फास्ट फूड किन्दियो, म्याकडोनाल्ड लाग्यो, केएफसी, सिनेमा सम्म पुग्दा म प्रेग्नेंनट भएँ । त्यो थाहा पाएर त्यो भाग्यो सहरबाटै । मलाई त्यसको कुनै डिटेल थाहा थिएन । टिन एजर ममका धेरै गाह्रा समस्याहरु सँग जुद्धा जुद्धा म थाकें जीवन देखि । बेलायति ठिटाहरु केवल मेरो शरीर चाहान्छन, बैश चाहान्छन, र चाहन्छन मात्र ओन नाइट ..... म त्यसरी कैले सम्म बिकु ? भोलि बुढी हुँला ऐले जस्तो बैशको उन्मादी सकिए पछि कसले मलाई फर्किएर हेर्ला ? म अव सेटल हुँन चाहान्छु कोहि संग; जसले मलाई यी बच्चाहरु सहित स्विकारोस । उसले डारमतिर प्रेमको हात बडाइ । डारमलाई पनि त्यै चायिएको थियो बेलायत बस्नलाई आधिकारिक मान्यता । पटक पटकको रिफ्युजी निवेदन अस्विकार भएको आलो घाउ बल्जिरहेको थियो उसको हृदयभरी ।
दुई चार त्यस्ता नाइट क्लबका नियमित भेट पछि तिनीहरुले कोर्ट म्यारिज गरे । हिजोसम्मको इलिगल डारम अव बेलायति पत्नीको डिपेनडेन्ट भयो । बेलायतमा बस्न पाउने भयो । कानुनी रुपमा काम गर्न पाउने भयो । हिजो सम्म प्रेमको खोजीमा मात्र आफ्नो  अमूल्य यौवन दर्जनौँ ठीटाहरुको ओछ्यान बनाऊनु पर्ने बाध्यता बाट मुक्ति पाएर डोनालीन दङ्ग थिइ । ती दुवै एक आपसमा खुसी भै रहे ।साना बच्चाहरुले पनि आफ्नो ड्याडी पाएका थिए । मायामा जाती, भूगोल, भाषा र रङ्ग गौण चिज भएको संदेश दिई रहे ती दुई अन्तरास्ट्रिय जोडीले ।
सम्प्रति: संयुक्त अधिराज्य बेलायत






Saturday, October 15, 2016


मृत्यु उत्सब 

                                                      (कथा)

