Labels

Total Pageviews

Thursday, April 7, 2016

लगाएर मायाँ  मिलि आउ गोडौ
कविता (भुजङ्गप्रयात छन्द)

रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन

नजानेर मैले गल्ति त्यो गरेंकी ?
परेंकी भ्रममा कसैको पिरेंकी 
नठानेर मैले तिमीलाई रानी
दुखाएँकि मैले तिमीलाई सानी 


 बेवास्ता गरेंकी दुखाएर चित्त
देखाएँ कतै कि गरि सानु पित्त
लगाएर मायाँ  मिलि आउ गोडौ
सजाएर छायाँ मनभित्र छोडौं 


कस्तुरी सजाउँ तिमि भित्र खोजौं
हजारौं अप्सरामा तिम्लाई रोजौं 

चहारेर देशै मिल्दैन है  शान्ति
दुख मात्र त्यो हो  रहे छ  भ्रान्ति


मिठो त्यो छ आफ्नै करेसा र बारी
म बिर्सुं कसोरी खेलेका  ति टारी ?
कति बोकुं मैले जीवन  यो भारी
बिराला ले झैं यो  गुँड सारी सारी



म्प्रति: संयुक्त अधिराज्य बेलायत 

हिमाल हाम्रो पहाड राम्रो मिलेर बसेको

असारे
याे नेपाली लाेकलयमा अाधारित छन्द असारे हाे । यसमा प्रत्येक हरफ १६ अक्षरका हुन्छन् । यसमा ३ + २ + ३ + २ + ३+ ३ गरी १६ अक्षरकाे छन्द विधान तयार पारिन्छ र ५, १० मा विश्राम हुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे मुनामदन यसै छन्दमा अाधारित काव्य हाे । जस्तै..
३ + २ + ३ + २ + ३ + ३
.....
क्षेत्रीकाे छाेराे याे पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलाे दिलले हुन्छ जातले हुँदैन ।


हिमाल हाम्रो पहाड राम्रो मिलेर बसेको
कविता (असारे छन्द)

रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन
आजको दिन बिर्सेर किन हामीले हिंडेको ?
हिजोको दिन सम्झेर किन हामीले लडेको ?
भबिष्य हाम्रो धेरै नै राम्रो सबैले गोडेको
माटो त्यो बन्छ मलिलो संधै मिलेर फोडेको  ।
हिमाल हाम्रो पहाड राम्रो मिलेर बसेको
तराइ हाम्रो उर्बर भूमि झुलेर फुलेको  ।
उर्लदै आए त्यो ठुलो हावा हिमाल छेक्ने छ
कुर्लदै आए उत्तरी बैरी पहाड रोक्ने छ  ।
नगर चिन्ता खानको यहाँ तराइ पाल्ने छ
मिलेर हामी बसेका संधै हिमाली पहाडी
कसैले किन पार्दैछ भ्वाङ्ग हाम्रो त्यो पछाडी ।
बुजेर मिलौं पैलेको जस्तै नहुँ है  पराइ
मधेश हाम्रो मुटु त्यो राम्रो हो खुट्टा पहाड
हिमाल हाम्रो हो शान राम्रो संसार चिनौने
मिथिला हाम्रो संस्कृति राम्रो हो देश जनौने  ।
लुम्बिनी हाम्रो बुद्धको थलो शान्तिले सुनौने
मधेशी थारु पहाडी हामी शेर्पा र भोटे हौँ
कोइ आइ लागे देश यो फोर्न छप्किने गोर्खे हौँ  ।
बाँडेर हाम्रो यो देश राम्रो विभिन्न जातमा
फाँडेर राम्रो यो हाम्रो बारी विभिन्न पातमा
नलगौ बिलो बाँडेर खान औंसीको रातमा
नाभागौं आफ्नो छोडेर धर्म बैरीको हातमा 
छिमेकी हाम्रा अजङ्ग दुई मुख बाइ बस्लान 
फालेर पित्को देखाई हात घरभित्र पस्लान 
चिनौला भोलि को हुन् ती हाम्रा देश यो डुबौने
सदियौ देखि मिलेका हाम्लाई यसरि रुवौने ?


सम्प्रति: संयुक्त अधिराज्य बेलायत




Saturday, April 2, 2016

म आमा र बाबा दुवै पुज्न पाउँ !!

म आमा र बाबा दुवै पुज्न पाउँ
कविता (भुजङ्गप्रयात छन्द Iss iss iss iss)

रामहरि पौड्याल
भरतपुर १२ /१९३ , बसन्त चोक , चितवन


म आमा र बाबा दुवै पुज्न पाउँ
दुखे दील  मेरो दुवै भेट्न पाउँ ।।
म बिदेशी संधैं देश बाट टाढा
म पराइ भए किन  दुर आज ? ।।

मेरो आफ्नो गाउँ बनेछ बिरानो
म लेख्छु कथा त्यो पर्देशी पुरानो ।।
बितेका मेरा ती अमूल्य जवानी
पसीना बगाई बिदेशी भुमिमा ।।

फर्किनेछु  रित्तै त्यो जन्मै भुमिमा
सकुला र मैले  खै त्यो ऋण तिर्न ?
मलाई के त्यो  देशले माफ गर्ला
 मैले  हात दिएँ  देशलाई पर्दा ?

लौ  धिक्कार  कसैले  मैलाई  गर्दा ।।
अहो भाग्य मेरो पर्देशिनु रैछ
बिताएँ जीवन  खनाएर बैंश
बिर्सेर ती   माटो मुटु रित्तियेछ ।।

खै  आमा र बाबा दुवै बिर्सियेछ
जल्यो देश मेरो ढल्यो कम्प भर्दै ।।
गल्यो देब  मेरो अति क्रोध गर्दै 
हेरी बसेछु गर्नै कुनै उपाए नपाइ ।।

मलाई के माफ खै  देश गरला 
म लाग्छु कि भाग्छु बनाउन देश
सकिन  लाग्छु गरि मुण्डन केश ।।
लेखिन  देशको नाम छाती भरि

देखिन आमाको मायाँ मुटु सरि ।।
केरिन बाबाको प्यार शिर  भरि
लेखिन गाँउको माया दिलगरि 
मलाई के वात देश लाउला हरि  ?
रचना काल ३१ डिसेम्बर , २०१५

सम्प्रति: संयुक्त अधिराज्य बेलायत