रामहरी पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन

'ए 'ह्यारी ' पल्लो घरकी रोजी गईन थाहा पाईस |'
अहँ  मैले  अनभिज्ञता  प्रकट गरें |
हामीले पनि आजै थाहा पायौ  | तीन दिन  भैसकेछ  | ओहो  कस्तो दुखको  खबर ? छिमेकी मरेको पनि तीन तीन दिनसम्म थाहा नपाइने कस्तो देश ? म आफैलाई प्रश्न गर्छु | अब के गर्नु पर्छ ? बेलायती चलन मलाई थाहा  छैन | मैले आफ्नी वल्लि छिमेकी शीलालाई अनुरोध गरें |
छिमेकमा मान्छे मरेको छ , जोडिएकै घरको पल्लो पट्टि  तर कुनै चांइचुँइ सुनिदैन न कुनै रुवाबासी | न कुनै हल्ला हतारो लास पन्छाउने | कस्तो अचम्ब ? बिरानो देश , भाषा, धर्म, संस्क्रीती सबै फरक भएको मुलुकमा तत्जन्य अपनाउनु पर्ने तौर तरिकाले कैले काँइ साचै अप्ठेरो  पार्दो रैछ |  बेलायत बसेको दशकौं भए  पनि मृत्यु यति नजिकबाट हिडेको देखिएको रहेनछ | अनुभूत  समेत नगरिएको रहेछ | हो मैले परिवारका धेरैलाई , आफ्ना गाउँ ठाउँका धेरै प्रिय मनहरुलाई यो बिचमा नगुमाएको भने होइन तथापी परदेश पीडाको एउटा सबै भन्दा दुखद पक्ष आफन्तहरुको त्यो वियोग पीडामा मलम लगाउन, मर्दा पर्दा गर्नु पर्ने सहयोग सद्भाव प्रकट गर्न नपाइने एउटा तीतो यथार्थता | आज परदेशमै भए पनि आफ्नै छिमेकमा पाईएको यो सदभाब  प्रकट गर्ने अवसर मेरालागि एउटा ठुलै तीर्थ साबित हुँदै थियो |
हाम्री छिमेकी रोजी बिगत केहि बर्षदेखि  नै क्यान्सर पीडित थिइन् | दुब्लाएर हाड छाला मात्र बाँकी थिए | कपाल झरेको थियो लगातारको केमो थेरापीले | तिनको बाक्य बसेको थियो | आबाज निस्कदैनथ्यो तिनको कण्ठबाट | मात्र मुस्किलले बुज्नु पर्थ्यो तिनको अभिप्राय | जब समर लाग्थ्यो चिसाले कठाग्रिएका  बेलायतिहरु बाहिर निस्कन्थे गार्डेनमा  घाम ताप्ने , घाँस काट्ने , तरकारी फलफुल रोप्ने काममा  लाग्थे | अनि बल्ल भेट हुन्थ्यो हाम्रा छिमेकीहरुसंग | टेरेस हाउसमा बस्ने हामी सबैको घर बाग बगैचा जोडिएको हुन्थ्यो | यसले एक किसिमको निकटता पनि हुँदो रहेछ छिमेकीहरुसँग | कुनै छेक बार नभएपनि एकापसमा जग्गा जमिनको कुनै किचलो सुनिदैन यहाँ |तेरो यति मेरो जग्गा पल्लो सम्म, यता उता केहि सुनिदैन |
समरको घमाइलो एक दिन बगैचाको घाँस काट्दै थिएँ लन मोवरले | छिमेकी रोजी निस्किन धर्मराउदैं थचक्क बासिन गार्डेन बाहिरको फलैचामा | मैले अभिबादनको हात उठाएँ | उनि एक तन्मय साथ चुरोट पिउन थालिन | चुरोटको धुँवाले आफ्नै आकार लियो बातावरणमा | यो सबै आफ्नो गार्डेनबाट  हेरिरहेको म स्तब्द भएँ केहि बेर | रोजिलाई केहि भन्न सकिन तथापी मेरो मनको कौतुहलतालाइ जर्जको सामुन्ने राखी छाडें |
"क्यान्सरको रोगीले त्यसरी चुरोट नखाए हुनेनी" मिस्टर जर्ज! मैले बुढालाई मात्र सुटुक्क सुनाएँ |
'हेर ह्यारी डाक्टरले अब बाँच्ने कुनै उपाए छैन त्यसैले उनको आत्माले मागेको चीज नरोक्नु भनेको छ!'
उनि अब केहि दिनको मात्र पाउना हुन् हाम्रालगि |बुढाले तुरुक्क आँसु चुहायो  मेरो मनको कुनासम्म त्यो वृद्धको पत्नी प्रेमले नजानिदो झडका दियो |
जीवनको क्षण भंगुरता नाचिरह्यो |
सौभाग्यले हाम्रा दुवै जोडिएका छिमेकीहरु बुढा बुढी छन्  | एक्लै बस्छन | कुनै हल्ला खल्ला हुदैन | बरु उल्टै मेरा नानीहरुले कैले काहीं उपद्रो मचाउछन  तथापी कैलेइ कम्प्लेन गर्दैनन् | मेरा नानीहरु खेल्न बाहिर निस्के भने औधि मायाँ गर्छन | नाती नातिनाको झझल्को मेटाउदा हुन् तिनीहरु | पश्चिमा देशहरु भौतिक बिकाशले चरम सीमा मा पुगे पनि पारिवारिक , अध्यात्मिक संरचनाका दृष्टिले हामी भन्दा धेरै पछि छन् | बुढा भएका बाउ आमा भेट्न छोरा बुहारी नाति नातिना  दुइ चार मैनामा एपोइन्त्मेण्ट मिलाएर आउछन चिया खाएर फर्किन्छन | एउटा मात्र औपचारिकता सांसारिक लोक लाज ढाक्ने | स्वछन्द जीवन शैलीमा हुर्के बढेका स्वतन्त्र प्रीय गोराहरु हाम्रो जस्तो गुरुकुल र श्रवन कुमारको जस्तो पित्री भक्तिको परमपरा भएको पूर्वीय परमपरा मान्ने कुरो पनि भएन |
बाउ आमा सारै भए केयर होम मा हलिदिन्छन |
बुढा बुढी आफैको टन्न पेन्सन हुञ्छ जीवन भर दुख गरेको | उनीहरुलाई कसैको साथ सहयोग समेत पर्दैन | फ्री मेडिकल केयर भएको एन एच एस सिस्टम संसार भरि प्रसिध छ बेलायतीहरुको |
एक दिन छोरीहरुलाई स्कुल पुर्याउन  हतार गर्दै थिएँ , पछाडिको  ढोकामा जर्ज बुढा आएर बसेका रहेछन कैले म निस्कन्छु भनेर | यिनीहरु सकभर कसैको ढोका ढक ढकाउदैनन |
"आज रोजीको अन्तेस्टी हो लोकल चर्चमा - ह्यारी"
मलाइ उनले बिस्तारै फुस्फुसाए | मैले सहानुभूतिका दुई शब्दसंगै अंकमाल गरें | मेरा नानीहरुले पनि उनलाई हग गरेर  दुख ब्यक्त गरे |
म छोरीहरुलाई स्कुल पठाउन  बाटो लागें | ग्रेट आउज नदी आज बिशाल देखिएको थियो | समुन्द्रमा ठुलै छाल आएको हुनुपर्छ | यो टाइडल रिभर  ग्रेट आउज समुन्द्रको उत्ताल तरङ्गसंगैं कैले बढ्ने र कैले सुक्ने गर्छ क्षण भरमै | जीवनका  तरंगहरुझैं  लाग्छन नदीका बहाबहरु |
'मान्छे किन मर्छ ड्याडी?'
स्यानी छोरीको जीवन र जगत प्रतिको धारणा |
हिन्दुहरुको मरेपछि किन आगोले डडाउछ ??
बेलायतमै जन्मेका मेरा नानीहरुको यो जिज्ञासाले म मर्माहित हुन्छु |
क्रिश्चियन स्कुलमा पढने मेरा नानीहरुलाई मैले खै सकेको यी सबै हिन्दु संस्कारका कुराहरु सिकाउन ?

मेरो मन आज त्यसै त्यसै  भौतारिएको छ जीवनका यथार्थ सम्झेर काहा जन्मे म कुन ठाउमा हुर्के बढें र कुन ठाउँमा भोलि सकिन्छु कुन रुपमा ?
यी साना नानीहरुको जीवन उनीहरुको उज्ज्वल भबिष्य र संस्कारको जिम्मेवारी के मैले पुरा गरुला ?
बजार गएर फूलको गुच्छा किनें समबेदना कार्ड किनें | घर फर्किएर कालो सुट लगाएँ त्यसमाथि राधा बैनीले तिहारमा लगाई दिएको नेपाली टोपी लगाएँ | फूलको गुच्छा समबेदना कार्ड बोकेर हानिए छिमेकीको दैलोतिर | मैले सोचें यस्तो दुखमा मान्छेहरु कस्तो चिन्तींत होलान सबैको मुखार्क्रीती माया लाग्दो होला स्वर्गबासी आमाको सम्झानाना प्राथना चलिरहेको होला |आमाको सम्झनामा  सन्तानहरुको रुवाबासी कति कारुणिक होला ? कसरि प्रस्तुत हुनुपर्ने हो यस्तो दुखमा ? म सक्दो अभिनय गर्दै अगाडी बढ्दै रहें |
“तिम्रै काखमाहाँ बढेर अहिले देखें जगत यो पनि
तिम्रै यादमाहाँ म हुँ हर घडी लेखूँ म गाथा अनि |”
आमाको सम्झनामा आफैले कोरेको "आमा" शीर्षकको यो कविताको सुन्दर पदावली सम्झदै गरें मैले | सोचेको थिएँ  बुढीको लास घरमै होला यो फूल आफै चडाएर श्रद्धान्जली  अर्पण  गरुँला | त्यस्तो रहेनछ लास त फ्युनेरल कम्पनीले लाँदो रैछ एकैचोटी चर्चमा ल्याउने गरि | मेरो फूल उनीहरले नै चडाइ दिने भए मेरो अनुरोधमा |

म आश्चर्यमा परें त्याँहा मृत्युको कुनै पदचाप दिखिदैनथ्यो | सबै सुटेट बुटेत  मान्छेहरु कुनै भब्य महोत्सबको आयोजनामा एकत्रित भै रहेको प्रतित हुन्थ्यो | उज्यालो मखाक्रीतिका मान्छेहरु सबै उत्साही देखिन्थे | कसैको अनुहारमा दुखको एउटा सानो आभास पनि पाइदैनथ्यो |  हो त जीवन जस्तै मृत्यु पनि  एउटा उत्सब नै त हो हरेक मान्छेका दैलोमा आइपुग्ने ढिलो चाँडो , राम्रो नराम्रो  प्रारब्धको  खेल जस्तो | मृत्यु अबस्यम्भाबी छ | को काहाँ कैले र कसरि मर्छ ? यो कसैलाई थाहा हुदैन | जीवन दुर्घटनै  दुर्घटनाकाबीच  सम्भावनाले बाँचिने खेल रहेछ | जीवनका पाइलै पिच्छे हामी खतरासंग जुधी रहेका हुन्छौ | भबितब्य , दुर्घटना प्राकृतिक बिपत्ति आतंककारी आक्रमण के के हुन् मान्छेका जीवनलाई संधै त्राहिमाम त्राहिमाम  बनाइ रहने तत्तोहरु | नश्वोर जीवनको क्षण भंगूरताका बीच पनि मान्छे आज आफ्ना कर्तुतहरुलाई छोप्ने प्रयास गर्दै छ  | लोभ लालच अहंकार पद प्रतिष्ठा आडम्बर्ले  मान्छेलाई छोडेको छैन मृत्यु पर्यन्त  |
मान्छेको जीवनमा बाँच्ने भनेको  सुक्रीती मात्र हो | मृत्युको कात्रोमा कुनै खोलती हुदैन | जीवन भर आफुले गरेका परोपकारी मानवीय सुकार्य को प्रकाशले मात्र उसको परलोक यात्राको सहज गन्तब्य तय हुन्छ | उसको स्वोर्गको बाटो तय भएको हुन्छ | मान्छेहरुका बिचको उसका असल कर्महरुका शुबाषले उ  मग्मगीएको हुन्छ समाजका बीच |
त्यसैले त ज्ञानी र ध्यानी हरु मृत्युसंग डराउदैनन त्यसलाई जीवनको एउटा अपरिहार्य सत्य सम्झेर आत्मासात गरेका हुन्छन | मृत्युलाई पनि हामीहरुले जीवनझैं एउटा परम्परा सम्झेर एउटा ठुलो महोत्सब को रुपमा मनाउनु पर्दछ |
हामीहरुको तिर अलि बढीनै कोलाहाल रुवाबासीको नाटक मन्चन गरेजस्तो लग्यो मलाई त | मृत्यु संस्कार समेत १३ दिनको लामो र  पट्यार लाग्दो हुदै गएको जन गुनासो सुनिधै आएको छ | आसा गरौँ  त्यसमा विद्वान पण्डीतहरुले समय सापेक्ष परिवर्तन गर्लान | मैले हिन्दु धर्मलाई अबमुल्यन भने गर्न खोजेको होइन तथापी अरु धर्मका राम्रा परम्परा सगं  तुलना मात्र गर्न खोजेको हुँ | आजको ब्यस्त दुनियाँमा हामीले आफ्ना धर्म संस्कृतिका राम्रा पक्षलाइ उजागर गर्दै जाने र नराम्रा र अन्ध परम्परालाई समयानुचित परिवर्तित गर्दै जानु बुद्धिमानी ठहरिन्छ  | 

लामबद्दा कारहरु स्थानीय चर्च तिर लागे रोजीको अन्तिम संसकारका लागि  | हरीत लातिकाहरुले घेरिएको त्यो सुन्दर तपोबन जस्तो लाग्ने ग्रेभ यार्डको बिचमा  भब्य चर्च  रहेको छ | त्यहाँ  एकत्रित रहेका सबैले चर्चको पादरीका आज्ञानुसार उनलाई अन्तिम बिदाई गरे | एउटा सानो चार फुटे बाकसमा बन्द उनको शरीरलाई चर्चमा बोकेर भित्र
 ल्याउदै गर्दा हामी सबै उठेउ | बाताबरण मा एउटा शुन्यता छायो नमीठो | आखिर जीवन के रहेछ त ? हिजोसम्मका  सारा इक्षा आकांक्षा , लोभ लालच , आडम्बर अभिमानको अन्तिम टुंगो त्यहि सानो चार फुटे बाकस हो सबैको | एउटा प्राथना उनका बिदायिकालागी हामी सबैले गरेउ पदारिका आज्ञा अनुसार | पादरीले रोजका जीवनका हाइलाइट हरु सुनाए | कहाँ जन्मिन ? कसरि हुर्किन बढीन र जर्ज संगको पहिलो भेट उनीहरुको प्रेम र त्यसको विवाहमा रुपान्तरण , छोरा नाती नातिनीहरू , उनले गरेका घुमेका काम , समाज सेवा , च्यारिटेवल कार्यहरु | परिवारमा उनको स्थान सबैलाई मात्र ५ मिनेटको त्यो जानकारीले बतायो | अब उनको नश्वोर शरीर यो धर्ती बाट ग्रेभ यार्डमा रुपान्तरित हुदै थियो | हिजो सम्मकि जोर्ज कि अर्धांगिनी , पिटर र पमेलाकी प्यारी आमा , आधा दर्जन नाती नातिनीका प्यारी हजुरआमा अब मात्र इतिहास बनेर यो धर्ती बाट बिधिबत बिदा हुदै थियिन स्वर्ग तर्फको आफनो दिब्य यात्रामा |
मेरो मन बास्तबमै अशान्त भै नै रह्यो त्यो चर्च भरिनै | मान्छेहरु रोजका जीवनका सुन्दर पक्षहरुलाई केलाई रहेका थिए | सुनाइ रहेका थिए | प्राथना रत देखिन्थे उनको दिब्य यात्राको "रेस्ट इन पिस डार्लिङ्ग रोज !"
रोजको मृत्यु संस्कारको त्यो भब्य कार्यक्रम मात्र आधा घन्टामा  सकियो | समाधिस्त गर्ने देखि सारा जिम्बेवारी फ्युनरल कम्पनीले गर्दो रहेछ | परिवार आफन्त छिमेकी मात्र  आधा घन्टा चर्चमा उपस्थित भए र आ आफ्नो काममा फर्किए |
मृत्यु उत्सबको सुन्दरता उसले गरेका सुक्रीती हरुको प्रकाशले पल्लवित हुने गर्छ | यो मानवीय सुगन्धलाई कति मन मोहक कति प्रेरणादायी कति समाज परस्त भएर बिताइयो त्यसको मुल्यांकन मृत्यु उत्सबको भव्यताले , त्यहाँ उपस्थित हार्दिक जनउभारले गर्ने गर्छ | इतिहास र परिवारजनले गर्ने छ |
मान्छेहरु कुनै ठुलो बिपत्ति , कुनै ठुलो दुर्घटना , कुनै ठुलो आपत्तिले बाल बाल बाँचे पछि मात्र जीवन र मृत्युको त्यो शास्वोत सत्यलाई बुजेझई  गर्दा रहेछन | आज मेरो देश प्राकृतिक प्रकोपको ठुलो चपेटामा रोइ रहेको छ | हरेक दिन आउने ठूला भुकम्प र त्यसपछिका  ससाना पराकम्पाले  समेत सारा देश बाशीहरुलाई  तर्साइ रहेको र मनोरोगी बनाइरहेको द्रिस्य परदेशबाट हेर्दै द्रबीत भै रहेको छु | प्रकृति किन यसरि रिसायिन  दुनिया उजाड़ने गरि ? आफैले रचेको श्रीस्टी धोस्त पार्ने गरि ? आज मान्छे गम्नु पर्ने बुज्नु पर्ने बेला  आएको छ | अतिको पराकास्ठा  न नाघौँ  कसैले | आजको एकात्मक समाज , आजको पदलोलुप र अहंकारी दुनियाँका बीच मृत्यु उत्सवका सौन्दर्य पक्षलाइ मनन गर्नु पर्ने समयमै सचेत गराउनु पर्ने ढिला भै सकेन र ? मेरा मनका अन्तस्करण मा यो अनुत्तरित यक्ष प्रस्न एउटा घाउ बनेर बल्जिरहेको छ | बल्जिरहेको छ |
तिम्रो परलोक यात्रा सुगम बनोस रोज !
रेस्ट इन पिस हेभेन्ली !!

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

Thursday, October 13, 2016

होलिडे डिज्यास्टर

कथा
रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक, चितवन

'ओण्डरफूल! होलिडे '
सच् अ लब्ली प्लेस !
  ट्रियुलि प्याराडाइज !!
गत हप्ता मनाएको होलिडे  माहात्म्य सुनाउदै जस्मिनले अर्को पिन्ट  कार्ल्सबर्ग  बियर थपि | उसका होलिडे बखानमा कान थाप्दै पिटरले  अर्को पेग  व्हिस्की थप्यो | मान्छेहरु  झुम्मिए  होलिडे सुन्न सुनाउन बिदाको शनिबार "हङ्ग्रि हर्स" साउथ लिनको नयाँ  पब भरिभराउ देखिन्थ्यो त्यस दिन |
 रोबोटिक जीवन शैलीले बेलायतीहरु यान्त्रिक बन्दै गैरहेका छन् | यो अति यान्त्रिकतालाई समय समयमा होलिडेले टाल्ने यिनीहरुको खानदानी परम्परा हो | कार्यालयमा , पबमा बाटाघाटामा, जमघटमा मान्छेका बीच हुने कुराकानीको एउटा ठुलो हिस्सा होलिडे  हुने गर्छ |
लब्ली मिल , क्रुज
सपिङ्ग , बिच
डिस्को , पब
फूटबल , म्यानचेस्टर युनाइटेड , लिभरपूल, बार्सेलोना, रियल मर्डिड
रुनी , रोनाल्डो , मेस्सी, नेमार ...
युरेपेली हरुका गफका पोकाहरु | एउटाले राम्रो भन्यो सयौं खनिए त्यहाँ | अर्कोले फ़किङ्ग क्र्याप ! भनिदिए पछि शुरु भो त्यसको बर्बादी | हजारौं मान्छेले एकैचोटी जान छाड्चन | त्यसको बिजनेश रातारात सखाप | कस्टुमर सेटिस्फ़्यक्सन ! बिजनेस नाप्ने ब्यारोमिटर |
हरेक कार्यालयले आफ्ना कर्मचारीलाई  बर्षको  अनिबार्य ४ हप्ता पे होलिडे दिनु पर्ने यहाँको नियम | त्यो पे होलिडेमा  रमाइलो गर्न कहाँ जाने के गर्ने त्यो हरेक बेलायतीहरुको  चर्चा र चासोको बिषय | बर्ष भरि गोरुले जस्तै जोतिए पनि ४ हप्ता मोज गरेर फ्रेश हुने यिनीहरुको आम चलन |
क्रुज हनिमुन ! सामुन्द्रिक टापुमा एकान्तिक रमाइलो हरेक नब यौबनाहरुको सपना |
जोन र जेनिशा हुनाहार बेलायती नौजबान , नबबिबाहित | भर्खरै आफ्ना लामा लामा सिंगल लाइफ बाट प्रणय सुत्रमा बाधिएका दुवै जना दुई चार असफल लिभिङ्ग टुगेदर बाट गुज्रदैं  एकापसमा जिन्दगि बिताउने बाचा सहित हनिमुन  मनाउन लागेको उत्साहित जोडी  थियो त्यो |
हर्षले उफ्रेका थिए त्यसदिन तिनीहरु सम्झेर  आसन्न यात्राको रोमान्चकता | तीन हप्ता लामो त्यस रोमान्चकारी हनिमुन तिनीहरुको जीवनकै एक अभिस्ट थियो लामो समय देखिको
पासपोर्ट, सन् ग्लास , सन् स्किन  लोसन , इन्सुरेन्स कभर लेटर , डलर , युरो , ......... तिनीहरुले सारा चेक गरे | आफ्नो बहुप्रतिक्षित होलिडे अत्यन्तै  हर्शातिरेक दैनन्दिनीसंगै पछ्याई रहे | मनाइ रहे आफ्नो महोत्सब | सुनौला जीवनको स्वर्णद्वार थियो त्यो तिनीहरुको बैबाहिक जीवनको | भर्खरै फुल्दै र फक्रदै रहेको त्यो दाम्पत्यको नमुना फूलबारी थियो | नयाँ नयाँ परिपाक , नयाँ नयाँ सुगन्धले बसन्त झैं  पल्लवित हुँदै थियो | नीलो आकाश नीलै अपार समुन्द्रमा सुर्यका चम्किला किरणहरुको  पराबर्तनले त्यसमा छुट्टै  परमानन्द थपेको थियो | मधुयामिनिका तीन हप्ताहरु तिनीहरुका जीवनका सर्वोत्तम क्षण  भएर दिलका कुनामा सजिएका थिए | हर पल हर क्षणलाई तिनीहरुले छातीका पत्र पत्रमा भरेका थिए एउटा मीठो इतिहास सम्झेर  | हरेक दिन तिनीहरुका लागि एउटा नयाँ उत्साह नयाँ उमङ्ग छाडेर बिशाल क्रुज समुन्द्रको आफ्नो तुफानी यात्रामा लम्किरहेको थियो | महासागरको उत्ताल तरङ्गमा आफ्नो लक्ष नापिरहेको थियो | हजारौं यात्रुहरुलाई निर्दिस्ट लक्ष तर्फ़ कुदाइ रहेको थियो | सबै उत्साही यात्रुहरु आआफ्नो औकात र आबस्यकता अनुसार जीवनकै त्यो अनुपम सामुन्द्रिक यात्राको महाआनन्दमा हराइरहेका थिए | क्षितिजमा अस्ताउँदो  सुर्यको अलौकिक दर्शनका लागि सबैजना क्रुजको छानामा झुम्मिएका थिए | बियरको चुस्कीमा बैभवशाली  त्यो क्षण लाई आफूभित्र समाहित  गर्ने होडबाजी चलिरहेको थियो | कोहि त्यो परमानन्दमा आफैंलाई बिर्सेर प्रेममा लिप्त देखिन्थे सबैलाई बिर्सेर |
व्हाट अ लब्ली  सन् सेट !
चियर्स ! चियर्स !! चियर्स !!!
क्रुजको माथिल्लो डेकमा सन्  सेटको मनमोहक माधुर्यलाई  पिउंदै सबैले खुसि साटे आ आफ्नो इक्षित  पेय  हल्लाउंदै |
क्लिक! क्लिक!! फोटाहरुको उपक्रम  !
सेल्फी! भिडियो ! एउटा ठुलै भीड त्यो मदकतालाई  छोप्दै थियो आ आफ्ना शैलीमा |
क्षितिज  सुनौला बनेर चमिकिरहेको थियो आफ्नै सौन्दर्यमा | अस्ताचल सुर्य  आफ्नो अन्तिम आभा प्रस्फुटन गरेर त्यस दिनाकलागी  बिदा माग्दै थियो धर्तीसंग |
त्यो जोडीले आफुलाई रोमियो जुलियेट ठाने | सौभाग्यशाली प्रेमीको रुपमा आफुलाई ठड्याए प्रेमको इतिहासमा |
म कति भाग्यमानी !
तिमि भन्दा म धेरै भाग्यमानी !!
यो हनिमुन क्रुजको हाम्रो अपुर्ब होलिडेका लागि तिमीलाई कुन शब्दले धन्यबाद टक्राउ जेनिशाले आँखा चिम्म पारी | उसलाई किस गर्न अगि बढेको जोन एक्कै चोटि  क्रुजको भित्तामा ठोक्किदै समुन्द्रमा झर्यो उसको पेलाइले  दुबैजना  हुत्तिए  बिशाल समुन्द्रमा | आकाश चम्कियो ! मेघ गर्जियो!! भर्खरैको सुन्दर द्रिस्यलाई चुनौती दिदैं | मौसमको अचानक खराबीले  असन्तुलित त्यो बिशाल क्रुज हुत्तिएको थियो आफ्नो नियमित रुट बाट | त्यो दुवै संयोग कसरि क्षण भरमै भयो ? सबै आतंकित भै रहे यात्राको थप अबधि भर | कसरि ती अभागी जोडीकै छेउबाट गुज्रियो त्यो भयङ्कर दुर्घटना ?  कसैले कल्पना सम्म गर्न सकेन | तथापि क्रुजको र्यापिड इमर्जेन्सी रेस्पोंडले चमत्कार गर्यो तिनीहरुलाई क्षण भरमै समुन्द्रबाट निकाल्यो | आबस्यक उपचारका लागि नजिकैको क्यारेबियन हस्पिटल दौडाइयो |
महिनौं दिनसम्म आइ सी यु मा राखेर तिनीहरुको उपचार भयो | क्यरेबियनको स्टेट हस्पिटलमा | भगवानको अनुकम्पाले बाल बाल मरेर बाँचेका तिनीहरु हस्पिटलको औसधि उपचारको रकम सुनेर तर्सिन्छन | तीन लाख पाउण्ड !
दुर्घटना बिमा गरेका तिनीहरुले ट्राभेल इन्सुरेन्स क्लेम गर्छन | लामो समयको लफडा , अनेक पेपर ,प्रमाण टर्म्स एण्ड कन्डिसन लगाएर इन्सुरेंसले तिनीहरुको बिमाको पैसा नतिर्ने निर्णय गर्दछ | यो सुनेर उनीहरु अवाक हुन्छन | कति दुखले जीवन भरको कमाइ लगाएर बनाएको घर बेच्नु पर्छ | काम बाट हात धुनु पर्छ | मोर्गेज तिर्न नसकेर बैंकले बस्दै आएको घर रिपोसेज गर्दिञ्छ | तिनीहरु घरको न घाटको हुन्छन | हिजोको सुन्दर होलि डे आज एउटा जीवन भरको ठुलो   डिज्यास्टर बनेर तिनीहरुलाई पोली रहन्छ |
युरोप अमेरिकाका होलिडे लबरहरु संसार भरि जान्छन आआफ्नो एड्भ्यनचर पुरा गर्न | हरेक मान्छेका आ आफ्नै सोख हुन्छन होलि डे मनाउने | कसैलाई समुन्द्रको किनार , बिच , सर्फिङ्ग मन पर्छ त कसैलाई जंगल सफारी | कसैलाई सपिङ्ग , ठुला ठुला मल | कसैलाई ट्रेकिङ्ग , हाइकिङ्ग , माउण्टेरिङ्ग , बाइकिङ्ग | कसैलाई डिस्को . पब  त कसैलाई करे स्पाइस एउटा एउटा कुराले त्यो देश खोज्दै सोध्दै  मान्छेहरु ओइरिञ्छन | लाखौँ मान्छेहरुका यस्ता अनन्त  होलिडे डिस्टिनेसनमा कैले कहीं नराम्रो घटी दिन्छ | त्यसले पर्यटकको अनबरत यात्रालाई पुरै नरोके पनि एउटा सन् सनि फैलाई दिञ्छ क्षण भरमै | प्राकृतिक प्रकोप , मानवीय दुर्घटना , यान्त्रिक गडबढी देखि कैले काहीं नीच मानसिकताको शिकार हुनु पर्छ होलिडे प्रेमीहरु |
मेरा आँखा अगाढी अनेकौं त्यस्ता होलिडे दुर्घटनाहरु एक पछि अर्को खेल्न थाल्छन स्मृतिको पर्दामा |

 बिचरा युरोपेली , अमेरिकी , जापानी कोरियनहरु जसका देशमा मृत्यु दर एकदम कम छ , दुर्घटना  कम हुन्छ तिनै देशका मान्छेहरु बिरानो देशमा रमाइलो गर्न जाँदा अनेक थरि होलिडे डिज्यास्टरमा  परि मरेको खबरले म दुखि भै रहन्छु |
जेनिस र जेनिसाले भावपूर्ण  शैलीमा आफ्नो होलिडे डिज्यास्टर सुनाइ रहंदा स्थानीय पब पुरै स्तब्द हुञ्छ एक छिन |
हामी धेरै दुखि छौं ! गड ब्लेस यु !!
सबैले संत्वोना को मलम लगाइदिञ्छन त्यो जोडीलाई |   सबैले हग गर्छन त्यो दुखि जोडीलाई | गोराहरुको भिडमा म एउटा गहुँ गोरे एसियन पबको कुनामा बसेर बेलायतीहरुको होलिडे क्रेजलाई सुन्ने बुज्ने प्रयास गरिरहेको छु | एउटा कथा मिल्छ्की भनेर ढुकी रहेको छु |
 नेपालको अन्नपुर्ण सर्किटको पदयात्रामा गएका बेलायती टिन एजरहरु हराई रहेको खबर | सगरमाथाको एभालाञ्चमा हराई रहेका अमेरिकनहरू |
फेवातालमा डुबेकी पोल्यनड्कि युवती ...
माइक्रो दुर्घटनामा ज्यान गुमाएका कोरियनहरु |
बाडिमा बगाइयेका  चाइनिजहरु ....
इन्डियामा रेप भयिकी बेलायति महिला
समाचार सम्रेसन गर्न जाँदा जेहादी हरुको फन्दामा परि ज्यान गुमाउनेहरु ..
मेरो मन अशान्त हुञ्छ | किन यस्तो हुञ्छ दुनियामा ? तथापि मान्छेको होलिडे क्रेज लाई यस्ता ससाना घटना परिघटनाहरुले कैले रोक्न छेक्न सक्ला र ? मेरो मनमा आइरहने एउटा प्रस्न !
आशा गरौँ  एउटा सभ्य समाजको आशा गरौँ एउटा उत्तरदायी समाजको जसले यस्ता भाबितब्यमा परेकाहरुलाई बचाउन सकोस न्याय दिलाउन सकोस र सकोस निस्फिक्री घुम्ने डुल्ने मनोरंजन गर्ने सबैको नैसर्गिक अधिकारको रक्षा गर्न |
म पनि मिसिंछु त्यो लाइनमा हग गर्दै भन्छु ! तपाइहरु त कम्तिमा बाच्नु भो तेत्रो दुर्घटनामा | दुई सय बर्ष देखि बेलायतलाई एउटा इमान्दार फौजीको रुपमा आफ्नो ज्यानको बाजी राखेर लड्ने गुर्खाजहरुको देश नेपाल आज भुइचालाको प्रोकोपले रोइ रहेको छ |  प्राकृतिक प्रकोपले थलिएर दशौँ हजार मान्छेको चिहानमा , लाखौं मान्छेको ढलेका घरहरुको खण्डहरमा परिणत भयको छ र पनि हामीले फेरी उठ्ने जुट्ने र लडेको आफ्नो देशलाई अझ बलियो रुपमा उठाउने जमर्को गरेका छौं | तपाईंहरु   युरोपेली बेलायती मान्छेहरु एउटा घर, एउटा होलिडे डिज्यासटरले  नडराउनुहोस भन्दै  बलियो हग गर्छु |
गड ब्लेस नेपाल !
गड ब्लेस गुर्खाज लेण्ड !!
थ्याँक्यु  ह्यारी ! भन्दै बलियो आलिंगनमा बाँधिन्छन त्यो जोडी |

 सम्प्रति: संयुक्त अधिराज्य बेलायत